Pokharapatra National Daily

नेपालको बर्तमान परिस्थिति

-शम्भु बहादुर अधिकारी, म्याग्दे २, तनहुँ

 आज नेपाल राजनीतिक अस्थिरता,आर्थिक संकट ,सामाजिक अविश्वास र सांस्कृतिक बिभेदबाट गुज्रीरहेको छ।बैदेशिक हस्तक्षेप लाइ नेताहरुले नै आमन्त्रण गरेका छन र भित्री रूपबाट उनीहरु बिदेशीको गोटी बनेको कुरा प्रष्ट हुंदै गएको छ।आमूल आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको लागी आत्मोसर्ग गर्ने शहिदहरुका परिवार, समाज र उनीहरुका निजी जीबन ध्वस्त भएका छन,उनीहरुका परिवारहरु गुमनाम भयेका छन जस्ले युगीन परिबर्तनकामी संघर्षमा बलिदान दियेका थिए। तर मुट्ठीभर नेत्रृत्वको संपन्नता,राजकीय जीवनशैली,कारघर जग्गाको संकलनका कारण अबिस्वसनीय रुपमा उनीहरुको संपन्नता उकासियेका छ जबकि उनीहरुको न ब्यापर छ,न उद्योग धन्धा नै छन र न अकूत पैत्रिक संपति थियो र छ।संघर्षमा जीबन आहुति गर्ने त्यो बिशाल समूह , शहीहरुको संकल्प र अंग-भंग भयेर जीउनुको अबस्था र पछाडी पारियेका जनताको दुःख र पीड़ामा मलम लाग्न सकेको छैन।राष्ट्रीयता,जनजीबिका र जनबादका लागि बलिदान दिन आह्वान गरियेका युवायुवतीहरु सशस्त्र संघर्षको नेत्रृत्व  गर्ने मुट्ठीभर नेताहरुको सुरक्षा, संपन्नता ,नाताबाद कृपाबादकोचौघेरा भित्र रहेका र नेत्रृत्वको भ्रष्टाचार ,कमिशनतन्त्र ,बिलासी जीबनको आलोचना गर्ने आफ्नै दलका तल्लो नेत्रृत्वलाइ पुरातनपंथिको आरोप र क्रान्ति बिरोधी तत्वको बिल्ला भिराइ दिन्छन।संसदीय दलहरूको निकृष्ट शासन ,पक्षपातपूर्णब्यबहार, भ्रष्टहरुको संरक्षण, बिपक्षिमाथिको आक्रमण र तस्करसंगको संगतले ब्यबस्था बिरोधी रोष पैदा हुंदै गयेको छ।कार्यकर्ताहरु नेत्रृत्वको गल्तिलाइ  पनि सही र साश्वत भन्नु पर्ने बाध्यतामा छन अन्यथा त्याहां अनुशासनको तरबार अगाडी आउंछ।नेपाली जनताको प्रत्येक पटकको आन्दोलनबाट प्राप्त अधिकारहरु कुण्ठित गरियेका छन र ती महान संघर्षहरु संझौतामा टुङ्गियेका छन।जनताका मौलिक अधिकारहरु,राज्यमा पहुंच,गास,बास,कपास,स्वास्थ्य , शिक्षा र रोजगारिले प्राथमिकता पायेनन।दलहरुले जुन सत्ताका बिरुद्ध निर्मम संघर्ष गरेका थिये,अन्ततः उनीहरु त्यही शक्तिसंग हातेमालो गरिरहेका छन र जनताको जीवनशैली र आर्थिक आधार धराशयी भयेको छ।२००७सालको आन्दोलनबाट राणा शासनको अन्त्य दिल्लिले राजा-राणा-काङ्रेसलाइ संझौता गराइ सामान्य  राजनीतिक परिवर्तन गरियेको थियो।

