नागरिक संस्था मध्येको जेठो संस्था नेपाल पत्रकार महासंघ ६७ वर्षमा प्रवेश गरेको छ । बीस २०१२ साल चैत १६ गते स्थापना दिवस र संस्थापक सभापति कृष्णप्रसाद भट्टराईलाई मान्न थालिएको छ । केहीले २००८ सालमा नेपाल पत्रकार संघ गठन भएको जिकिर गरेका छन । इतिहासकार गृष्म बहादुर देवकोटाको किताबमा र प्रकृति अधिकारीको शोधपत्रमा २००८ सालमा स्थापना भएको उल्लेख छ । नेपाली पत्रकार महासंघले २०१२ साल चैत्र १६ गतेलाई स्थापना दिवस मान्न थालेको पनि धेरै वर्ष भएको छ।नेपालमा नागरिक अधिकारका लागि पत्रकारले संगठित तरिकाले आवाज उठाएको करिब सात दशक पुग्न लाग्दा पनि आधुनिक युगमा पनि नागरिक अधिकार र अभिब्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउनु परेको छ । स्थापनाकालमा उठाइएका नागरिक अधिकार, प्रेस स्वतन्त्रता, पत्रकारको हक हित र पत्रकारिताको विकासका मुद्दा कायमै छ । कृष्णप्रसाद भट्टराईका अनुयायी, लोकतन्त्रको लागि स्थापना भएको पार्टीको नेतृत्वमा सत्ता संचालन हुँदा पनि अवस्थामा आमूल परिवर्तन आउन नसक्नु विडम्बना हो । पत्रकारिता स्वतन्त्र हुनुपर्छ, नागरिकको अधिकारका मुरा र पत्रकारको हकहितका मुद्दा राजनीतिक शक्तिका आधारमा उठाउन थालिएको छ ।
पत्रकारको पेसागत संगठनको नेतृत्व दलका नेताले तोकिदिने चलन बढेर गएको छ।पत्रकारले कस्तो नीति बनाउने र त्यो नीति कार्यान्वयन गर्न कस्तो नेतृत्व भन्ने बहस हुनुपर्ने हो । सरकारमा जुन दलहरु छन तिनका भातृसंस्थाका मात्र पत्रकार महासंघको नेतृत्वमा छन।सत्ताको छायामा पत्रकार महासंघ पुगेको छ।नागरिकको अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति लड्नुपर्नेमा विपक्षीप्रति लड्ने कामको अगुवाइ पत्रकारकचुनावले गरेको हो । अहिले पत्रकारका अवसर र चुनौतीका बारेमा चर्चा कम हुने गरेको छ।। । पत्रकारका समस्या र पत्रकारिताको विकासका कुरा अझै परिस्कृत रुपमा उठाउनु पर्ने खाचो भएको छ । नेपालको हरेक नागरिक÷प्रजातान्त्रिक आन्दोलनमा पत्रकारहरुको प्रतिनिधिमुलक संस्था नेपाल पत्रकार संघ हालको महासंघले सक्रिय भएर लागेको इतिहास छ । राजनीतिक दलहरुलाई समेत आन्दोलनमा लाग्न घचघच्याउने काम प्रेसले गरेको हो । लोकतान्त्रिक आन्दोलनको नेतृत्व दलहरुले नै गरे ।
आन्दोलनमा पत्रकारहरुले खेलेको भुमिकाको राजनैतिक दल र नागरिक समाजले मुक्त कष्ठ प्रशंसा गर्ने गर्दछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको विरोधमा प्रेसले सशक्त भुमिका खेलेको हो । विपक्षमा रहेका बेला पत्रकार र संचार माध्यमले अन्ध समर्थन गरेका हुन । राजनीतिक दल विपक्षमा हुँदा पत्रकार र पत्रकारिताको समस्यामा बोल्ने सत्तामा पुगेपछि बेवास्ता गर्ने गरेका छन । गरेका कामको पनि जस लिन नसक्ने परिस्थिति बनाएका छन । नेपाली उखान खोलो त¥यो लौरो र्बिस्यो भने झैँ पत्रकारका समस्या बिर्सने गरेका छन् । मैनबत्ती आफै जलेर अरुलाई उज्यालो दिएझै पत्रकारहरु भोको पेटले नागरीकको आवाज दिने गरेका छन् । मर्यादित र व्यावसायिक पत्रकारिताको लागि राज्य र निजी संचारगृहले पत्रकारलाई सहयोग गर्न सकेको छैन । पत्रकारले भौतिक र पेशागत सुरक्षाका लागि सडकमा आवाज उठाउँदै आएका छन् । कोभिड–१९ पछि पत्रकारलाई निस्कासन, तलब नदिने, कटौती गर्ने काम भए । दुखको बेला राहत दिनुपर्नेमा आहात पार्ने काम भयो । जनतालाई सचेत र जागरुक बनाउनुपर्ने बेला जागिरबाट हटाउने, तलब घटाउने, नदिने काम हुँदा सरकार पनि पत्रकारको पक्षमा बोल्न सकेको थिएन । राजनीतिक दल पनि थाहै नपाएको जस्तो गरे।
आधुनिक मुुलुकको पत्रकारिता क्षेत्रमा हासिल गरेको उपलब्धिका बारेमा वहस गर्नुपर्ने बेलामा पुरानै कुरा दोहो¥याउनु परेको छ । राज्य र संचारगृह पत्रकारका हकहित प्रति उदासीन रहेको प्रमाण एउटै मुद्धा उठाइरहनु हो । सिंहदरबारमा केन्द्रीत रहेको अधिकार स्थानीय तहसम्म पुगेको छ । तर सिंहदरबारमा बस्नेको जस्तै व्यवहार गर्न थालेका छन् । आफुलाई सिंहदरबारको शासक जस्तो ठान्ने प्रवृत्ति बढेको छ । पत्रकारलाई राज्यले संबोधन गर्र्ला आर्थिक विकास र समृद्धिको बाटोमा हिडाउन प्रेसको महत्वपूर्ण भुमिका रहन्छ । नेपाललाई आधुनिक विश्वसँग एकाकार गराउन प्रेस स्वतन्त्रताको ग्यारेन्टी र पत्रकारको पेशागत र भौतिक सुरक्षा आवश्यक छ । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको झण्डामुनि मुलुकभर र संसारभर छरिएर रहेका नेपाली पत्रकारको अधिकार र स्वतन्त्रताको लागि पेशाप्रति ईमान्दार र सक्षम ब्यक्ति आवश्यक छ । सत्ताको दास बनेर झर्ला र खाउँला भनेर बस्ने काम पत्रकार र पत्रकार महासंघको होइन । नागरिकको अधिकार, रोजेको प्रतिनिधि चुन्न पाउने अधिकार सुरक्षित गर्ने, निर्वाचन स्वतन्त्र निष्पक्ष भयरहित वातावरण बनाउन भुमिका खेल्ने अवसरलाई सदुपयोग गर्नुपर्छ । स्थापना दिवसको अवसरमा सबैलाई पत्रकार महासंघको इतिहास, अहिलेको जिम्मेवारी र नेपाली जनताले सधैं सम्झने नागरिक संस्था बनाउने प्रेरणा मिलोस सबैमा शुुभकामना ।