Pokharapatra National Daily

प्रजातन्त्र दिवसः मूल्य र मान्यता

-शिव प्रसाद गौतम
आज २००७ साल फाल्गुन ७ गते नेपालमा आएको प्रजातन्त्रको ७३ औँ प्रजातन्त्र दिवस हामीले मनाइ रहेका छौँ । नेपालमा प्रजातन्त्र कसरी आयो ? किन आयो र कस्का लागि आयो ? कस्ले ल्याए किन ल्याए भनेर खोजि नीति गर्ने हो भने अत्यन्त दुःखद घटनाक्रमहरु छन् ।
नेपामला प्रजातन्त्र आउनाको मूल कारण राणाहरुको अत्याचारी शासन प्रणालीले गर्दा जनता जागरुक भएर उनीहरुको सामन्ती शासन हटाएर जनताले शासन चलाउने अभिप्रायले नेपाल आमाका सपुत सन्तानले देश र जनताको हितमा शासन गर्ने सरकार स्थापित गर्न आफ्नो वयक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर प्राणको आहुति दिएका थिए । आज फागुन ७ गतेको प्रजातन्त्र दिवस शहीदहरुको बलिदानीबाट हामीेल प्राप्त गरेका हौँ । तर आज आएर वर्तमान नेताहरुले राजनीतिक हिसाबले भन्नु पर्दा हात्तीको चपाउने होइन, देखाउने दाँत मात्र बनाएका छन् ।
सत्तामा नपुग्दा प्रजातन्त्रको परिभाषा दिन्छन् । सत्ता हात लागे पछि जङ्गलको सिंहले निर्बल पशुहरूलाई मारेर आफ्नो भुँडी भरे झै हाम्रो सत्तासीन नेताले देश र जनताको सेवा गर्ने प्रणलाई त्यागेर आफूर आफन्तको भुड िभर्न तर्फ मात्र होइन आउँदो पुस्तालाई समेत जनतालाई ठगेर भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएर आफ्नो देशमा लुकाएर नपुगेर विदेशी बैंकमा गोप्य रूपमा थुपारेका प्रसङ्गहरुमा मिडियामा आइरहेका छन्। हावा नलागी रुखको पात हल्लिँदैन भन्ने उखान सत्य साबित हुन सक्छ । तर ढाडे बिरालाको घाँटीमा कसले घण्टी झुड्ण्डाउने ।
वि.सं. १९०३ साल आश्विन ३ गते जङ्गबहादुर कुँवरले कोत हत्याण्ड गरेर प्रधानमन्त्री र प्रधान सेनापति हत्याएर राणा शासनका प्रारम्भ गराएका थिए । उनले स्थापना गरेको राणा शासन २००७ साल फाल्गुन ६ गतेसम्म कायम भइ ७ गते विगत १०४ वर्षसम्म राणाले गरेको क्रुर शासनको विरुद्ध भएको जन सङ्घर्षबाट नेपालमा प्रजातन्त्र आएको हो । आज ७३ औँ प्रजातन्त्र दिवस मनाइरहेका छौँ । प्रजातन्त्र भनेको के हो भन्ने कुरा सर्वसाधारण जनताले मात्र बुझेका छन् । सत्ताधारीहरुले प्रजातन्त्रको मर्म र भावनालाई कहिल्यै बुझेनन् । सत्ता नपाउँदा प्रजातन्त्रको दुहाइ दिन्छन् । पदमा पुगेपछि जनता संँग गरेका बाचा कबोल सबै धोती लगाएर राणा शैलीका शासन चलाइरहेका छन् ।
प्रजा वा जनताद्वारा निर्वाचित, जनप्रतिनिधिद्वारा चलाउने शासन व्यवस्था जनप्रतिनिधिका हातमा शासन सत्ता भएको व्यवस्था, जनताद्वारा, जनताका लागि जनताकै राय सल्लाहबाट चलाइने शासन प्रजातन्त्र हो भन्ने शाब्दिक अर्थ छ । नेपालमा २००७ सालमा प्रजातन्त्र आएको उपलक्ष्यमा बर्सेनी फागुन ७ गते मनाइने राष्ट्रिय उत्सव, राष्ट्रिय प्रजातन्त्र दिवस हो भनिन्छ । प्रजातन्त्रलाई महत्त्व दिने सिद्धान्त, प्रजातन्त्रको सिद्धान्त प्रजातन्त्रवाद हो । नेपालमा प्रजातन्त्रवादमा विश्वास राख्थे । प्रजातन्त्रको अनुयायी जनता बाहेक एउटा नेता छैनन् । प्रजा वा प्रजाद्वारा निर्वाचित प्रतिनिधिको शासन भएको, प्रजा सत्तात्मक (राज्य व्यस्थ) प्रणाली त छ तर व्यवहारमा छैन । प्रजा वा प्रजाद्वारा निर्वाचित प्रतिनिधिलाई शासन सत्ता सुम्पने कार्य प्रजातन्त्र विकसित तुल्याउने सिद्धान्त छ । व्यवहारिकता वर्तमान सत्तासीनहरुमा छैन । प्रजातान्त्रिक पद्धतिद्वारा निश्चित सीमा निर्धारण गरी कृषि उद्योग र व्यापारमा होडबाजी गराएर क्रमशः सामाजिक परिवर्तन गर्दै समाजवादको स्थापना गर्ने कुरामा विश्वास राख्ने राजनीतिक सिद्धान्त प्रजातान्त्रिक समाजवाद व्यवहारमा छैन । राष्ट्रय विभूति र शहीदहरुले आर्जेको देशमा बाघको छालामा स्यालको रजाई चलेको छ । जनता जे सुकै हुन अहिलेका नेता भनाउँदाहरुलाई प्रजातन्त्रको ख्याल नराखी जनता चुस्न पाए भएको छ ।
सत्ता प्राप्त नभएसम्म देश चुस्न पाए जनताको पक्षमा प्रजातान्त्रिक हुने । सत्तामा पुगेपछि मात्तिने प्रवृत्तिले गर्दा नेपालका नेताहरुको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बेइजत भएको छ । कार्तिक कुकुरलाई न लाज न सरम भन्ने उखान अहिलेका नेताले सिद्ध गरेका छन् । नेपालमा प्रजातन्त्र आयो हात्ती आयो हात्ती आयो फुस्सा भएको देशका नेता उच्च पदस्थ नेता प्रशासकले प्रजातन्त्रलाई म खाउ मै लाउ सुख सयल वा मोज म गरु अरू सबै मरि जाउन जति छन् दुर्बलहरु भन्ने चार वाकको सिद्धहस्तको शासन शैली चलाएका छैन । तीन करोड नेपालीलाई असी हजार रूपैयाको भारी बोकाएका छन् । स्वदेशी र वैदेशिक गरेर नेपालको राष्ट्र ऋण बाइस खरब पु¥याएका छन् । शोषक सामन्ती नेता प्रशासक दिन प्रति दिन धनी हुँदै गएका छन् । जनता गरीबीको खाडलमा पुरिएका छन् ।
संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौकिल अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवाधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न, संघीय लोकतानित्रक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संवैधानिक सङ्कल्प शासकहरुले पालन नगरेकोले देश दिन प्रति दिन अधोगतिमा पुगेको छ । हामी भन्दा धेरै पछि आजादि भएका हाम्रा छिमेकी मित्र राष्ट्रको समुन्नति र प्रगति देख्दा लोभ लाग्छ तर हामी नेपालीको दुर्भाग्य हामीले सङ्घर्ष गरेर ल्याउको शासन पद्धतिलाई छलकपट नगरीकन हामीलिे विश्वास गरेर आफ्नो बहुमूल्य मत दिएर संसदमा पठाएको नेताहरुले गुडको डल्लो देलान भनेको त इटाका डल्लाले हानेका छन् । हत्या गरेर सत्तामा पुगेका नेताले हामी नेपालीको कहिल्यै भलो गरेनन् । जुन जोगी आए पनि कानै चिरेका वडा महाराज पृथ्वीनारायण शाहले आफ्ना दिव्य उपदेशमा भन्नु भएको छ “प्रजा मोटा भए दरबार बलियो हुन्छ ।” अहिले त ठीक उल्टो छ । जनता दुब्ला भए नेता बलिया हुन्छन् । यही अनुसार जनतालाई हरिकङ्गाल बनाएर नेताहरु धनाढ्य भएर रमाएका छन् । “मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन” भनेर मनपरी सँग भ्रष्टाचार गरेर राष्ट्रलाई ऋणको भारी बोकाएर जनता रुवाई रहेका छन् । धर्मले खान हुन्छ, अधर्मले हुँदैन । भ्रष्टाचार गर्नु प्रजातन्त्र विरोधी कार्य हो । प्रजातन्त्र भनेको सत्कर्म गर्नु हो । धर्म गरे स्वर्ग गइन्छ अधर्म गरे नरक परिन्छ । प्रजातन्त्र भनेको धर्मको चल्ने शासन प्रणाली हो । अधर्मले शासन चलाउनु तानाशाही शासन हो । राजनीतिलाई पेशा होइन सेवा बनाउनु पर्छ । हामी कहाँ पेशा बनाइएको छ । यो शहीदहरुको अपमान गर्ने प्रवृत्ति हो । सेवा भावले राजनीति गरौँ । यो ग¥यौ भने हामीले प्रजातन्त्र दिवस मनाएको सार्थक हुन् छ नत्र व्यर्थ शुभम् ।

प्रतिकृया दिनुहोस्