२००७साल पछि तत्काल राणा र राणा समर्थक मुखिया जिम्मलहरु रातारात काङ्ग्रेस भये,कारबाही  गरिनु पर्ने ब्यक्तिहरु सत्ताका हकदार भये।२\३को काङ्ग्रेसको सरकारलाइ राजा महेन्द्रले अपदस्थ गरि नेताहरु जेल पठाइए भने केही मानिसहरु भारत प्रबासमा गये।केही कम्युनिस्ट र काङ्ग्रेसहरु रातारात पंच भये,देश राजनीतिक रुपले प्रतिगमनतिर धकेलियो।२०१७को राजाको कु पछि काङ्ग्रेस र कम्युनिस्टहरु संयुक्त रुपमा पंचायतका बिरुद्ध संघर्षमा उत्रिये।निरन्तरको जन आंदोलनले राजा बीरेन्द्रलाइ संबैधानिक राजतन्त्र सहितको बहुदलीय ब्यबस्था घोषणा गर्न बाध्य पारियो।२०४६को जनआन्दोलनमा पनि भारतीय हस्तक्षेप प्रत्यक्ष थियो किनभने त्यही बेला भारतलाइ नेपाली नेताले नै  नाकाबन्दी गर्न उत्प्रेरित गरेका थिये।बहुदलीय ब्यबस्थामा पुनः पूर्व पंचहरु कि कांग्रेस कि कम्युनिस्ट भये,बचेका केही पंचहरु लुकेर बसेका थिए। बहुदलीय ब्यबस्था आए पछि कुनै पनि दलले शोषण,दमन,हत्याहिंसा र भ्रष्टाचारका बिरुद्ध कुनै कानूनि कारबाही चलायेनन।तानाशाही राजतन्त्रले स्थापना गरेका उद्योग धन्धाहरु कौडिको भाउमा निजीकरण गरियो।उत्पादनशील उद्योगहरु बन्द भये।धेरै आवश्यक बस्तुहरु आयात गर्नु पर्यो, रोजगार मुलक उद्योगहरु बन्द गरेर नेपाललाइ अऔद्योगिकीकरण गरियो।तत्कालीन अबस्थामा निर्माण गरियेका बाटाघाटाहरु,बिस्वबिद्यालय सहितका शैक्षिक संस्थाहरु,भारतीय पाठ्यपुस्तक हटायेर नेपाली पाठ्यपुस्तकहरुको प्रयोग हुनु,राष्ट्बैङ्कको स्थापना,भारत आश्रित आर्थिक र भौगोलिक अबस्थालाइ सहज बनाउने कामलाइ तानाशाही ब्यबस्था धान्न गरियेको प्रयत्न भनिनु अन्ध आलोचना बाहेक केही होइन।चीनको बिशाल एकीकरण,बिशाल पर्खालको निर्माण र पोटाला दरबार बारे  चिनिया राजतन्त्र  र छीङ राजबंश प्रति उनीहरु अनुगृहित छन र त्यसरी नै प्रथम महान पिटरले बिशाल रुसी साम्राज्यको निर्माणका लागी गरेको योगदानप्रति रुसीहरुले आफ्नो गौरब र धरोहरको रुपमा लिने गरेका छन।त्यसरी नै नेपालको राजा पृथ्वीनारायण शाहको नेत्रृत्वमा भयेको नेपालको एकीकरणलाइ नेपालका नेत्रृत्वले साम्राज्यबादी कदम र जनदमनको रुपमा हेर्ने धृष्टता गरेका छन।आज नेपाल स्वाधीन र सार्वभौम नभयेको भये सायद हामीहरु भारतको एउटा प्रान्तको रूपमा हुने थियौं। उन्का सन्तानले गरेका खराब कामका कारण पृथ्वीनारायण शाहले निर्माण गरेको देशमा बस्न पाउनु पनि गौरबको नै कुरा हो किनभने आज हामी बिश्वमा नेपाली भयेर बाच्न पायेका छौं ।

कुनै पनि देश र जनताले आफ्नो पुरानो बिराषदबाट प्राप्त जमिन,गौरब र बीरतालाइ भूल्ने गल्ती गर्दैनन।नेपालमा अहिले दलहरुको आपसी झगडा,सत्ता संघर्ष  गालीगलौज अभद्र हुंदै गयेका छन।दलहरुको अनियन्त्रित सत्ता संघर्स, २०४६ देखि नै एउटै नेत्रृत्व, एउटै रटना,सर्बसत्ताबादी सोचका कारण र एकल सरकार बने पनि जनताका महत्वाकाङ्क्षालाइ नयां युबाहरुले मिहिन पाराबाट हेरिरहेका छन।