Pokharapatra National Daily

रुपान्तरण

-शम्भु बहादुर अधिकारी, तनहु

१) हरेक जीवित र अजिबीत बस्तुहरु रुपान्तारित हुदै जान्छन।जैबिक बस्तुहरुमा छिटोछिटो रूपान्तरण हुन्छ।आजको संसार र मानबजातीको बिस्तार र रूपान्तरण यही नियम अनुसार हुदै आएका हुन। जंगलमा बस्ने जीबनशील बस्तुहर र मानबजातीको बिकास सोही अनुरुप हुदै आएका छन।प्रकृति र पदार्थ गतिमा हुन्छ तथापी तिन्को रूपान्तरणले लामो समय लिन्छ।त्यसैकारण पृथ्वी,सूर्य, चन्द्र, ग्रह,आकाशीय पिण्डहरु र अन्य अनुसन्धान गर्न बाकी बस्तुहरु समेत अरबौ बर्ष लागेर निर्माण भएका हुन।जलचर, थलचर,नभचर र उभएचर पशु र पंक्षिहरुको बिकासले पनि लामै समय लियो।भीमकाय पशु पंक्षिहरु प्रकृतिसंग रूपान्तरण हुन नसक्दा आज तिनिहरुको अस्तित्व छैन,जस्तोकि डायनाशोरहरु हराए,तिनिहरुको अबशेष उत्खननद्वारा पत्ता लगाइएका छन।गतिका कारण ठूला बिष्फोटहरु भए,ज्वालामूखि र भूकम्पका कारण मुसलधारे पानी पर्यो जस्ले गर्दा जमीन उबडखाबड भयो र समुद्र, तालहरु हिमालय र अग्ला पहाडहरुको निर्माण भयो।जलचरबाट विकास हुदै मानवत उत्पति भयो जुनजीब सबै भन्दा कान्छो उत्पति हो।नरबादरका रुपमा बिकास भएका मानवजातीले यायाबरीय जीबन बिताउदै प्रकृति र अप्ठ्यारासित लड्दै रुपान्तारित हुदै आफ्नो अस्तित्व कायम गरेको छ,प्रकृतिमाथि बिजय प्राप्त गर्दै गएको छ।मानवजाती बन्य जीबबाट सभ्य जीबनमा रुपान्तारित हुदै गएको छ।प्राथमिक चरणका मानवहरु बास ,गास र एकठाउमा बस्नको लागी कूनै अर्को समूहसंग भीडेर मात्र चाहिएको वस्तु प्राप्त गर्न सक्थे।उनीहरु स्थाइ रुपमा बस्न थालेपछि खेतिपाति ,पशुपालन र फलामको हतियार बनाउन सिके,शिकारी युगबाट कृषि युगमा प्रबेश गरे।भाषा, बोलिको बिस्तार गरेर एक अर्कामा आफ्ना भावनाहरु व्यक्त गर्न सिके।दुइ वा अनेक समूहसंगको संघर्षमा हारेकालाइ या त मारियो या दास बनाइयो र तीनीहरुबाट उत्पादनको काम गर्न लगाइयो।केही बलियाहरु मालिक भए भने हरुवाहरु दास।यसरी दास मालिकको निर्माण भयो।कृषि कर्म गर्दै अझ अगाडि बढेर केही मानीसले संपति संकलन गरी संपन्नता प्राप्त गरे।केही मानिसहरूले सामन्तबादी सत्ता कायम गरेर जमीनमा आफ्नो अधिकार जमाए।राजतन्त्रको उदय भयो र समय संगै उत्तराधिकारीहरु राजाको छोरो हुने भयो।धेरै मानिसहरु कृषि मजदूरमा रुपान्तरण भए,मानिस मानिस बीच असमानतामा ब्यापक बृद्धिभयो।सामन्तवाद पूजिबादमा रुपान्तारित भएर पूजिपति बर्ग र सर्बहाराबर्गमा परिवर्तित भए।पूजिपतिबर्गले पूजिबादी ब्यबस्था स्थापना गरे र सामन्तवादीहरु पनि पूजिपतिबर्गमा समाहित भए।रुपान्तारित पूजिपतिबर्ग र सर्बहारा बर्ग दुवैबर्गका बीच संघर्ष सुरु भयो।मज्दूरलाइ कम ज्याला दिएर ठूलो मात्रामा सस्तोमा उत्पादित बस्तुहरु बेचेर अकुत संपति संकलन गरे।निम्न किसान र निम्न पूजिपतिबर्ग सर्बहारा बर्गमा झर्दै गए।बिपरित बर्गका बीचको संघर्ष तीव्र भयो।क्रान्तिको चरणहरु सुरु भये।

