Pokharapatra National Daily

स्वरोजगार बन्न कर्जाको अध्याधिक मागः निर्देशक अधिकारी

४ अर्ब २४ करोड ६५ लाख लगानी, स्वरोजगार कोषबाट ९५ हजार जना व्यवसायी लाभान्वित

-पोखरा १८, फागुन
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको ४ अर्ब २४ करोड ६५ लाख ७ हजार ६ सय ७५ रुपैया लगानी भएको छ । उक्त कोषको रकम हालसम्म १२ अर्ब ९३ करोड ११ लाख ८५ हजार लगानी भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जनाएको छ ।
उक्त कोषमा विपन्न बर्गको तर्फ ३ अर्ब ८३ करोड ८ लाख ८६ हजार ७ सय ८२ रुपैया कर्जा प्राप्त भएको छ भने सञ्चित रकम आम्दानी तर्फ ८० करोड १८ लाख ८२ हजार ६ सय ९१ रहेको साना व्यवसायी स्वरोजगार कोष सचिवालयका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले बताए । स्वरोजगार र रोजगार बनाउन मद्धत पुगेको उक्त कोषको रकमको माग भने अध्याधिक भएको उनले जनाए । बिनाधितो स्वरोजगार कर्जा लगानी, सहुलियतदरमा कर्जा लगानी, व्यवसायीक तथा व्यवसायीको परियोजनाको निःशुल्क बीमा, असल कर्जाग्राहीहरुले व्याजमा ६० प्रतिशत व्याजमा अनुदान गरिदै आएको कार्यकारी निर्देशक अधिकारीले बताए ।
उक्त कोषको रकम २ हजार ६ सय ५७ वटा सहकारी मार्फत लगानी भएको उनले जनाए । ४० वटा बैंक तथा वित्तिय संस्थाहरुमा लगानी भएको छ भने यसबाट हालसम्म ९५ हजार १ सय ६१ जना स्वरोजगार बनाउन मद्ध्त पुगेको निर्देशक अधिकारीको दाबी छ । संस्थाले ४२ हजार ५ सय ६३ जना व्यवसायिलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ भने ८ हजार ४ सय ४० जनालाई सिपमुलक तालिम प्रदान गरेको निर्देशक अधिकारीले जनाए ।
आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्धन्द्ध पीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरीब किसान, मजदुर, सुकुम्बासी वा साना व्यवसायी एवं युवाहरु तथा परम्परागत सीप भएका जात जातिहरुलाई व्यवसायिक खेती गर्न प्रोत्साहन गर्न उक्त कोष परिचालन गरिएको निर्देशक अधिकारीले बताए । त्यस्तै पशुपंक्षीपालन, कृषिजन्य उद्योग वा सेवामुलक स्वरोजगार कार्यक्रम संचालन गर्न सहुलीयत ब्याजदरमा प्रति व्यक्ति रु. दुई लाखसम्म आवधिक ऋण उपलब्ध गराई तिनीहरुको आय आर्जनमा बृद्घि गरी जीविकोपार्जनलाई सहज बनाउनु मूख्य उद्देश्य रहेको छ भने ५ बर्ष भित्र उक्त रकम किस्तामा तिर्न सकिने व्यबस्था गरिएको छ ।
विगत १५ बर्ष अघि अर्थात २०६५ मा स्थापना भएको उक्त संस्थाले व्याज अनुदानमा १४ हजार ६२ जनामा वितरण गरिएको छ भने व्याज अनुदान भुक्तानी भएको रकम १४ करोड ५८ लाख ५५ हजार ३ सय ५४ रहेको संस्थाले जनाएको छ । कर्जा व्यबस्थापन शुल्क वितरण गरिएका २२ हजार ३ सय ४४ व्यवसायीहरु रहेको कोषको कार्यालयले दिएको तथ्याङकमा उल्लेख गरिएको छ । कर्जा व्यबस्थापन तर्फ १ करोड ११ लाख ७२ हजार शुल्क भुक्तानी भएको छ भने स्वरोजगार बीमा ७० हजार ८ सय ४५ जनाको मात्र गरिएको तथ्याङमा उल्लेख गरिएको छ । न्यूनतम ५० हजार देखि लगानी भएको छ भने उनीहरुले वडाको सिफारिसको आधारमा कोषले कर्जा लगानी गर्ने भएको निर्देशक अधिकारीले बताए । पहिला करिब ८ प्रतिशतमा कर्जा लगानी गरे पनि पछि छुट हँुदा ३.२ प्रतिशत व्याज लाग्ने संस्थाले जनाएको छ । जिल्लामा समन्वय गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक कर्मचारी सदस्य सचिवको रुपमा रहने व्यबस्था गरिएको छ ।