उनीहरुका मीठा र उत्तेजित भाषण,अपारदर्शी शैलि र नेत्रृत्वको बचावटका लागी जुनसुकै अबस्थामा पनि भिड्न तैयार हुनु पर्ने एकोहोरो नेत्रृत्वको निर्देशनबाट कार्यकर्ताहरु आजित भै सकेका छन।कुनै पनि बस्तु वा नेत्रृत्व एक पटक उच्चस्थानमा पुगे पछि प्राकृतिक रुपलेनै त्यो त्यही रुपमा रही रहन सक्तैन,त्यस्ले रुपांतरण र पुस्तान्तरण खोजेको हुन्छ,तर अन्धो नेत्रृत्वले त्यस्लाइ सुन्न पनि चाहांदैनन।आंफू नभये देशमा बिकास र जनस्तरको जीबन राम्रो हुंदैन भन्ने गलत सोच रहेको छ नेत्रृत्वमा।राजा बीरेन्द्रको बंश नाश हुने गरि भयेको हत्या,मदन भण्डारीको हत्या,प्रकाश दाहालको संकास्पद मृत्यु ,शुसिल कोइरालाको मृत्यु र निर्मला पन्तको हत्याबारे कुनै जांचबुझै गरियेन।मेरो के निवेदन छ भने आलोचना वा आरोप प्रत्यारोप सांचो र ऐतिहासिक रुपबाट प्रमाणित होओस ताकि आमजनताले त्यस्लाइ सही  ठहराउन रआरोप बिस्वसनीय होस। सन्दर्भका लागी ग्यानेन्द्रलाइ भाइमारा भन्नु र रण बहादुर शाहले आफ्नी आमा संग बिबाह गरेको प्रसंग उठाउनेसंग कस्ता प्रमाण छन र त्यस्को प्रमाण कस्ले पुष्टि गरेको छ,त्यसो हो भने ग्यानेन्द्रलाइ कानूनि कारबाही गर्नु पर्दैन?दरबार र राजाहरु बेश्याबृत्तिमा लागे होलान,जुवातास खेले होलान तर त्यसैको आधारमा रण बहादुरशाहले आफ्नी आमासंग बिबाह गरे भन्ने कुराको आरोपीले सत्यतथ्य देखाउन पर्दैन!राजा ज्ञानेन्द्र राजगद्दी फर्किन्छ कि भन्ने झीनोआसा लियेर हिंडेका छन जुन प्रायः असंभव देखिन्छ, तर यसलाइ  दलहरुले प्रतिष्ठाको बिषय बनायेका छन भने त्यस्ले तेस्रो धार समाउन सक्छ। मैले केही उदाहरण  संदर्भका रुपमा मात्र कंबोडियाको राजा सिंहानुक फर्कियेको कुरा उठायेको.,स्पेनमा पनि राजा फर्काइयो र बेलायतमा राजा मारेर गणतन्त्र आये पछि पुनः मारियेको राजा फर्काइयो भन्नै प्रसंग मात्र हो। तर जनतासंग झुक्ने राजाहरु केही देशहरुमा अझै जीवित छन।दलहरु प्रति र नेताहरुप्रति नैराश्यता ,बेथिति र बेरोजगारी र भ्रष्टाचार प्रति जनताको रोषले परिस्थितिलाइ अन्यत्र मोड्न सक्छ।नेपालको संदर्भमा बिदेशीको हातमा बिशेषतः भारतको हातबाट परिवर्तनको ऐतिहासिक घट्नाक्रमहरुले नै बतायेका छन।यस पटक पनि राजतन्त्रबादीहरुले त्यसै योगी आदित्य नाथको ठूलो पोस्टर बोक्ने काम गरेनन होला।२०६२\६३को जन आन्दोलन र माओबादी सशस्त्र संघर्षबाट जन्मेको आन्दोलन पनि अन्ततः भारतद्वारा नै संचालित भयेको कुरा प्रष्ट भयेको छ।सातदल माओबादी बीच १२बुंदे सहमति  दिल्लिले नै गरायेको थियो।

