Pokharapatra National Daily

दुई वर्षपछि एसइई परीक्षा

दुई वर्षपछि भौतिक उपस्थितिमा माध्यामिक शिक्षा परीक्षा एसईई शुक्रबारबाट सुरु हुँदैछ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा एसईई परिक्षा हुन सकेको थिएन । आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको छ । एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने एसईई परीक्षा नियन्त्रकले जानकारी दिएका छन । बोर्डले दुई हजार सात परीक्षा केन्द्र र एक उपकेन्द्रबाट परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डले यो वर्ष नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको छ ।
परीक्षा नियन्त्रण कार्यालयको अनुसार २०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन् । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ । सामान्यतर्फ ११ हजार ६१५ विद्यालय र प्राविधिकतर्फ २९९ विद्यालयका विद्यार्थीहरु यो वर्ष एसईईमा सहभागी हुनेछन । कोरोना महामारीको कारण दुई वर्ष अन्तारिक मूल्याङ्कन आधारमा नतिजा प्रकाशित हुँदा ग्रेड वृद्धिका लागि परीक्षा दिन नपाएका विद्यार्थीहरुले यो वर्ष दिईरहेका छन् । यस वर्ष ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा केन्द्रले जनाएको छ ।
यसवर्ष नेपाल बाहिर पनि परिक्षा हुँदैछ ।नेपालले पनि विदेशबाट परिक्षा संचालन गर्न सक्छ भन्ने देखाउने भएको छ।जापानमा सञ्चालित विद्यालयमा पनि शुक्रबार नै एसईई सुरु हुँदैछ । जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनलमा पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन लागेको छ । परीक्षाको लागि प्रश्नपत्र अनलाइनमार्फत परीक्षा सञ्चालन हुन आधा घन्टा अघि पठाउने तयारी गरेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन। यस विद्यालयमा एसईई गत वर्षदेखि सुरु भएको हो । गत वर्ष कोभिड–१९ का कारण आन्तरिक मूल्यांकनलाई नै बोर्डले प्रमाणीकरण गरेको थियो ।
यो वर्ष भने जापानबाट १९ जना विद्यार्थी सहभागी हुनेछन् । विद्यार्थीको उत्तरपुस्तिका केन्द्राध्यक्षले रुजु गरेर सिलबन्दी गरी नेपाल पठाउनेछन् । गत वर्ष २४ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका थिए । राष्ट्रिय परिक्षा बोर्डले लिने एसईईको परिक्षालाई अझै हाउगुजी बनाउन खोजिएको छ । कोरोनाका कारण दुई वर्ष हुन नसकेको परिक्षा हुँदा विद्यार्थी र विद्यालयले आफ्नो क्षमता देखाउन पाउनेछन् ।दुई वर्ष आन्तरिक मुल्यांकन गरेको आधार सहि थियोे कि थिएन भन्ने मापन गर्ने आधार बन्नेछ ।परिक्षालाई मर्यादित र भय रहित वातावरण बनाउन सबै क्षेत्रको सहयोग आवश्यक हुन्छ । देश चुनावमा होमिएको बेला परिक्षाप्रति सबैको ध्यान जानू आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...