Pokharapatra National Daily

यस्तो लाग्दछ्की हामीसँग एउटा पनि गतिलो भेडी गोठालो छैन

युव राज खनाल
आज जनताका रगत र पसिना बगेर प्राप्तीका कयौ बलिदानलाई अन्कुशलगाउने कार्य भएको छ । चौतफी न्यायका आडमा आफ्नालाई काखा अनि अर्कालाई पाखाका अबस्था, सरकार स्वयम विवेधकारी र दमनकारी नितिमा रहेका कयौ उदाहरणहरु हामी प्रष्ट देखिरहेको छोै । सामाजिक सदभाव अनि अन्तराष्ट्रिय शक्ति र मित्रराष्ट विच सम्बन्धको जुवाको दाउमा पुर्याउने दुई तिहाईको सरकारको देखायो । के पि ओलिको काम कर्तव्य हेर्दा भविष्यमा मुलुकलाई ठूलो युद्धको सिकारमा पुर्याउने अधिनायकबाद शैली मात्र देखिन्छ । कुनैपनि पार्टि दलको इतिहासमात्र लामो भएर हुदैन भविष्यलाई लामो बनाउनु आवश्यक छ तर नेपालका सबै पार्टी हरुले अहिले आएर जनताका सामु बास्तबमा बिश्वास गुमाएका छन ।
कांग्रेसलाई भिजन भएका युवाको खाचो छैन, मात्र ति भिजन भएका युवालाई अवसर सिर्जना कांग्रेसले गराउने सक्नु पर्छ । परिवर्तन व्यवस्था वा त समयको जे मागेको छ माग अनुसारको भिजनलाई ल्याउन सक्नुपर्छ । कांग्रेसले भनेका कुरालाई गर्छ या त यति समयमा गर्छ भनेर नेपाली जनतालाई विश्वास दिलाउन सक्नुपर्छ ।
कांग्रेसले अब भीजन भएका युवा नेतालाई अवसरको सिर्जना गरिदिएर अधिकांश सगठानिक संरचनालाई सुन्यबाट सुरु गर्दै, सम्पुर्ण गुटगटको अन्त भएको सन्देश जनतालाई दिलाउन सक्नुपर्छ । जनतामा विश्वास दिलाउने उसको प्रमुख मिसन हुनुपर्छ भने सम्पुर्ण मिसन भिजन, उद्देश्य र कार्ययोजनाहरु पारदर्शीरुपमा जनतालाई देखाउदै अधि बढेमा गर्विलो कांग्रेस फेरि पनि स्थापित हुनेमा कुनै दुई मत छैन । कुनै पनि व्यक्ति, संस्था या दलले राज्यको मौजुदा कानुनी व्यवस्थाको उल्लंघन या हिंसात्मक तवरले गतिविधि गरेमा भइरहेका कानुनले नै त्यस्ता क्रियाकलापलाई कानुनी दायरामा ल्याउन कुनै अवरोध गरेको छैन । तर असहमत दल, विचारप्रतिको चरम असहिष्णुताको कुन हदसम्म जान सक्छ भनेर ओलीले अमुक दललाई गणतान्त्रिक संविधान बनेको चार वर्ष पनि नपुग्दै प्रतिबन्धित गरेका थिए । लोकतान्त्रिक भनिने बाँकी दल, लोकतन्त्रको पहरेदार भनिने दलविशेषको स्वार्थको झन्डा फहराउन अभिशप्त नागरिक समाजले कसैको राजनीतिक विचार मन नपरेकै कारण उसमाथि भएको प्रतिबन्धलाई वैध देखाउन आफ्नो तागत खर्चेर ओलीको त्यो निरंकुश स्वेच्छाचारितालाई उक्सायो । ओलि यति सम्म हौसिए जसले गर्दा संविधानलाई समेत कुल्चेर अधिनायकवाद तर्फ लागिरहेका छ्न । त्यही उक्साहटको बलमा सिञ्चित, निरन्तरको परीक्षणपछि कानुन, संविधान, अदालतभन्दा माथि रहेको ओली–अहंकारले भ्रष्टाचारको अभियोग लागेकाहरूमाथि छानबिन, फैसलाको बाटो