Pokharapatra National Daily

प्रधानमन्त्रीज्यू देश र जनताका हितमा निर्णय लिन हात नकमाउनुहोस्

–युव राज खनाल
समाजवाद विश्वव्यापी बौद्धिक आन्दोलनको परिचयात्मक शब्द हो । यस आन्दोलनको तात्पर्य समाजका आर्थिक संगठनहरूले गरेका आर्थिक शोषण र त्यसबाट उत्पन्न सामाजिक विकृतिको अन्त्य गरी पूर्ण स्वतन्त्रताको वातावरणमा मानव विकासको मार्ग विस्तृत बनाउनु हो । समाजवादले समाजमा भएका असमानताको अन्त्य गरी समानन्यायका आधारमा वितरण र अवसरलाई प्राथमिकता दिँदै सामाजिक परिवर्तन तथा रूपान्तरणका लागि वातावरण बनाउँछ । समाजवाद कुनै एकै खाले परम्परा होइन ।
सभ्यता र संस्कृतिको बहुमुखी आन्दोलन तथा अभिव्यक्तिबाट प्रकट भएको समाजवादलाई परम्पराको एउटा पातलो धागोमा उन्न खोज्नु भनेको यसलाई अत्यन्त संकुचित पार्ने प्रयास गर्नु हो । मानव जीवनको सामूहिक संघर्षपश्चात् प्राप्त परिवर्तन र उपलब्धिहरूलाई सभ्यता भनिन्छ र त्यसको चरमविन्दु समाजवाद हो । बीपीकै भाषामा भन्नुपर्दा, राजनीतिक र आर्थिक समानताको आन्दोलनका लागि प्रेरणा दिनु समाजवादको मुख्य लक्ष्य हो । सामाजिक संरचना भौतिक हो, आध्यात्मिक होइन । समाजका सदस्यहरूको कल्याण गर्नु र सुरक्षा प्रदान गर्नु समाजवादको उद्देश्य हो । हरेक मानिसका इच्छा र आकांक्षा प्रायः समान हुन्छन्, त्यसकारण सबैले व्यक्तित्व विकासमा समान अवसर पाउनुपर्छ । समाजवादले राजनीतिक र आर्थिक पाटोलाई स्वीकार गर्छ । राजनीतिक समाजवाद प्रजातन्त्र वा लोकतन्त्र हो र यो व्यवस्थाले विद्यमान सामाजिक संरचनालाई परिवर्तन गरी नयाँ संरचनामा समाजलाई डोर्याउने सरकारको परिकल्पना गर्छ ।
र, यसरी बन्ने सरकारको प्रतिनिधित्व जनताले गर्नुपर्छ । जनचाहना अनुरूपको नीतिनियम र व्यवस्था जनप्रतिनिधिहरूबाट मात्रै सम्भव छ र उनीहरूबाटै विकासको गतिलाई तीव्र पार्न सकिन्छ । समाजवादको अर्थलाई सबै मुलुकले एकै रूपले व्याख्या गरे पनि राजनीतिक र आर्थिक समानताको उपलब्धि वा अनुपलब्धिमा मात्रात्मक फरक पर्छ । वर्गभेद लोप गराउनु, जनतालाई व्यवहारमा समानता उपलब्ध गराउनु, उद्योगधन्दाको सामाजिकीकरण र आमजनताको धेरैभन्दा धेरै कल्याण हुने किसिमले सञ्चालन गर्नु, उत्पादन एकलौटी हुन नदिनु आदि समाजवादका लक्ष्य हुन् । बीपी भन्नुहुन्थ्यो, ‘समाजवादका दुई पोया छन् । एक राजनीतिक स्तरमा प्रजातन्त्र, अर्को आर्थिक क्षेत्रमा गरिब जनतालाई न्याय दिने खालको विकास ।’
बीपीद्वारा प्रादुर्भाव नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादले समाजका सबै वर्गको समान हक–अधिकार र विकासलाई सँगसँगै लगेको स्पष्ट देखिन्छ । नेपालमा गाउँ नै गाउँ भएको र विभिन्न जातजाति बस्ने भएकाले ग्रामीण जनताका लागि लक्षित गरिएको विकास साँचो अर्थमा विकास हुन्छ । सहरको विकासमा मात्र जोड दिँदा वास्तविक समाजवाद अपनाएको मानिँदैन र त्यसलाई विकास पनि मानिँदैन । परिवर्तन चाहने बीपीको यही क्रान्तिकारी विचारले सबैलाई आकर्षित गरेको हो । विकास र समृद्धिका लागि बालबालिका, युवा, महिला र ज्येष्ठ नागरिक सबैको अधिकारको सुनिश्चितता हुनुपर्ने बीपीले स्पष्ट रूपमा भन्नुभएको छ । उहाँ युगान्तकारी परिवर्तनका संवाहक रहनुभयो ।
