-शम्भु बहादुर अधिकारी
आज नेपाल राजनीतिक, आर्थिक र सामाजिक सङ्कटबाट गुज्री रहेको छ। २००७सालको क्रान्तिले राणाशासनको अन्त्य त गर्यो तर त्यस्ले सामान्य परिबर्तन बाहेक आधारभूत परिबर्तन गरेन।राजनीतिक अस्थिरता बढ्यो,त्यो पहिलोक्रान्तिमापनि भारतकोनैअहं भूमिका थियो।त्यस्कारण नेपालमा भारतीय हस्तक्षेप स्वभाबिक थियो।भूमिसुधारलाई कम्युनिष्ट नारा भनेर छाडियो।नेपालीक्याबिनेटमा भारतीय प्रतिनिधि बस्थ्यो।२००७सालदेखि नै नेपालमा राजनीतिक खिचातानीले राजा त्यसभित्र खेल्न थाले।अर्ध सामन्ति र अर्ध औपनिवेशिक चरित्र फेरिएन।प्रजातान्त्रिक ब्यबस्थालाइ बलियो बनाउनको सट्टा संसदीय राजनीतिक खिचातानिले देशले ठीक बाटो लिन सकेन। संबिधान सभाको नारा छाडेर संसदीय चुनाबमाभाग लिइयो।फलस्वरुप राजाले त्यो अस्थिरताको फाइदा लिएर निर्दलीय पंचायति ब्यबस्था लागु गरे र दलमाथि प्रतिबन्ध लगाए।भारतीय हस्तक्षेपलाई कम गर्न राजाले भारतीय पाठ्यपुस्तक, भारतीय रूपया, शिक्षा प्राप्तगर्न पटनाबाट काठमाण्डौमा बिस्वबिद्यालय खोले,भारतीयहरूलाइ नागरिकता दिन र जग्गाजमिन किन्न रोक लगाइयो। पंचशीलको आधारमा असंलग्न परराष्ट्र नीति अपनाए।कम्युनिष्टले लागु गर्न नसकेको भूमिसुधार लागु गरे र छुवाछुत पनि संबैधानिक रूपमा हटाए।एक प्रकारले नेपाललाई सार्बभौम र स्ततन्त्र राष्ट्र को रूपमा उभ्याउन उन्ले सक्दो प्रयास गरे,तर भारतीय हस्तक्षेप बिभिन्न रूपमा जारी रह्यो। आर्थिक रूपमा आत्म निर्भर हुने प्रयत्नमा तत्कालीन राजाले नै बिभिन्न उद्योगहरू स्थापना गरेका थिए। भारतको अनिच्छुकता हुदा हुदै चीनसंगको संबन्धलाइ अगाडी बढाए र कोदारी राजमार्ग खोले,पूर्व पश्चिम राजमार्ग खोले।भारतको बाटोबाट नेपालबाट नेपाल जाने परनिर्भरतालाई कम गरे।यी संपूर्ण राजाका गतिबिधिहरू पनि बाध्यात्मक थिए। उन्ले आफ्नो परंपरागत सामन्तबादी राजतन्त्र बलियो बनाउन बिकासका ती कार्यक्रम गर्न आबश्यक थियो,जस्ले गर्दा राजतन्त्रप्रति जनताको घृणा नजागोस, त्याहा राष्ट्बादको गन्ध आओस ।त्यहि नारा र सामान्य बिकासले राजतन्त्र देशमा केही राम्रो काम गर्न चाहन्थ्यो र राजतन्त्रकोआबश्यताको महसुस गराउन चाहन्थ्यो।तर उस्ले जनताका अधिकारहरूलाई कुण्ठित गरेको थियो,दलहरू प्रतिबन्धित थिए।त्यसैले जनताहरू पूर्ण प्रजातन्त्रको लागी संघर्षरत थिए।छिटपुट पंचायत बिरोधी आन्दोलनहरू पनि भये।तर निर्णयक संघर्ष भयेको थिएन।
