Pokharapatra National Daily

संस्कार हराएको नेपाली समाज

-बाबुराम पौडेल, पोखरा
के नेपाली समाजमा संस्कारमा धमिलोपन आएकै हो र ? ठूलाले सानालाई सानाले ठूलालाई जालझेलमा पार्न रसाकस्सि चलिरहने नेपाली समाजमा सोझालाई जिवनयापन गर्न कठिनाइ वन्दै गएको छ । यो कतिदिन चल्छ यहाँ ? समाज दिनानुदिन दुर्गन्धित बन्दै गएको छ। समाजमा विभिन्न वर्गका मानिसहरु बसोबास बस्छन् । वर्ग भन्नाले विभिन्न पेशा, उमेर, लिङ्ग, संस्कृति,आर्थिक हैसियत आदिका आधारमा बिभाजित मानिसहरुको समुहलाई जनाउछ । तर समाज एउटा यस्तो वर्ग रहेको हुन्छ जस्को जीवनमा सामाजिक आर्थिक राजनीतिक सांस्कृतिक पक्षले नकारात्मक रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष तरीकाले असर पारिरहेको छ । जस्ले गर्दा आज समाजमा हुने संस्कारमा अशोभनीय रुपमा अप्ठ्यारो पारिरहेको छ । के यो उनीहरुले संस्कारको अर्थ नबुझेकै कारण समाजमा सांस्कारीक वातावरण खल्बलिएकै हो ?
संस्कार एउता प्रक्रिया हो जसले मान्छेलाई सहि बाटोमा डो¥याइ सभ्य र सुसंस्कृत बनाउने गर्छ। सामान्य अर्थमा संस्कार अवगुण दोष कमजोरी आदि हटाई परिष्कार गर्ने कामलाई बुझिन्छ। वृहत अर्थमा यो असभ्य सोचलाई परिस्कृत गर्दै पवित्रमनको विकास गरी अनुशासित जीवनपद्दतिमा डो¥याउने माध्ययम हो । संस्कार र संकृति झवाटै हेर्दा एउटै भए जस्तो लागेपनि तर फरक विषय हुन। संस्कृति समय अनुसार फरक हुन्छ भने संस्कार संदावार एउटै हुन्छ। संस्कार व्यक्तिको आचरण, व्यवहारसँग जोडिएको हुन्छ, जसले गर्दा व्यतिले आफ्नो जीवनलाई सफलतापूर्वक अगाडि बढाई सभ्यताको विकास गर्दछ। त्यसैले भन्ने गरिन्छ संस्कारी घरानामा जन्मेहुर्कको व्यक्ति अनुशासित र मर्यादित हुन्छ ।
नेपाली समाजमा संस्कारलाई नियालेर हेर्दा कतिपय नेपालीमा सभ्यता हराएको देखिन्छ। म एउटा सडक दुर्घटनाको प्रत्यक्षदर्शी हुँ । घटना पोखरा वाग्लुङ राजमार्ग हो । एक जना अठार उन्नाइस वर्षको युवा याम्दी नजिक मटरसाइकलमा चिप्लिएर हात खुट्टामा चोट लागेको थियो। अर्कोतिर बाट आएको मोटरसाइकलको भद्र‌ भलाद्मीले रोकेर उसलाई उठाउन खोज्दा उल्टै उसलाई सबैको अघाडी आरोप लगाई उपचार गर्न बाध्य बनायो । यसले मानवता सभ्यता र संस्कार प्रति अवश्य नै प्रश्नचिन्ह खडा गरेको छ होला ? यसैगरी नेपालमा कतिपय संस्थामा विद्यार्थीले नक्कली फेसबुकमा आइड बनाई विद्यार्थीले शिक्षकमाथी गरेको अपमानजनक व्यवहारले पनि नेपाली समाजमा सभ्यता र मानवता थिलोथिलो पारिरहेको उदाहरण दिएको छ। म एउटा शिक्षक भएको हैसियतले प्रत्येक्ष देखेको घटनालाई प्रस्तुत गरेको हो। यहाँ सामाजिक संजाल सम्बन्ध जोड्न भन्दा भत्काउन बनाइएको देखियो।यसले गर्दानी परिणाम स्वरूप नेपालमा शिक्षाको गुणस्तरमा ह्रास आएको पाइन्छ। यतिमात्र नभइ एउटा वैदेशिक रोजगारीका लागि पठाउने कम्पनीले सोझो व्यत्तिलाई विभिन्न प्रलोभन देखाई रकम असुल्छ र भाग्छ भने यस्तो अस्वस्थ वातावरणाले के को संज्ञा दिन्छ ? नेपाली समाजमा संस्कारको लोप हुदै जानुमा राज्य पूर्णतया रुपमा दोषी ठरीन्छ । यसमा कुनै पनि शंका छैन । पछिल्लो समयमा आउदा भ्रष्ट ,फटाहा हरुको दिनदाहाडे सलबलाइ रहेकाछन ।यसैगरी विभिन्न राजनैतिक दलका नेताहरु पदका लागि कुर्सी तानातान गर्दछन् । जबकी नेतृत्व गर्ने ब्यक्तिमा सभ्यता नै हराउँछ भने सामान्य जनतामा अब भन्नुस के होला ? यसैगरी विस २०६८ सालको जनगणना भन्दा २ण्७८ सालको जनगणनामा परिवार को आकार सानो छ। तर पनि अभिभावकले आफ्नो बच्चालाई आचरण, अनुशासन तथा सभ्यताको पाठ सिकाउन सकिरहेको अवस्था छैन । जसको परिणाम बच्चाले आफूभन्दा मान्य व्यक्तिमा दुव्यवहार गर्ने हिम्मत राख्छ । गलत वाटो रोज्छ र अन्तमा आफ्नो भबिस्य आफैले अन्धकारमय गराएको पाइन्छ ।सायत यस्तै भएकै कारण बच्चाले आत्महत्याको बाटो पनि रोज्न बाध्य हुन्छ ।
यसैगरी नेपाली शिक्षा प्रणालीलाई अवलम्वन गर्दा शैक्षिक गुणस्तर दयानीय अवस्थामा देखिन्छ । २०८० साल असोज ३ गते देखी देशभर रहेका शिक्षकहरु राज्यले सुबिधा कटौती गरेकै कारण आन्दोलन गरेका थिए। यहाँ राज्यले खुलायम रुपमा भ्रष्टाचार गर्नेलाई कुनै कारबाही गर्न सक्दैन तर शिक्षा प्रदान गर्ने बौद्धिक बर्गलाई दबाबमा राख्न खोझ्दा कस्तो खालको संस्कार विकास हुन्छ? यसप्रतिराज्य उत्तरदायी हुन जरुरत देखिन्छ । अन्तमा राज्य उतरदायी भई राम्रो कार्यलाई प्राथमिकता दिएमा सहि प्रणालीको विकास सगै संस्कारको पनि विकास हुन्छ। यसैगरी अभिभावकले आफ्नो सन्तानलाई मानवता, अनुशासन र सभ्यताको शिक्षा दिनुपर्छ र अनिमात्र बच्चा संस्कारी वन्दछ । यसरी बच्चाले हरेक कुरामा सफलता हासिल गर्दछ।अनि जीवन बगैंचाको फुल जस्तो हुन्छ ।

प्रतिकृया दिनुहोस्