२) रुपान्तरणको क्रममा मानबजातिले ब्यक्तिगत संपति,ब्यक्तिगत स्वार्थ र ब्यक्तिगत हितलाई सर्बोपरि ठान्यो।अवैध रुपबाट कमाएको रकम र शोषक बर्गीय सत्ता कायम गर्न धर्म र धर्मशास्त्रको बिकास गरीयो,आफू अनुकूल,सेना,प्रहरी ,अदालत र बैङ्क संचालन गरीयो जस्बाट आफ्नो सत्ता अकन्टक होस र जनताका पूजीबादीशोषणका विरुद्धको संघर्षलाइ सजीलै दमन गर्न सकियोस।त्यसै बेला समतामूलक समाज र जनताका हितका पक्षमा केही समाजबादी बिचार भएका मानिसहरु देखा परे।तिनले समाजवादका पक्ष्यमा अनुकुल बाताबरण तैयार पार्न खोजे।भीषण बर्ग संघर्ष पछि केही मुलुकहरु पूजिबादबाट समाजवादमा रुपान्तारित भए । तर जनताले जति पटक संघर्ष गरे ,त्यतिपटक असफल भये। प्रतिकृयाबादी शक्ति ,दक्षिणपंथि अवसरवाद, संशोधनबाद र पूजिबादी बाटो समातेका गद्दारहरुले क्रान्तिद्वारा प्राप्त समाजवादलाइ सामाजिक साम्राज्यवादमा रुपान्तरण गरी दिए।अहिले समाजवाद बैश्वीक स्तरमा नै प्रतिकूल अबस्थामा छ।जनबाद वा समाजवादको नाममा पछिल्ला दिनहरूमा बिस्व पैमानामा नै नक्कलि जनवादी वा समाजवादीहरुले बिचार,आदर्श, सिद्धान्त बिपरित पूजिबादी सत्ता संग मिलेर शासन गरेका छन ।कम्युनिस्टहरु आफ्नो आदर्श र गन्तव्य पूरा नहुदै पूजीबादी सत्ताका साझेदार बनेका छन जुन सैद्धान्तिक, बैचारिक र राजनीतिक रुपले बिचलित अवस्था हो।नेपाली वामपंथी आन्दोलनलाइ समाजवादी कलेवर दिए पनि त्यो समाजवाद नभएर पूजिबाद नै हो।कम्युनिस्ट आन्दोलनइ गहिरिएर हेर्दा यो कतैबाट संचालित त होइन?व्यवहारले प्रशस्त शंका गर्ने ठाउ दिएको छ।जनताले जे आशा गरेर आत्मोसर्ग गरेका थिए परिणाम र ब्यबहारले त्यस्को ठीक बिपरित भएको देखिन्छ। कथनि र करणीमा कम्युनिस्हरु चुकेका छन। ३)आफूलाई परिवर्तनका बाहकका रुपमा चिनाउन मन पराउने हरेक दलका नेताहरुले उस्को नेत्रृत्वलाइ अकण्टक ठान्छन ,उनीहरुका समर्थकहरु त्यस प्रबृत्तिको यसरी समर्थन गर्छन कि नेतृत्वको आलोचना र उस्लाई दिइने सुझावहरुलाइ पदलोलुप र अनुशासनहीन करार गरि दिन्छन।जन नेताहरु जेको लागी लडेका थिए ,साम्राज्यवाद – बिस्ताबाद र शोषणका विरुद्ध जनतालाइ युद्धमा होमेका थिए,ठीक त्यस्को बिपरित उनीहरूसंग नै आज क्रान्तिकारीहरु हातेमालो गरीरहेका छन।