
-बाबुराम पौडेल
अल्प ज्ञानम् भयंकरम एक संस्कृत उत्ति लेख्दा भन्दा र सुन्दा जति सहज भएता पनि यसको मर्म/भाव/अर्थ निकै गहिरो रहेको छ। यो प्रसिद्ध भनाइले कुनै पनि विषयको अधुरो ज्ञान भएमा खतरानाक हुने कुरालाई जनाउँछ । अन्य ज्ञानमा कारणअल्प ज्ञानका कारण व्यति पछि आफू लज्जास्पद हुन बाहेक केही विकल्प हुदैन । नेपाल जस्तो देशमा यो भनाइ देशको हरेक क्षेत्रमा उपयुक्त रहेको मान्न सकिन्छ । संघीय शासन प्रणाली देखि यस सँग आबद्ध सबै क्षेत्रहरुमा नकरात्मक असर परि विकासको गतिविधि सबै उधो गतितर्फ गइरहेको देखिन्छ। वि स २०७८ सालको जनगणना अनुसार देशको साक्षरता दर ७६.२% रहेता पनि दक्ष जनशत्ति विदेशी अर्ध जनशत्ति रहेको कारण देशको राजनीतिक, सामाजिक, शैक्षिक वातावरण निरन्तर रुपमा खलवल्ली रहेको छ ।
देशको राजनैतिक उत्तरचढाप कारण आज देशको हरेक क्षेत्र नराम्रोसँग बजारिएको छ । नेतृत्वकर्तामा योग्यता र ज्ञान नहुदा स्वर्गको टुक्रा जस्तो देशको सुन्दरता दिनानुदिन कुरूप बन्दै गइरहेको विभिन्न दृष्टान्तहकले देखाउने छ । फाल्गुण ३ गतेका दिन पोखरा भ्रमणवर्ष २०२५ को औपचारिक समुद्घाटन कार्यक्रममा वर्तमान संघीय सरकारका उपप्रधानमन्त्रि तथा अर्थमन्त्री मानननिय विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य को उपस्थिती रहेको थियो । उत्त कार्यक्रमको समुद्घाटन गर्ने क्रममा दुर्घटना भई उहाँ दुई जनालाई उपचार्थ अस्पताल लगिएको थियो । उता संघीय संसदमा देशको एक जना मानननीयज्यूले सिध्र लाभको कामना दिने क्रममा काठमाण्डौँ महानगरपालिकाका मेयर वालेन्द्र शाहलाई दिइरहेको अवस्था थियो । यसैगरी भारतको ओडिसास्थित किट विश्वविद्यालयमा बुटवलकी प्रकृति लम्सालको मृत्युबारे छानविन हुनुपर्छ भन्दै अर्को माननीयज्यूले राष्ट्रिय सभामा लेखको पदन नजान्दा कति हदसम लाचारीपन भयो त ? के यसले अल्प ज्ञानम भयंकरम भन्ने भनाइलाई मेल खायन र !
ठूला राजनितिक पाटिभित्र फुट, गुट र आन्तरिक कलहका कारण देशको अवस्था थिलो थिलो परेको छ । त्यसैमाथि भ्रष्टाचारले सिमा नाघिसकेको छ । त्यही भएर होला सन् २०२२ को सि.पि.आइका अनुसार नेपाल भ्रष्टाचार गर्नेमा ११० स्थानमा पर्दछ । देशको सामाजिक क्षेत्रलाई नियाल्दा विचाराधिन रहेको देखिन्छ। जस्तो देश उस्तै भेष भनेर नै होला सरकारका नेतृत्व गर्न व्यत्तिको अर्ध ज्ञानका कारण समाजमा पनि त्यस्तै व्यत्तिको हालीमुहाली रहेको देखिन्छ । समाजमा अर्ध जनशक्तिको बहुलियता भएका कारण विद्यमान समाजमा धेरै जसो अपराधिक गतिविधि बढीरहेको देखिएको छा यसरी अनुसन्धान गर्दा समाजमा मपाई भन्नेहरुको जमाथ जुवा, तास खेल्ने, पिय पर्दाथ लिने लगायतका कुराहरु बढ्दै जादा सामाजीक विकासका गतिविधिमा खल्बलिएको देखिन्छ । कुनै पनि ज्ञान नहुदैमा हात हाल्दा नराम्रो असर पर्ने कुराको संकेत गर्दछ ।