२०४६सालमा पंचायत बिरोधी संघर्ष काङ्ग्रेस बाममोर्चा गठबन्धनले सुरू गर्यो।तर त्यस आन्दोलनमा पनि भारतीय संग्लता प्रबल थियो।नेपालको जन आन्दोलनको बेला आन्दोलनको समर्थनको नाममा नाकाबन्दी गर्नु कति उचित अनुचित थियो बिचारणीय छ।१३महिना संम नेपालि जनता नाकाबन्दीको चपेटामा परे। भारतको आकाङ्क्षा के थियो भने आफ्नो अनुकूलको सरकार आए भारतीयलाइ नागरिकता दिलाउने र नेपालमा जनसाङ्खीक आक्रमण गरी नेपालिलाइ अल्पमतमा पार्ने, नेपालका नदी नाला आफ्नो नियन्त्रणमा राख्ने र नेपालको सुरक्षा र परराष्ट्र आफू अनुकूल बनाउने थियो ता कि नेपाल संधै आफ्नो गोटी बनि रहोस।भारतसंग नझूकेर बीरेन्द्रले नेपाली जनतालाई बहुदलीय ब्यबस्था र संबैधानिक राजतन्त्र हुन स्वीकार गरे।त्यो आन्दोलनले पनि नब औपनिवेशिक र नब सामन्तबादी ब्यबस्थालाइ समूल नष्ट गर्न सकेन।सीमित संबैधानिक अधिकार प्राप्त भयो,रोजी रोटी,जमिन, रोजगारी,स्वास्थ्य र शिक्षाको ग्यारेन्टी भयेन। बहुदलीय संसदीय ब्यबस्थामा भारतीयहरूलाई ब्यापक रूपमा नागरिकता बाडीयो र महाकाली जस्ता राष्ट्रघाती संझौता गरियो,जुन अहिलेसम्म कार्यान्वयनमा आएको छैन।भारतले नेपालमाथि आर्थिक, सामरिक, राजनीतिक, सांस्कृतिक र सीमा हस्तक्षेप बारंबार गर्दै आएको छ।त्यस्का बिरूद्ध नेपाली सत्ताधारीहरू बोल्ने आट संम गर्दैनन।
पूजीबादी जनबादी क्रान्ति संपन्न गर्न हिडेका कम्युनिष्टहरू संसदीय ब्यबस्थामा चित्त बुझाए।दलाल पूजिबादलाइ उदारबादी पूजिबादमा परिणत गर्यो। उदारबादमा उद्योगधन्दा सरकारले चलाउन हुन्न भनि त्यो जिम्मा ब्यक्ति वा पूजिपतिले लिनु पर्छ भन्ने नाराका साथ आत्म निर्भर हुदै गयेको अर्थतन्त्रलाई बिनष्ट गरेर उद्योगधन्दालाई कौडीको मूल्यमा निजीकरण गरीयो। आज हामी केही उत्पादन गर्दैनौ आबश्यक बस्तुहरू महंगोमा आयात गर्छौ र कच्चा पदार्थ सस्तोमा निर्यात गर्छौ।यो बिडम्बना नै हो कि भूमीक्रान्ति र औद्योगिक क्रान्ति नगरि हामी समाजबादमा जाने कुरा गरेका छौ,जबकि अझै निख्खर रूपमा पूजिबादी ब्यबस्था आएको छैन।हाम्रो उद्योगहरू खै उत्पादन खै?के निर्यात गर्ने ? चामल,नुन,तेल,मसला, फलफूल, दैनिक आबश्यक बस्तुहरूआयात गर्नु पर्छ।अनि हामी जनतालाई समाजबादको गुलियो नारा दिन्छौ।