अबस्था र ब्यबस्थामा रुपान्तरण चाहेका हजारौ-लाखौ निमुखा जनता र युबायुबतिहरुको अबस्था बदलिन सकेको छैन।जनबादी ब्यबस्था प्राप्तिका लागी बलिबेदीमा चढेका क्रान्तिकारीहरु बेरोजगार भएर आज मलेशिया र खाडीमुलुकको ४५॰तापमान भएका देशहरुमा बाध्यात्मक रुपमा काम गरी रहेका छन।रुस यूक्रेन युद्धमा भर्ति भयेर जीबन गुजरान गर्न आट गरेका छन,सरकारले बेरोजगारलाइ काम नदिनाको परिणाम हो त्यो।आश्चर्यको कुरा त यो छकि गोर्खा सेना भारत र बेलायतमा भर्ती नभै अन्त भर्ती भये कानून बमोजिम हुने सरकारबाट बक्तब्य आउनु आश्चर्यको कुरा हो।नेपालीहरु खासमा वाइ सी एलहरु समेत फ्रेंचसेनामा,रुसी सेनामा,अमेरिकीसेनामा, यूएईमा, पोर्चुगलमा कार्यरत छन तिनलाइ के भन्ने?मर्न त भारतीय र बृटिश सेनामा पनि ठुलै संख्यामा गोर्खाहरुमरि रहेका छन।ब्यबस्था बदलियो ,तर सत्तामा पुग्नेहरुको ब्यबहारमा परिबर्तन पूरा नै खालको छ।जुन उद्देश्यको लागी धेरै मानिसहरुले जीबन उत्सर्ग गरे तिन्कै नेताहरु सुकिला मुकीला भए,संपन्नता मा तडकभडक देखाए,तस्करी र पैसाको सन्चितिगरे, काठमांडू मा तारे होटल,तस्करीमा संलग्न,जग्गा,महल,महगा गाडी-,सुनको अबैध धन्दामा संलग्न नेताहरुलाई दलले कारवाई गर्नुको सट्टा उनीहरूको सूरक्षा र राम्रा पदहरु सुनका किस्तिमा दिइ रहेका छन।त्यस कृत्य को आलोचना गर्नेहरुलाइ सबै दलहरु आक्रमणमा उतारु हुन्छन।समाजबादको र सुन्दर जीवनको ललिपप देखाइएका जुझारू युवाहरुलाइ दब्बू बनाइएको छ ,उनीहरु एकतर्फी रुपमा कार्यकर्ताको स्वतन्त्र अथिकार माथि छड्के आखा लगाउछन।जनताहरु र क्रान्तिमा उत्सर्ग गर्नेहले संधै हारेका छन,जीत तिनैको भएको छ जो मुठ्ठीभर निम्नपूजिबादी चरित्रका छन र तिनिहरु नै क्रान्ति नायक भनिन गर्व गर्छन।नाताबाद र कृपाबादले सरकार सञ्चालित छ।समानुपातिक समावेसिता जुन उद्देश्यले सबिधानबद्ध गरीएको थियो त्यस्मा चुनाव हारेकाहरु, राजा साहेबहरु ,मधेश र पहाडका संपन्नहरूले पदहरु र फाइदाका अंशहरु हाता पारेका छन।शक्ति,पद र प्रतिष्ठाका लागी नेत्रृत्व जस्तो सुकै,प्राकृतिक-अप्राकृतिक गठबन्धन गर्न उद्यत देखिन्छ,अस्थिर राजनीतिमा खेल्न रमाउछ ,त्यसैलाइ महान सफलता ठान्छ तथा त्यस कार्यनीतिलाइ मार्क्सवादको सिर्जनात्मक प्रयोग ठान्छन जुन प्रबृत्तिले राजनीतिक आदर्श र बैचारिक स्खलनलाइ नै प्रदर्शन गर्दछ।जनताका दैनन्दिनका आबश्यकताहरु ओझेलमा परेका छन र बारंबारको सत्ता परिवर्तनले जनताका बिस्वास र आस्थाहरु धूमिल भएका छन।देशभीत्र भएका यी संपूर्ण घटना परिघटनाहरुले के प्रमाणित गर्छ भने “रुपान्तरण “को कलेबरमा देश र जनता ठगीएका छन।तर नेत्रृत्व रुपान्तरण हुन सकेको छैन।