देसको समग्र शैक्षणिक विकासको कुरा गर्नुपर्दा त्यति धेरै परिवर्तन आएको देखिदैन। देशको साक्षरता सैद्धान्तिक रूपले बढेपनी व्यवहारमा त्यस्तो ठूलो परिवर्तन आएको छैन । विद्यार्थीहरूको दिमाख फराकिलो र कुनै पनि विषयमा दक्ष हुनुपर्नेमा ठिक उल्टो भएको छ । तर यसो हुनुमा शिक्षा क्षेत्रमा राजनीतिलाई प्रसय दिनु एक प्रमुख कारणका रुपमा लिन सकिन्छ । विद्यालय परिसरमा विद्यार्थीलाई राजनीतिक तवरले परिचालन गर्दा विद्यार्थीको कुनै पनि विषयमा सक्षम भएको पाइएको छैन । जसले गर्दा विद्यार्थी वादरको पुच्छर लौरो न हतियार भएका छन । देशमा शिक्षा एन भएता पनि त्यसको कार्यन्वयनको प्रभावकारीता फितलो भाएकै कारण शिक्षा क्षेत्र कमजोर बन्दै गएको देखिन्छ । गाउँमा त शिक्षा क्षेत्र माथि नउठ्नुमा त्यहाँ रहेका सामाजिक समस्या लगायत त्यहाको राजनीति हुनसक्छ । तर आश्चर्य लाग्ने कुरा के हो भने शहरीकरणका हरेक सुविधा भएको स्थानमा शिक्षकले विद्यार्थीहरुलाई बन्धक बनाएकै कारण विद्यार्थी राजनीति गर्न बाध्य छ । यस्तो घटना नेपालका प्रमुख शहरहरुमा देखिएको छ । जुन हामीले समाचारमा सुनिरहेका छौं । विद्यार्थीहरुलाई शिक्षित र नैतिकवान गराउनुको सट्टा केहि गैरजिम्मेवारी शिक्षकहरुले उनिहरुलाई अहितकारी क्रियाकलाप गर्न प्रेरित गरेका छन । यस्तो भएपछि त्यसता शिक्षकले विद्यार्थीको शिक्षाको गुणस्तर कसरी माथी उठाउन सक्छ ? देशभित्र रहेका सक्षम जनशक्तिले संस्थाको हितका लागि केहि गर्न खोज्दा अर्ध जनशक्तिको जमाथले कसरी काममा वाधा पु¥याउन सकिन्छ भनेर सोच्नु कतिको उचित हुन्छ ? नामको मात्र शिक्षक र विद्यार्थीमा ज्ञान बाढ्न नसक्ने शिक्षकलाई नियुक्ति गर्दा भविष्यमा ठूलो क्षेति संस्था, विद्यार्थी, समुदाय, समाज र राष्ट्र व्यहोर्नु पर्ने देखिन्छ । यसैगरी आफूलाई जिम्वेवारी सोचेर पदमा रहेको व्यत्तिले अर्को जिम्मेवारी व्यक्तिका क्रियाकलापमा हस्तक्षेप गर्दा कसरी शिक्षा क्षेत्र दरो हुन सक्छ ? यो क्षेत्रमा सवैको ज्ञान र साथले अघि बढेमा सबैको भलो हुने देखिन्छ ।
अन्तमा देशका हरेक विकासका गतिविधि सञ्चालन गर्नका लागि दक्ष जनशत्तिलाई हस्तान्तरण गरिनुपर्छ । योग्य व्यक्तिलाई अघि बढ्न नदिदा आज देश कंगाल बन्न पुगेको छ। यसरी यस्तै परिपाटि देशको सामाजिक क्षेत्र लगायत शिक्षा क्षेत्र हुदै आएको छ । जसले गर्दा देशमा गरीबी भोकमरी भ्रष्टाचार बढ्दै गएको छ । यसो हुनुमा देशको नेतृत्वकर्ताहरुले आफूमा ज्ञान कम भएको महसुष गर्नुपर्ने हुन्छ । क्षमतावान व्यत्तिलाई अब आउने २०८४ को निर्वाचनमा निर्वाचित गराई देशको काचुली फेर्न दिनुपर्छ । यो सबैको जिम्वेवारी हो । यी माथि उल्लेखीत घटनाक्रमले अल्प ज्ञानम् भयंकरम भन्ने उत्तीलाई चित्रण गरेको देखिन्छ । -शिक्षक