यो प्रष्ट्याउंदा कुनै आश्चर्य मान्नु पर्दैन कि सुगौली सन्धी पछि नेपाल एक प्रकारले बृटिशको नब औपनिवेशिक रुपमा रह्यो।संझौताको केही समय पछि नै बृटिश साम्राज्यको बिरुद्धकोअगुवाई राष्ट्रबादी भीमसेन थापाले गरेका थिए। तर बृटिश साम्राज्यबादकै कारण भीमसेन थापाको पतन र जंग बहादुर कुंवरको राणाशाहीको स्थापना गरियो।राजा नाममात्रका भये भने संपूर्ण राजनीतिक आर्थिक अधिकार राणाशाहीको हातमा रह्यो।१०४ बर्षको राणा शासनमा जनताका मौलिक अधिकारहरु कुण्ठित गरिये।२००७-२०१५संम नेपाल राजनीतिक र आर्थिक रुपले अस्थिर भयो।त्यही अबस्थामा मात्रृकाले उत्तरी चेकपोष्टमा भारतीय १८पल्टन राख्ने अनुमति दिये,कोशी संझौता गरेर भारतलाइ सहयोग पुर्याये।राजाले आंफैले घोषणा गरेको संबिधान सभा फीर्तालिये भने २\३ले बिजय प्राप्त काङ्ग्रेसको सत्ता महेन्द्रले बिघटन गरि दिये।निर्दलीय पंचायती ब्यबस्थाको बिरोध गर्ने क्रान्तिकारीहरूलाइ फांसी दिइयो र हत्या समेत गरियो।१९५०को असमान सन्धीका साथै पंचायतको पक्षपोषण गर्न राजाले भारतसंग १९६५को गोप्य सैनिक सन्धि गरे जस्ले गर्दा नेपाल भारतीय एकाधिकार पूंजिबादको चंगुलमा फस्यो।राजाको प्रत्यक्ष शासनकालमा केही बिकासका कामहरु र राष्ट्रीय हितका पक्षमा कामहरु नभयेका होइनन,तर त्यस्ले जनताका मौलिक अधिकार र आधारभूत समस्याहरु पूरा गर्न सकेन,दमनकारी नीति जनतामाथि लादिइयो।जनताका हकहरु खोसीय र केही पंचहरुको देशभीत्र हाली मुहाली भयो।२०४६मा भयेको बाम काङ्ग्रेस मोर्चाले पंचायतको बिघटनका लागी काम गर्यो तर त्यो जन आंदोलन पनि भारतीय सहयोगमा नै भयेको थियो।त्यस्कारण गणतान्त्रिक शक्ति कंजोर भयेको अबस्थामा शेर बहादुर प्रम हुंदा केपी ओलीको समर्थनमा भारतसंग राष्ट्रघाती महाकाली सन्धी गरियेको थियो।पंचहरु कि कांग्रेस भये कि कम्युनिस्ट भये।अन्याय,बेथिति,तस्करी,घुसखोरी,भ्रष्टाचार, कमिशनतन्त्र र साना खुरीबाट आएको नेत्रृत्वको बिलाशि जीबन संस्थागत भयो।जनताका आर्थिक, राजनीतिक र सामाजिक  आधारभूत मागहरु फेरि पनि पुरा भयेनन।

संसदीय राजतन्त्रामक बहुदलीय ब्यबस्थाका बिरुद्ध माओबादी सशस्त्र युद्ध सुरु भयो।आफ्ना हक अधिकार,गास बास कपास,रोजगारी,शिक्षा र स्वास्थको ग्यारेन्टि हुन्छ भन्ने नाराका साथ युवायुवतीहरु फेरि अर्को आमूल परिवर्तनको पक्षमा बन्दूक बोकेर लडाईको मैदानमा गये।प्रहरी बलले मात्र माओबादी संघर्षलाइ दमन गर्न नसकियेकोले सशस्त्र प्रहरी बल र सेनाको पनि प्रयोग गरियो।तर आश्चर्य लाग्दो कुरा यो थियो कि एकातिर भारतले माओबादीलाइ आतंककारी घोषणा गरेको थियो भने अर्कातिर माओबादीलाइ नैतिक र भौतिक समर्थन गरेको थियो। शर्त यो थियो कि भारतको सुरक्षामा दख्खल नगर्ने र भारतीय माओबादीलाइ नेकपा माओबादीको समर्थन नरहने कुरा समेटियेका थिये भन्ने कुरा भारतीय मीडियाकर्मीले नै ओकली रहेका छन।