-बाबुराम पौडेल
साँघुरो अर्थमा शिक्षण विधि विद्यार्थीहरुलाई ज्ञानगुनका कुरा सिकाउने माध्ययम हो । तर फराकिलो अर्थमा यो विद्यार्थीहरुलाई हरेक विषयवस्तु सिकाउने, सकरात्मक सोचको विकास गर्ने र जीवनका विभिन्न पक्षहरुमा व्यवहारीक बनाउने एक प्रक्रिया हो । जसले गर्दा व्यत्तिले बोल्ने कला, आफ्नो जिम्मेवारी बोध गर्ने, आफ्नो पहिचान थाहा पाउने र जीवनको महत्व बारेमा सहज रुपले बुझ्ने अवसर पाउँछ ।
शिक्षा मानिसको तेस्रो आँखा भनिन्छ । शिक्षण विधिको प्रक्रियाद्वारा शिक्षा प्रदान गरेमा ब्यक्ति समाज र राष्ट्र आदि सभ्य बन्दछ। तर हाम्रो देश नेपालमा शैक्षिक प्रणाली फितलो भएकै कारण शिक्षा केवल प्रमाण प्रत्र लिनका लागि मात्र भएको छ।यस्तो कहिलेसम्म रहन्छ? यँहाको शिक्षाको गुणस्तरमा ह्रास आउनुमा नेपाल सरकार स्वयम ,सरकारी विद्यालय, निजि विद्यालय र अभिभावक सरासर दोषि ठहरिन्छन ।
नेपाल सरकारको मातहतमा रहेको शिक्षा मन्त्रालयले साक्षरता दर बढाए वापत दातृराष्ट्रहरुले आर्थिक रुपमा सहयोग गर्ने गर्छन। त्यो रकम विधालयमा आवश्यक करा पु¥याउन ,बिद्यार्थीलाई छात्रवृत्ति दिन, शिक्षकलाई तालिम दिने आदि उद्देश्यका लागि पठाएको हुन्छ। तर विडम्बनाको करा के हो भने त्यो रकम सहि समयमा सहि ठाउँमा नपुग्दै बिलाउँछ। नेपाल सरकार द्वारा प्रदान गरिएको शिक्षा प्रणाली मानिसमा साच्चैनै व्यवहारमा परिवर्तन आएको देखिदैन। विस २०८१ साल र यस अघिका वर्षमा तिज पर्व मनाउँदा महिला दिदिबहिनीहरुले गरेका हर्कदरुले यथार्थ चित्र कोर्दछ। जस्ले गर्दा यँहाको संस्कृति तथा संस्कारमा खताराको संकेत दिन्छ। शिक्षा भनेको कागजको खोस्टो लिनका लागि होइन व्यवहारमा पनि परिवर्तन ल्याउने खालको हुनुपर्छ । तीजका गीतमा भएको शब्दहरु र भिडियो देखाइएका दृश्यहरुले पश्चिमी संस्कृतिको बढुवा दिएको संकेत गर्दछ ।यस्तो बढ्दै गएमा हाम्रो पहिचान कहिले सम्म भन्ने प्रश्न अवश्य उठ्छ । नेपालको शिक्षामा राजनिति मिसाइएको छ । सरकारी विद्यालयको कुरा गर्नुपर्दा स्थायी शिक्षक सर्वेसर्वा हुन्छन । उसले अस्थायी र निजि शिक्षकलाई हरेक तवरले दमन गर्न खोज्छ । त्यहि भित्रनै राजनिति हुन्छ। शिक्षक आफू दमन हुँदा कसरी आफ्नो क्षेमता प्रदर्सन गर्न सक्छ? यस्तो भएपछि शिक्षकले आफ्नो क्षमता हरेक शिक्षण विधिवाट प्रस्तुत गर्न सक्दैन। फलस्वरूप शिक्षाको गुणस्तमा ह्रास आउँछ । यसको परिणाम प्रत्यक्ष प्रत्येक वर्षको एस.ई.ई को नतिजाले देखाइरहेको छ। यस्तो अवस्था एक दुई वटा बिधालय वाहेक सबैमा रहेको पाइन्छ ।
जस्तो देश उस्तै भेष भनेर होला निजि विद्यालयमा पनि शिक्षाको गुणस्तरमा कमजोर नै रहेको छ। यहाँ पनि धेरथोर राजनीति मिसिएको छ। शिक्षकले विद्याथीलाई हतियार बनाएर अर्को शिक्षकलाई कमजोर बनाउन खोज्ने र अपमान गर्ने, पुरानो शिक्षक हुँ भनी आडम्बरी देखाउने ,कक्षाकोठामा पुरा ४५ मिनेट आराम गर्ने र प्रशासनमा चाप्लुसि गरी ठिक हुन खोज्ने आदि कुरा देशभरका निजी विद्यालयमा भएका घटनाहरु हुन । यसले गर्दा दक्ष शिक्षकले अपनाउने शिक्षण विधिमा असरपरी शिक्षाको गुणस्तरक न्यून भएको छ। यसरी शिक्षकको नभएको कमजोरी लाई बारम्बार देखाउन खोज्दा र पारिश्रमीकमा हेरफेर नगर्दा के शिक्षकलाई उत्प्रेरणा मिल्ला र !
