Pokharapatra National Daily

उमेद्वार बन्न राजीनामा

स्थानीय चुनावमा उमेद्वार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएकोछ । स्थानीय तहको जनप्रतिनिधिले उमेदवार बन्न राजिनामा दिनुपर्ने भएको छ । यसअघि सर्वोच्च अदालतले राजीनामा दिन नपर्ने अन्तरकालिन आदेश दिएको थियो । सर्वोच्चका न्यायायधीस तेज बहादुर के.सी. र तील प्रसाद श्रेष्ठको संयुक्त इजलासले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज गरेर आयोगले जारी गरेको आचार संहिता कार्यान्वयन हुने भएको छ ।
निर्वाचन आचारसंहितामा स्थानीय तहका जनप्रतिनिधिले आगामी स्थानीय चुनावमा उम्मेदवारको मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ । उक्त प्रावधान कानून विपरित भएको भनि रिट परेको थियो । निर्वाचन आयोगले पदिय दुरुपयोग नहोस भनि राजीनाम दिनुपर्ने आचार संहिता जारी गरेको थियो । निर्वाचन आयोगले संघ र प्रदेशको चुनावमा पनि अव मन्त्रीले पनि उमेदवार बन्न राजिनामा दिनुपर्ने नैतिक दवाव दिनेछ । वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि आयोगले जारी गरेको आचारसंहिता विगतको भन्दा कडा छ । अदालतको नजिरले नैतिक रूपमा स्थानीय तहका जनप्रतिनिधिले पदमा बसेर चुनाव लडन नसक्ने बनेको छ । स्थानीय तहका जनप्रतिनिधिले पदबाट राजीनामा नदिंदा निर्वाचन प्रभावित हुन्छ भन्ने बुझाइ निर्वाचन आयोगको हो । संघीय र प्रदेश सरकारका मन्त्रीहरूले राजीनामा नदिई हेलिकोप्टरमा घुमेर प्रचार गर्दा निर्वाचन प्रभावित हुन्छ । तलकालाई कडाई गर्दा माथिकाले उन्मुक्ति नपाउनका लागि आयोगले एउटै मापदण्ड बनाउनु पर्दछ । वडाध्यक्षले प्रचार गर्दा निर्वाचन प्रभावित हुने मन्त्रीले प्रचार गर्दा केही नहुने सोचाई सानालाई ऐन, ठूलालाई चैन भनेझैं भएको छ ।
निर्वाचनमा जाँदा मेयरले उपमेयरलाई र उपमेयरले मेयरलाई तथा गाउँपालिका अध्यक्षले उपाध्यक्षलाई र उपाध्यक्षले अध्यक्षलाई राजीनामा दिनुपर्ने कानूनी व्यवस्था छ । निर्वाचन आयोगले सबैलाई समान अवसरको लागि राजिनामा दिनुपर्ने प्रावधान सबैका लागि सबै तहमा हुनुपर्छ । निर्वाचन गराउन उमेदवार नहुनेलाई मन्त्री बनाउने परिपाटी बसाल्नु पर्छ । निर्वाचनमा राज्यको साधन स्रोत दुरुपयोग हुन नदिन उमेद्वार नहुनेलाई चुनावी सरकार बनाउने वातावरण राजनीतिक दलहरुले बनाउनु पर्दछ । खिलराज रेग्मीको सरकार जस्तै बनाउन निर्वाचन आयोगको आचार संहिता र सर्वोच्च अदालतको आदेशले बाटो देखाएको छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...