Pokharapatra National Daily

जनयुद्धदेखि गठबन्धनसम्म

शम्भुबहादुर अधिकारी

म्याग्दे-२ तनहुँ

२०५२ फागुन १ गते थालियेको माओबादी जनयुद्धले आमूल राजनीतिक, आर्थिक र सामाजिक परिबर्तन चाहेको थियो।किसान , मजदूर, निम्न मध्यमवर्ग, बुद्धिजीबी, शिक्षक र महिलाहरु त्यस आन्दोलनमा सरिक भये।अबस्था र ब्यबस्था बदल्नका लागि धेरै क्रान्तिकारीहरुले आत्मोसर्ग गरेका थिये।हजारौं शहीद भये र हजारौं लाखौंको संख्यामा अंग अपाङ्ग ,घरबारबिहिन र बेपत्ता भए ।युद्धले सफलता नपाउदै दिल्लिमा १२बुदे सहमति गरी संसदीय दलसंग मिलेर संबिधानसभा,अन्तरिम सरकार र संघीय गणतन्त्र संम जाने कुरामा सहमति भएअनुसार १९ दिने शान्तिपूर्ण जन आन्दोलन भयो।राजाले जनताको नासो जनतालाइ बुझाये।२पटक गरी संविधान सभा संपन्न भयो।राजतन्त्रात्मक ब्यबस्थाको सट्टा संघीय गणतन्त्र लागु भयो।जनसेनालाइ क्षतिपूर्ति दियेर बिघटन गरीयो।एउटा कर्णेल सहित १४००जना नेपाली सेनामा गाभीयेर त्यसैको अङ्ग बन्यो।माओबादी केन्द्र अरु दल जस्तै नङ्ग्रा झिकियेको बाघ जस्तै भयो।कार्कर्ताको गुनासोलाइ माओबादीले यही नै जनबादी क्रान्ति भनिदिये।चित्त नबुझेकाहरु छुट्टियेर गये भने बिद्रोह गर्न नसक्नेहरु त्यही बस्न बाध्य भये।२०७२मा संघीय  संविधान जारी हुदा मधेशी दल,जनजाती र भारतले अवरोध खडा गरे।भारतले नेपालको संबिधानमा केही अपुग भनि”नोट”गर्यो जबकि मधेशीहरुले सीमाना पारी बसेर नाकाबंदी गरे।जेहोस निर्बाचन भयो र प्रचण्ड र बाबुराम आलोपालो.प्रम बने,तर उनीहरुले २०५२मा उठायेकाकुराहरु लागु गर्न सकेनन।माकेले १२०सीट जितेपछि नेताहरु हौसिये र नियम कानून नबदलिकन पूरानै अबस्थामा  नेपालको कर्मचारीतन्त्र र सेनामा हात हाल्यो।त्यसो गर्नु अलि चाडै भयेको थियो।प्रचण्डहरुले बैधानिकबादलाइ  छाडेर जनयुद्धकालीन बाटो अवलम्बन गर्दा सेनापति काण्ड घट्यो।माकेले अघिसारेका कुल बहादुर खड्काले सैनिक कमान चलाउन सकेनन। एक बृगेडियर जनरल बाहेक अरु बृगेडियर जनरलहरु रुक्माङ्गदको पक्षमा थिये।नेपालका राष्ट्रपति,भारतीय सेना र बिपक्षीनेता झलनाथ खनालले पनि आफ्नो समर्थनफिर्ता लिये र प्रचण्डको कदमलाइ धोका दिये।राष्ट्पतिले कार्यकारी अधिकार प्रयोग गरी रुक्माङ्गदलाइ थमौति गरे।सरकार चलाउन नजान्नाले प्रमबाट प्रचण्डले राजीनामा दिनु पर्रयो।युद्धकालीन तरिकाले बैधानिक काम गर्न सकिन्थेन।