एमाले र काङ्ग्रेस भारतको लागी उपयूक्त थिये भने माओबादीहरु पनि पछिल्ला दिनहरुमा भारतमुखि भयेका थिये।नेपालका सबै राजनीतिक शक्तिहरु यो वा त्यो रुपमा भारतको टाउको दुःखाइको बिषय भयेनन।माओबादीआन्दोलनले यू एस एआइडी र पश्बाचिमाहरुबाट पनि पास्चर केबी रोकाया मार्फत सहयोग पायेको कुरा पनि बाहिर आएका छन।नास्तिकता फैलाउन,धर्मान्तरण गर्न,गरीबी निबारण र महिला सशक्तिकरण र लेखक कलाकार मार्फत इसाइबादको प्रचार प्रसार ,संबिधान निर्माण गर्न र नेपाललाइ अस्थिरतातिर थकेलेर अमेरिकी डलर खर्चियेको कुरा त ट्रम्पले नै उजागर गरेका छन।भारतसंग संबन्धित ९बुंदाहरुको एउटा पनि समाधान भयेन यद्यपी भारतसंग सुरुङ युद्ध गर्ने स्वाङ रचियेको थियो।पश्चिममा र भारतको राजतन्त्र फाल्ने र संबिधानमा धर्म निरपेक्षता लेख्ने कुरामा सहमति भये पछि दिल्लिले सातदल माओबादी बीच १२बुंदे सहमति गरायो,फलस्वरुप १९दिने जन आंदोलनले राजतन्त्रको अन्त्यको जग बसाल्यो।२०६५मा संबैधानिक रुपमा नै राजतन्त्रको समाप्ती भयो।देशमा अब आमूल परिवर्तनका साथ जनताका आधारभूत समस्याहरु समाधान हुन्छ भन्ने जनताको दृढ बिस्वास थियो।जनताको परिबर्तनप्रतिको सुन्दर सपना र कल्पना ब्यबहारिक रुपले नै समाधान हुनेछन र आउने सन्ततिको उज्वल र गौरबमय भबिस्यको आसा गरेर लडाकूहरु,घाइतेहरु,शहीद परिवारहरु र आर्थिक नैतिक समर्थन गर्ने बिशाल जन समूहले जुन आमूल परिवर्तनको आसा गरेका थिए, त्यो दिशातिर राजनीतिक सामाजिक रआर्थिक रुपमा अगाडी बढेन।फेरि पनि नेत्रृत्व पूरानै प्रबृत्ति,शैलि,रहन-सहन र जनसंपर्कबाट टाटा हुंदै गयो।सत्तामा निश्चित नेत्रृत्व मात्र पुग्यो र आफू अनुकूल परिबर्तनलाइ उपयोग गरियो। १७०००को बलिदानबाट प्राप्त अधिकारको समुचित उपयोग गर्ने चाहना राख्ने क्रान्तिकारीहरु बाहिर पारिये।नेपालको धर्म, संस्कृति,भाषा,साहित्य, सभ्यतामाथि बैदेशिक हस्तक्षेप भयो र नेपालको स्वतन्त्र अस्तित्व र पहिचानलाइ समाप्त पार्ने षडयन्त्र गरिएको थियो।जे एफ मोरियार्टी र इयान मार्टीन जन आंदोलनमा सशरीर उपस्थित हुनुको कारण यो थियो कि नेपालमा पश्चिमा बर्चस्वका साथै बिभिन्नजनजाती,गुरुपुरेत,दलितहरुलाइ ईशाइ धर्ममा परिणत गरि नेपाललाइ अफ्रिकामा झै जातीय द्वन्द्व , धार्मिक र क्षेत्रीय द्वन्द्व गराइ आफ्नो हात माथि पार्न सकियोस,देश टुक्र्या इएको थियो।उद्योग धन्धा नहुंदा आयातमा ठूलो बृद्धि भयेको छ,आर्थिक उन्नतिमा पारदर्शिता छैन,सानो अंशको निर्यातित बस्तुले जनसङ्ख्या धानिने अबस्था छैन,आम्दानीको स्रोत नहुंदा लाखौ नेपालीहरु बिदेशियका छन,जीबनको सुरक्षा छैन,ब्यापारघाटा करीब २८खर्ब पुगेको छ र नेपालको जीडीपी रेमिट्यान्सले धानेको छ।