Pokharapatra National Daily

उत्साह जागृत गर्ने वर्ष बनोस्

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर)आजबाट फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०७९ सुरु भएको छ । वि.स. २०७८ लाई विदाई गरेर नयाँ वर्ष सुरु हुने गर्दछ । नयाँ वर्षको सुरुमै नयाँ कामको थालनी गर्ने, शुभकामना आदानप्रदान गर्ने काम हुने गरेका छन् । विदेशमा रहेका नेपालीहरुले समेत नयाँ वर्षको सुरुआतको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । नेपालले मानेको विभिन्न सम्वत मध्ये विक्रम सम्वतले सरकारी कामकाज मान्यता पाएको छ । हुनत अन्य सम्वतलाई पनि मान्यता दिइएको छ । विक्रमसम्वतले विशेष महत्व पाउदै आएको छ । २०७८ साल विश्वव्यापी रुपमा आएको कोरोना भाइरसले तेस्रो लहरले संक्रमण अझै बाँकी छ भन्ने सावधानी गराउने काम गरेको छ। कोभिड–१९ का विरुद्ध संसार एक भएर लडिरहेको बेला रुस–युक्रेन युद्धले गरिबलाई बाँच्न धौधौ बनाएको छ ।
धनी र शक्तिशाली देशले साना र कमजोरलाई युद्धमा उक्साउछन भन्ने देखाएको छ । गरिब तथा कमजोर मुलुकले जनतालाई राहत दिन, महंगीको मारबाट कसरी बचाउने, स्वास्थ्य उपचार र रोग नियन्त्रणका लागि गरिएका कामले आफ्ना नागरिकलाई सन्तुष्ट राख्न सकेनन । नेपालको आर्थिक अवस्था निकै कमजोर बन्न पुग्यो । हरेक सूचकांक देशको आर्थिक अवस्था खस्किएको देखाएको छ।राजनीतिक अस्थिरता, पार्टी विभाजन हुने मात्र होइन अदालतले प्रधानमन्त्री तोक्ने काम भयो । राज्यका तीनवटै अंगले काम गर्न सकेनन् । सर्वोच्च अदालतको परमादेशबाट सरकार हटाउने र बनाउने काम भयो । प्रतिनिधि सभा काम गर्नै नसक्ने अवस्थामा पुग्यो । अदालतलाई कमजोर बनाउने काम भयो । कानुन ब्यवसायिको अदालतमा धर्ना, न्यायाधीशको इजलासमा नबस्दा जस्ता नयाँ प्रयोग भए । राजनीतिक दलहरूबीचको सम्बन्ध सुमधुर हुन सकेन।राजनीतिक दलहरूका महाधिवेशनले नयाँ नेतृत्व ल्याउने अपेक्षा विपरीत पुरानै नेतृत्वले रजगज चलाउने म्यान्डेट पाए । देशका सबै अंगलाई कमजोर बनाउने विदेशी योजनाले सार्थकता पाए। राजनीति मुल्य र मान्यता विपरीत चल्न थाल्यो ।पुरानो सरकारले गरेका राम्रा काम खारेज गर्नेछ र प्रतिशोध सांध्ने काम भए । देशमा बलियो राजनीतिक शक्तिलाई कमजोर बनाएर कठपुतली सरकार चलाउनेहरु हावी हुँदै गए । देशको पुर्वाधार विकास, राष्ट्रिय स्वाभिमानका लागि बलियो देशभक्त शक्ति चाहिन्छ भन्ने बोध जनतालाई भएको छ ।
कमजोर स्वास्थ्य संस्थालाई सुधार गर्ने, स्वास्थ्यमा राज्यको लगानी बढाउनु पर्छ भन्ने बोध हुन भएको छ। देश हरेक क्षेत्रमा आत्मनिर्भर हुनुपर्छ भन्ने चेतको विकास हुन सकेको छ । विदेशबाट रोजगारी गुमाएर आउनेका लागि स्वदेशमा कसरी रोजगारी दिने, नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गराउन अभियान चलाउने काममा राजनीतिक दल चुके । देश लकडाउनमा भएको बेला राजनीतिक दल सत्ता स्वार्थमा रुमलिन पुगे । जनताको साथी बन्नुपर्ने बेला सत्ता स्वार्थले गर्दा आहत पार्ने काम भयो । प्राकृतिक विपत्ति, कोभिड–१९ ले पर्यटन, आर्थिक, सामाजिक र साँस्कृतिक, स्वास्थ्य, शिक्षा, हरेक क्षेत्रमा पारेको असरले जनतालाई निराश बनाउने काम २०७८ सालले गरेको छ । सबैभन्दा जनतालाई निराश बनाउने काम सत्ता गठबन्धनले गरेको छ । राज्यकोषको दोहोन गर्ने, फरक विचार राख्ने कोपभाजन हुने, हरेक क्षेत्रमा निराशा र अस्थिरता ल्याउन खोजिएको छ । जनताको नजिकको सरकार स्थानीय तहको निर्वाचन गराउन दबाब दिनुपर्ने अवस्था लोकतान्त्रिक प्रणालीमा सुहाउने होइन । देश निर्वाचनको सम्मुखमा पुग्दा पनि हुन नदिन षड्यन्त्र सकिएको छैन ।
स्थानीय तहको चुनावमा आ आफ्ना विचार लिएर जान नसक्नेलाई जनताले परिक्षण गर्ने बेला आएको छ ।आर्थिक अबस्थामा सुधार, स्वास्थ्य संस्थालाई बलियो बनाउने गरि संरचना निर्माण थालिनु, सडक, पुल बन्नु, मेलम्चीको पानी काठमाडौंका जनताको धारामा झर्नु, भारतले मिचेको भुमि समेटिएको नक्सा जारी पछि त्यसलाई कार्यान्वयनमा लान देशभक्त, विकासको दृष्टिकोण भएको बलियो राजनीतिक शक्तिले मात्र सक्दछ । नयाँ बर्ष चुनावी बर्ष भएको हुँदा जनताको मन जित्न सक्ने,देशभक्त, विकास गर्न सक्ने बलियो शक्ति स्थापित गर्न सबैमा नयाँ वर्षले सद्बुद्धी प्रदान गरोस् शुभकामना ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...