आस र त्रासमा मत खसालेकाहरु अर्को निर्बाचनमा आफ्नै दलमा फर्के,माकेबाट उनीहरुले परिबर्तन हुने कुरामा बिस्वास गरेनन। २०७४को निर्बाचनमा बामपंथीहरु मिलेर लड्दा झण्डै २\३मत आयो।त्यसले बामपंथीहरुलाइ घमण्डको शिखरमा पुर्यायो।एमाले र माके मिलेर नेकपा बनाये।केपी प्रम भयेपछि शासन एक पक्षीय रुपमा चलाये भन्ने गुनासो आयो।प्रचण्ड, माधवहरुले त्यस प्रकारको ब्यबहारको बिरोध गरे।आरोप प्रत्यारोपका बीच अन्तरद्वन्द बढेर गयो।केपीले संसद बिघटन गरेको सिफारिसलाइ राष्ट्रपतिले स्वीकार गरिन।सर्बोच्चमा मुद्दा पर्यो र त्यसले संसद बिघटन असंवैधानिक भन्यो।ऋषि कट्टेलले नेकपा आफ्नो भनि मुद्दा हाल्दा एकतामा रहेको नेकपा बिघटन गरी  दुवै दल एमाले र माकेमा नै फर्काइ दियो।पुनः केपीले संसद बिघटन गराये।त्यस्कारण प्रचण्ड र माधव नेपालहरु माइतिघर मण्डलामा “हामी याहा छौं”भनि धर्ना कसे।संसद बिघटन नभये पछि प्रचण्ड लगायतका नेताहरुले शेर बहादुरलाइ प्रम बनिदिन अनुरोध गरे।शेर बहादुर बाध्यात्मक रुपमा प्रम बनाइयेका थिये।यसरी एमाले बिहिन सरकार चलाइयो। संसदीय चुनावको एउटा पाटो समाप्त भयो।

२०७९सालको संसदीय निर्बाचनमा ५ दलीय गठबन्बन्यो।एमाले एक्लै चुनाव लड्यो र अरु क्षेत्रिय दलका साथ नया पार्टी रास्वपा पनि नया अवधारणा र देश बिकास जनताको आर्थिक स्थिति सुधारको योजना सहित चुनाव लड्यो।पूराना दलका असंतुष्ट हरुले रास्वपालाइ चौथो ठूलो दल बनाये।माके ३२सीटमा सिमित भयो जबकि यस्ले धेरै सिट जित्ने आसा गरेको थियो।,तर काङ्ग्रेस ले प्रम नदिदां पछि एमालेको बलमा प्रचण्ड नै प्रम बने।रबी गृहमन्त्री भये तर उनलाइ अमेरिकी नागरिक भयेको आरोप लाग्यो।  रास्वपाका ढाका  कुमारलाइ २करोड घुषकाण्डमा कारबाही गरीयो।नया पार्टी पनि सुरुमा नै पूरानो दलको रुपमा परिचित भयो।पूरानो दल जस्तै गृहमन्त्रीमा आकर्षण हुनामा अहिले रबी र उन्का दलका नेताहरूबाट सहकारीको रकम अपचलन गरेको कुरा बाहीरिये पछि यो थाहा भयो कि रबी आफ्ना र आफ्नाका काला कर्तुत लुकाउन गृहमन्त्री हुनु परेको कारण उजागर भयो।काङ्ग्रेस संगको गठबन्धन तोडिये पछि गठबन्धन बंचाउन प्रचण्ड, केपी र आइजीपीले रबीलाइ निरपराध भन्न नपर्ने थियो ।त्यो कानून सहमत छ कि छैन भन्ने कुरा सर्बोच्चले निरुपण गर्नु पर्थ्यो,तर कार्यकारिणी नै बोल्नु उचित होइन।साना दलहरूलाइ जोडेर गठबन्धन चलाउन प्रचण्ड-केपीलाइ निकै अप्ठ्यारो परेको छ।कहिले र कहांसंम रास्वपालाइ  निर्दोष बनाउन सक्छन,त्यतिबेलासंम गठबन्धन कायम रहने छ।