Pokharapatra National Daily

बलियो हुन नसकेको लोकतन्त्र

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२÷०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाहवेसीय राजतन्त्रको अन्त्य दोश्रो जनआन्दोलकले ग¥यो । शसस्त्र संघर्ष गरेको नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम २०६२÷०६३ को आन्दोलनले नै हो । २०६२ साल चैत २४ गतेबाट शुरु भएर २०६३ बैशाख ११ गते आन्दोलन टुङ्गीएको हो । शान्तिपूर्ण आन्दोलनबाट जनताले आफ्नो अधिकार लिएको दिनको रुपमा बैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा सम्झने गरिएको छ । सरकारी विदा नभएपनि लोकतन्त्रलाई दिवसको रुपमा नागरिकले अधिकार पाएको दिनको रुपमा लिने गरेका छन् ।
लोकतन्त्रिक आन्दोलनको उपलब्धि संविधान सभा, गणतन्त्र, समावेशी प्रतिनिधित्व र राज्यको पुनसंरचना हो । गणतन्त्र घोषण भएको छ । मुलुकमा राष्ट्रपति पनि छन् । समावेशी प्रतिनिधित्व गराउन निर्वाचन प्रणाली पनि प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रतिनिघित्व गराइएको छ । जनआन्दोलनमा नेपाली जनताले उठाएका मुद्धा संविधान जारी गरेपछि ती अधिकार संस्थागत भएको छ । तिनै तहका सरकार बनेर अधिकारको वाडफाड भएको छ । सिंहदरबारको अधिकार गाउँमा आइपुगेको पाँच वर्ष पुग्दैछ । जनताको नजिकैको सरकार स्थानीय तहको निर्वाचनका लागि उमेदवार दर्ता गर्ने दिन लोकतन्त्र दिवसको दिनमा परेको छ । कन्द्रीकृत मानसिकताले गर्दा स्थानीय तह र प्रदेश सरकारबाट सम्पादन हुने काम अपेक्षाकृत हुन सकेको छैन । कोभिडका कारण अर्थिक बृद्धि वृद्धि हुन सकेको छैन ।
लोकतन्त्र स्थापनाका लागि शाहदत प्रप्त गर्ने शहिदको रगत खेरा जान नदिन सरकारले शहीदहरुलाई समान व्यवहार गरेको छ । जनआन्दोलनका घाइते र अंगभंग भएकाहरुले अझै राहत पाउन सकेका छैनन् । शरीर भित्र रहेको गोली र अंगभंग भएकाहरुको उपचार र भरणपोषणको व्यवस्था नगरेसम्म जनआन्दोलनको मर्म पुरा हुन सक्दैन । रातारात धनकमाउने कालाबजारीया, भष्ट्र र तस्करहरुले जनतालाई लोकतन्त्रको पाठ पढाउने अवस्था बढेर गएको छ । निर्वाचनमा जस्ले खर्च गर्न सक्छ भन्नेलाई उमेदवार कनाउ खोज्ने, आफ्नो दास बन्न सक्ने खोज्ने प्रबृत्ति हावी हुदाँ राजनीतिक दलका नेताहरुले लोकतान्त्रिक आचरण देखाउन नसक्दा अहिले जनतामा निराशा छाएको छ ।
नेताहरुले सिमित घेरा भन्दा बाहिर हेर्न नसक्दा जनताले विश्वास गरेका नेताहरुका बारेमा प्रश्न उठाउने ठाउँ दिएको छ । राजा चाहने शक्तिहरु सलबलाउन थालेका छन् । अन्दोलनमा सँगै लडेको शक्ति नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न पुगेको छ । संगै लडेको लोकतान्त्रिक शक्ति विरुद्धको गतिविधि राजतन्त्रको वकालत गर्नेलाई सघाउने छ । जनताको सहभागितामा जनताका प्रतिनिधिले मुलुक चलाउने प्रणाली स्थापित भएको छ । अव त्यसलाई जीवन पद्धति बनाउन सकियो भने मात्र लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र स्थापना गर्न जस्ले योगदान गरेको छ उनीहरूको जीवनमा परिवर्तन नआएसम्म ब्यबस्था परिवर्तनले केही हुँदैन । जनताको अवस्था परिवर्तन गर्न सके मात्र लोकतन्त्र बलियो हुनेछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...