बिदेशी सहयोग र बाहिरबाट रेमिट्यान्स नभित्रिने हो भने भोकानाङ्गा जनताको बिद्रोह श्रीलंका वा बांग्लादेशको  जस्तो हुने अबस्थामा पुगेकै हो त! देशको यो दयनीयअबस्था र जनताको नेत्रृत्व प्रतिको घृणा तथा  बैदैशिक आडमा देश चलाउने नेत्रृत्वले यी संपूर्ण राष्ट्र बिरोधी र जनबिरोधी कामको जिम्मा लिनु पर्छ।नया नेत्रृत्वलाइ दमन गरेर र कार्बाही गरेर उनीहरुलाइ सत्ता संचालन गर्न दिइएको छैन।२०४६देखि आज २०८२संम आइपुग्दा संम पनि तिनै पुराना भ्रष्ट नेताहरुको सेतै फुलेर अनुहार चाउरी परेर कार्ययोजना प्रस्तुत गर्न नसक्ने अबस्था र पुरानै तरिकाले शासन गर्ने तरिकाहरु ठ्याक्कै राजतन्त्रको शासन जस्तै छ।के यो नया राजतन्त्रको मुखौटो होइन?पश्चिमाहरुको सहयोग धर्मान्तरण मात्र थियेन,अन्तर्यमा क्षत्रिय बिभाजन,धार्मिक द्वन्द्व, भाषिक द्वन्द्व, जातिय आन्दोलन र दलहरुका बीचको द्वन्द्व, राजनीतिक र सामाजिक अस्थिरता र आर्थिक रुपले पराधिन बनायेर देशभित्र द्वन्द्वको खेति गर्नुथियो,नेपाललाइ रणनीतिक रुपमा प्रयोग गर्नु थियो।भारत मार्फत पश्चिमाहरुले नेपाललाइ चीनका बिरुद्ध हेर्ने औपनिवेशिक नीति लियेका थिए। एनजीओ, आईएनजीओ मार्फत शिक्षा,स्वास्थ्य, गरीबी निबारण,महिला सशक्तिकरण ,खोप,जातीय उत्थान,संबिधान भित्र धर्मनिरपेक्षता घुसाउने काम ,संचार र प्रवधि मार्फत नास्तिकताको प्रचार-प्रसार र चर्च निर्माण र इशाईबादको ब्यापक प्रचार र साहित्यकार र पत्रकार मार्फत गरियेको डलरको  अपचलन यू एस एआइडि मार्फत नेपालका ठूलै नेता, कार्यकर्ताहरु ,संघसंस्थाहरुको ट्रम्पले  नामै लिएर डलरको ठगी गरेको कुरा बाहिर ल्याये।नेपाल परिवार दलका नेता दक्षिण कोरियाई चर्च मार्फत संबिधान सभाभित्रै थिए ,केपी होलिवाइन समारोहमा उपस्थित भए र एक लाख डलर पुरस्कार लिए। तर बैदेशिक डलर रोकिये पछि कैयौं एनजीओ आईएनजीओका नेपालका कार्यालयहरु बन्द भयेका छन।

२०६२\६३को आमूल परिवर्तनकारी संघर्षले जनताको जीबनमा बिस्वास गरिए अनुसार आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन हुन सकेनन।पक्ष प्रतिपक्ष र साना राजनीतिक दलहरु संयुक्त भयेर मोलतोल गर्दै आफ्नै स्वार्थ पूर्ति गर्न अनैतिक, अप्राकृतिक गठबन्धन गरेर देश र जनतालाइ निरास पार्ने काम गरे।जनताले राहत पायेनन,देशले बिकास र समुन्नति पायेन।बिगत १८बर्ष देखि यो वा त्यो रुपमा त्रय नेत्रृत्वको अधिनस्थ जनता र देश खुम्चियेर बस्न बाध्य छन।नयां र बैकल्पिक शक्तिको उदय हुन सकिरहेको छैन।यही राजनीतिक कंजोरीका रआर्थिक संकटका  कारण असंतोष देखियेको बेला राजतन्त्रको पुनःथापनाका कुरा दुर्गा प्रशाइ,राजेन्द्र लिङ्देन ,कमलथापा र ८६बर्षिय बृद्ध पंच नवराज सुबेदी झूस्स देखिनु कतै त्यस्मा बैदेशिक शक्तिको उक्साहट त हैन!