Pokharapatra National Daily

स्व. बिपिलाई जनताको पत्र, देउवा र कांग्रेसी नेतालाई बैकुण्ठबाटै सम्बोधन होस्

– युव राज खनाल
बीपी सानैदेखि परिर्वतन चाहने व्यक्ति थिए । उनले त्यतिबेला अघि सारेका समाजवादको मुल सिद्धान्त खासमा मनगढन्ते सिद्धान्त थिएनन् भन्नेहरु पनि छन् । ती सिद्धान्तहरु संविधानसँग मेल खाने नै थिए, जो त्यतिबेलादेखि यतिबेला सम्म पनि सान्र्दभिक छन् । गरिबको एउटा सानो भएपनि घर होस् भन्ने कुरा संबिधानको आबासको हकसँग सम्बन्धित छ । केटाकेटीले पढ्न पाउन, भन्ने कुरा शिक्षाको अधिकारसँग जोडिएर आएको छ । उनले भनेको रोगिहरूले सिटामोल पाउन् भन्ने कुरो स्वास्थ्य र उपचारको हकसँग सम्बन्धित छ । कुटिर उद्योगलाई संरक्षण र प्रगतीशील कर, क्रान्तीकारी भुमिसुधार जस्ता कुराहरू देशको आर्थिकपक्षसँग सम्बन्धित छन् । जसलाई विपीले समाजबादका प्रमुख तत्वका रुपमा अघि सारेका थिए ।
राजनीतिक उद्देश्यसहित गठन भएको नेपाली कांग्रेसलाई बिपीले केबल प्रजातन्त्रको मात्र चर्चा गर्नु निरर्थक कुरा हो भन्ने निष्कर्षका साथ ‘समानता र न्यायको आधारमा सम्पूर्ण समाजको पुननिर्माण गर्ने आर्थिक लक्ष्यसम्म डोहोर्याएका थिए । जबसम्म न्यायपूर्ण आधारमा समाजको पुनर्निर्माण भइसक्दैन, तबसम्म समाजको सर्वाङ्गीण विकास असम्भव छ भन्ने विश्लेषण गर्दै बी.पी.ले आर्थिक समानतामा विशेष जोड दिएका थिए । पाँच प्रतिशत व्यक्तिका हातमा देशको अधिकांश जमिन हुनु तथा ९५ प्रतिशत व्यक्ति भूमिहीन रहनुलाई उनी अन्यायपूर्ण ठान्थे । त्यसैले भूमिसुधार र जमिनको न्यायोचित पुनर्वितरण बीपीको प्राथमिक आर्थिक एजेण्डा थियो ।
समाजले जमिनबाट जति परिमाणमा उत्पादन गर्नुपर्छ, सामन्ती उत्पादन प्रणालीमा त्यतिमात्रामा उत्पादन लिनु संभव छैन भन्ने उनको मान्यता थियो । यसरी बी.पी. सामन्तवादको अन्त्य गर्ने कुरालाई मुलुकको विकासको अनिवार्य तत्व मान्थे । त्यसैले उनको नेतृत्वमा गठित पहिलो जननिर्वाचित सरकारले बिर्ता उन्मूलन गर्ने निर्णय गरेर नेपालमा सामन्ती उत्पादन पद्धतिलाई कमजोर पार्ने ऐतिहासिक कदम चालेको थियो ।
बीपी कोइराला नेपालको प्रजातान्त्रिक तथा समाजवादी आन्दोलनका एक विशिष्ट धरोहर हुन् । नेपालमा प्रजातान्त्रिक चेतनाको विजारोपण, त्यसको विस्तार र प्रजातान्त्रिक समाजको आधारशीला निर्माणमा उनले ज्यादै महत्वपूर्ण भूमिका खेलेका छन् । साहित्यमा समेत गहिरो दख्खल राख्ने र नेपाली साहित्य भण्डारमा उत्कृष्ट साहित्यिक सिर्जनाहरू