हिटलर र मुसोलिनीजस्ता तानाशाह र गान्धीजस्ता समाजवादी नेताका समयमा बीपीको उदय भएको हो । उहाँले नेपालको भूराजनीतिक यथार्थको विश्लेषण गर्दै दुई ठूला राष्ट्रसँगको मित्रतालाई अझ गाढा र सुमधुर बनाउन अवलम्बन गर्नुभएको परराष्ट्र नीति अझै त्यत्तिकै सान्दर्भिक छ । प्रजातान्त्रिक समाजवादबारे संसारका ठूलठूला विश्वविद्यालयमा पढाउने र समाजवादको सिद्धान्तमा प्रशस्त व्याख्या गर्न सक्नेहरूको कमी छैन । नेपालको संविधान, २०७२ को निर्माणका बेला सभासद्हरूलाई विभिन्न देशमा लगेर तालिम दिइयो । अरू देशको अनुभव पनि अध्ययन गराइयो । यसरी मिहिनेत गरेकाले संविधानमा सबैको अधिकार संरक्षण गर्यौं भन्ने भान हामीलाई परेको छ । संविधानको मौलिक हकमा उल्लेख गरिएको शिक्षा, स्वास्थ्य र रोजगारको अधिकारलाई सुनिश्चित गरेरअग्रगामी परिवर्तन गर्यौं भन्ने ठानेका छौं । तर यो विषय बीपीले लगभग ६५ वर्षअघि नै परिकल्पना गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो— हरेक जनताको एउटा घर होस्, बालबच्चालाई विद्यालय पठाउने वातावरण होस्, बिरामी पर्दा औषधिमूलो गर्ने पैसा होस् अनि आफ्नो श्रम र सीपको उपयोग गर्न पाउनुपर्ने व्यवस्था । यसको सान्दर्भिकता र उपयोगिता अहिले पनि त्यत्तिकै छ । आमजनताले बुझ्ने सरल भाषाको उहाँको अभिव्यक्तिलाई परिष्कृत गरी संविधानमा उल्लेख गरियो । तर उक्त प्रावधान अर्थात् जनताको अधिकार र सेवा– सुविधामा सरकारले हदैसम्मको लापरबाही गरेकाले विगतका जनआन्दोलनको मर्म र भावनाको धज्जी उडेको छ ।
उहाँको विचार र सिद्धान्तलाई ‘बीपीवाद’ कै रूपमा मानेर नेपाली कांग्रेसले विधान र घोषणापत्रमा प्रजातान्त्रिक समाजवादको उल्लेख गर्यो । तर कागजी रूपमा मात्रै कांग्रेसले उहाँको विचारलाई अंगीकार गरेजस्तो देखिन्छ । उहाँकै सिद्धान्त र प्रेरणाले सशक्त बनेको कांग्रेस २०४७ सालको जनआन्दोलन सफल भएपछि सत्तामा पुग्यो । त्यसपछि सत्ताको लालसामा बहेर कांग्रेस सिद्धान्त र विचारको राजनीति छोडी व्यक्तिवाद र मनोगत चिन्तनमा अलमलियो । आफू केन्द्रित राजनीतिमा नेतृत्व वर्ग नै व्यस्त भएकाले कार्यकर्तामा सिद्धान्त, विचार, चिन्तन र नाराभित्रको शाब्दिक अर्थ र ज्ञानभन्दा पनि राजनीतिक रूपान्तरण व्यक्तिगत आर्थिक परिवर्तनबाट हुने विचार हाबी भयो । अहिल
उहाँको विचार र सिद्धान्तलाई ‘बीपीवाद’ कै रूपमा मानेर नेपाली कांग्रेसले विधान र घोषणापत्रमा प्रजातान्त्रिक समाजवादको उल्लेख गर्यो । तर कागजी रूपमा मात्रै कांग्रेसले उहाँको विचारलाई अंगीकार गरेजस्तो देखिन्छ । उहाँकै सिद्धान्त र प्रेरणाले सशक्त बनेको कांग्रेस २०४७ सालको जनआन्दोलन सफल भएपछि सत्तामा पुग्यो । त्यसपछि सत्ताको लालसामा बहेर कांग्रेस सिद्धान्त र विचारको राजनीति छोडी व्यक्तिवाद र मनोगत चिन्तनमा अलमलियो । आफू केन्द्रित राजनीतिमा नेतृत्व वर्ग नै व्यस्त भएकाले कार्यकर्तामा सिद्धान्त, विचार, चिन्तन र नाराभित्रको शाब्दिक अर्थ र ज्ञानभन्दा पनि राजनीतिक रूपान्तरण व्यक्तिगत आर्थिक परिवर्तनबाट हुने विचार हाबी भयो । अहिले कांग्रेसको सिद्धान्त विस्मृत हुन पुगेको छ ।