सशस्त्र संघर्ष र ठूलो जनबिद्रोहबाट प्राप्त संघीय गणतन्त्र राजतन्त्रसंग डराउनु पर्ने कारण छैन।तर नेत्रृत्वको पट्यार लाग्दो भाषण,बेरोजगारहरुको असंतुष्टि,सरकारी संपतिको अपचलन,सत्तामाथि नाताबाद र कृपाबादको नियन्त्रण, कर्मचारी माथिको भेदभाव,देशको कार्यकारी जी एम,नगर प्रमुख संगको दोहोरी र उखानटुक्काबाट मननपरेका नेता र कार्यकर्तामाथि चोटिलो प्रहारका कारण नै तिन दलका नेताहरु भयभीत भयेको हुनु पर्छ। बिशाल जनमत प्राप्त दलहरु यो आबेगमा आयेको राजसंस्था र तिनका गर्जनबाट डराउनु पर्ने अबस्था छैन।तर यो कुरा बुझ्नु आबश्यक छ कि भाजपाका अतिरिक्त्त उतर प्रदेशका  योगी आदित्य नाथको राजतन्त्रबारे के दृष्टिकोण छ,त्यस्ले पनि नेपालको बर्तमान राजनीतिक परिस्थितिमा ठूलै फेरबदल आउन सक्छ।यदि त्यो संभाबना बढेर गयो भने देशलाइ अस्थिर बनाउनु,आर्थिक अपचलन गर्नु र मनमनी गर्ने राजनीतिक दलहरुले नै त्यस्को निराकरण गर्नु पर्छ।गणतन्त्रका बिरुद्ध राजतन्त्र हुन गयो भने धनजनको क्षति हुने पक्का छ।

२०५०ताका जन्मेका ब्यक्तिहरुले राणाशासन, सक्रिय राजतन्त्र  र बहुदलीय राजतन्त्रामक  शासन ब्यबस्था बेहोरेका छैनन।उनीहरु बुझ्ने भये देखि नै संघीय गणतन्त्रिक ब्यबस्थाको गतिबिधिहरुलाइ नजिकबाट हेरिरहेका छन।केही युवाहरुले इतिहास पढेर पुरानो शासनबारे जानकारी राख्न सक्छन।२०६२\६३ पछि घटेका घटनाहरु ,राजनीतिक, आर्थिक र सामाजिक गतिबिधिहरु,बेथितिहरु,रोजगारीको असुरक्षा,तस्करी भ्रष्टाचारको बोलबाला ,सुनकाण्ड,सहकारी ठगी काण्ड,मिटर ब्याज प्रकरण,सत्तालोलुपता,ट्रकका ट्रक सुन र डलर ओसार्ने अबस्थाहरुको अनियन्त्रित चलखेलबाट मूलतःयुवाहरु आक्रान्त बन्दै आएका छन।माओबादी सशस्त्र संघर्षबाट सुखी जीबन,उज्वल भबिस्य,रोजगारीको ब्यबस्था र जनताको शासन सत्ता आउंछ भनेर जीबन उत्सर्ग गर्नेहरुका शहीद परिवार,अंग-भंग भयेकाहरु,बाल लडाकुहरु र समर्थकहरु पार्टी नेत्रृत्वको राजकीय जीबनशैली,बिपुल संपतिको संकलन, नाताबाद र कृपाबादको दुष्चक्रले समाजबादमा जान सकिन्न।निश्चित माओबादी ,एमाले र काङ्ग्रेसका नेताहरु ,तिन्का आसेपासेहरु,नातीनातीना,छोरी ज्वाइहरु,नेताका ग्रिनकार्ड होल्डर छोराछोरीहरु,बिदेशी नागरिकता होल्डरहरु र कृपापात्रहरु राज्यको सर्वोच अंगमा पुगेर सत्ताको दुरूपयोग गरिरहेका छन।भोका ,नाङ्गा,उत्पीडित, शोषित र नेपाललाइ सिंगापुर वा स्वीजरल्याण्ड हुने आसामा झुण्डियेका बिशाल समूह अलपत्रमा छन।जीबनको सुरक्षा,उन्नति,शान्ति,बिकास र संपन्नता कुर्नेहरु नेपालमा अहिले देखियेको गणतन्त्रबादीहरु र हराइ सकेको राजतन्त्रबादीहरु बीच देखियेको तीब्र ध्रुबीकरणले कुनबाटो लिने हो एकीन भै सकेको  छैन।

 