हस्तान्तरण गर्ने कोइरालाको व्यक्तित्व, चिन्तन र क्रियाकलापको गहिरो प्रभाव नेपाली समाज र प्रजातान्त्रिक विश्वमा आज पनि उत्तिकै अनुभव गर्न सकिन्छ । वर्तमान परिस्थितिको समसामयिक विषय बस्तुलाई केलाउनु उपयुक्त लाग्छ । काङ्ग्रेस, एमाले र माओवादी केन्द्रमा आज जो नेतृत्वमा छन् दशौ वर्ष अघिबाट तिनै नेताहरू छ्न । ती नेताहरूलाई चुनौती दिने कुनै आँटिलो नेता निस्केन भने भोलि पनि काङ्ग्रेस नेतृत्वमा शेरबहादुर देउवा नै आउनेछन् । एमालेमा केपी शर्मा ओलीलाई चुनौती दिने कोही हुने छैनन् । माओवादी केन्द्रको त कुरै नगरौँ । त्यहाँ प्रचण्डलाई चुनौती दिनसक्ने हिम्मतिलो कोही देखिएलाजस्तो छैन । अहिले धोती फेरेका माधव नेपाल पनि आफ्नै हैकम जमाउदैछ्न ।
यसबाट के प्रस्ट हुन्छ भने राम्रो/नराम्रो, सक्षम÷अक्षम जे–जे भने पनि आउँदा पाँच वर्ष पनि देउवा, ओली र दाहालकै खटनपटनमा राजनीतिको चर्ल्ने संभावना देखिँदै छ । फेरि पनि यदि यिनै नेताहरूबाट शासित हुन अभिशप्त हुनुपर्ने हो भने पार्टी महाधिवेशन र आमनिर्वाचनहरूको के अर्थ ? भविष्यको आश कसले जगाउने ? विधि पालनको आश कसरी गर्ने ? भ्रष्टाचारबाट मुक्त समाजको व्यर्थको खोजी किन गर्ने ? पटक–पटक विधि, परम्परा मिच्ने असफलहरूलाई नै फेरि पनि महाधिवेशनहरूले शीर्षस्थानमा विराजमान गरायो त्यस्ता महाधिवेशनहरूको के औचित्य ? किन नेताहरू त्यताहरु चुनौती गर्ने आट छैन हाम्रा नेताहरूमा ।
खै अब देउवाले काङ्ग्रेसमा नयाँ उर्जा भर्लान् ? उनले काङ्ग्रेसमा नंया बिचार र परिवर्तन ल्याउलान जस्तो लाग्दैन । उनको वरपर घुम्ने र सल्लाह दिने उनै पुराना अनुहार छ्न । देउवा यो देशमा पाँचपटक प्रधानमन्त्री भइसके । मुलुकले गर्व गर्नलायक पाँचवटामात्र काम भनून् त ! लगभग ४८ कै हाराहारीमा उनी प्रधानमन्त्री भए । तर सम्झनलायक कुनै काम गर्न सकेनन् । सत्ताका लागि विधि, परम्परा, संविधान, कानुनलाई मिल्काएर भए पनि सौदावाजी गर्ने उनको परिचय बनेको छ । गत १४ औ महाधिवेशनमा प्रतिनिधिहरूले सभापतिको नेतृत्व फेर्न सकेनन् नेतृत्व फेर्न कस्सिएका पौडेल हार खाए । आगामी पाँचवर्षसम्म फेरि पनि काङ्ग्रेस ‘नुन खाएको कुखुरा’ जस्तै हविगतमा पुग्नेछ । देउवाको न दृष्टिकोण छ न विधि मान्ने संस्कार । त्यसैले उनको नेतृत्वमा काङ्ग्रेस मुर्झिन्छ भनेर सोच्नु मरूभूमिमा महासागरको खोजी गर्नुजस्तै भएको छ ।
