Pokharapatra National Daily

दुई वर्षपछि एसइई परीक्षा

दुई वर्षपछि भौतिक उपस्थितिमा माध्यामिक शिक्षा परीक्षा एसईई शुक्रबारबाट सुरु हुँदैछ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा एसईई परिक्षा हुन सकेको थिएन । आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको छ । एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने एसईई परीक्षा नियन्त्रकले जानकारी दिएका छन । बोर्डले दुई हजार सात परीक्षा केन्द्र र एक उपकेन्द्रबाट परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डले यो वर्ष नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको छ ।
परीक्षा नियन्त्रण कार्यालयको अनुसार २०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन् । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ । सामान्यतर्फ ११ हजार ६१५ विद्यालय र प्राविधिकतर्फ २९९ विद्यालयका विद्यार्थीहरु यो वर्ष एसईईमा सहभागी हुनेछन । कोरोना महामारीको कारण दुई वर्ष अन्तारिक मूल्याङ्कन आधारमा नतिजा प्रकाशित हुँदा ग्रेड वृद्धिका लागि परीक्षा दिन नपाएका विद्यार्थीहरुले यो वर्ष दिईरहेका छन् । यस वर्ष ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा केन्द्रले जनाएको छ ।
यसवर्ष नेपाल बाहिर पनि परिक्षा हुँदैछ ।नेपालले पनि विदेशबाट परिक्षा संचालन गर्न सक्छ भन्ने देखाउने भएको छ।जापानमा सञ्चालित विद्यालयमा पनि शुक्रबार नै एसईई सुरु हुँदैछ । जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनलमा पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन लागेको छ । परीक्षाको लागि प्रश्नपत्र अनलाइनमार्फत परीक्षा सञ्चालन हुन आधा घन्टा अघि पठाउने तयारी गरेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन। यस विद्यालयमा एसईई गत वर्षदेखि सुरु भएको हो । गत वर्ष कोभिड–१९ का कारण आन्तरिक मूल्यांकनलाई नै बोर्डले प्रमाणीकरण गरेको थियो ।
यो वर्ष भने जापानबाट १९ जना विद्यार्थी सहभागी हुनेछन् । विद्यार्थीको उत्तरपुस्तिका केन्द्राध्यक्षले रुजु गरेर सिलबन्दी गरी नेपाल पठाउनेछन् । गत वर्ष २४ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका थिए । राष्ट्रिय परिक्षा बोर्डले लिने एसईईको परिक्षालाई अझै हाउगुजी बनाउन खोजिएको छ । कोरोनाका कारण दुई वर्ष हुन नसकेको परिक्षा हुँदा विद्यार्थी र विद्यालयले आफ्नो क्षमता देखाउन पाउनेछन् ।दुई वर्ष आन्तरिक मुल्यांकन गरेको आधार सहि थियोे कि थिएन भन्ने मापन गर्ने आधार बन्नेछ ।परिक्षालाई मर्यादित र भय रहित वातावरण बनाउन सबै क्षेत्रको सहयोग आवश्यक हुन्छ । देश चुनावमा होमिएको बेला परिक्षाप्रति सबैको ध्यान जानू आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...