
-शम्भु बहादुर अधिकारी
मध्यपूर्ब सामरिक, राजनीतिक, आर्थिक र प्रकृतिक स्रोतको भण्डार भएकोले विश्व स्तरमा यस्को महत्वपूर्ण भूमिका छ । पेट्रोलियम पदार्थको उत्खनन भन्दा अगाडी अरबी मुलुकहरु गरिब थिए। उनीहरु ऊँट, घोंडा, भेडा बाख्रा लिएर घुमन्तू जीबन बिताउँथे । त्यो मरूभूमि जमिन बृटिश उपनिबेश अन्तर्गत पथ्र्यो।१९४७मा प्यालेस्टाइनमा जन बिद्रोह भयो । त्यस्कारण बेलायतले प्यालेस्टाइन लाइ स्वतन्त्रता दिन संयुक्त राष्ट्रबाट त्याहा दुइ मुलुक बनाउने निर्णय गरायो ः यहुदी र (इजराइल ) अरब मुलुक ५२% भूमि इजराइल लाइ र २२%प्यालेस्टाइन र अरु बाकि अरब मुलुकलाइ छुट्याइयो । संसारभरबाट बेलायतले यहूदीहरु त्यहाँ ल्यायो र तत्कालै इजराइललाई स्ततन्त्र देशको मान्यता दिइयो । पश्चिमा मुलुकहरुले आर्थिक, राजनीतिक, सामरिक र जातीय रुपले इजराइललाइ हरेक प्रकारले बलियो बनाए किनभने मध्यपूर्वमा इजराइको उपस्थिति मजबूत भएमात्र उनीहरुको सामरिक र आर्थिक स्वार्थ पूरा हुन सक्थ्यो। मध्यपूर्बमा पश्चिमाहरुलाइ एउटा आफ्नो समर्थक चाहिएकोले इजराइलको निर्माण भयेको हो । बाँकी भूमि पनि इजराइलले युद्ध सुरु गरेर १९४८मा आफ्नो राज्य बिस्तार गर्यो । प्यालेस्टाइनमा बस्नेहरुलाइ कैनियन भनिन्थ्यो प्यालेस्टाइनलाइ केइनियान भनेर चिनिन्थ्यो । त्याहा धार्मिक बिस्वास पछिमात्र बिकास भयेको हो । तर यू एन ओले कहिलै पनि दुइ देशको निर्माण गरेन र पश्चिमाहरु पनि प्यालेस्टाइन को बिरुद्व थिए । जोर्डनले वेस्ट बैंक नियन्त्रणमा लियो भने इजिप्टले गाजा आफ्नो नियन्त्रणमा लियो । हेर्दाहेर्दै प्यालेस्टाइनीहरु राज्यबिहिन हुन पुगे । १९६७मा इजराइलले छ दिने युद्धमा वेष्टबैंक, गाजा, गोलानहाइट आफ्नो नियन्त्रणमा लियो । अब इजराइल बलशाली हुंदै गयो । बर्तमान समयमा सबै इस्लामिक मुलुकहरुमा अमेरिकी सैनिक अड्डा छ, तर इरानलाई तह लाउन नसकेकोले इजराइल मार्फत इरान माथि आक्रमण गर्ने योजना अमेरिकाले बनायो । प्यालेस्टाइन प्राधिकार अन्तर्गत बसेका प्यालेस्टाइनीहरुले मुक्ति आन्दोलन चलाए गाजाबाट । त्यस्को समर्थनमा, हमास, यमनका हुति र लेबनानी हजबुल्लाहरुले प्यालेस्टाइनको समर्थन गरे । इजराइल अमेरिकी समर्थनमा दमनमा उत्रियो । करिब २ बर्षको दमनमा गाजाका पूर्वाधारहरु, अस्पतालहरु, विद्यालयहरु ध्वस्त गरिये । ६०हजारजति मानिसहरु मारिये जस्मा महिला, केटाकेटी र बिरामीहरु बढी थिए । लाखौं मानिसहरु घाइते भये भने कैयौं प्यालेस्टाइनिहरु पलायन भये । त्यस अत्याचारलाइ सबैभन्दा लोकतांत्रिक देश र नेताहरुले भत्र्सना गरेनन।इजराइलले सुरु गरेको युद्धलाइ आतङ्कबादका बिरुद्धको युद्ध भने । गाजा खण्डहर बन्यो र त्यस्को पुनर्निर्माण लागी वर्षौं वर्ष लाग्ने छ । त्यो मानवता बिरोधी कार्यलाई खण्डन मात्र होइन इजराइललाई दण्डित गर्नु पर्छ । तर नेपाल सरकार र नेपालका मानव अधिकारबादी संस्थाहरुले प्यालेस्टाइन माथि गरेको इजराइली दमन अत्याचारको बिरोध गरेनन, उनीहरुको न्यायपूर्ण आन्दोलनलाइ आतंकवादीआन्दोलन भन्न भ्याए।त्यस क्षेत्रमा भयेका संपन्नशाली र शक्तिशाली देशहरुमाथि आणबिकहतियार र जैविक हतियार बिकास गरेको भन्दै इराका अमेरिकाले आक्रमण गर्यो।मूख्यतः इराकलाइ कंजोरपारी त्याहा आफ्नो कठपुतली सरकार बनाउन सद्दाम हुसैन सत्तालाइ पल्टायो।त्यसरी नै लिबिया कर्नल गद्दाफी तेल बेच्दा डलरको सट्टा सुन लिने निर्णय गरेपछि आफ्नो डलर बेकम्मा हुने भयेकोले अमेरिकाले गद्दाफीलाइ पदच्युत गरि आफ्नो कठपुतली सरकार बनायो।अब अरबी देशहरुमा अमेरिका र इजराइल बिरोधी शक्ति रहेन । अमेरिकि हितहरु र स्वार्थका बिरुद्ध जाने जुनसुकै शक्तिलाइ पनि निमिट्यान्न पार्ने साम्राज्यबादी नीति अमेरिकाले अबलम्बन गरेको छ।उस्को अमेरिका प्रथम भन्ने नाराका साथ बिस्वसामु खडा छ,तर त्यो साम्राज्यबाद अब कंजोर बन्दै गयेको छ।मध्यपूर्बमा चीन,रुस,इरान शक्तिका साथ अमेरिकी नीति बिरुद्ध संयुक्त भयेका छन।इजराइल हान्ने गुरू जस्तो भयेर हजबुल्ला,हमास र हुलिया बिरुद्ध बिध्वंसकारी युद्ध गरिरहेको छ।उस्लाइ टक्कर दिन अरु देशहरु पनि इजराइलका बिरुद्ध शक्तिशाली बन्दै गयेको कुरालकबिर्षे जस्तो छ ।
मध्यपूर्बमा अमेरिका र इजराइललाइ टक्कर दिन इरानले ४०औं बर्षसंम सामरिक र आर्थिक रुपबाट शक्तिशाली बन्दै गै रहेको अबस्थामा इरानी परमाणु बम बनाउने अबस्थामा पुगेको निष्कर्ष निकाली अमेरिकाले इजराइललाइ इरानमाथि आक्रमण गर्ने आदेश दियो।सामरिक रुपले इरान कति बलियो छ भन्ने कुरा उनीहरुले कम मूल्यांकन गरेको बुझिन्छ । १०दिन अगाडी इजराइलले २०००किमि टाढा रहेको इरानमाथि ब्यापक सैनिक हमला गर्यो।सेनापतिहरु मारिये,आणबिक केन्द्रमा हमला गरियो र उद्देश्य त अझ खोमेनाइलाइ मार्ने षडयन्त्र थियो, तर सफल भयेन।इरानी सुझबुझका साथ इजराइली नीसानाहरुमा हवाई आक्रमण र ब्यालेस्टिक मिसाइलों आक्रमण गर्यो,फेरी इजराइलले प्रत्यार्पण गर्यो।यसरी दोहोरो भिडन्तमा दुबै पक्षमा हताहती र नोक्सानी भयो,तर इजराइल तर्फ धैरै ध्वंश र हताहती भयो।