Pokharapatra National Daily

गण्डकी नदीको आत्मकथा

शम्भुबहादुर अधिकारी, म्याग्दे -२, तनहू

म मा काली नदि मिसिन आएपछि  मलाई गण्डकी नदि भन्दछन।भैसेलोटन भन्दा माथि म नारायणी नदी बन्न पुग्छु।म एक्लै नारायणी नदी होइन।यस्का साना ठूला सहायक नदीहरू मिसिए पछि मात्र म बिशाल नारायणी नदी बन्छु। पहिला बर्खामा नाउबाट नदी तर्नु पर्थ्यो।जब चितवन पुल्चोकको  नारायणी माथि पुल बन्यो म माथिबाट ट्रक,बस,कार,गाडा, मोटरसाइकल र अनगिन्ति मानिसहरू सजिलै वारपार गर्छन।त्यस पुलमूनिबाट मेरो यात्रा तीब्र उछालका साथ दक्षिण तिर दौडन्छु।आफ्नै गर्जन, सुसाइ र बेगले नदीका दायाबाया भागमा हुत्तिदै बगिदिन्छु।मेरो बेगमा पर्ने काठ,ढुङ्गा मुढा,हात्ति, गैडा मान्छे समेत ममा बेरेर लछार्दै तलतिर लैजान्छु।मेरो शक्तिलाई रोक्न खोज्नेलाई मैले लछारेर लैजान्छु।यो मैले नारायणी नदीको भागको मात्र कुरा गरेको हो।

हिमालपारीबाट त्रिशुली नदी हुत्तिएर पहाडका खोचबाट पश्चिम दक्षिण हुदै मुग्लिङ आइ पुग्छ।त्यस्मा बगेका कन्चन निला पानी चन्द्र सूर्यको किरण संगै अमृत जस्तो पानी बग्छ र मेरो काखमा लुसुक्क बस्छ।त्यो त्रिशुलीको पानीबाट पनि किसानले ठूला फाटहरू सिचाइ गर्न  सक्तैनन।बुढी गण्डकि नदी पनि मनस्लु, गणेश हिमाल फोडेर नेपाली भूमिमा पस्दछ।बुढी गण्डकी बिशाल फाटको माझबाट संङ्लो  निलो पानि लिएर बग्छ।सूर्यको राता किरण र चन्द्रमाको शीतलता पाएर पनि बुढी गण्डकीले नेपालीको सेवा गर्न पाउन्नन। दर्बूङफाट सिचाइको आसा गरेर बसेको ५५ बर्ष भैसकेको छ।त्रिशुली नदिमा मिसिएर बुढी गण्डकी पुनः त्रिशुली बन्छ र त्रिशुली र बुढी गण्डकी मिसिएर मनाङ हुदै उधो लागेको मर्स्याङ्दी नदीको बहावलाई धीमा बनाउन खोज्दछ।तर नदीमा नदी मिसिए पछि त्यो अझ तीब्र र मुस्लो निकालेर महाभारत पर्वत श्रृङ्खलाको खोचबाट  अगाडी बढ्छ।पर्यटकहरू त्यो सुन्दर र आकर्षक दृश्य देखेर मन्त्र मुग्ध हुन्छन। अन्नपूर्ण हिमाल र धौलागिरी हिमाल हुदै मादी नदी र सेती नदी बग्छन।तिनीहरू पनि प्रकृतिका सुन्दर उपहार हुन।उनीहरू पनि नेपाल र नेपालीको सेवा गर्न चाहन्छन।तर मेरा भाइ छोराले गलत संझौता गरेका कारण मेरा सहायक नदीहरू बाधिएका छन।सेती नदीबाट हेम्जा फाट,पोखराबट,गगनगौडा फाट,खैरेनीटार फाट सिचाइबाट बन्चित छन।मादी नदीका दायाबाया फाट पनि बाझै छन।उत्तरबाट दक्षिणतिर दौडेका सेति-मादी नदी तनहुको दमौलिमा भेटघाट गरेर अलि ठूलो हुदै नारायणी नदीसँग जोडिन पुग्छन।कोटा, देबघाट,  बैदी, बन्दिपुर र छिम्केस्वरीको काखबाट हुर्रिएका सेतिमादी नदी नारायणीमा पुग्छन र त्यो बिशाल नदीमा मिसिए पछि तिनिहरू नारायणी नदीमा नै हराएको जस्तो देखिन्छ।सेतीमादीको मिलन भयेको ठाउमा परासर ऋषिका छोरा प्रशिद्ध बैदिककालका ४ बेद१८ पुराण लेख्ने मूर्धन्य ब्यक्ति ब्यास त्यहि दमौलिको संगममा जन्मेका थिए।