गठबन्धन कुनै सैद्धान्तिक बिषय होइन, यो त जेनतेन सरकारमा बस्ने र त्यस्बाट शक्तिको दोहन गर्ने बाहेक केही होइन।काङ्ग्रेस संगको गठबन्धन र एमाले रास्वपासंगको गठबन्धनमा खास फरक देखिन्न,तर कार्यकर्तालाइ कानूनतःसमाजबादमा जान सकिन्छ भन्ने कुरा गरेर अलमल्याउन खोजेको देखिन्छ। संबैधानिक राष्ट्रपतिहरुले संविधान बिपरीत सेनापतिलाइ पुनःथापित गरीयो र संसद बिघटन स्वीकार गरीयो।जबसंम संबिधानलाइ ब्यबहारीक रूप दिइन्न संबैधानिक राष्ट्रपति कुनै न कुनै दलको हुनेहुनाले उ तत्तत् दलसंग रुझान राखेको हुन्छ।त्यस्का निर्णयहरुमा संलग्नता देखिन्छ।कुनै न कुनै  रुपमा माओबादी केन्द्र २०६४देखि अहिले संम निरन्तर सरकारमा रहेको छ,उस्लाई सरकार बाहिर बसेर जनताको सेवा गर्न सकिन्न भन्ने लागेको छ।त्यही रुपमा कार्यकर्तालाइ प्रशिक्षित गरीयेको छ।२०७९को निर्बाचनमा संसदीय  सिटमा सिमित भयेपछि काङ्ग्रेसले प्रचण्डलाइ प्रम नबनाउदा एमालेको कांध चढेर प्रचण्ड प्रम भये,तर काङ्ग्रेसको पनि समर्थन पायेपछि एमाले गठबन्धनबाट बाहीरियो। काङ्ग्रेसको महासमितिले एक्ला एक्लै चुनाव लड़ने र माके गठबन्धन अनुसार नचलेको भन्ने दस्तावेज पारित गरेपछि पुनःमाकेले एमालेको र रास्वपाको समर्थनमा नया गठबन्धन बनायो।के कुरा प्रष्ट छ भने एउटै  गठबन्धनमा बसे पनि राजनीतिक दललाइ हेर्ने दृष्टिकोण आआफ्नो हुन्छ, त्यस्बाट गठबन्धन तोडी हाल्नु हुन्थेन।अहिले बाम एकतालाइ एउटै दल बनाउने र समाजबाद स्थापना गर्ने नारा अगाडी सारियेको छ ,तर  एमाले यस भनाइप्रति सकारात्मक देखिन्न।समाजबाद स्थापना गर्न त्यही प्रकारको आर्थिक आधार तयार पार्नु पर्छ र त्यही प्रकारको उपरी संरचनाले मात्र समाजबादमा जान सकिन्छ। पूजिबादी अर्थनीति,उदारबाद,बहुराष्ट्रीय निगम,  दलाल नोकरशाही पूजिबाद र बित्तियपूजिबादबाट समाजबादको आसा राख्नु केबल स्वैरकल्पना मात्र हो। अल्पग्यान भयेका कार्यकर्ताले यस्लाइ बिस्वास गर्लान,तर मार्क्सवाद बुझेकाले यस कुरालाइ पत्याउदैनन।माकेले एमसीसी खुलेर बिरोध गरेको थियो तर पछि एमसीसी पास गरीयो र सैनिक गठबन्धनमा नलाग्ने भनियेको हिन्दप्रशान्त रणनीतिक संमेलनमा भाग लिन प्रधानसेनापतिलाइ दिल्लि पठाइयो।माकेको भनाइ र गराइमा एकरुपता देखिन्न। माकेले कार्यकर्ता र जनतालाइ “भेडिया धसान”बनाउन  खोजीरहेको छ।उस्ले खेल्ने “बाघ चालमा “बाघलाइ गाइले चल्नै नसक्ने गरी घेरा हालेर चालमाथ गर्न सक्छ भन्ने कुरा पनि बुझ्नु पर्छ।