४) संसदीय राजतन्त्रात्मक राज्यका विरुद्ध माओबादीले सशस्त्र युद्ध सुरु गर्यो।दलित,जनजाती, भोकानाङ्गा, उत्पीडित र भूइ मान्छेहरु जनयुद्धमा होमिए।४०सुत्रीय मागमा जनबादी गणतन्त्र, जनजीबिका र राष्ट्रीयतालाइ प्रमूख मुद्दा बनाइएको थियो। भारतीय हस्तक्षेपको अन्त,गोर्खाभर्ति केन्द्रको खारेजी ,असमानसंधी संझौताको खारेजी,राजतन्त्रात्मक ब्यबस्थाको अन्त र गणतन्त्रको स्थापना र संविधान सभा मार्फत समाबेशी चरित्रको संविधान निर्माण आदी मागहरूले उत्पिडीत जनतालाइ युद्धमा हाम्फाल्न प्रेरित गर्यो।त्यो संघर्षलाइ भारतमा बसेर संचालन गरीएको थियो।नक्सालबादी आन्दोलन र पृथकताबादीहरु संगको संबन्ध र हिमचिमले भारतमा बसेर नेपालमा जनयुद्ध गर्न भारतीय सत्ता को अवरोध सुरु भयो।नेता कार्यकर्ताहरु भारतले धमाधम पक्राउ गर्नथाले पछि माओबादी नेत्रृत्व अब भारत अनुकूल रुपान्तरण भयो।१०बर्षको जनयुद्ध कालमा माओबादी नेताहरु ८बर्ष र छ महिना भारतप्रबासमा रहे।सीपी गजुरेल र बैद्यहरु भारतीय जेलमा परेको बेला मूख्य नेत्रृत्वले दिल्लिमा १२बुदे संझौता गरेर नेपाल पस्ने बाताबरण बनाए।त्यति बेलासंम धेरै धनजनको नोक्सानी भैसकेको थियो। भारतीय बुद्धिजीबी र राजनीतिक बिश्लेसकहरु जस्तै एसडी मुनी,रन्जित रे,अशोक मेहता ,शिवशंकर मेनन र स्यामशरणहरुले माओबदी आन्दोलन कसरी उठ्यो र त्यस्मा भारतीय संस्थान पक्षेको भूमिका के थियो भन्ने कुरा छर प्रष्ट बाहिर प्रवाहित गरीरहेका छन।त्यस युद्धमा हजारौ शहीद भये,लाखौअंग अपाङ्ग भये, धेरैका लौराहरु भाचिये भने धेरैले अभिभाबक गुमाये।दोहोरो भीडन्तका नाममा गाउहरु उजाड भये। माओबादीहरु युद्ध जितेर आएको भाष्य श्रृजना गरीयो ।त्यो सफलता ७दल -माओबादीको संयुक्तसंघर्षले मात्रसंभव भएको थियो।सातदल मूख्यत:कांग्रेस एमाले शान्तिपूर्ण आन्दोलनमा नआएको भए,संघर्ष अझ समाप्तहुन्थेन।ती उत्पीडित, शोषित,दमितबर्गले र संपूर्ण जनताले संघर्ष्कको सफलता पछि अब गरीब दु:खिका दिन आए भन्ने एउटा सुन्दर सपनामा रमाए,सामन्त र शोषक को समाप्तिको स्वैर कल्पनामा निरीह जनताहरु आनन्द बिभोर भये।उनीहरूलाइ लाग्यो अब जनताको ब्यबस्था आयो,उनीहरुले शीरठाडो पार्न कोशिस गरे।तर माओबादी आन्दोलनले गास बास कपास र रोजगारीको ब्यबस्धा गर्न सकेन।माओबादीको जुलुसमा त तिनै सामन्त शोषकका छोरछोरी र नेताका आसे-पासे जनताको रगतले भीजेको झण्डालियेर जिन्दाबाद-मुर्दाबाद भन्दै अघिल्लो मोर्चामा खटीएको देखेर शहीदका बा आमा, घाइते अपाङ्गहरुले अपमानको अनुभूति गरे।