नेपालको सरकारी र निजी विद्यालयमा अपनाइएको शिक्षण विधिमा माथि उल्लेखित यथार्थपरक घटनाहरुले प्रत्यक्ष असर पारिरहेको छ । विद्यार्थीलाई अध्यायन गराउँदा परम्परागत शैलीको प्रयोग गदो सिकाई अर्थहिन हुन्छ। कस्तो सम्म पाइएको छ भने नेपाली र अङ्ग्रेजी बिषय भित्र भएका कठिन शब्द उच्चारण गर्न नजान्दै विद्यार्थीलाई अभ्यास गर्न लगाइएको पाइएको छ ।
यसरी कक्षाकार्य जे हुन्छ तेहि तरीकाले गृहकार्य गर्न लगाइन्छ।यस्तो थितिले बिद्यार्थीको कसरी प्रगति होला?यसैगरी ठूला कक्षामा गएर पनि विद्यार्थीलाई शब्द शब्द एक एक गरी पढाउने गरेको पाइएको छ। विद्यार्थीलाई उत्प्रेरणा जगाइ सिक्ने अवसर प्रदान गरीनुपर्छ। विद्यार्थीले भन्दा शिक्षकले बढी मिहिनेत गर्दा शिक्षक जान्ने हुनेभयो। त्यो सिकाई विद्यार्थीको तर्फबाट हेर्दा अर्थहीन हुन्छ । निजि बिधालयमा विद्यार्थीहरुको गुणस्तरमा सुधार ल्याउनका लागि निश्चित विधालयहरुको संगठन रहेको हुन्छ। यो राम्रो कुरा हो । यस भित्र विभिन्न पक्षहरुले असर पारिरहेको देखिन्छ । यहाँ के देख्न सकिन्छ भने संगठन भित्रका विद्यालयहरुलाई छुट्टाछुटै प्रश्नपत्र निर्माण गर्न दिइन्छ । त्यसपछि शिक्षकले शिक्षकलाई प्रश्नपत्र लुकाइछिपाइ दिने काम हुन्छ । त्यहि अनुसार पुनरावृति गराएपछि परिणाम राम्रो आउने भयो।यसो गर्दा अभिभावक तथा प्रशासन दुबै खुसी हुनेभए । तर विद्यालय प्रशासनलाई थाहा नहुने गरी यसो गर्ने गरेको पाइन्छ । यसो गर्दा बच्चाको शिक्षाको गुणस्तर कहा पुग्यो? विद्यार्थी माथिल्लो कक्षा आइपुग्दा आफ्नो नाम लेख्न नजान्नु, तल उर्तिण हुदै आएको माथि आएपछि अनुर्तिण हुने यही कारण होइन र ? शिक्षण बिधिको ज्ञान नभएपछि समय बिताउन जागीरमा प्रवेश गर्दा विद्यार्थी भबिस्यमा भाडाकुट्टी खेलेजस्तो हुनेभयो ।
विद्यार्थी शिक्षकहरुप्रति सकरात्मक सोच लिई आएमा उसले सहजै ज्ञान हासिल गर्छ।तर कतिपय आधुनिक अभिभावक आफ्नो बच्चाको अगाडी शिक्षकको नकारात्मक कुरा गर्दछन। अभिभावकले बच्चाको मानसपटलनै खल्बलाइदिन्छन। त्यसपछी बिधालय आएपछि शिक्षक सँग मुखमुख लाउन सुरुगर्छ। शिक्षक आफुले जानेका कुरा विभिन्न माध्यमबाट सिकाउन पाउदैन । आफ्नो बच्चाको लागि केहि समय छुट्याउन सक्नुपर्छ । शिक्षकले विद्यार्थीको बारेमा फोन गर्छ।तर उठ्दैन ।यस्तो छ यहाँको अवस्था । तर वच्चाको कुरा सुनेर कतिपय अभिभावक शिक्षकलाई अपमानजनकशैलिमा प्रस्तुत गर्न भने छोड्दैनन । यसो भएमा त्यो काचो माटोको आकृति भबिष्यमा कस्तो बन्ला ? यसमा अभिभावक पनि बढी जिम्मेवारी बन्नुपर्छ । अन्तमा शिक्षा क्षेत्रमा आमुल परिवर्तन वा गुणस्तर उकास्न शिक्षा मन्त्रालयले शिक्षासँग संबन्धित निकायहकलाई सक्रिय बनाउनुपर्छ ।
शिक्षकलाई समय समय तालिमको ब्यवस्था गर्नुपर्छ। समय अनुकुलको शिक्षणबिधि शिक्षकले अपनाएमा देशको शिक्षाले एउटा गति लिन्छ । यसो भएमा देशमा दक्ष जनशक्ति उत्पादन भइ देश ले काचुली फेर्थ्यो।यसरी सरकारी तथा निजिविधालयमा भएका नराम्रा कुरालाई हटाई दक्ष शिक्षकलाई विभिन्न शिक्षणबिधि अप्नाउने वातावरण मिलाउनु पर्छ ।
कमजोर शिक्षण विधि र खस्कोदो शिक्षाको गुणस्तर
प्रतिकृया दिनुहोस्