Pokharapatra National Daily

नेपालको राजनीतिक समस्या

-शम्भुबहादुर अधिकारी

 नेपाल आज बिषम परिस्थितिबाट गुज्री रहेको छ।राजनैतिक अस्थिरता,आर्थिक परनिर्भरता,सामरिक रूपमा महत्वपूर्ण अवस्थिति,दलहरुको अपारदर्शी नीति र ब्यबहार र रोजगारबिहिन अबस्थाले जनताहरुमा र जेन्जि समूहमा बितृष्णा,घृणा,कुण्ठाले बिद्रोहको भाबना जाग्रीत गर्यो।सत्ताधारीहरुको एकाधिकारवादी प्रबृत्ति,बहुमतको अहं र घमण्डका कारण जनताहरु बिच यस्तो गलत ,अहंकारी प्रबृत्ति र नाताबाद र कृपाबादको बिरुद्ध आक्रोश पैदा भयो,त्यस्कारण जनता र सत्ताधारी बिच तीब्र अन्तरबिरोध देखा पर्यो। प्रतिपक्षमा रहेका दलहरुले पनि सत्ता केन्द्रीत राजनीति गरिरहे वा जुनसुकै मूल्यमा पनि सत्ता प्राप्त गर्ने खेति।आफ्ना मानिसहरु हत्या,हिंसा,तस्करी र कुनै गैरकानूनी काममा मुछिएकाहरुलाइ बचाउन सत्ता पक्ष र प्रतिपक्षबिच संझौता गरिने काम भएको छ।त्यस्ले जनताहरुमाभ्रम पैदा गर्यो।के आफ्नो दलले जनताको काम गरिरहेको छ?भन्ने कुरामा जनताहरु संतुष्ट छैनन।राजनीतिक दलहरु कंजोरी लुकाउन झूटको खेति गरिरहेका छन।देशको राष्ट्रियता र जनभावना अनुकूल पक्ष प्रतिपक्ष दुवै हिंडेको देखिएन।कानूनि दायरामा परेका अपराधीहरुले आंफू र आफ्नो दललाइ राजनीतिक प्रतिशोध गरेको आरोप लगायेर गल्तिहरु ढाकछोप गर्ने गरिएको छ।जनताका जायज मागहरु रद्दी टोकरी फालिएको छ।सत्ता पक्ष भ्रष्टाचार,तस्करी,घुषखोरी र अपराधीहरूलाइ जोगाउनतिर लाग्यो ।जनताले सरकार भएको अनूभूति गरिरहेका छैनन। नेपालको अर्थनीति पराश्रित छ,आम्दानीको स्रोत रेमिट्यान्स र सामान्य राजस्व संकलन हो,उत्पादन छैन,उब्जाउयोगाय जमिन प्लटिङ गरिएकोछ,रोजगारमूलक उद्योगहरु छैनन,कृषि उत्पादन यथेष्ठ छैन।नेपालमा पढेर प्राविधिक काम गर्नको लागी यथेस्ट मेडिकल र इन्जीनियरिंग कलेजहरु छैनन जस्ले गर्दा बाहिर पढ्न जाने बिद्यार्थीहरुले अरबौ रकम खर्च गरेर बाहिर गएका छन।यदि खुलेका क्यामपसहरुलाइ छात्रवृति दिन र पैसा तिरेर पढ्न दिन संख्या बढाएर नेपाली बीद्यार्थीलाइ नैपकलमा पढान.सक्नैने ब्यबस्था मिलाए नेपाली पैसा नेपालमक नै रहन्थ्यो,तर डा. गोविन्द केसी जस्ता डाक्टरले कस्को स्वार्थमा हो त्यस्तो बाताबरण मिलाए भोक हड़ताल गरेर त्यस्ता कार्यक्रमलाइ अवरूद्ध गराउंछन।