उद्योगहरू नभैकन हामि आर्थिक रूपले आत्म निर्भर हुन सक्तैनौ।भूमी सुधारको कुरा नाराबाट पनि हराइ सक्यो।उदारबादी अर्थनीति र बित्तियपूजीबादलाइ अगालेर हामी अन्त जाउला समाजबादमा जान सक्तैनौ।तीब्र ब्यापारघाटा र ब्यापारिक असन्तुलनले नेपाल आर्थिक रूपले सबैभन्दा कंजोर अबस्थामा पुगेको छ।आन्तरिक ऋण र बाह्य ऋण ११र११खरब छ,बिदेशी मुद्राको संचिति रित्तो हुदै गयेको छ।आर्थिक रूपले हामी पर निर्भर भइरहेका छौ।यही कंजोर कडिमा साम्राज्यवादीहरू र बिस्तारबादीहरू नेपाललाई इन्डो अमेरिकन धुरीमा तान्न सफल भयेका छन।उम्दा र बलिया युवाहरू नेपालमा काम नपाएर ५०औलाख बिदेश गयेका छन।राम्रो ब्यबस्था पढाइको लागी बौद्धिक युबाहरू बिकसित मुलुकहरू तिर लागेका छन।नेपाल सरकार पनि बिभिन्न मुलुकसंग श्रम संझौता गर्दै हिडेको छ र देशलाई युबाबिहिन बनाइरहेको छ।रेमिट्यान्सलाइ आम्दानिको श्रोत मानिएको छ,जुन स्थाई श्रोत होइन।यस्ले राष्ट्रलाइ आत्मनिर्भर गराउन बल दिदैन।यो क्षेणिक रअस्थाइ श्रोत मात्र हो। जबसंम कृषि क्रान्ति गरिन्न औद्योगिक क्रान्ति संभब नै हुदैन। यस्तो अबस्थालाई संश्लेषण गरेर माओबादीले सशस्त्र जनयुद्ध चलायो।जनतन्त्र, जनजीबीका र राष्ट्रियताको लागी लडिएको त्यो जनयुद्धले महान लक्ष लिएको थियो। गास,बास,कपास, रोजगारी, शिक्षा र सुन्दर भबिष्यिको लागी लडिएको १०बर्ष संमको जनयुद्धमा धेरै धनजनको नोक्सानी भयेको छ।समृद्ध र उज्यालो भबिष्यको लागी साधारण जनताका छोराहरू महान जनयुद्धमा होमिए।उनीहरूले आउने सन्ततिको उज्यालो भबिष्य , शोषण र बिभेद रहित समाज र, समतामूलक समाज ब्यबस्थाका लागी हासीहासी आत्मोसर्ग गरेका थिए।१०बर्षे जनयुद्धले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना, समानुपातिक समाबेशिता, धर्म निरपेक्षता प्राप्त गरे पनि राष्ट्रियता र जनजीबिकाका बारेमा नेपालको स्थिति ज्यादै कंजोर छ। सत्तामा पुगे पछि ब्यबस्था बदल्ने,समाज बदल्ने र बिस्वमा नमूना लायक नेपाल बनाउने स्वेर कल्पनामा नेपाली युबाहरूले आफ्नो अमूल्य जीबन बलिदान दिएका हुन,अङग, अपाङ्ग भयेका हुन। कसैको काख रित्तो छ कसैको सिउदो पुछिएको छ।तर पार्टीको सत्तारोहणपछि जनताहरूले जे प्राप्त गर्न आत्मोसर्ग गरेका थिए त्यो सायद प्राप्त भयो।नेता र नेतृत्वका संबन्धितहरू महासामन्त भये,राजकुमार भये।बल्ल बल्ल गुजरान गर्ने कामरेडहरूको अहिले हेर्दा हेर्दै बङ्ला , जीबन स्तर र उनीहरूको संपन्रानतालाई ठाडो मुन्टो उठाएर हेर्नु पनि सकिदैन। त्यसकारण नेपाली जनताहरूले के अर्को बिद्रोह को प्रतिक्षा गर्नु पर्ने हो? कस्तो समाजबाद र ब्याख्या कसरी गर्ने हो?संबिधानमा समाजबाद उन्मूख लेखेर समाज समाजबादको बाटो सफा हुन्छ?त्यस्कालागीआधारभूत तत्वहरूकोआबश्यकता पर्दैन र?