नै नलगी निर्दोष भन्दै आफैं फैसला सुनाउन थालेका उदाहरण हाम्रा सामु छ्न । वाइडबडी प्रकरण, गोकुल बास्कोटाको सत्तरी करोड घूस मागेको टेप प्रकरण, बालुवाटार जग्गा प्रकरण, यतिरओम्नी प्रकरणजस्ता यावत् घटनालाई ओलीले अहंकारपूर्ण स्वेच्छाचारिता प्रकट गर्दै निर्दोषिताको प्रमाणपत्र वितरण गरे । यस्तो कार्यलाई तत्कालीन अबस्थामा न त प्रचण्डले उठाए न त माधव नेपालले नै उठाए । माधव नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवाहरू कहिले आफ्ना जोगिएको र कहिले आफू जोगिएकामा रमाउँदै संविधान र संवैधानिक संस्थाको गरिमा धुजाधुजा बनाउने ओलीको डुम्रे मुसा प्रवृत्तिमाथि कहिले मौनता त कहिले समर्थनको पुट दिएर उनलाई उक्साउन क्रियाशील रहे जुन कुरा बुझ्नेहरुका अगाडि छर्लङ्ग छ ।
त्यसको उत्कर्षमा उक्त डुम्रे मुसा प्रवृत्तिले देशको मौजुदा संविधानका आधारहरू काटकुट पार्दै राजनीतिक लोकतन्त्रलाई धुज्याइदिएको छ । नेपाली समाजको दुःख कस्तो भएको छ भने, आफैंले रोपेको गुएलोको रूखमा गुराँस फुलिदिएन भनेर रोइकराइ गर्ने दुखियाजस्तो । जसले २०६२÷६३ को जनआन्दोलनले निर्दिष्ट गरेको परिवर्तनलाई न पहिले न अहिले आत्मसात् गर्यो, उसैको हातमा गणतन्त्रको ताला–चाबी सुम्पनेहरूले कम से कम ओलीबाट भएको गणतन्त्रको आधार भत्काउने कामप्रति रोइकराइ गर्नुको वैधता छैन । बास्तबमा भन्ने हि भने, समयको विद्रूप ठट्टाचाहिँ के भने, ओलीले आफूलाई कम्युनिस्ट भएको झुटो भ्रम बेचिबसेका छन् । तर, ओलीमा एउटा संशोधनवादीमा हुनुपर्ने तहको समेत व्यवहार देखिँदैन । आचरण त कहि कतै पनि देखिदै देखिँदैन । पार्टीको विधान, देशको कानुन, संविधानलाई समेत आफ्नो सनक र उटपट्याङमा लतार्ने लफंगागिरी ओलीले देखाएका छन् । आफूलाई आफैं अध्यक्ष रहेको पार्टी विधानको मातहत राख्न अस्वीकार गरेर निर्लज्ज तवरले व्यक्तिवादी नोकरशाही प्रवृत्ति देखाए । देशको मौजुदा संविधानअन्तर्गत रहन अस्वीकार गरेर निरंकुश स्वेच्छाचारी प्रवृत्ति देखाए प्रतिपक्षी चुपचाप नै रह्यो । यस्तो असह्य परिस्थिति नेकपा भित्रकै केही नेताहरू अपाच्य भएका कारण उनिहरुलाई ठेगान लगाउन भनी प्रतिनिधि सभा को विघटन गरे । यसो हुनुमा राज्यको शक्ति र तागत प्रयोग गरेर आर्थिक स्रोतको दोहन गर्ने चेतनाले मुख्य काम गरेको छ । आजको नेपाली अर्थतन्त्रको स्वरूप दलाल र बिचौलिया प्रवृत्तिमा अधीनस्थ छ । जग्गा दलालको शैलीको । जमिनको अधिकारी कोही हुन्छ । त्यसको खरिदकर्ता पनि अरू नै हुन्छ । बीचमा दलाल (एजेन्ट) हुन्छ । किन्ने अरू नै । बेच्ने अरू नै । बीचमा दलाली गरेर आफ्नो मुनाफा सुरक्षित गर्छ । जात तेहि भएको छ ।