कर्मचारीतन्त्र,प्रहरी प्रशासन र अन्य संस्थानहरूमा राजनीतिक हस्तक्षेप जारी छ।ब्यापार ,उद्योग,पेसा नभएका राजनीतिक नेतृत्व र तिनका आसेपासेहरु दिन दुगुना रात चारमीनार संपन्न र बघभवशाली भयेका छन।सामान्य किसान वा मजदूरहरु आज सत्तामा पुगे पछि जनताको बलीदानमाथि उभीयेर  अकूत संपति कमाएर राजकीय शैलीमा हिंडेको कुरा जेन्जिहरुले नजिकबाट हेरिरहेका छन।आज उनीहरुको राजकीयशैली,बैभव सम्पन्नता आकासीएको छ।बडो दुःखका साथ पढेका नेपो किड्स राजनीतिक दलको त्यस्तो गतिबिधिबाट असंतुष्ट थिए।उनीहरूको बिद्रोही मन  बिद्रोहमा जान तयार भयो र भ्रष्टाचार र भ्रष्ट नेताका बिरुद्ध र सामाजिक संजालमा हुर्केका किशोरकिशोरीलाइ संजाल अप्रत्यासित रूपमा बन्ध हुंदा जेन्जिहरू त्यस्का बिरूद्ध सडकमा पोखिए।जेन्जिहरु भाद्र २३ गते स्वीकृति लिएर स्कूल ड्रेस,किताप र नेपाली झण्डा लिएर प्रदर्शन गरिरहेका थिए।उनीहरुको माग सही हुंदाहुंदै पनि सरकारले १५|१६बर्षका केटाकेटीहरुमाथि अन्धाधुन्ध गोली बर्षाइयो र १५जनाको आम हत्या गरियो। सरकारले  चैत्र१५गतेको राजाबादी आन्दोलनलाइ दबाएको कुरामाथि बिस्वस्थ भयेर नै नेपो किड्सको बिद्रोह दबाउन सकिने उनीहरुको निष्कर्ष थियो,तर परिस्थितिले पल्टा खायो र ३६घण्टामा नै सत्ता पराजित भयो।२३भाद्रमा बिद्रोहको पछाडी कालो छायामा षडयन्त्र गरिरहेक थिए।त्यो शक्तिले धेरै आगाडी देखि नै नेपो किड्सलाइ कोच गरिरहेका थिए।उनीहरूले सानाकेटाकेटीलाइ गोली हान्न मिल्दैन भन्ने बिस्वास गराए।अबोध बालबालिकालाइ त्यस भित्र लुकेको षडयन्त्र थाह हुने कुरा भयेन।योजनाकारहरुले जेन्जिहरुलाइ मोहोरा बनाए।जति धेरै किशोरकिशोरी मार्न सकिन्छ त्यत्ति नै बिद्रोह हिंसात्मक र सफल हुने आकलन गरेर बन्दूक बोक्ने काला ड्रेसवालाहरुले नै प्रहरीको हतियार खोसी२४भाद्रलाइ हिंसात्मक बनाए।२३गते करीब ३बजेतिर जेन्जिहरु आन्दोलनबाट फीर्ता भै सकेका थिए।जेन्जिहरुलाइ उक्साउने रक्षा बम र मीराज ढुङ्गाना घरमा नै लुकेर बसेक थिए र मिराज त उक्तदिन ब्यापार गर्दै थियो।२४गते बिद्रोह भड्काउने योजनाकारहरु ,शहीद परिवारहरु र उनीहरुका नकतापाताहरु आफ्नौ संतान हत्या गरिएकोमा उत्तेजक रूपमा उनीहरु रणमैदानमा आए।त्याहां पीडित परिवार मात्र थिएनन योजनाकारहरु,स्वार्थ समूहको मानिसहरू ,दलका मानिसहरु र कालो कपडामा TOBलेखिएका तिब्बतियन शरणार्थीहरु पनि तोडफोड, आगजनी,लूटपाट गर्दै प्रहरीहरुलाइ पनि कूटीकुटी मारे।नेपालको राजनीतिक इतिहासमा यो भन्दा अकल्पनीय घटना घटेकै थिएन।आश्चर्यको कुरा यो छ कि एकै दिन,एकै समयमा ,एकै तरिकाले राष्ट्रिय संपदा पूर्खाका धरोहरहरु एक पछि र्को ढलाउंदै र खरानी बनाउंदै नाचगान गरिएको थियो।त्यो आतंकित अबस्था पूर्व मेचि देखि पश्चिम महाकाली संम त्यही रुपमा देखियो जुन काठमाण्डूमा देखीएको थियो।२३गते स्वतः स्फूर्त भनिये पनि २४गते योजनाबद्ध ढंगले घटना घटाइएको थियो।सरकार पतन भएपछि देश सेनाको जिम्मामा गयो।नेताहरु भागे र केही नेतालाइ सेनाले संरक्षण गर्नु पर्यो जस्ले सेनालाइ कंजोर पार्न नेपालमा सेनाको काम छैन भने र सेना राखे पनि २०हजारमा झार्नु पर्छ भनेका थिए।त्यही सेनाले नेताहरुलाइ जीवनदान दियो र देशको सार्वभौमिकतालाइ जोगायो।