पश्चिम यूरोप र अमेरिकाको चाहनामा धर्म निरपेक्षता लुकेको संघीय गणतन्त्र थियो, त्यसैले उनीहरूले गणतन्त्रलाई समर्थन गरेको देखिन्छ।त्यसकारण माओबादीआन्दोलनलाइ पश्चिमाहरुले समर्थन गरेका थिए।उनीहरूको लागी नेपाल सामरिक रूपले निकै महत्त्व को हुदै आएको थियो र छ।ती देशहरू नेपालमा संधै अस्थिरता चाहन्छन र त हाम्रो संबिधान अनुसार कहिलै पनि स्थाइ सरकार बन्न नसक्ने ब्बबस्था छ।नेपालमा उनीहरू जातीय द्वन्द्व भारतको आसाममा झै र धार्मिक द्वन्द्व अफ्रिकामा झै गराउन चाहन्छन जस्ले गर्दा आफ्नो उपस्थितिलाई सहयोग मिलोस।जनबादी क्रान्ति मजदूर किसानको नेतृत्वमा हुनु पर्नेमा दलाल पूजिपतिबर्ग, अबसरबादी मध्यम बर्ग, अबसरबादी निम्न पूजिपतिबर्ग, बुद्धिजीबीबर्ग र तथाकथित क्रान्तिकारी कम्युनिष्ट समेतको संघर्षबाट संघिय गणतन्त्र आएको हो।त्यसैले यस्लाइ जनबादी क्रान्ति संपन्न भयेको भन्न मिल्दैन किनकि नेतृत्व संयुक्त रूपमा दलालपूजिपति र अबसरबादी कम्युनिष्टको पनि छ।यस्लाइ पूजिबादी क्रान्ति पनि भन्न मिल्दैन।पूजिबादी क्रान्तिका लागी औद्योगिक क्रान्ति भयेकै छैन। नेपालका बर्तमान सत्ताधारीहरूले अमरिकी र भारतीयको जस्तोसुकै शर्मा पनि आर्थिक र सल्लाहको सहयोग पनि लिने, रणनीतिक महत्वको अमेरिकी एमसीसी पनि स्वीकार गर्ने, हिन्द प्रशान्त रणनीतिको हिस्सेदार हुने जस्ता राष्ट्र बिरोधी कामले नेपालको भलो हुदैन।असंलग्न परराष्ट्र नीति अबलम्बन गरेको नेपालले चीनलाई चिढ्याउनु र उस्का सहयोगलाई बेवास्ता गर्नु, रूसले दिएको १७वटा आयोजनाको सहयोग नलिएर टाढिनु,युक्रेन र इजरायल को समर्थन गर्नु बर्तमान सरकार हिन्द प्रशान्त रणनीतिको साझेदार र सैनिक गठबन्धनमा लाएको देखिन्छ। यस्तो परराष्ट्र नीतिले कुनै राष्ट्रको समर्थन र कुनै राष्ट्रको बिपक्षमा उभिन गये त्यसबेला हाम्रो स्थिति के होला?भारत र चीनको बीच युद्धको स्थिति आएमा नेपाल यूक्रेन बन्ने निश्चित नै छ।शक्ति राष्ट्रहरूको बीच अबस्थित नेपालले फूकिफूकि पाइला चाल्नुपर्छ ।नेपालमा भ्रष्टाचार, तस्करी, किर्ते, करचोरी,हत्याहिम्सा, ब्यापक छ।त्यस्लाइ नियन्त्रण गर्नुको सट्टा आफ्ना मान्छेलाई बचाउन सरकार नै लागी परेको छ।ठूला र शक्तिशाली अपराधीहरू छुट्ने र कंजोर र आफ्ना मान्छे नभयेकाहरू जेलमा नै सडने अबस्थाले कानूनी राज्यको धज्जि उडाएको छ।जनबादी क्रान्ति संपन्न गर्नबन्दुक भिरेको माओबादीले बाचा गरेको ४०बुधे माग के कति पुरा भयो,के कति पुरा हुन बाकी छन त्यो अहिले सम्म थाहा छैन।माओबादीको गर्दनको मोल तोक्नेसंग हातमिलाएर नारिनु कति जायज कति नाजायज?
माओबादी आन्दोलन भारतीय बिस्तारबाद बिरोधी आन्दोलन पनि थियो।१९५०कोअसमान सन्धिको खारेजी, गोर्खाभर्तिकेन्द्रको खारेजी,सबै असमान सन्धि संझौताको खारेजी आन्दोलनको माग थियो। जनजीबीकाको माग थियो,जनतन्त्रको माग थियो।भारतमा बसेर भारत बिरोधी आन्दोलन सायद छद्म आन्दोलन थियो।त्यस आन्दोलनलाई भारतले नै भरणपोषण गरेको आरोप लाग्ने गरेको छ।भारतले दरबार,संसदीय दल र माओवादीबीच आफ्ना आन्तरिक श्रोतहरू प्रयोग गरेको थियो।जब माओबादीले भारतीय सुरक्षामा थ्री नगर्ने ,परराष्ट्रलाई मिलाएर लैजानेछ ,राजतन्त्र फालेर गणतन्त्र ल्नायाउने कुरा र नागरिकता नपाएका भारतीय नागरिकलाई नागरिकता दिने कुरामा माओबादीको भारतसंग कुरा मिल्यो १२बुदे संझौतामा दिल्लिको हात फेरि माथि पर्यो।१९दिने जन आन्दोलन र जनयुद्धको बलमा नेपालमा संघीय गणतन्त्र स्थापना भयेको हो।तर अझै माओबादीको शान्तिपूर्ण अवतरण भयेको छैन।उनीहरूको शीरमाथि तिखो तरबार लड्कि रहेको छ।