निलगिरी र धौलागिरिको फेदीबाट मुस्ताङ जिल्ला भयेर तिब्बतबाट काली नदी बग्छीन।ती सहायक नदीहरू मध्ये म संग मिल्ने सबैभन्दा ठूलो नदी काली नदी नै हो।काली नदिको महत्व धार्मिक रूपमा सबैभन्दा  माथि छ।हिन्दू र बौद्धहरू मुक्तिनाथ मन्दिर दर्शन नगरे गति परिदैन भन्ने कहाबत छ।यो नदी ऋडि भयेर बग्छिन,जुन धर्मको लागी प्रशिद्ध छ।त्याहा बर्षै पिच्छे माघे सक्रान्तिको मेला लाग्छ।त्यो नदी फनक्क घुम्दै राम्दी पुलमुनीबाट बग्छिन।ठूला रामपुरटार,पिपलटार,बुलिङटार र “काली गण्डकि कोरीडोर “अन्तर्गत पर्ने ठूलाफाटहरू पनि सिचाइबाट बन्चित छन।काली नदीलाइ सिचाइ किन गर्न सकिएन भन्ने कुरा  संपूर्ण जानकारी उन्लाई  राम्ररीनै थाहा छ।संसारमा कतै नपाइने “शालीग्राम”यही काली नदीमा पाइन्छ।पबित्र शालिग्रामलाई हिन्दूहरूले पूजा गर्छन।तनहू,  नबलपराशी पाल्पालाइ छोएर काली नदी”देबघाट धाममा”मिसिन्छिन।त्यस पछि ति नदीहरू एक भयेर उत्ताउलो अघि बढ्छन।मलाइ भरतपुरबाट पानी तानेर सिचाई गर्न नखोजेको होइन,तर पानी त्यही नदीमा झार्नु पर्ने संझौताले गर्दा बिजुलीबाट पानी तान्न गाह्रो भयो र किसानहरू निराश भयेका छन।”देबघाट”हिन्दू दर्शनार्थीका लागी पबित्र धाम हो।माघे सक्रान्तिमा देबघाटमा भारत देखिका तिर्थयात्रीहरू आउने गर्छन।

