Pokharapatra National Daily

दुई वर्ष पछि मेला महोत्सव

दुई बर्षदेखि कोभिड–१९ ले थला परेको आर्थिक गतिविधि चलायमन गराउन निजी क्षेत्रले मेला महोत्सव गर्न थालेका छन । मेला महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पु¥याउने गरेको छ । उपभोक्ता र उत्पादकबीच सिधा सम्बन्ध राख्ने ठूलो मौका मेला महोत्सवले दिने विश्वास गरिन्छ । व्यवस्थित मेला महोत्सव गर्दै आएको लेखनाथ उद्योग बाणिज्य संघले लेखनाथ महोत्सव सम्पन्न गरेको छ । कोभिड–१९ पछि आयोजना गरिएको महोत्सवमा दर्शक र उपभोक्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । पोखरामा महोत्सव सम्पन्न भएको सकारात्मक सन्देशले अरुलाई उत्साहित बनाएको छ । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि दमौलीमा महोत्सव सुरु भएको छ। प्रधानमन्त्री शेर बहादुर देउवाले आठौँ तनहुँ महोत्सवको उद्घाटन गरेर महोत्सवलाई महत दिएका छन।कोभिड–१९ ले थला परेको अर्थतन्त्र चलायमान बनाउन स्थानीयस्तरमा आयोजना हुने मेला महोत्सवबाट सहयोग पुग्ने देखेर नै सरकारले महत्त्व दिएको हुनुपर्छ ।
आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि मेला महोत्सव सार्थक सिद्ध हुने गरेका छन । कतिपय मेला महोत्सव उद्देश्य विहीन हुने गरेका थिए । कति त देखासिखीका आधारमा हुने गरेका थिए ।सरकारले स्पष्ट मापदण्ड तयार नगरीकन मेला महोत्सव गर्न दिँदा आयोजकलाई कमाउने माध्यम पनि बनेको थियोे । अब हुने मेला महोत्सव विगतका कमि कमजोरी हटाउने र असल अभ्यासलाई अनुसरण गर्न सघाउँछ । ‘कोरोनाले दुई वर्षदेखि रोकिएका मेला महोत्सव सञ्चालन हुनु अर्थतन्त्रका लागि राम्रो हो ।’ हरेक नेपालीलाई कोभिड–१९ विरुद्धको खोप लगाइएकाले नेपालीमा आत्मबल बढेको छ।महोत्सव आयोजना गर्न उत्साहित गराएको छ । स्थानीय स्तरमा उत्पादन हुने वस्तुको प्रचारप्रसार र बजारीकरणमा महोत्सवबाट सहयोग पुग्नुपर्छ ।
गाउँमै आम्दानी र रोजगारीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसूँ बसूँ बनाउनुपर्ने काम सरकार को हो । रोकिएका विकास निर्माणका कामलाई निरन्तरता दिन सकेमा जनतामा विश्वास पलाउँछ। स्वदेशी तथा बाह्य लगानी भित्र्याउन सरकारको लगानी मैत्री नीति हुनुपर्छ । सरकार विकास र समृद्धिको पक्षमा लाग्न आनाकानी गरेको कारण पलायन हुने क्रम रोकिएको छैन । देशिक रोजगारीमा भएका बेथिति हटाउन सके देशभित्रै रोजगारीको सिर्जना गर्न सकिन्छ । आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो।चैत २० गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य छ । साथै महोत्सवमा छ करोड बराबरको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।
ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रुपले सम्पन्न ग्रामीण बस्तीको प्रवद्र्धनका लागि दर्शकलाई सांस्कृतिक नमूना ग्राम भ्रमण गराउन पछि पर्नुहुँदैन। महोत्सव अवलोकनका लागि दर्शकलाई मानुङकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँ लगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ ।

प्रतिकृया दिनुहोस्

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...