आखिर माओबादी आन्दोलन जुन ब्यबस्था को बीरूद्ध थियो त्यो त्यही ब्यबस्थामा समाहित भयेर सरकारमा जान हतारियो,प्रतिकृयाबादीसंग गठबन्धन संस्कृतिको बिकासमा कार्यनैतिक चलाखीपन र समयानुकूल चल्न सक्ने एउटा तागतिलो,गतिशील रअब्बल दर्जाको नेत्रृत्व ठान्यो ।माओबादी कार्यकर्ताहरु नेताले चालेको कदममा बैग्यानिता छ भनेर चीया गफ गर्न थाले।पार्टी भित्रपनि त्यस्ता मानिसहरुको बर्चस्व छ जस्ले जनयुद्धकालमा माओबादीलाइ”नो बास नो गास”भन्ने गर्दथे,आज सत्तामा त्यस्तै नेताहरुको बर्चस्व छ जस्ले माओबादी आन्दोलनलाइ बन्दुके प्रबृत्ति भनेर खिसी गर्दथे। यसरी आमूल परिबर्तनका लागी बन्दुक समाएकाहरु जनताको चाहना बिपरित सत्तामा जान मरिहत्ते गरे जुन प्रबृत्तिलाइ”मिलेराबाद”भन्ने गरीन्छ।भारतीय बिस्तारबादका बिरुद्ध माओबादीले”युद्धका लागी ट्रेन्च”खनेको थियो,तर दिल्लिमा संपन्न १२बुदे संझौता पछि त्यो दल भारतका लागी “सहज”बन्न गयो।त्ससो त २००७,२०४६ र ३०६२|६३ का आन्दोलनहरु भारतबाटै प्रायोजित थियो भन्ने कुरा भन्न हिचकिचाउन पर्दैन।चीनलाइ घेरा हाल्ने र आक्रमण गर्ने अमेरिकी परियोजना “एम सीसी”नेपालको सदनबाट पारित गरीयो।तर चीनको”बी आर आइ”लाइ बेवास्ता गरीयो।२०७२को महाभूकम्प र जाजरकोटको भूकम्पका लागी सहयोग पठाउदा चीनले सहयोग ल्याएको “जेट प्लेन “जबर्दस्त ओराल्नु पर्यो।भारत र चीनको संबन्धलाइ भिन्न-भिन्न रुपले ब्यबहार गर्नु असंग्लग्न परराष्ट्र नीति बिपरीतको कुरा हो।नेत्तृत्वले रुपान्तरणको भाषा बोले पनि ब्यबहारमा त्यो स्खलित भै रहेको छ।अमेरिका को हिन्दप्रशान्त रणनीतिमा नेपाली सेना प्रमूख प्रभूरामलाइ भागलिन पठाइयो। यसरी नेपाल त्यो सैनिक गठबन्धनको समर्थनमा देखियो।वर्तमान सरकारले जब इजराइल र हमास युद्धमा इजराइल को पक्षपोषण गर्यो र रूस यूक्रेन युद्धमा यूक्रेनको पक्षपोषण गर्यो त्यो असंग्लग्न परराष्ट्र नीतीको बिपरितको कुरा थियो।

५) रूपान्तरण बिकासको गतिको एउटा रुप हो।ज्यादै सानो र आवश्यक बस्तुको खोजी बाट सुरु भयेको बिकासले यति ठूला महान काम र उन्नत स्थितिमा प्रबेश गरेको छ,बिग्यानले मानिसलाइ नै उछिन्ने हो कि भन्ने बिस्वास गर्न थालिएको छ।प्रकृति र मानव जीबनकालमा अनेक प्राकृतिक र राजनीतिक परिबर्तनहरु भयेका छन।रुपान्तरणको माध्यमबाट बस्तुहरुको जन्म,बिकास र अन्त हुन्छ,तर त्यो क्रम निरन्तर अगाडी बढ्छ।प्रकृतिको अन्तरद्वन्द मानिसका मनोगत वा आदर्शगत चिन्तनका बिपरीत पनि हुन्छन।रुपान्तरणको प्रकृयामा संपूर्ण प्रकृति जगत र जीब जगत विघटन भयेर नया निर्माणकार्य प्रकृया सुरु हुन सक्छ।दर्शन, राजनीति,आदर्श, बिचार ,धर्म संस्कृति र संस्कार संधै पूरानै रुपमा रही रहन्नन,तिनिहरुपनि रुपान्तारित हुन्छन।।