Pokharapatra National Daily

गरिबी र धमिलो पानीमा माछा मार्ने हाम्रा नेता

-युब राज खनाल
शीर्षक पढ्दा पनि दुःख लान्न सक्छ, किनभने हामी सबै गरिबकै सिमा रेखा भित्र छौं । संसारको गरिबतम मुलुकका हामीलाई यस्ता शीर्षकले अपमान गर्छ । तैपनि बाध्यतामा यस्ता लेखले हुनेखाने र देश को ढुकुटी मा हाली मुलि जमाउनेहरुको आँखा खुल्लछ्की भनेर । गरिबका कुरा नगरी गरिबीको मुक्ति सम्भव पनि छैन; भन्ने पनि मलाई लाग्छ ।त्यो ग्रामिण भेगका गरिब जनताको आँखा भरि आसुका धारा छन् । उहिरुलाई विहान साझँको छाक पनि कसरी टारौ भन्ने पिडाले दिनहँु सताइरहेको हुन्छ । उनीहरु संग हृदय भरि पिडा र कष्टका व्यथाहरु पनि उत्तीकै छन् । अनि मुटु भरि गरिबी र दुःखका कथाहरु संगालेर बाचिरहेका छन् । सुखको अनुभती उनीहरु संग छैन् ! चाडबाड मा एक सरो नया कपडा फेर्नु र दुई छाक मिठो मसिनो खानु बर्सदिन कुर्नु पर्छ । जो विहान साझँ अर्काको भारी बोकेर छाक टार्ने जमर्को गर्छ उसलाई के थाहा हुन्छ सुख कस्तो हुन्छ भनेर ? तिनै गरिब जतनाहरु आज पनि जिबन दुःखमै पिरलिरहेको छ । उनीहरुलाई धन पैसा भन्नु पनि थाहा छैन, धनको खोजीमा होइन विहान साझँको छाक कसरी टार्ने भन्ने कुरामा पिरोलिरहेका छन् उनीहरु । तर जस्तो सुकै दुख कष्ट सहेर भएपनि जिवन गुजारा गरिरहेका छन् । अर्काको अधिया गर्नु र भारी नै बोकेर भएपनि पसिनाको धारा चुहाउदै जिवनलाई गुजार गरिरहेकै छन् । साहुको जग्गा अधिया गर्नु र भारीको ,
कपडाको जोहो गर्नमै उनिहरुको जिवन बितेको पत्तै छैन् । उनीहरुको सहाराको भन्नु आधा पेट खाएरै भएपनि धौ– धौ जिवन गुजारा गरेका तिनै पाखुरा बनेका छन् । तर कसैले खोज्दैन गरिबलाई आहारा दिन । गरिब दुखि भन्नु यस्तै हो । गगनचुम्बी महलको बीच सडक बाट पुर्णिमामा खेल्ने जुनको आलोक निहाली रहेका छन् । कल्पनाको सागरमा पौडी खेल्दै यथार्थ धरातलमा तैरने कोसिस गरिरहेका छन् । थाहा छैन यो बेदनाको बादल कहिले सम्म मडारिने हो उनीहरुको मन भित्र ? लेखाजोखा नै छैन कति बगे र बग्छ्न उनीहरुको आँसुका धाराहरु कुनै पत्तै छैन् । तर पनि जिबन लाई गन्तब्य उन्मुख डोर्याइरहेका छन् । ठूला–ठुला योजना बनाउछन् गरिब अनि काममा लाग्ने तरखर गर्छन अनायेसै काम्न लाग्छन उनिहरुका हात पाउँहरु । किन कि उनीहरुका अगाडी अभाबै अभाबको पर्खाल अगाडी खडा छ । कति कोसिस गर्छ त्यो पर्खाल भत्काउँन तर गरिबीलाई टाडा फाल्न सकिरहेका छैनन् । खोइ किन हो लिसो टाँसिए झैँ साथ मै टाँसिएर आइ दिन्छ । हजारौ हिम्मतहरु लाई बटुल्दै मन लाई शान्त पार्ने कोशिर गरेका हुन्छन् । यो संसारलाई नियाल्दै जिवनको यथार्थ परिभाषा खोजि हुन थाल्छ । अनि आफै सँग पैसाको मूल्य सोध्न बाध्य भएका छन् गरिबहरु । फेरी यो गरिबीको जन्जिर बाट मुक्त हुने बाटो खोज्छ । तर भेटाउदैनन् कतै हिड्ने गोरेटा हरु, अनि आफै घनघोर दःुखको जंगलमा हराएको महसुस गरिरहेका छन् । रुन्छ, कराउँछ र चिच्याउँछ बिरही भाकामा त्यो बनमा कराउने न्याउली चरीझै । तर गरिबको पिडा बुझिदिने कोहि हुदैन् सम्पन्नताको सिखर नाँगेकोहरु संग, पैसा रुपी समाजले उसको चित्कार सुनी दिने पनि त कोही छैन् यहाँ । बाध्यता नै बाध्यताले बाधिएको यो गरिबीको जिबन औसीको अध्यारो चिर्ने हिम्मत बोकी हिडेपनि सकिरहेका छैनन् यहाँ । बिहानीको उषाकिरण देखि साँझको गोधुली सम्म पसिनाका धारा बगाउदै तर पनि अभाब बाट मुक्ति पाउन सकेका छैनन् । आफ्नै हात ले आफ्नै पुर्पुरो ठोकेर आफुले धान्नै नसक्ने समस्याको भारी बोकी एकान्तमा खोइ के के कल्पीरहेका छन् यहाँ । तर अभाब नै अभाबमा बित्छ गरिबको जिन्दगि । यस्तै यस्तै सम्झाउने विर्साउने कथाहरु संगालेर बाचिरहेका छन् । तर तिनै महलमा रमाउनेहरुले उनीहरुको पिडा लाई एकपटक पछाडी फर्केर हेर्न सकेका छैनन् । दुःख लागेर आउछ हाम्रा देशका शासकहरु लाई देखेर । विहान साझँको छाक टार्नकै लागि साहुको घरमा पसिना बगाएको केही मतलब छैन् देशका शासन भनाउदाहरुलाई । खाली स्वार्थ पूर्ती र गरिबका नाममा ठग्न पल्लकेकाहरुलाई के चासो भयो र ? मौका र अवसर हेरेर छेपारोले रग फेरे जस्तै बोली र व्यवहारमा सजिलै परिवर्तन गर्छन् धिक्कार छ गरीब र निमुखा चुसुवा आदरणिय बुज्रुक लिडरहरु प्रति । महलमा बस्नेहरुलाई के थाहा ? ति झुपडिमा बास बस्ने गरिवको पिडा । विरामी हुदाँ औषधी गर्ने आफु संग एक कौडी नभएर अस्पतालको वेडमा एया एया गरेर छट्पटाउनु परेको भए थाहा हुन्थ्यो, आदरणिय नेता चन्द्र भण्डारी र पोखराका मेयर साब लाई थाहा भयो पोलिदा को पीडा, हात– खुट्टानैं नचल्ने गरी पोलिएका हाम्रा नेपाली कयौ छन्, जो उपचार अभाव ले ज्यान गुमाउन र अपाङ्ग भएर बाँच्न बाध्य छन् । गरिबको पिडा कस्तो हुन्छ भनेर अनी विहान साझँको छाक टार्ने जोहो गर्न नसक्दा अर्काको देशमा गएर परिना चुहाउनु परेको भए थाहा हुन्थ्यो त्यो गरिबको पिडा । तर यहाँ तिनै गरिबको पिडालाई देखेर खित्त हास्नेहरुको जमात बढी छ । सरकारमा बस्ने हरुलाई चिन्ता छ, देशमा कतै रेमिटेन्स कम हुने त हैन भनेर, अनि विविध कारण अथ्रतन्न्त्र मा असार पर्ने भयो भनेर, सोच आहेको छैन किन नेपालि हरु बिदेशिनु बिबसता छ भनेर ? शिक्षित र हुने खाने अमेरिका, अस्त्तेलिया, क्यानाडा,जापान पुगेका छ्न, गरिब हरु गल्फ देस अरब, कतार, भारत जत्ता मुलुक मा जबानी का पसिना बगाएका छ्न! अनि कसरी सम्म्भब छ र मुलुक को बिकास अनि गरिबी निवाकर्णे ! काठमाडौं मात्र नेपाल सम्म्जिने सस्कार अझै हेक्का छैन ! नेपाली युबा युवती बिदेश मा बेचेर रेमिटेन्स ले देश चल्छ भन्ने सोच ! नेपालमा भन्दा विदेशमै जीवनस्तर राम्रो छ भन्दै नेपाली युबा– युवती लाई कोरिया कुल्ली बनाउन पठाउन लागिपर्ने सरकार को कहिले आउला दीर्घकालीन सोच ! कहिले बल्ला गरिबको चुलोमा बिहान बेलुकी आगो सोचनिय छ । यहाँ जसले सेवा सुविधा पाएको छ, उसले अझै सेवा र सुविधा लिन चाकडी गर्छ, घुस पीठ गर्छ, भएन आन्दोलन गर्छ सरकाले ती आन्दोलनका माग पूरा गराउँछ । बिचरा ती गाउँमा र शहरमा खाना र खाजा पसिनाले भिझाउँदै खाने गरिबका न माग छन् न त माग राख्न सक्छन् तिनीहरूको दर्दनाक पीडामा मलम कहिले लगाउने ? हाम्रा आदरणिय नेताहरु हुनुहुन्छ, अवसर अनुसार बोल्नु हुन्छ, सरकार र विपक्षमा रहँदा बोलिका कुराहरू आकाश जमिनको फरक हुन्छन् । मान्छेहरूलाई उचाल्ने र हुम्याउनेकाम हुन्छ्न खै पारदर्शिता । सही त गलत, गर्न हुने र नहुने विवेक नै नभएका त पक्कै हुनुहुन्छ ? किन स्वाभिमान बेचेर धमिलो पानीमा माछा मार्ने काम गर्नुहुन्छ ? तपाईं नेता महोदय, उच्च स्तरीय कर्मचारीलाई खान लाउनको समस्या त छैन नी ? एक पटक सोच्नु त ती विकट र गाउँमा बस्नेको जीवनस्तर, यदि यहाँहरुले चाहने र मन भित्र बाट आउने हो भने ती निमुखाको जीवनस्तरमा परिवर्तन ल्याउन कुनै समस्या छैन । उल्टै सामान्य काममा तिनै निमुखा बाट घुस लिने, तिनैलाई दण्ड दिने, तिनैलाई ठग्ने, हामीसंग मानवता हराएकै हो त, यहाँ कर्मचारी आन्दोलन गर्छ, शिक्षक आन्दोलन गर्छ, डाक्टर आन्दोलन गर्छ र पुलिस या सेना आन्दोलन गर्ला केवल आफ्ना सेवा सुविधाका लागि ती गरीब का लागि कसले लड्ने कसले बोल्ने, एक पटक गम्भीर भएर सोच्नु पर्ने हैन् र ?
–शुक्ला १ तनहुँ हाल पोखरा

प्रतिकृया दिनुहोस्