जनयुद्ध आमूल परिवर्तनका लागी गरियेको थियो।त्यसपटक उत्पीडित,गरीब,किसान,मजदूर,महिला मुक्तिका साथ गास बास कपास,स्वास्थ्य, शिक्षा, रोजगारी,बिकास,संबृद्धि र राष्ट्रीयता र जनबादको प्राप्तीका लागी भीषणयुद्ध गरीयेको थियो ।जीबनका संपूर्ण पक्षहरु त्यस संघर्षबाट प्रभाबित भयेका थिये। १२बुदे सहमति गरेर ब्यबस्था मात्र बदलियो ,तर अबस्थामा खास परिबर्तन भयेन।राजा गये,त्यस्को  सट्टा पार्टीको कुलीनतन्त्रृय शासन लागु भयो,”सिन्डीकेटालिज्म”स्थापित भयो।कामको लागी अरबका खाडी र मलेशियातिर जानेको ताती लागी रहेको छ,दिनैमा हजारौंको संख्यामा युवाहरु बिदेशियका छन।काम गर्न सक्ने युवाहरु नेपालमा थोरै मात्र छन।जहान छोराछोरी पाल्न जीबन होमेका युवायुबतिहरुको “लाश”दैनिक २०\३०बाकस आउने गरेको छ।उनीहरुले पठायेका “रेमिट्यान्स”लाइ आम्दानीको स्थायि श्रोत मानियेको छ।बिकसित देशमा पलायन हुनेहरुको कुरा बेग्भलै हौ।भयेका उद्योगधन्दाहरु कौडिको मूल्यमा बेचियेका छन।तस्करी,दलाली,कमिसनतन्र,नाताबाद,कृपाबाद बंशबाद अनुचित रुपमा फलेफुलेका छन।दलका नेताको खराब काम र दललाइ दिइने सुझावहरुलाइ दल र नेताको बिरोध भनि त्यस्ता कार्यकर्ताको ऐतिहासिकतालाइ निमोठी दिन्छन।दल भीत्र असहिष्णुतामा तीब्र बिकास भयेको छ। उत्पादनशील उद्योगहरु छैनन भने पनि हुन्छ।आबश्यक बस्तुहरुको आयात धेरै र निर्यात नाम मात्रको छ। चीन,रुसले प्रस्तुत गरेका बिकास कार्य र उद्योगधन्दाहरु संचालन गर्न नेपाली शासकहरु किन हिचकिचाउछन?असंग्लग्न स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरीयेको छैन।चीनको दाता संस्था “बोआओ”संमेलनमा नेपालले सरकारी रुपमा भाग नलिने,तर परराष्ट्र मन्त्रि चीनमा बिना काम ९दिनको यात्रा गर्नु भन्दा भद्दामजाक अरु केही होइन। लगानी सम्मेलनको योजना गरेर नेपालले लगानी आकर्षण गर्न खोजेको छ,तर पहिला पहिलाका लगानी संमेलनहरु सफल भयेका छैनन।नेपालको ऋण१३खरब र  घाटा बजेट १३खरब छ,अबको बजेटमा त्यो घाटा र ऋण३०खरब पुग्ने अनुमान गरीयेको छ।पूर्वाधार बिकास, जलश्रोतको प्रयोग,यातायात,कृषि उद्योग,औद्योगीक क्रान्ति,यर्यटन उद्योग,सूचना प्रबिधिको यथोचित बिकास नगरेसंम पूजिबादी  प्रकारको सामाजिक-आर्थिक बिकास पनि हुंदैन,समाजबादको कुरा त परै जाओस।जनयुद्ध  र माओबादी आन्दोलनले सोचेका र परिकल्पना गरीयेका कुराप्रति माओबादीहरु अलमलमानपर्नु पर्ने हो।  