रुपान्तरणका क्रममा मानवजाती वा उस्का कामहरु,बैग्यानिक उपलब्धीहरु अझ उन्नत र कर्मशील हुदै जान्छन।देश काल,परिस्थिति अनुसार चल्न नसक्ने दब्बु नेतृत्व समाप्त भयेर जान्छ।तर बढी चतुर्याइ देखाएर वा आफू अब्बल दर्जाको अत्युत्तम नेता ठान्ने नेतृत्व पनि जबकि जनताको नजरमा स्खलित हुन्छ र ब्यबहारमा रुपान्तारित हुदैन , यो निश्चित छ कि ती महान भनिएका नेता र त्यस्का प्रशंसकहरुको पतन अनिवार्य छ। नारामा रुपान्तरण अतिआकर्षक र राम्रो कुरा हो।उत्पीडित, निमूखा,खान नपाएका,दलित,सुदुर क्षेत्रका कार्यकर्ता र मानिसहरु गरीबीको निर्मम अबस्थामा छन,उनीहरुलाइ सैद्धान्तिक, बैचारिक, राजनीतिक र सास्कृतिक रुपले अगाडी बढाउने र रुपान्तरण प्रकृया मार्फत उनीहरुलाइ उच्च स्तरमा उकास्न गार्हो पर्दैन।तर बुझेर पनि बुझपचाएका ,थाहा पाएर पनि थाहा नपाए जस्ता नेत्रृत्वले आफूलाई रुपान्तरणमा अब्बल भैसकेको गुड्डि हाक्छन।मानिस रुपान्तरण हुन यस कारणले आवश्यक छ कि उस्ले आफ्ना सन्ततिलाइ बिराशदमा ग्यान,आदर्श, इमान्दारीता, अनुशासन र बिस्वास र पछि संम संझिइने असल कृत्य छाडेर जानु पर्छ।सिद्धान्त, बिचार,राजनीति र संस्कारमा ब्यबहारिक रुपले रुपान्तरण नहुदा संम हामी एउटै गोलचक्करमा घुमी रहनका हुने छौ।कम्युनिस्ट नेताहरुका बोली,भाषा,शैली ,खानपान, बिहाबारी,संगत तिनै मान्छेसंग छ जो पूराना खानदानीया र तस्कर र भ्रष्टहरु थिए ।त्यो कुलीनतन्त्रृय शासकवर्ग संगको हिमचिमले नेत्रृत्वलाइ शासकीय बर्गमा रुपान्तारित गरेको छ, भूइमान्छेले उनीहरुसंग भेट्न पाउनु अहो भाग्य नै संझनु पर्छ।उनीहरु आलोचना र कमिकम्जोरी सुन्न सक्तैनन,सामान्य रुपमा पार्टी वा नेताको आलोचना गरे भने त्यो आलोचकको राजनीतिक इतिहास नै समाप्त पारी दिन्छन।उनीहरुसंग तस्करहरु,भ्रष्टहरु, बिदेशी दलालहरूको निकट घनिष्ठता देखिन्छ।त्यसैले त लार्केन लामा लुम्बिनिको हर्ते कर्ते हुन्छ,सुनकाण्ड, ललिता निवासकाण्ड ,नक्कलि भूटानी शरणार्थी काण्ड र सहकारीकाण्डमा आरोपीत रबी लामीछानेले गृहमंत्री पाउछन,अब उन्ले कस्को अपराधको अनुसन्धान गर्छन त?जोचोर उसैको ठूलो स्वर भनेको सायद त्यही होला।उन्ले आफ्नो अपराधपूर्ण कार्यलाइ लुकाउन त्यही गृह मन्त्रालय रोजेको हुनु पर्छ।

