Pokharapatra National Daily

सहकारीमा नियमन बढाऊ

अन्तर्राष्ट्रिय जगतमा १७८ वर्षअघि सुरु भएको आधुनिक सहकारी अभियान नेपालमा यस वर्षबाट ६५औं वर्षमा प्रवेश गरेको छ । छोटो इतिहास बोकेको भएपनि नेपालको सहकारी अभियानले छोटो समयमै महत्वपूर्ण फड्को मार्न सफल भएको छ । सहकारी ऐन २०४८ जारी हुँदासम्म ८ सय ३० संख्यामा रहेका सहकारी संस्था ३४ हजारभन्दा बढी पुगेका छन् । नेपालको संविधानमै आर्थिक विकासको आधारशिलाका रूपमा सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई महत्त्व दिइएको छ । वि.सं. २०१३ सालमा चितवनमा स्थापना भएको वखान ऋण सहकारी ६५ वर्ष भएको छ । नेपालको सहकारी आन्दोलनलाई अगाडी बढाउन वखान सहकारीले मार्गदर्शन गरेको छ ।
विश्वमा सहकारी अभियानको प्रारम्भ १८ औं शताब्दीको औधोगिक क्रान्तिको परिणामबाट शुरु भएको हो । सन् १८४४ मा बेलायतमा पाउरोटी कारखाना खोलेर सहकारीको नयाँ अध्याय शुरु भएको मानिन्छ । नेपालमा २०१० सालमा योजना तथा विकास मन्त्रालय अन्तर्गत सहकारी विभाग राखिएको थियो । २०१३ साल चैत्र २० गते चितवनमा बखान ऋण सहकारी स्थापना भयो । चितवनको बखान सहकारीले मान्यता पाएकै दिनलाई सहकारी दिवस मनाउन थालिएको छ । नेपालमा १३ वटा नीतिमा टेकेर सहकारी संचालन भएका छन । १८ विषयगत रुपमा दर्ता भएका सहकारी जसरी बढेका छन अब एउटै उदेश्य भएकाहरु मर्जर हुनुपर्छ । ३४ हजार भन्दा बढी रहेका सहकारीलाई १५ हजारमा झार्ने लक्ष्य छ । एक ठाउँमा सदस्य भयो । ऋण लियो । तिर्न नसकेपछि अर्को सहकारीमा जाने प्रबृत्ति छ । यसलाई नियन्त्रण नगर्ने हो भने दुर्घटनामा पर्न सक्छ ।
छरिएर रहेको पूजीलाई एकिकृत गर्दै आर्थिक उपार्जनका काममा प्रयोग गर्न सहकारी प्रभावकारी बन्दै गएको छ । समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्नो समुदाय र वर्गका श्रम, पूजी र सीपलाई अधिकतम रुपमा परिचालिन गरी सदस्यको आवश्यकता परिपूर्ती गरी आर्थिक हित र उन्नतीका लागि व्यवसायीक क्रियाकलाप सहकारीले संचालन गर्दै आएकोछ । प्रजातान्त्रिक प्रणालीका आधारमा सहकारी संचालन मात्र भएको छैन प्रजातान्त्रिक अभ्यास पनि हुदैं आएको छ । सहकार्यको भावनाबाट संचालन हुने हँुदा सबै सदस्यको सहकारी तर्फ आर्कषण बढ्दै गएको छ। नेपालमा सहकारीलाई व्यवस्थित रुपमा संचालन गर्नु भन्दा शासन प्रणाली अनुरुप चलाउन खोजियो । कहिले सहकारी, कहिले साझा, कहिले कृषि विकास बैंक, कहिले साना किसान अन्र्तगत चलाउने काम भयो । २०४८ मा सहकारी ऐन बनेपछि बल्ल व्यवस्थित रुपमा चलाउन थालिएको छ । संविधानले नै सहकारीलाई आर्थिक मेरुडण्डको एउटा आधार मानेको हुँदा व्यवस्थित रुपले संचालन गर्न कानुन संसोधन गरेर अधिकार पालिका तहसम्म संचालन गर्न थालिएको छ ।
नेपालमा सहकारीले दुर्गम र ग्रामीण क्षेत्रका जनतालाई आर्थिक गतिविधि गर्ने अवसर दिएको छ । बैंक तथा बित्तीय संस्थामा पुग्न नसकेको ठाउँमा सहकारी पुगेको छ । संबिधानले सहकारीलाई आर्थिक मेरुदण्डको रुपमा स्वीकार गरेको । राज्य, निजी क्षेत्र र सहकारी तीन क्षेत्रको मध्यामबाट देशको आर्थिक समृद्धि हासिल गर्न सकिने मान्यता लिएको छ । सहकारीमा जनताको आर्कषण बढे संगै यसलाई व्यवस्थित गर्न ऐनमा परिमार्जन गरिएको छ । सहकारीको कार्य क्षेत्र संघ (केन्द्र) प्रदेश र स्थानीय सरकारले कानुन बनाएर नियमन गर्दैछ । स्थानीय तहले बनाएका नियम सहकारी मैत्री हुन नसकेको गुनासो अभियन्ताको छ । सहकारीको मुल्य र मान्यता बिपरीत गएर नियन्त्रण गर्ने सोच राख्नु सहकारीलाई अघि बढ्न नदिनु हो ।
सहकारी अभियन्ता र अरुले पनि सहकारीका नाममा बैंक तथा बित्तीय सस्थाले जस्तै काम गर्न पाउनुपर्छ भन्ने मान्यता राख्नुहुदैन । सहकारीको मूल्य र मान्यातामा आघात नपुग्ने गरी जनताको रकम डुब्न नदिने व्यवस्था भएमा सहकारी अभियानले सार्थकता पाउने छ । सहकारी दिवस मनाईरहदा सहकारीलाई कसरी जनताको रकम नडुब्ने र आर्थिक गतिविधिमा संलग्न गराउने नीति बनेमा मात्र सहकारीको शक्ति र महत्व बढेर जानेछ । बचत संकलनमा गरिबकोमा पुग्ने, ऋण लगानी गर्दा धनीलाई जोड दिने परिपाटी हटाउनुपर्दछ । हिजोका साहु र बैंकले जस्तै सहकारीले पनि धेरै व्याज खाने प्रणाली रहेसम्म गरिब गरिबनै रहने अवस्था रहन्छ । स्थानीय र प्रदेशले राम्रोसँग नियमन गरेमा सहकारीमा देखिएको विकृति हटाउन सकिन्छ । प्रबिधिको उच्चतम प्रयोग गरेर सहकारीलाई सबल बनाउँदै सही बाटोमा हिडाउन सकिनेछ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...