बीपीपछि कांग्रेस सत्ताप्राप्तिसँगै भूमण्डलीकरण र निजीकरणको नाममा समाजवादी सिद्धान्त र संस्कारप्रति निष्ठावान् रहेन । दुःखमा हजारौं साथीको साथ र सहयोग प्राप्त गरेको नेतृत्व सरकारमा पुगेपछि सत्ताको स्वादमा रमाउँदै भौतिक सुविधामा रुमलिँदा सिद्धान्त र विचारको राजनीति कुण्ठित हुन पुग्यो । आन्दोलनपश्चात् प्राप्त परिवर्तनहरूलाई एकीकृत गर्दै सबै वर्गलाई मूलधारमा समावेश गर्न नसक्नुले व्यवस्थालाई समाजवाद–उन्मुख बनाउन सकिएको छैन । प्रजातन्त्र पुनःस्थापनाका लागि त्याग र बलिदान दिने कांग्रेसका हजारौं सदस्यलाई आज ‘आउटडेटेड’ मानिन्छ । पुस्ता हन्तान्तरणको बहस पनि बेला बेला चर्किरहेको हुन्छ । जोकोही होस्, अग्रजले आर्जेको प्रजातान्त्रिक समाजवादको पक्षमा निष्ठा, इमानदारी र प्रतिबद्धताका साथ अडिग रहनेहरूमा कांग्रेसको शक्ति गए पुस्तान्तरण र हस्तान्तरणको अर्थ रहन्छ । नेपाली जनताको विश्वास र सद्भाव अन्य पार्टीप्रति कहिल्यै रहेन । कांग्रेसले पनि बीपीको विचारलाई जीवन्तता दिन नसकेकै कारण यसप्रतिको जनविश्वास धरापमा पर्न गएको छ । बीपीको विचारबाट मौलाएको जनविश्वास भोलि पार्टीमा बीपीलाई ‘आउटडेटेड’ भन्नेहरूको बाहुल्य भए संगठन संकुचित हुन सक्ने यथार्थप्रति सजग हुनु जरुरी छ ।
बीपी भन्नुहुन्थ्यो– राजनीति गर्ने व्यक्ति सरल, सहज र खुला किताब अर्थात् जोगीसरह जनतामा समर्पित हुनुपर्छ । तर अहिले राजनीतिलाई भौतिक सुखसुविधा आर्जन गर्ने थलोका रूपमा प्रयोग गर्दै ‘राजनीति जोगी हुन गरिँदैन’ भन्नेहरू बढिरहेका छन् । स्थानीय तह देखि केन्द्र सम्म नेपाल सरकारले जनप्रतिनिधिहरुको तलब नै तोकेको छ । नेपाल सरकारले तोकेको तलब भत्तामा संतुष्ट नहुनेहरु स्थानीय तहमै आफ्नो सेवा सुबिधा तोकेका हुन्छ्न । अझै नपुगेर कयौं जनप्रतिनिधिहरुले गरेका भ्रष्टाचार हाम्रालागी नौला छैनन । प्रदेश सरकार होस या केन्द्रिय सरकार आफ्ना सुबिधा बढाउन कोहि कतै कसैको कमि छैन । विभिन्न समयमा मौलाएका गैरप्रजातान्त्रिक पद्धति र संस्कारले जनता आक्रान्त छन् ।
महङ्गि दिन प्रतिदिन बढ्दो छ । अनियंत्रित रुपमा बढेको पेट्रोलिय पदार्थको मुल्य सगै बजारमा बढेको महङिले सर्बसाधरण जनताको चुलो बल्नै नसक्ने अबस्थामा पुगेको छ । हाम्रो जस्तो कृषिप्रधान देशमा बीउ मलको हाहाकार छ ।
भनिन्छ शेरबहादुर देउवाको राजनीतिक जिवनको प्रारम्भ बि पि कोइरालाको भेटपछि भएको थियो । बि पि सुन्दरी जल जेलबाट रिहा भएर भारतको बनारस शहरमा निर्वासित जीवन बिताईरहेका थिए । शेर बहादुर देउवा ड्टेलधुराबाट उच्च शिक्षाका लागि काठमाडौ आएका थिए । तात्कालिक अबस्थामा देउवा पनि प्रजातान्त्रिक गतिविधिमा लहसिएका थिए । यहि क्रमश उनी बि पि सग भेटघाट र बिचार बिमर्श गर्ने बनासर पुगेका थिए । बि पि देउवा सगको पहिलो भेटमा नै प्रभावित हुनुभएको थियो । त्यसै बेलादेखि शेरबहादुर देउवा सकृय राजनीति हुम्मिए बि पि का अनुयायी बनेर ।
तर आज बि पि का अनुयायी भएका देउवा यत्तिका समय नेपाली काङ्ग्रेस पार्टीको सभापति र देशका प्रधानमन्त्री हुदा समेत बि पि का परिकल्पना जुन अहिलेसम्म पनि उत्तिकै महत्त्वपूर्ण देखिन्छ्न ती परिपुर्ति हुन सकेका छैनन , कतै अहिलेको काङ्ग्रेस सक्कली काङ्ग्रेस नभएर नक्कली काङ्ग्रेस त हैन एउटा जटिल प्रश्न खडा भएको छ । नेपाली काङ्ग्रेसका आदरणिय सभापति तथा प्रधानमन्त्री ज्यु देश र जनताको हितका लागि निर्णय लिन हात नकमाउनुहोस जनताको आग्रह छ ।
जय नेपाल
शुक्ला–१ तनहुँ, नेपाल

प्रतिकृया दिनुहोस्