बीमा क्षेतिपूर्ति उपलब्ध गराइएका १ हजार १ सय ५६ जना रहेका छन भने बीमा क्षेतिपूर्ति स्वरुप ६ करोड ९६ लाख ९० हजार ५ सय १ रुपैया उपलब्ध गराइएको निर्देशक अधिकारीले बताए । हिमालपारीका जिल्ला मनाङ र मुस्ताङ बाहेक नेपालका ७५ जिल्लामा लगानी भएको उनले दाबी गरे । कणाली प्रदेश, जनकपुर प्रदेश लगायतका क्षेत्रमा भने बढी लगानी भएको बताएका निर्देशक अधिकारीले कृषि फलफुल तरकारी र गाई तथा भैसी पालनमा समेत कर्जा प्रवाह भएको जनाए ।
देशमै पूँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पूँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न नेपाल सरकारबाट वि.स. २०६५ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरिएको उनले जनाए । कोषले उत्पादनशील श्रमको अधिकतम उपयोग तथा उद्यमशीलताको विकास मार्फत् परम्परागत उत्पादन प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने तथा सीपयुक्त बेरोजगार युवाहरूलाई स्वरोजगारको अवसर प्रदान गर्ने लक्ष्य लिएको निर्देशक अधिकारीेले बताए ।
स्थानीय श्रोत साधनको समुचित प्रयोग हुने गरी मूलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगारमूलक व्यवसायिक परियोजना सञ्चालन गर्नका लागि स्थानीयस्तरमा सुलभ र सुरक्षित व्यवसायिक कर्जा उपलब्ध गराई उद्यमशिलताको विकास मार्फत मुलुकभित्र स्वरोजगारका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम घोषणा गरी सञ्चालनमा ल्याएको छ । मुलुकमा उपलब्ध जनशक्तिलाई आर्थिक रूपमा सक्षम, सामाजिक रूपमा जिम्मेवार, सास्कृतिक रुपमा जागरुक एवं सिर्जनशील बनाई स्वरोजगार कार्यक्रमहरुमा उनीहरूको सहज पहुँच, प्रयोग र श्रोत परिचालन गर्न सक्ने अवस्था सिर्जना गरी अपनत्व र स्वामित्वको अनुभूति गराई स्वरोजगार ÷रोजगार सिर्जनाका कार्यक्रमलाई प्रभावकारी बनाउन युवा स्वरोजगार कोषका नियमित तथा थप कार्यक्रम र क्रियाकलापहरू संचालित भइरहेका छन् ।

स्थानीय सीप र कच्चा पदार्थमा आधारित तथा स्थानीय स्तरमा उत्पादन हुने बस्तुको व्यवसायीकरणमा योगदान पुगेको आफुहरुले विश्वास लिएको उनले जनाए । एक गाँउ एक उत्पादन र एक परिवार एक रोजगार जस्ता परियोजनामा लगानी गर्न मूल्य श्रृंखला भएका व्यवसायहरुलाई प्राथमिकता दिन, व्यवसायिक कृषि, पशुपंक्षी पालन, माछापालन, वन, खानी तथा कृषिजन्य उद्योग र बहुमुल्य पत्थर उद्योग लगायतका उच्च प्राथमिकतामा राख्दै आएको निर्देशक अधिकारीले बताए । युवा व्यवसायीलाई स्वदेशमा नै साना तथा घरेलु व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्दै स्वरोजगारका अवसरहरु स्वदेशमा नैं सिर्जना गर्दै आय आर्जनका लागि क्षमता अभिवृद्धि गर्ने एवम् गरिबी निवारण गर्ने, राष्ट्रिय लक्ष्यमा योगदान पु¥याउने, सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरेको हो ।

प्रतिकृया दिनुहोस्