समाजबादी मोर्चा र एमालेहरु राजतन्त्रसंग भिड़न्त गर्ने मनस्थितिमा छन।बहुसंख्यक काङ्ग्रेस अझै अगाडी आइसकेका छैनन।रबीको रास्वपा अहिले संम गुमनाम छ।बिश्लेषण गर्दै जांदा दुर्गा प्रसाइको उग्रता,लिङ्देनको अठोट, कमलथापाको लिंडेढीपी र नबराज सुबेदीको नेपाल आगमन सुनियोजित त छैन भनि संका गर्ने ठाउं रहन्छ।राजाको हाउ भाउमा देखियेको दृढता ,उस्मा एक्कासी देखियेको चमक र दलहरूमा देखियेको त्रासदी जनताहरु द्विबिधामा छन, तर राजतन्त्र स्थापित भै हाल्छ भन्ने कुरा निकै अस्वभाविक देखिन्छ।राजाको लोकप्रियता,जनताप्रतिको उस्को ब्यबहार,उस्का देश र जनताप्रतिको जिम्मेवारीले जनता राजतन्त्रको पक्षमा देखियेका होइनन, तर बर्तमान राजनीतिक नेतृत्वको लापरबाही,जनताका आकाङ्क्षामा तुषारापात, तस्करी,कर्मचारीतन्त्रमा हस्तक्षेप, आफ्ना मान्छेका दशखत अपराध पनि माफ, राजकीय र जमिन्दारी जीबनशैली र थोरै मात्र संपति लियेर काठमाण्डू छिरेका नेताहरुको चञ्चलाश्री, सहकारीको ठगीबाट बिच्केका जनताहरु,नेताश्रीका परिवारहरुको संपन्नता र बिलासिताबाट वाक्क भयेर जनताहरु कतै राजतन्त्रको पक्षमा त उभियेका होइनन भन्ने नेत्रृत्वमा संका उत्पन्न भयेको हो।गणतन्त्रको तुलनामा राजतन्त्र कुनै पनि तरिकाले उचित र राम्रो होइन,संघीय गणतन्त्रको उच्चतम रुप त जनताको गणतन्त्र हो जस्को लागी जनताहरुको बलिदान भयेको थियो,तर समाजबादी गणतन्त्रका लागि निकै र अथकित लडाई लड्नु पर्ने हुन्छ। त्यस्को संभावनाको खोजि गर्न असली बामपंथिहरु एक हुनु आबस्यक छ। राजतन्त्र र गणतन्त्रबादीहरुले मिति नै तोकेर चैत्र १५गते जनसंघर्षमा उत्रने हांक दियेका छन जस्लाइ राजतन्त्रबादीहरुले निर्णायक रुपमा पुर्याउने भन्ने छ।कदाचित आमने साम्ने दुवै थरिको भिड़न्त भयो भने त्याहां संगठित वा असंगठित रुपको बिद्रोहले अराजकताबादी बाटो लियो भने त्यस्ले गृहयुद्धको रुप लिन सक्ने छ।राजतन्त्रको स्थापनाका लागि पनि भारत उत्तर प्रदेशका मुख्यमंत्री योगी आदित्यनाथको समर्थनले के देखाउछ भने नेपालको राजनीतिक परिबर्तन वा शासन परिवर्तनमा भारतको नै हात रहेको छ।यसरी नेपालमा भूराजनीतिक प्रभाव जबर्दस्त देखिन्छ, त्रिभुवनलाइ पनि भारतले नै स्थापित गरेको थियो।नयां र बैकल्पिक शक्तिका रुपमा उदायेका वा उदाउन खोजेका शक्तिहरु पनि किंकर्तब्यबिमूढ भयेका छन।आउने दिनहरूको मूल्यांकन संघर्षले नै छुट्टाउने छ।धरहरामाथि बसेर प्रतिगमन र गणतन्त्रको लडाई हेर्न कुनै निष्पक्ष मान्छे तैयार छ ?

 

प्रतिकृया दिनुहोस्