यी संपूर्ण गतिबिधिहरु एनजीओ,आएनजिओहरु, CIA र RAW का एजेन्टहरुले खुला रुपमा बन्दूक,खुदकुशी,पिस्तोल लिएर त्यो भीडलाइ उत्तेजित पार्न बिद्रोहमा मिसिएका भाइहरु कसैको मिसन पुरा गर्न डलर र भारु खायेर अगाडि आएका थिए।अहिले के प्रष्ट हुंदै आएको छ भने अधिक मात्रामा राजनीतिक दलहरुका मानिसहरुको घुसपैठ,स्वतन्त्र तिब्बतियन शरणार्थीहरु हुलमा मिसियेर नियोजित ढंगले जेल तोड़ने,अदालतका फाइल समेत छानीछानी जलाउने,भ्रष्टाचार,तस्करी,हत्या अभियोग लागेका मिसिलहरु संबन्धित दल र संबन्धित ब्यक्तिहरुले नै जलाएका हुन।नेपाललाइ असफल राष्ट्र बनाउने तत्वहरुले नेपाललाइ ध्वस्त गराउन चाहेका थिए,छन परिणामतः देशलाइ खरानी बनाए।पूर्वाधार बनाउन सकिन्छ ,तर.७६जना शहिदहरूलाइ पुनर्जीवन दिन सकिन्न।बाचुन्जेल उथलपुथल गर्छु भन्नेहरू समेत मिलेर ७६जनाको.बली चढाए र  नेपालको अस्तित्व,पहिचान र सार्बभौमिकता माथि धावा बोले र देशलाइ खरानीको थुप्रो बनाइ दिए।यस्तो निर्मम र कहाली लाग्दो घट्नाबाट नेत्रृत्वले पश्चाताप र माफी मागेको सुनिएको छैन।कालो लुगा,कालो टोपी,कालो चश्मा लगाउने प्रबृति ठ्याक्कै यूक्रेनको जेलेनेस्किसंग मिल्दो जुल्दो देखिन्छ जस्ले अमेरिका उक्साहटमा रुससंग युद्धमा भीडियो आज आधा यूक्रेन रूसको नियंत्रणमा छ र अझै सहमति संझौता  नगरे यूक्रेनको स्वाधीनता समाप्त हुने देखिन्छ,नेपाललाइ यूक्रेनको स्थितिमा पुर्याउने योजना असफल बनाउनु पर्छ। “र”र “सीआइए”का एजेन्टहरूले तीनै काला ज्याकेट र काला लुगा लगाएर कालो शक्ति प्रयोग गरैर  नेपाललाइ सके सिक्किम नभये भूटान बनाउनए भित्रि खेलन देखिएका छन।एमसीसी पास गरायेर नेपालमा राजनीतिक अस्थिरता  भयो भन्ने नाममा एमसीसी योजनाको संरक्षणमा अमेरिकी सेना नेपाल आउन सक्ने प्राबधानमा नेत्रृत्वले नै संसदबाट पारित गराउने काम उनीहरूले नै गरेका हुन।यही सरकारसंग एसपीपीमा सही गर्यो भने अमेरिकी सेना नेपालमा आएर चीन बिरोधी गतिबिधि गर्ने  निश्चित छ जस्ले नेपालको एकचीन नीतिलाइ समाप्त पार्छ र नेपाल.रणमैदकन हुन सक्छ ।सुदन गुरूङ,बालेनसाह र पत्रकारहरु र रूईतहरुद्वारा नेपालमा बिध्वंस मच्चाइएको कुरा छर्लंग भएको छ।