जब इजराइलले मात्र इरानको आक्रमण थेग्न सकेन, अमेरिकाले २०घण्टा लगायेर बी–२बमबर्षक बिमान,मिसाइल र क्षप्यास्त्र हानेर इरानकोआणबिक हतियारलाइ नोक्सानी गर्ने उस्को प्रयत्न सफल भयेन।आक्रमण पहिला इजराइलले सुरु गरेको थियो, तर इरानको प्रतिरोध गर्न नसकेर उस्ले अमेरिकालाइ गुहारेको थियो।२२जून २०२५मा अमेरिकाले इरानमा आक्रमण गर्दै यो भनेर धम्कायो कि इरानले तुरुन्त आत्म समर्पण गरोस।इरानले आत्मसमर्पण नगर्ने बरु अमेरिका र इजराइलसंग अन्तिम अबस्था स्म लड्ने जबाफ दियो । जब इरानी प्रतिकार गर्यो इजराइल हवाई आक्रमण र अत्याधुनिक ब्यालेस्टिक मिसाइल प्रयोग गर्यो।सारा इजराइल तहस–नहस भएको छ, मोसाद हेडक्वार्टर ध्वस्त भयेको छ, हतियारभण्डारहरु ध्वस्त गरियेको छ र इजराइल हेर्नको लागी गाजामा इजराइलले गरेको बिध्वंस र नरसंहार हेरे पुग्छ । इजराइलीहरु इरान र गाजाबासीसँग माफ माग्दै छन,बाँच्नदेउ भनेर चिल्लाइ रहेका छन र आफ्ना आडम्बरी नेतालाइ गालि गरिरहेका छन । इरानको आक्रमण यसरी नै अगाडी बढ्यो भने अमेरिका र नाटोले पनि इजराइल बचाउन सक्तैन, दुइ राज्यको आबधारणा मानैको भये यस्तो बिनकसको युद्ध हुने थिएन ।
इरानको अस्तित्वलाई चकनाचूर पारे पछि मध्यपूर्वमा इजराइलको प्रतिस्पर्धा कोही हुनै छैन । भन्ने अमेरिकाको सोच थियो, त्यस्लाइ बलीयो र ठूलो बनाउन सीरिया, गाजा, वेष्टबैंक, जोर्डन मिलायेर ग्रेटर इजराइल बनाउने अमेरिका र पश्बाचिमाहरुको सपना त्यसै तेहरान अबस्था छ । संभवत यसरी नै युद्ध चर्किंदै जाने हो भने को अस्तित्व संकटमा पर्ने छ । इजराइल र अमेरिकाको उद्देश्य इरानले परमाणु बम नबनाओस भन्नै चाहना बिपरीत युको मूल्यांकन गर्दा इरानले परमाणुबम बनाइ सकेको हुनु पर्छ । एफ ३५ बमबर्षक अमेरिकी लडाकू जहाज इरानले खसालेर त्यस्को पासइलट नियंत्रणमा आइसकेको छ । इजराइल र अमेरिकामा नित्यानंद सरकार र राष्ट्रपति ट्रम्पका बिरुदठूला ठूला प्रदर्शनहरु भयेका छन । यस युद्धको प्रभाव मध्यपूर्वमा मात्र होइन एशिया,यूरोप र अफ्रिका संम फैलाने संभाबना छ । इरान आणबिक हतियारको वार्ताबाट अमेरिकासंग अलग भै सकेको छ । आइपीएल इरान परमाणुबम बनाउने स्थितिमा छैन भन्दा भन्दै छ कि छ भनैर इजराइल र अमेरिकाले इरान माथि आक्रमण गर्नु उनीहरुको बेल्जियन हो । इजिप्ट लकयनको नारा दिएर अगाडी बढेको इजराइल अब डा उनसाइजमा आउने निश्चित छ ।