नेपालमा राजनीतिक अस्थिरता ल्याउन कर्मचारी, राजनीतिकर्मीदेखि रैथाने चुल्ठेमुन्द्रेसम्मको हिस्सा पनि यसमा सुरक्षित हुन्छ । जति ठूलो दलाल पुँजीपति, उसले उति नै ठूलो मात्रामा सत्तानिकट राजनीतिक दल, राजनीतिकर्मी र उच्चपदस्थ सरकारी अधिकारीहरूलाई कमिसन टक्र्याइरहेको हुन्छ । या, भविष्यमा लाभ लिन सकिने आकलनका आधारमा या लिने योजना सफल बनाउन आवश्यक रकम दिइराखेको हुन्छ । र, त्यसलाई सहज र वैध बनाउन ‘चन्दा’ शब्दलाई वैधानिक स्वरूप प्रदान गरिराखेको हुन्छ । मन्त्री हुनु, सांसद हुनु या उच्च पदहरूमा नियुक्ति लिनु भनेको कमिसन एजेन्टहरूको ठूलो काम सल्टाइदिएर ठूलो कमिसन हात पार्ने ठूलो दलाल बन्नु भन्ने सोचाइ रहेको छ र यो काम खुल्लमखुला हुनेगरेका हुन्छ्न ।
आज नेपालमा भैरहेको राजनीति अस्थिरता पार्टीहरुको शैली हेर्दा अनि नेता कार्यकर्ता र जनताहरु बिचको सम्बन्ध लाई केलाउदा एउटा कुरा उल्लेख गर्न सान्दर्भिक जस्तो लाग्दछ । प्राय भेडा गोठालाहरु आफ्नो नाम लेख्न सक्छन् तर, उनीहरु मध्ये प्रायले स्कुलस्तरीय शिक्षा हाँसिल गरेका छैनन् । केही वर्ष स्कुल गएका उनीहरु जब मेलो धान्न सक्ने भए, घरका मान्छेलाई सघाउने हेतुले केही दिन भेडा गोठालो भए । भेडा गोठालोमा टक बस्दै गयो । स्कुल फर्किएनन्, भेडि गोठमै रमाए । भेडा गोठालोबाटै परिवार पालिरहेका छन् । चाडपर्व, झरी, बादल, हिमपात भेडि गोठमै सकिन्छ । घुमन्ते जीवन विताउने भेडिगोठालाहरु चरण क्षेत्रमा घास सकिएपछि गोठ सार्छन् । हिमपात भएको बेला न्यानो बनाउन ठूला मुडा जोडेर गोठमा आगो बाल्छन् । छिटो छिटो सार्नु पर्ने भएकाले गोठ व्यवस्थित भने हुँदैन् ।
चाहे ठुला पार्टी हुन चाहे साना, उनीहरुका नेता कार्यकर्ताको व्यबहार भेडी गोठालोको भन्दा खासै फरक देखिएको छैन । हामी जनता भेडा जस्तै छौ । नेताहरु भेडी गोठालाहरु जस्तै हुन । जसरी भेडी गोठालोले भेडाहरु जङ्गल या चरन तिर लाने योजना बनाउछ्न अनि निर्दोष भेटाहरु तेतै तिर लाग्दछ्न । आज नेपाली जनताको तेहि स्थिति छ । कोरोनाका बेला जनतालाई घर बाहिर निस्कन र चुक्कसम्म बोल्न दिएनन तर अहिले कोरोना निर्मुल नभएका बखत पनि गाडी भित्र क्षमता भन्दा बडी कोचेर रयाली, सभा, जूलूसमा सहभागि गराइएको छ । यस्तो लाग्छ भेडी गोठालो गतिलो परेको छैन जसका कारण भेडाहरु दुख पाईरहेका छ्न । भेडालाई चरन तिर हैन कि कुनै खोच तिर लगेर भेडा छोडी आफू आफ्नै सुरमा रमाउने गरेका छ्न । न त पढेलेखेका भेडी गोठाला छ्न न त बिश्लेशकहरु नै, यस्तो लाग्दछ्की हामी सग एउटा पनी गतिलो भेडी गोठालो छैन र देशले एक कर्मठ रयोग्य रकर्तव्यनिष्ठ भेडी गोठालोको खोजिरहेको छ ।
शुक्लागण्डकी–१ तनहुँ

प्रतिकृया दिनुहोस्