अब म महासागरको रूपमा अगाडी बढ्छु।वरपरि भयेक पातपतिङ्गर, ढुङ्गा मुढा,जीबीतबस्तु समेत मेरो बाढीको कोप भाजनमा पर्छन।म निश्चल रूपमा बगेको देखेर मलाइ सिचाइ र बिजुलीमा प्रयोग गर्न लालयित भारतले भर्खर प्रजातन्त्र उनीहरूकैआडमा आएकोलेनेताहरूलेमंसीर१९,२०१६मा मलाइ सीमित गरेर “संझौता”गरियो,जस्लाई”गण्डक”संझौता पनि भनिन्छ।त्यस पछिका मेरा दिनहरूमा मैले नेपाली भूमिमा सिचाइ र बिद्युत गर्ने चाहना सपना मात्र भयो।म कराए,रोए,अन्यायमा परे भने तर नेपाली नेताहरूले टुप्लुक्क पनि हेरेन,मेरो कुरा सुनेनन।त्यस उप्रान्त मैले बलै भारतीय भूमिलाई निरन्तर पानी बिजुली दिइरहेको छु।मलाइ चिन्ता एबं घृणा यो छ कि मेरो महत्वलाई कम आकेर मित्र देशको नाममा संपूर्ण पानीले उत्तरप्रदेशका बिशाल फाँटहरू हराभरा भयेका छन।राष्ट्रहित बिपरितको संझौता गर्नेहरूले आफूलाई चाहिने पानी,बाढी नियन्त्रणको ब्यबस्था नै गरेनन।१०/१५मेगावाट बिजुलीमा चित्त बुझाए किनकि प्रजातन्त्र ल्याएदिएको हुनाले कृपण नेताहरूउस प्रति  कृतग्य थिए,देशप्रति कृतघ्न भये।त्रीबेणी जहा रामायणका कबि बाल्मिकि जन्मेका थिए भनिन्छ,मलाइ सीमानाको पुछारमा राखेर “गण्डकसंझौता”गरियो।नेपालको भूमि योजनाको लागीप्रयोग गरियो,तर नेपालतिर पानी जाने मुहान नहरको माथि राखीयो।पानी कम भयेको बेला मलाई सिनित्त पारेर पानी लैजान सबै ढोकाखुला गरिन्थ्यो।जब बाढी आउँथ्यो सारा ढोका बन्द गरेर मलाइ नेपालतिर फर्काउथे र नेपालपट्टि बाढीले खेतिबाली र गाउ समेत डुबानमा पर्थ्यो।त्यसो हुन गयेकोमा मेरो चित्त दुख्थ्यो ,तर त्यसप्रति नेताहरूमा कुनै चेत आएको देखिएन।म करबलले अर्काको सेवामा लाग्नु पर्यो।सुनेको छु नेपाली किसानहरूले अझै भारतबाट क्षेतिपूर्ति पाएका छैनन।त्यसैले नेपालका राष्ट्रिय नेताहरूलाई भन्न मन लाग्छ कि मेरो,देश र राष्ट्रको अलिकति पनि चिन्ता छैन?परियोजना नेपाली भूमिमा छ,तर त्यस्को संपूर्ण अधिकार भने भारतको हातमा छ।मानिस,पशु,मोटर वारपार गराउन पनि भारतको आग्या कुरेर बसूनु पर्छ।परियोजना क्षेत्रमा गण्डकि नदीको पानी कूल बहाबको मापन उल्लेख गरिएको छैन।मलाइ नेपालपक्षलाइ पश्चिम क्यानलबाट  २०क्यूसेक पानी दिने र जम्मा ४०००० एकड जमिनमा सिचाइ गर्ने किटान गरिएको छ।भारतले कति पानी लानेछ भन्ने  कुरा उल्लेख नगर्दा मेरो मन दुखेको छ।सारा हक मेरो भयेपनि अवताली परेको झै अलिकति बिलो लिएर संपूर्ण हक भारतलाइदिनु सार्बभौमिकतालाइ तिलान्जली दिनु सरह हो।खासमा पूर्बी क्यानलमा २०क्यूसेक पानीका अतिरिक्त सबै मेरो पानी भारतले नै लैजान्छ।मलाइ कतिबर्षलाई भारतलाई संझौता गरि दिएका हुन,म त बिलखबन्द परे मलाइ नै थाहा छैन।के नेत्रृत्वमा बिचार सून्य भयेकै हो त?मेरो महत्व नबुझेर अर्काको झेलि कुरा मान्दै जाने हो भने मेरो यो पबित्र पानीले श्राप दिन सक्छ।यीनिहरुले पूर्खाको गौरब र बहादुरीलाइ  कौडीको मूल्यमा फालि दिन्छन। हामीलाई आबश्यक जलश्रोत र  बाढी नियन्त्रण चाहिएको हो ,बिजुली भारतलाई बेचेर नेपाल धनि हुन्न।हामीले बर्खामा भारतलाइ मानौ १२रू प्रति युनिट बेच्दैन,तर सुक्का समयमानेपालले भारतबाट १६रू प्रति युनिट आयात गर्छौ भने कसरी हामी धनि हुन सक्छौ?मलाइ प्रयोग गरेर पानी उपयोग गर र बाढी नियन्त्रण गर तब मात्र बिजुली उत्पादन गर भन्ने सल्लाह दिन चाहन्छु।बिजुलीबाट चल्ने रेल,गाडी,कारको जोहो गरे पछि बिद्युतको प्रयोग नेपालमा नै हुन्छ।प्रत्येक नेपालीको घरमा बिद्युत जडान गरेर बिजुलीको ब्यापक उपयोग गर्न सकिन्छ।नेपालले नोक्सान बेहोरेर बिजुली उत्पादन गरी धनि बन्ने चाहना भन्दा बिद्युत उतारचढाव गरी नेपालमा नै खपत गर्न सकिन्छ। संझौतामा मलाइ पश्चिम नहरबाट१५मेगावाट बिद्युत नेपाली भूमिमा उत्पादन गरिने र उक्त बिजुली बिहार ग्रीडमा जोड्दा नेपाललेआफ्नो क्षमता अभिबृद्धि गरेमा १०मेगावाट संम नेपाललाई नियन्त्रण उत्पादन मूल्यमा दिने ब्यबस्था गरेर मलाइ निचरिएको छ,यस्बारे  देशभक्त नेता हु भन्ने त बोल्नु पर्ने हो।मैलै कसैबाट नेपालको पक्षमा बोलेको सुनेको छैन।मलाइ यसरी बेथितिमा बेचबिखन गर्ने,र मोलतोल गर्ने अबस्थाले मेरो आत्म रोएको छ।

मेरो यो आत्मकथा कसैले पनि पढ्न सक्छन।म संग मिसिएका सानाठूला नदीहरू आशु र पसिनाबाट म संग गुनासो गर्छन,तर जलश्रोतको उपयोग गर्ने कुरामा मलाइ उचित रूपमा प्रयोग गर्न सकेका छैनन।मेरा भगिनि ठूला नदीहरू पनि छन,तिनको पनि उचित ब्यबस्था गरिएको छैन।कोशी नदी१९९बर्षलाइ भारतलाइ दिनु भन्दा दुर्बुद्धि अरू केही हुन सक्तैन।त्यो पनि भारतकै हित र स्वार्थमा दिइएको छ।कर्णाली नदीको हालत पनि त्यस्तै हो।एकीकृत महाकाली सन्धि राष्ट्रघाती त छ नै ,त्यस्मा पनि भारतले ३०बर्षदेखि होल्डर गरि रहेको छ।हामी सबै गङ्गा नदीमा भेट हुन्छौ र हामीलाई दुरूपयोग गरेकोमा हामी छलफलबाट गर्छौ।अन्तमा नेपाली नेताहरूको सद्बुद्धि आओस भन्ने कामना छ।मेरो पबित्र जल र पबित्र कामनालाई नेपालीहरूले दिलदेखि नै लिउन अन्यथा म पनि अर्काको अधिनस्थ हुने छु।यही हो नेतालाई मेरो सुझाब।

 

प्रतिकृया दिनुहोस्