मध्यपूर्वमा बिगत ७०बर्षदेखि राइजिङ लायनको रूपमा उदायेको इजराइल अब आफ्नै कारणले आर्थिक, सामरिक र राजनीतिक रूपले ढाई भाँति छ । बेलायतको षडयन्त्रबाट जन्मेको इजराइल अमेरिकी हित र स्वार्थको लागी मध्यपूर्वलाइ थर्मामीटर बसेको थियो । यदि इम्पोर्ट गायब भयो भने बैस्वीक स्तरमा अमेरिका र पश्चिमाहरुको सारा ब्यापार, पारबहन, रणनीति, पेट्रोलियम पदार्थको कटौती र हातहतियारको बिक्रिमा कमि आउनासाथ खाजीमा इरान, चीन, अमेरिका र अन्य खाडी मुलुकका देशहरु इजराइली थिचोमिचोबाट छुटकारा पाउने छन । आज बिस्व हांक्ने शक्ति एउटा इरानको जबर्दस्त आक्रमणबाट थला पर्नै देखिन्छ । शक्ति र धन संधै एकै ठाउँमा रहन्न।शक्ति र धन अब मध्यपूर्व तिर आउनेवाला छ । त्यस्का लागी अरब मुलुकहरु फुटबाल हुंदैन एकजुट भयेर बिकास सामरिक रुपमा अब्बी हुनु पर्छ । मध्यपूर्वका दैशहरुले अमेरकी सैनिक अड्डा राख्न दिएर आफूलाइ नै धोका दिएका छन।यो युद्ध मध्यपूर्व संम मात्र सिमित रहन्न बिस्व युद्ध भयो भने त्यस्को मारमा युद्ध चाहने देशहरुनै समाप्त हुने छन । ईरानले कुनै पनि हालतमा शान्तिवार्ता र युबिराम गर्ने छैन।यूरोप जाने समुद्री मार्ग हरामुज जल डमरुलाइ इरानले बनाए गरिदियो भने धेरै देशहरु त्यस्को प्रभाबमा पर्ने जुन जल डमरू इरानको लागी सामरिक रूपले महत्वपूर्णको छ।यस अबस्थामा नेपालको परराष्ट्र नीतिमा असंग्लग्नता प्रमुख हो।तर नेपाल सरकार र केही नेपाली नेताहरु इन्डो अमेरिकन धुरीमा उभिएको देखिन्छ।रूस यूक्रेन युद्धमा यको पक्ष,इजराइल प्यालेस्टाइन युद्धमा इजराइलको पक्ष,पाकिस्तान र भारत युद्धमा तटस्थ नरहेर मालिक रिझाउन भारतको पक्ष र अहिले इजराइली आक्रमणलसमर्थन गरेर तटस्थताको धज्जि उडायेका छन । नेपालले संधै उत्पीडित राष्ट्र र मुक्ति युद्धलाई समर्थन गर्दै आयेको छ । मध्यपूर्वमा अस्थिरता, अशान्ति र राजनैतिक असंतुलन र आर्थिक असंतुलनमा इजराइल नै मूख्यकारण बनेको छ ।
गत बर्षदेखि गाजामाथिको आक्रमण र त्यस्का सहयोगी हुथि र हजबुल्लामाथिको आक्रमणबाट उन्मत्त इजराइलले अमेरिकि आडमा आकस्मिक रुपमा इरानमाथि आक्रमण गर्यो र उस्का परमाणु रियेक्टर ध्वस्त गर्न मिसाइल आक्रमण गर्यो । इरानले इजराइली ड्रोन, बमबर्षक बिमान र मिसाइललाइ रोक्यो, तर केही मिसाइलहरुले इरानलाइ क्षेति पुर्याए । ईरानले प्रत्यक्रमण गर्यो इजराइलका सैनिक अड्डा, मोसादको हेडक्वार्टर र हतियारका भण्डारहरु इरानले ध्वस्त गर्यो । इजराइलको बचाउको लागी अमेरिका इरानका आणबिक भट्टिहरुमाथि २० घण्टा लामो यात्रा गरि बि–२ बमबर्षक बिमान र ब्यालेस्टिक मिसाइलले आक्रमण गर्यो जस्को उद्देश्य इरानको परमाणु बमलाइ निष्क्रिय पार्नु थियो, तर त्यस्ले इरानलाइ जबर्दस्त प्रतिकारमा उतार्न मदत गर्यो।