पुरानो तरिकाले कुनै पनि देशलाइ नियंत्रण गर्न नसकिने हुनाले साम्राज्यबादीहरु नयां रुपमा देखा परेका छन।प्रत्यक्ष हस्तक्षेपबाट नियंत्रण गर्न नसके पछि उनीहरुले अहीले बिस्व भरि नै जेन्जि समूह तयार पारेर “नेपोकिड्स”को नाममा धैरै मुलुकहरुमा जेन्जि बिद्रोह मार्फत आफ्नो स्वार्थका लागि डलर खर्च गरेर आफ्ना एजेन्टहरु तयार पार्छन।उनीहरुले आकर्षक नारा.तयार पकर्छन जस्तै नकताबाद कृपाबादको बिरोध, भ्रष्टाचार र भ्रष्ट शासकको बीरोध,महिला सशक्तिकरण,मानव अधिकार,सीपमुलक तालिम, नेत्रृत्वको बिकास, बाल अधिकार जस्ता कुराहरु उठायेर सत्ताका बिरुद्ध बिद्रोहको अराको चरणको नीति.बनाएका छन। अहिले.साम्राज्यबादीहरु त्यति राजनीति नजाने वा नबूझेका केटाकेटी ,आधुनिक प्रबिधिमा रमाउने किशोर किशौरीहरु जस्को संगठन, नेत्रृत्व र राजनीतिक गन्तब्य छैन त्यस्ता.स्कूली बालबालिकालाइ नेपोकिड्सको नाममा प्रयोग गर्नै नीति अबलंबन.गरैर नेपाल सहित बिभिन्न देशहरूमा जैन्जि बिद्रोह गराउने गरेका छन।त्यस्को फन्नी बारबरा फाउन्डेशन,समता फाउन्डेशन,जर्जसौरसको लगानी यू एस यूथ काउन्सीलले NGO र INGOमार्फत लगानी गरादै आएका छन जस्म बुद्धिजीबी, राजनीतिज्ञ, लेखक, कलाकारहरु, डाक्टर र पत्रकार्यक्रम समेत समावेश भयेको देखिन्छ।उनीहरुले “नेपो किड्सलाइ हति बनाउन.बिभिन्न एजेन्सीहरु धेरै पहिला देखि योजना गरेका थिए जस्को चरम रुप भाद्र २४मा देखियो।त्यसैको बलमा अन्तरिम सरकार बन्यो तर त्यो बिद्रोहको म्यान्डेट थिएन,त्यौहार सरकार त नेपालको संबिधानको धारा ६१को उपधारा ४ बमोजिम बनेको सरककर हो।यस्ले.प्रत्यक्ष कार्यकारीको चुनाव गराउन सक्तैन।अन्तरिम बिमान बनाएर आगाडी बढेको भए प्रत्यक्ष कार्यकारीको निर्वाचन.गर्न सक्थ्यो।तर यो त ऊचालेको कुकुरले मृग मार्दैन भने जस्तो भयो।

कुनै पनि देशकोअस्तित्व,पहिचान र स्वाधीनता समाप्त पार्न त्यस देशको शिक्षा प्रणालीमा आक्रमण गर्नु पर्छ,नेपालले अबलम्बन गरेको पूर्बीय दर्शन र सभ्यता ,भाषा,धर्म र परंपरामाथि पनि आक्रमण गर्नु पर्छ,देशभक्त र जनतान्त्रिक शक्तिलाइ कंजोर पार्नु पर्छ।त्यस्को लागि बैदैशिक शक्तिहरुले त्यही देशका राजनीतिक दलहरू,ब्यक्तिहरु र एनजीओ र आइएनजीओहरु,पत्रकारहरु,लेखक कलाकारहरु गहिरो रूपमा प्रयोग गर्दछन।साम्राज्यबादीहरुले आफ्ना” डमी”मार्फत त्यस देशका साम्राज्यबाद बिरोधी शक्तिलाइ  भीत्रैबाट अन्तरकलहमा फसायेर देशलाइ तहस-नहस पार्दछन।नेपालमा पनि जेन्जि बिद्रोहको नाममा साम्राज्यबादी र बिस्तारबादी शक्तिले बिभिन्नठसंगठनहरु,ब्यक्तिहरु र संस्थकहरुलाइ डलरले खरीद गर्दछन जस्ले नाङ्गो रुपमा देशक बिघटन गर्न सकोस।नेपाल सामरिकरूपले महत्वपूर्ण ठाउंमा रहेकोले शक्ति राष्ट्रहरु यहींबाट दक्षिण एशिया नियंत्रण गर्न चाहन्छन र मूलतः जेन्जि बिद्रोह मार्फत “स्वतन्त्र तिब्बत”को लागि नेपाली भूमि प्रयोग गर्न सकियोस वा नेपाललाइ “सिक्किमिकरण”वा “भूटानीकरण” गर्न सकियोस।एकै चोटी नेपालमा दुइटा शक्तिहरु नाङ्गो रुपमा देखा परे।दुइ ठूला देशको माझमा सहेको नेपाल भूराजनीतिक चपेटकमा परीरहेको छ।यदी समयमा नै देशभक्त  र जनतान्त्रिक शक्तिहरु एक हुन सकिएन भने नेपाल आक्रमणको निशानामा पर्ने संभाबना बढेर गएको छ।राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता बंचाउन सकियेन भने हामी नेपाली हुनै सक्तैनौ। नेपालका लेखक,कलाकार,राजनीतिज्ञहरु,बौद्धिक समूदाय, पत्रकारहरु कसैले पनि बैदैशिक शक्तिलाइ फाइदा हुने बिषय उछाल्न हुंदैन।देश र जनताको पक्षमा कलम चलाउनु पर्छ।नेपालको सामरिक महत्व र सार्वभौमिकता पक्षमा अटल रुपमा लाग्नु पर्छ।