६) २०५२फागुन१गते सुरु गरिएको जनयुद्धको मूलमर्म सामन्तबादी राजतन्त्रको अन्त,संविधान सभा मार्फत संविधान लेख्ने, जनबादी गणतन्त्रको स्थापना, असमान सन्धी संझौताको खारेजी ,गोर्खा भर्ती केन्द्रको खारेजी,पंचशीलको आधारमा परराष्ट्र नीति,सैनिक गुठमा नलाग्ने, गरीब-बिपन्न जनताको आवश्यकता पूरा गर्ने,स्वाधीन अर्थतंत्र निर्माण र गासबासकपासको ब्बस्थाको नारा थियो।त्यसैको आसमा भूइमान्छेको जीबनमा आमूल परिबर्तन हुनेमा बिस्वासका साथ जनयुद्धमाहजारौ मानिसहरुले जीबन उत्सर्ग गरे।अहिले समाबेशी र समानुपातिक संविधान लेख्यौ, त्यो समाजवाद उन्मूख भयेकोले क्रान्तिकारी संविधान लेख्यौ भनेर जनतालाइ झुक्याउने प्रंपच गरेको देखिन्छ।हाम्रा ४०सुत्रृय माग कति पुरा भए कति भएनन?भारतसंग मात्र रद्द गरीनु पर्ने मागहरु के भएका छन?शिक्षा,स्वास्थ्य र रोजगारी खै?लडाई गरेको लाखौको संख्यामा युवायुबतिहरुलाइ अरब मलेशिया श्रम संझौता गरेर पठाउन होइन होलानी?बेचियका र रुग्ण उद्योगहरु पुन:स्थापित गरेर संचालित गर्न सके किसान मजदूरहरू विदेश जानु पर्थेन होला।भाषणमा मात्र आस्वासन दिएर जनताहरु बिस्वास गर्ने अबस्थामा छैनन।शहीद र घाइतेलाइ अनुदानदिनु नराम्रो कुरा होइन,त्यस्ले उनीहरुलाइ राहतमिल्छ।त्यस्ले काम,दाम माम नपाएका लाखौ जनताको जीबन स्तरमा कुनै फरक परेको छैन।उनीहरुले पनि राज्य छ भन्ने महसूस गर्न पाउनु पर्छ।महान परिबर्तनको अनुभूति नेत्रृत्वले होइन,जनताले गर्नु पर्छ। नेत्रत्वको शासकीय मनस्थितिले जनतालाइ कुनै राहत मिल्दैन।

७) १२बुदे सहमतिका आधारमा सशस्त्र संघर्ष र जन आन्दोलनले चरम रुप लियो।राजतन्त्रको अन्त,संविधान लेखन, समतामूलक समाजको स्थापना र अन्तरिम सरकार बन्यो।माओबादीहरु पनि सरकारमा पुगे पछि सत्ताको चास्नीमा उनीहरु पनि डुबे।बहुमतको उन्मादमा रुक्माङ्गद काण्डमा प्रचण्ड सरकारबाट निस्कनु पर्दाको अट्टहास सुनी राखौ जस्तो थियो।सरकारलाइ “सत्ता”को रुपमा जनताले मात्र होइन स्वयं नेत्रृत्व पंक्तिले पनि त्यही रुपमा बुझे पछि उस्ले रुपान्तरणलाइ गौण ठान्यो। नेत्रृत्वको अघिपछि हिड्ने गैरक्रान्तिकारीहरु, तस्करहरु, पद हत्याउन हिडेका अबसरबादीहरु, माओबाद बिरोधीहरुनै नेत्रृत्वको आफ्ना मान्छे भए।पंचायती कालरात्रिमा संगठन बचाउने कर्मठ,अनुशासित,इमान्दार कामरेडहरु कतै नेपथ्यमा बसेर पार्टीका गतिबिधिहरु हेरिरहेका होलान।आफु कमजोर भएर वा कार्यनीतिक छलाङ मारेर होकि एमाले माओबादी बिच चुनावी गठबन्धन भयो,त्यस्को उद्देश्य ब्यक्तिगत रुपमा बिजय प्राप्त गर्नु थीयो र संयुक्त रुपमा सरकार चलाउनु थियो।गठबन्धनमा हामीले सूर्यलाइ भोट हाल्यौ, जीत भएर सरकार बन्यो।प्रचण्ड र केपीको ब्यक्तिगत टकरावले सरकार ढल्यो र कांग्रेससंग संयुक्त सरकार बन्यो।किन एमालेसंगको गठबन्धन गर्यौ? किन खठबन्धन टुट्यो ?कार्यकर्तालाइ थाहै भएन।