अहिले इरानले इजराइल माथिमात्र होइन, खाडीमा रहेका अमेरिकी सैनिक अड्डामाथि आक्रमण गरिरहेको छ, इरान युद्धबाट पछि फर्कने स्थितिमा छैन । संसार थर्काउने अब्बल दर्जाको सैनिक र कसैले मार हान्नै नसक्ने भनियेका इजराइली आइरनडोम निष्क्रिय पारियेका छन । इजराइल चीन र रूससंग शान्ति बनाइदिन अनुनय बिनय गरि रहेका छन । १८ जुनमा हमास मनस्थितिका कारण अमेरिकाले इरानमाथि आक्रमण गर्यो, तर इरान अगाडी बढीरहेको छ । अहिले इरानको सत्ता परिवर्तन गर्न इजराइल र अमेरिकाले इरान भित्र र बाहिरबाट असन्तुष्ट इरानीहरुलाइ उचालि रहेको छ र ५० बर्ष अगाडी फालियेका शाहनुशाहका छोरा इरानको राजगद्दिमा फर्किने समय कुरेर बसेका छन् । यो खेल इजराइल र अमेरिकाको समर्थनमा बन्ने हो जस्ले इजराइललाई मदत गरोस । अमेरिकी राष्ट्रपति ट्रम्प उल्कियेर क्यानडालाई एउटा राज्य बनाउने, ग्रीनलैंडलाई नियन्त्रणमा लिने र गाजाबाट प्यालेस्टाइनलाई हटाइ ग्रेटर इजराइल बनाउने जस्ता आतङ्कपूर्ण बक्तब्य दिएर नाटो भीत्रबाटै ट्रम्प नाङ्गियेका छन । इरानसंग प्रचुर पेट्रोलियम पदार्थ हुनका साथै सामरिक महत्वको समुद्री किनारा अवस्थित छ । हर्मुज जल डमरु रोकिनासाथ २०% तेल को निकासी रोकिन्छ जस्ले बिस्व बजारलाइ ठूलो प्रभाब पार्छ, यो युद्ध हतियारले मालिंगा भन्ने कुराको संकेत हो । अन्तराष्ट्रीय रुपमा सामरिक,रणनीतिक तथा बस्तुगत स्थिति इरानको पक्षमा देखिन्छ । इजराइललाइ समर्थन गर्ने देशहरुको आम्दानीको स्रोत भनेको अविकसित मुलुकबाट सस्तोमा सुन, हिरा, पेट्रोलियम पदार्थ हुन,तर अब ती देशहरुले नाटो र अमेरिकी एलाएन्सलाइ कच्चा पदार्थ रौकि दिये भने तिनीहरुको आर्थिक स्थिति डामाडोल हुन्छ ।त्यस्कारण पश्चिमा एकाधिकारबादका बिरुद्ध चीन, रुस, भारत, ब्राजिल र द.अफ्रिका समेतको ‘ब्रिक्स’ संगठन निर्माण गरियेको छ जस्को उद्देश्य अमेरिकि डलर र पश्बाचिमाहरुको एकाधिकार समाप्त गर्नु हो । चीनको बी आर आइ प्रोजेक्ट्स उद्देश्य पनि रेशमी मार्गबाट संसारलाइ एक अर्कालाई जोड़ने हो । साम्राज्यबाद र बिस्तारबाद युद्ध नीतिमा विश्वास गर्छन र त्यसैको आधारमा विश्व अर्थनीति र रणनीतिलाइ आफ्नो पक्षमा प्रयोग गर्छन, दुनियाले यो कुरा बुझि सकेको छ । युद्ध सामग्री बेच्नका लागी नै अमेरिकी साम्राज्यबादले बिभिन्न देशहरुम जातीय, धार्मिक र क्षेत्रीय युद्ध गराउँछ, नत्र उस्का आम्दानीका स्रोतहरु गुमी सकेको हुन्छ, तर कुनै पनि देशहरु अमेरिकी साम्राज्यबादको रणनीति भीत्र पर्नु हुंदैन । बास्तबिक रुपमा मध्यपूर्वको राजनीतिक इतिहास लामो छ । प्राचिनकालदेखि नै त्यसभेगमा जमिन र खानबस्नका लागि निरन्तर युद्धहरु भएका थिए । कुनै देशहरु नक्साबाटै गायब भये भने कुनै देश साम्राज्यमा परिणत भये, कुनै देशहरु टुक्रिये । धर्मको उदयसंगै बर्षौंबर्ष धर्म युद्धहरु भये।