बिजुली उत्पादन गरेर भारतलाइ    बिद्युत बेच्ने कुराबाट नेपाल धनी हुन सक्तैन।भारतलाइ प्रति यूनिट रु ५ मा बेच्ने बिजुली नपुग्दा हामीले रु १०मा  भारतबाट खरिद्ने कुरा गर्दा बिजुली बेचेर नेपाल धनि हुन सक्तैन,बरु अरु मुलुकलाइ  चाहियेको पानी बेचेर आर्थिक लाभ लिन सकिन्छ। उत्पादित बिजुली कार,बस,रेलमा प्रयोग गर्ने र प्रत्येक नेपालीको घर घरमा बिद्युतीय चुलो प्रयोगमा ल्याउन  सके ग्यास र पेट्रोलियमपदार्थमा भारी कटौती भै नेपालको पैसाने पालमै रहन्छ,आर्थिकरुपले हामी संपन्न हुन सक्छौ।  नेपाली युवाहरु गास बास र कपासको लागी, जहान परिवार पाल्नका लागी रूस यूक्रेन युद्धमा सामेल भयेका छन।त्यो उनीहरुको बाध्यात्मक अबस्था हो।त्यस संदर्भमा बामपंथीहरुको सरकारले बक्तब्य निकालेर भन्यो”संझौता अनुसार भारत र बेलायतमा बाहेक अन्य देशमा सेनामा भर्ती “हुन पाइदैन भन्यो।तर नेपाली युवाहरु अमेरिकी,फ्रेन्च, पोर्चुगिज र दलाइ लामाको सेनामा काम गरेको कुरा सायद सरकारले थाहा नपायेको होला?अहिले “कतारी”राजा नेपाल आउदा त्याहांको प्रहरीमा नेपाली युवाहरु पठाउने कुरा बाहीरियेको छ,के त्यो “मसिनरी”सेवा होइन?”गोर्खा भर्ती केन्द्र “बन्द गर्ने मिठो बचन किन ठीक बिपरीत भयेको छ!सरकारमा रहेर बिदेशीको सेवामा संलग्न हुंदै जांदा नेपालीको स्थिति झन प्रतिकूल हुने छ।हामी कसैको लागी सजिलो हुने छौं।कालापानीको नक्सा निकाले पनि त्यस्लाइ फीर्ता गर्न सकियेको छैन।ईपीजीकोप्रतिबेदन भारतले रोकेर राखेको छ,तर भारतसंग हामीले हाम्रा कुरा राख्न सक्तैनौ।केन्द्र  र प्रदेशकाबीच तालमेल नहुदा केन्द्र र प्रदेश दुवै अस्थिर भयेका छन।त्यो निर्बाचन प्रणालीमा भयेको त्रुटि हो।त्यस्लाइ नसच्याये संम गठबन्धन संधै कायम रहन्छ।सानो दल प्रम हुने ठूलो दल प्रतिपक्षमा बस्नु पर्ने स्थिति कायम रहन्छ।प्रदेशलाइ अधिकार नदिंदा अस्थिरता कायम रही रहन्छ।सरकारमा अदलाबदली भै राखे साना दलहरु फाइदामा हुन्छन,ठूलो दल पाखा पर्छ।अस्थिरतालाइ  स्थिरतामा बदल्न कि त निर्बाचन प्रणाली बदल्नु पर्छ कि दुइ ठूला दलहरु मिलेर गठबन्धन  बनाउनु पर्छ।यी संपूर्ण घटनाहरु जनयुद्धको सार बीपरीतका कुरा हुन।अहिले कम्युनिस्ट पार्टी भीत्र माओले भने झै”सयौफूलहरू फूल्न देउ”देखाउने दातमात्र भयेको छ।समाजबादी आन्दोलनले कृत्रिम बाटो समातेको छ जस्लाइ सच्याउन सही र समयीक नेत्रृत्वको जन्म हुनुत अपरिहार्य छ।

 

प्रतिकृया दिनुहोस्