एमाले माओबादी गठबन्धन ठीक भनेर जुलूस लगायौ ,गठबन्धन तोडिदा पनि नेत्रृत्वलाइ अतिरंजित तरिकाले प्रशंसा गर्यौ सही निर्णय भनेर,एमालेलाइ सत्तोश्राप गर्यौ।५दलीय गठबन्धन बन्यो हामीले रुखलाइ भोट हालेर रुपान्तारित भयौ।माओबादी३२सिटमा थन्कियो।शेर बहादुर र प्रचण्ड दुवै प्रम हुन चाहदा प्रचण्डले आफू रुपान्तारित भै एमालेसंग मिलेर सरकार बनाउन सफल भए।कांग्रेसले पनि प्रचण्डलाइ बिस्वासको मत दियो।राष्ट्रपतिको चुनाबमा माओबादीले रामचन्द्र लाइ मत दियो।आफूले बनाएको प्रमले धोका दिएको अनुभूति गरेपछि एमालेले बिस्वासको मत झिक्यो।फेरि प्रचण्डले बिस्वासको मत पाए।अब रुपान्तरणले छल्याङ मार्यो कांग्रेसको पोल्टाबाट बामपंथीमा रुपान्तारित भयेर एमाले,रास्वपा,जसपा,समाजबादी मिलेर सरकार बन्यो।तल्ला कार्यकर्ताहरुले हसिया हथ्यौडामा मत खसाल्न बिर्षे जस्तो अनुभूत हुन्छ।हामी फेरि रुपान्तारित हुदै वामपंथी एकता जिन्दाबाद भन्न थालेका छौ।अहिले माओबादी आन्दोलन र नेत्रृत्वप्रति जनताहरु भ्रमित भएका छन।माओबादी नेत्रृत्वले गर्न खोजेका कुराहरू बुझ्न धेरै गार्हो छ।माओबादी प्रतिको आकर्षण घटने क्रम जारी रहनु,बैचारिक, दार्शनिक र सांस्कृतिक बिचलन हुनु,गलत काम गर्नेलाइ काखी च्याप्नु ,इमान्दार कार्यकर्तालाइ बेवास्ता गर्दै जानु,कार्यकर्ता र नेत्रृत्व वीच संबन्ध टाढीनु, गैर सर्बहारा चरित्र हावी हुनु,सुन धन-संपत्ति संचित गर्दै जानु,मपाइबाद,जनयुद्धको धङधङी आदी कारणहरुले माओबादीको भविश्यलाइ निर्धारण गर्न सक्छ।रुपान्तरण भनेको जुनसुकै हालतमा पनि सरकारमा बसी रहनु मात्र होइन।जनतालाइ कस्तो र कसरी डेलिभरी गर्न सकिन्छ,समश्याहरुको पहिचान गर्नु पर्छ,राष्ट्रीयताप्रति मूक दर्सक हुनु हुन्न,आर्थिक र परराष्ट्र नीतिमासंझौता गर्नु हुन्न।चटकिले झै बेला कुबेला सत्ता गठबन्धन अदला बदली गर्दा तल्ला कार्यकर्ताले बोल्ने बाटो पाएका हुन्नन।माओबादी केन्द्र अस्थिरताको कारण बन्न हुन्न।ब्यक्तिगत फाइदा,पारिवारिक चासो ,नाताबाद कृपाबाद र समूहगत फाइदा पनि होला,तर जनताको जीबन स्तर,राष्ट्रीयता, स्वाधीनता,रोजगारी र देशको गौरव उचा हुने छैन।हामीलाइ पूजिबादी रुपान्तरण होइन,हाम्रो अभिष्ट आमूल परिबर्तन हो।माओबादी सैद्धान्तिक, बैचारिक, राजनीतिक ,सांस्कृतिक, दार्शनिक र ब्यबहारिक रुपले रुपान्तरण हुन सक्यौ भने समाजबाद स्थापना हुन सक्छ।अहिलै त हामी पूर्णत:पूजिबादी ब्यबस्थामा पनि छैनौ।नेपाली कम्युनिस्ट आन्दोलनको भाष्य गलत ढंगले परिबर्तन गर्न खोजीएको छ जस्ले जनबादी वा बामपंथी शक्तिलाइ रुपान्तरण हुन निकै गार्हो पर्दै जान थालेको छ।

 

प्रतिकृया दिनुहोस्