बीपी भन्नुहुन्थ्यो– राजनीति गर्ने व्यक्ति सरल, सहज र खुला किताब अर्थात् जोगीसरह जनतामा समर्पित हुनुपर्छ । तर अहिले राजनीतिलाई भौतिक सुखसुविधा आर्जन गर्ने थलोका रूपमा प्रयोग गर्दै ‘राजनीति जोगी हुन गरिँदैन’ भन्नेहरू बढिरहेका छन् । स्थानीय तह देखि केन्द्र सम्म नेपाल सरकारले जनप्रतिनिधिहरुको तलब नै तोकेको छ । नेपाल सरकारले तोकेको तलब भत्तामा संतुष्ट नहुनेहरु स्थानीय तहमै आफ्नो सेवा सुबिधा तोकेका हुन्छ्न । अझै नपुगेर कयौं जनप्रतिनिधिहरुले गरेका भ्रष्टाचार हाम्रालागी नौला छैनन । प्रदेश सरकार होस या केन्द्रिय सरकार आफ्ना सुबिधा बढाउन कोहि कतै कसैको कमि छैन । विभिन्न समयमा मौलाएका गैरप्रजातान्त्रिक पद्धति र संस्कारले जनता आक्रान्त छन् ।
महङ्गि दिन प्रतिदिन बढ्दो छ । अनियंत्रित रुपमा बढेको पेट्रोलिय पदार्थको मुल्य सगै बजारमा बढेको महङिले सर्बसाधरण जनताको चुलो बल्नै नसक्ने अबस्थामा पुगेको छ । हाम्रो जस्तो कृषिप्रधान देशमा बीउ मलको हाहाकार छ । भनिन्छ शेरबहादुर देउवाको राजनीतिक जिवनको प्रारम्भ बि पि कोइरालाको भेटपछि भएको थियो । बि पि सुन्दरी जल जेलबाट रिहा भएर भारतको बनारस शहरमा निर्वासित जीवन बिताईरहेका थिए । शेर बहादुर देउवा ड्टेलधुराबाट उच्च शिक्षाका लागि काठमाडौ आएका थिए । तात्कालिक अबस्थामा देउवा पनि प्रजातान्त्रिक गतिविधिमा लहसिएका थिए ।
यहि क्रमश उनी बि पि सँग भेटघाट र बिचार बिमर्श गर्ने बनासर पुगेका थिए । बि पि देउवा सगको पहिलो भेटमा नै प्रभावित हुनुभएको थियो । त्यसै बेलादेखि शेरबहादुर देउवा सकृय राजनीति हुम्मिए बि पि का अनुयायी बनेर । तर आज बि पि का अनुयायी भएका देउवा यत्तिका समय नेपाली काङ्ग्रेस पार्टीको सभापति र देशका प्रधानमन्त्री हुदाँ समेत बि पि का परिकल्पना जुन अहिलेसम्म पनि उत्तिकै महत्त्वपूर्ण देखिन्छ्न ती परिपुर्ति हुन सकेका छैनन, नेपाली काङ्ग्रेसका आर्दशबादी नेता र कार्यकर्ता आजित छ्न । हजुर बैकुण्ठ बास हुनुहुन्छ, सारा नेपाली काङ्ग्रेसका स्वस्च र नेपाली काङ्ग्रेसको मुल्य मान्यतामा अडिक नेता तथा कार्यकर्ता लगाएत, अन्य पार्टीहरुका जान्ने बुझ्ने नेता तथा बुद्धिजीवीहरु हजुरका बिचार, आर्दश प्रती नतमस्थक छ्न । स्व. महामानव वि पि बैकुण्ठ बाट नै देउवा र नेपाली काङ्ग्रेसको मूल्य मान्यता र आदर्शलाई भुलेर ,गुड–उपगुट, बर्मलुट, र लुटपुट गर्ने काङ्ग्रेस नेताहरूलाई सदबुद्दी दिलाइदिनोस नेपाली जनताको स्व. आत्माको चिरशान्ती कामाना गर्दे यो पत्र पठाएका छौ ।
जय नेपाल
शुक्ला १ तनहुँ, नेपाल

प्रतिकृया दिनुहोस्