यहुदी,ईशाइ र इस्लाम धर्म असहिष्णु थिए, एकले अर्का धर्मलाइ तुच्छ र सैतान भन्दै आएका छन । आज पनि त्यो धार्मिक प्रबृत्तिमा परिबर्तन भयेका छैनन् । मध्यपूर्व धार्मिक युद्धको संधै केन्द्रमा रहंदै आएको छ । इरान इजराइल युद्धले बैस्वीक स्तरमा शक्ति सन्तुलन प्रभाब पार्छ । क्षेत्रीय असंतुलन मात्र होइन, यस युद्धले विश्वब्यापी रुपमा राजनीतिक, आर्थिक र सामरिक असंतुलनको सिर्जना गर्छ।यस युद्धले इरान एउटा सैनिक र आर्थिक शक्ति हो भन्ने देखाउँछ, त्यस्का छिमेकी देशहरु र इजराइल अब सामरिक रूपले कंजोर हुने पक्का छ । शक्ति राष्ट्रहित खुम्चेर कंजोर हुने अबस्थामा पुगेका छन । अमेरिकी सैनिक अड्डा राख्न दिने खाडी मुलुकहरुले पनि आफ्नो अस्तित्व र सामरिक शक्तिका लागी रणनीतिक योजना तयार पार्नु पर्छ । इजराइललाइ अमेरिकी र पश्चिमा सहयोग नहुने हो । भने उस्ले केही दिनमान घुंडा टेक्नु पर्छ । त्यस्कारण उनीहरुको इजराइललाइ जबर्दस्त सहयोग भयो भने त्य युद्ध क्षेत्रीय रुपमा मात्र होइन, विश्वमा यानी रुपमा फैलने पक्का छ । इजराइलले इरानको रुद्रपुर बल्ल देखेको इजराइलको स्थापनाको ८० बर्ष पछि मात्र । चीन, रुस र पाकिस्तानबाट नैतिक समर्थन पाए पनि इरान आफ्नै ताकतमा लडेको छ भने इजराइल अमेरिकाको प्रत्यक्ष समर्थनमा लडेको छ । मध्यपूर्वमा इजराइलीहरुले र अमेरिकी बर्चस्व नगुमाउन हरेक षडयन्त्रहरु गर्दछन । स्रोतका धनि देशहरुको साम्राज्यबादी कुटील चालमा फस्नु हुंदैन । जति युद्ध हुन्छ साम्राज्यबादीहरुले आफ्ना हातहतियार, लडाकु जहाज ,बिस्फोटक पदार्थहरु युद्धरत देशहरुलाइ महंगोमा बेच्दछन र युद्धलाइ निरन्तरता दिन्छन तथा हतियारको बदलामा सुन, हिरा र पेट्रोलियम पदार्थ सस्तोमा लैजान्छन।इजराइल र अमेरिकाको हस्तक्षेपकारी युद्धले कि त सदाका लागी शान्ति ल्याउँछ कि विश्व युद्ध हुनेछ । सारा जनताले त्यस्तो बिस्व युद्ध बिरोधी मोर्चा बनाउनु पर्छ । बिश्वस्तरमा साम्राज्यबाद र बिस्तारबाद रहुन्जेल युद्ध जारी रहन्छ, त्यस्कारण साम्राज्यबाद र बिस्तारबाद बिरोधी संघर्ष अनिवर्य छ । यो साम्राज्यबाद र बिस्तारबादको घमण्डको अन्त्य हुनै पर्छ ।