Pokharapatra National Daily

गण्डकी प्रदेशको चार वर्ष

गण्डकी प्रदेश सरकारले चार वर्ष पुरा गरेको छ । पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदको सपथ लिएको दिनलाई गण्डकी प्रदेश सरकारले स्थापना दिवस मनाउने गरेको छ । तीन वर्ष पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारले संघीयताको जग बसाल्ने काम...बाँकी

प्रधानन्यायाधीश विरुद्ध महाअभियोग

एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने भन्ने विवादमा अल्झिएको सत्तारुढ गठबन्धनले आइतबार अचानक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेका छन् । महाअभियोग दर्ता भएकाले प्रधानन्यायाधीश राणा निलम्बन भएका छन । सत्ता गठबन्धनको महाअभियोगको...बाँकी

चुनावका लागि सहमति

लामो समयको छलफलपछि सत्ता गठबन्धन दलहरू स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन । स्थानीय तहको निर्वाचन एक वर्षपछि गर्ने गरि कानुन संशोधनको तयारीमा सत्ता गठबन्धन दलहरू लागेका थिए । संघीयताको जग स्थानीय तहको निर्वाचन...बाँकी

शहिदप्रति श्रद्धा सुमन

हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । ज्यानको माया गरेर...बाँकी

पोखरापत्रको २३ औं वर्षको यात्रा

पोखरामा पत्रकारिता शुरु भएको छ दशक बढी भएको छ । नेपालमा प्रजातन्त्रको स्थापना पछि मात्र पत्रपत्रिका प्रकाशित भएको हो । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका प्रकाशित भएको पाइन्छ । त्यो पनि हस्तलिखित हो...बाँकी

माओवादीमा प्रचण्डको वर्चस्व

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन निवर्तमान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी सदस्यहरूको नामलाई अनुमोदन गर्दै सम्पन्न भएको छ । महाधिवेशनको अन्तिम दिन आइतबार पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय...बाँकी

सडक महोत्सव पोखराको चिनारी

पोखराको लेकसाइड क्षेत्रमा सडकमै रेष्टुराँ राखेर परिकारको स्वाद लिन पाउने अवसर मिलाउन थालेको २२ वर्ष पुरा भएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन नेपालीलाई पोखरामा जाने र विदेशी पर्यटकहरुलाई समेत नयाँबर्षको रमाइलो मनाउन पाउँने मेला...बाँकी

ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई ल्होसारको रुपमा मनाउने गरिन्छ । विभिन्न धर्म, जातजातिले आफ्नो धर्म,...बाँकी

माओवादी महाधिवेशनले लिने बाटो

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन शुरु भएको छ । राष्ट्रिय सम्मेलन भनी प्रचार गरिएको थियोे । एक दिन अघि मात्र सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएको थियोे । आइतबारदेखि प्रज्ञाप्रतिष्ठानमा शुरु भएको महाधिवेशनको...बाँकी

पोखराको सडक ब्यवस्थित बनाऔं

प्राकृति सुन्दरताले भरिपूर्ण पर्यटकिय नगरी पोखरा, गण्डकी प्रदेशको राजधानी भए पछि ब्यस्तबाट अस्तब्यस्त बन्दैगएकोछ । कमै मात्र ट्राफिक जाम हुने पोखरामा अहिले छिनछिमै टा«फिक जाम हुने गरेको छ । फोहरहरु पनि बढेको छ । सानो...बाँकी

कांग्रेसको कमाण्ड देउवालाई

प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएका छन् । १४औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको दोस्रो चरणको मतदानमा २७ सय ३३ मत प्राप्त गर्दै उनी सभापतिमा दोहोरिएका छन । पहिलो चरणको मतदानमा कसैको पनि बहुमत...बाँकी

मानवअधिकारको अवस्था उस्तै

संयुक्त राष्ट्र संघको महासभाले मानवअधिकार घोषणा पत्र सार्वजनिक गरेको दिनलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको रुपमा मनाउन थालिएको छ । सन १९४८ डिसेम्बर १० तारिखमा राष्ट्रसंघीय महासभाले मानवअधिकारको घोषणापत्र जारी गरेको थियोे । ऐतिहासिक दिनलाई दिवसको रुपमा...बाँकी