बर्तमानमा नेपालका दलहरु,क्रान्तिकारी भनिनेहरु, मानब अधिकारबादीहरु र अन्य संघ संगठनहरु बिकाउ राजनीति गरिरहेका छन। परिबर्तनको नाममा स्वार्थपूर्ण राजनीतिले प्रश्रय पाएको देखिन्छ।नेपालको अस्तित्व,पहिचान र स्वाधीनता प्रति नेत्रृत्वबर्ग गम्भीर देखिन्नन।भारतका लागि कम्फर्टेबल हुनु,नेपाल भारत आश्रित हुनु पर्छ भन्नु ,भारतमा नेपाल मिसाय  मोटरसाइकिल र गाडी सस्तो पाइन्छ भन्नु ,के राष्ट्रीयता प्रतिको अपब्याख्या होइन यौन ? उनीहरुले नेपालको सार्बभौमिकता र अखण्डतालाइ थापेर जुवा खेलि रहेका छन। नेपालमा भरपर्दो शक्ति भनेको सेना देखियो,तर सेनाले आफ्नो काम संबिधान अनुसार राष्ट्रिय चरित्र देखाउनु पर्छ।नेपाली सेनालाइ गाली गर्ने, संख्या घटाउने चर्को भाषण गर्ने ,नेपाली सेनालाइ यू एनमा पठाउनु हुन्न भन्ने भारतीय लबिङ र सेनाले नेताहरुलाइ सुरक्षा दिए पनि किन सिंहदरबार र सर्बोच्च जल्न दिइयो भनेर नेपाली सेनालाइ कंजोर बनाउन खोज्ने प्रबृत्ति देखिन थालेको छ जस्को अर्थ यो हुन जान्छ कि जस्को बुइ चढेर सुरक्षित भए उस्लाइ नै धारे हात लगाउनु सेनाप्रतिको अबिस्वास हो।यदी हामीले २०हजार मात्र सेना राखियो भने आन्तरिक बिद्रोह वा बाह्य आक्रमण भएको बखत के राजनीतिक दलका कार्यकर्ताहरु युद्ध मोर्चामा जान सक्छन ? भाद्र २३|२४को जेन्जि बिद्रोहका बेला राजनीतिक दलका कार्यकर्ताहरु देश जल्दा के हेरेर बसेका थिए ? अन्ततः हारे पनि जिते पनि सेना नै मोर्चामा जानु पर्छ। भात्रृ संगठनहरू जान्छन युद्ध मोर्चामा?नेपाली सेना कंजोर भए भारतले नेपालमा भारतीय सैनिक प्रबेश गर्न उद्यत देखिन्छ। नेपाली सेना आंफै आन्तरिक सुरक्षा गर्न र बाह्य सुरक्षाको लागि सक्षम छ। बिभिन्न निहुं झिकेर भारत र अमेरिका नेपालमा आफ्नो सेना  पठाउन चाहन्छन । संबिधानले तोकेको अधिकार प्रयोग गरि नेपालको सार्वभौमिकता, अखणडता, स्वाधीनतालाइ बिघटन हूनबाट रोक्न  सेना र नेपाली जनता सबै एक हुनु आबस्यक छ।देशको अस्तित्व,पहिचान र सार्वभौमिकतालाइ संरक्षण गर्न पूराना नेता र दलहरू सत्ता प्राप्तिको लागि बैदेशिक शक्तिहरुको सहारा लिने गरेको कुरा स्पष्ट देखिन्छ । त्यस्कारण संपूर्ण देश भक्त र जनतान्त्रिक शक्तिहरु एक हुनुको अर्को बिकल्प छैन।

 

प्रतिकृया दिनुहोस्