-युब राज खनाल
अहिलेको विश्व भनेको आधुनिक र प्रविधिमय वातावरणमा रम्ने खालको छ । त्यसमा पनि यसको एउटा पाटो भनेको शिक्षा हो । अहिले शिक्षा बिना केही हुँदैन भन्ने मान्यता फैलीदै गइरहेको छ । विश्व बजारमा जसलाई जहाँ गएर पनि अध्ययन गर्न पनि स्वतन्त्र छ । त्यसमा पनि गिता विज्ञान भन्दा प्राविधिक र प्रयोगात्मक शिक्षाको महत्व छ । यो मान्यताले गर्दा पनि हरेक वर्ष नेपाली विद्यार्र्थीहरु अध्ययनको लागि बिदेशीने क्रम बढ्दो छ । एक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/२०८१ वैदेशिक अध्यायन अनुमति पत्र लिएर विदेशी जाने को संख्या १,१२,२६७ जना देखिन्छ । साच्चिकै भन्दा हाम्रो जस्तो मुलुकमा यसरी विदेश अध्ययनका लागि जानु त्यति उपयुक्त भने देखिँदैन ।
यसको मूल कारण भनेको नेपालमा दिइने शिक्षा पनि हो । यहाँको कमजोर शिक्षा प्रणाली र आवश्यकिय भौतीक सामाग्रीहरुका कारण पनि नेपाली विद्यार्र्थीहरु शिक्षाको लागि बिदेशिने त्रम बढ्दो छ । शिक्षा नीतिका कमजोरी अनियमितता एकातिर छन् भने अर्को तिर नेपालीहरुको आम्दानीले पढाइ धान्न पनि त्यतिकै मुश्किल देखिन्छ । देशमा बस्न नै रुचि नलागेर उनीहरू बिदेशीयका हुन् भने यसमा विषयगत सुधार मात्र पर्याप्त हुँदैन, नेपालमा नेपालीपन सहितको युवा निती लागु हुन सकेको छैन देशको समग्र राजनीति प्रणालीमा सुधार संगै विधिको शासन कायम हुनुपर्छ । यहाँ अवसर र विकल्पहरू बिना नै नियमहरू बनाइन्छन् जसले झन् समस्या उत्पन्न गराइरहेका देखिन्छन् । कहिले निजी विद्यालय जबर्जस्त बन्द गर्ने नीति ल्याइन्छ तर सरकारी विद्यालयको गुणस्तर उकासिदैन । यदि सरकारी विद्यालयको पठनपाठन र स्थरियता उकास्न सकियो भने निजी विद्यालय आफै बन्द हुन्छन् । कुनै तनाव लिनु पर्ने कुरै छैनन् ? निरपेक्ष रूपमा हेर्दा शिक्षा र सीपका लागि नेपाली विद्यार्थीहरू विकसित मुलुक पुग्नु निश्चय पनि सकरात्मक पक्ष हो । तर अन्य मुलुकहरूको दाँजोमा नेपाली विद्यार्थीहरू यति ठूलो संख्यामा बिदेसिनु चाहिं स्वाभाविक विषय पक्कै होइन । यसका कारण समग्र शिक्षा प्रणालीमा सुधार गर्ने प्रयास नगर्नु हो । राज्यका सम्बन्धी निकायले ढिला नगरी नेपाली विद्यार्र्थीहरूको बढदो पलायन लाई यथोचित कदम चाल्नु पर्छ। देशलाई केही दिन सक्ने उच्च शिक्षित युवाहरु पलायन हुनु र्दुभाग्य हो,तर निकम्मा भष्ट्र प्रशासन तथा राजनितिक क्षेत्र यसको उपचार खोज्ने भन्दा बैदेशिक विप्रेषणमा जोड घटाऊमा ध्यान केन्द्रित हुन्छन हाम्रा शासकहरू पनि यसको भागीदार हुन। युवापुस्तामा यति धेरै निराशा देखिन्छ कि शिक्षा क्षेत्रमा गरिने केही सुधारले मात्र निराशाको समाधान नहुन सक्छ । उर्लदो यस अवस्थाको निरकरणका लागि दीर्घकालीन योजना सहित राजनीतिक स्थिरता पहिलो शर्त हुन आउँछ । विदेशमा अध्ययन सकिनासाथ रोजगार पाउने सम्भावना भएकोले पनि पछिल्लो समय नेपाली विद्यार्र्थीहरू लोभिएका छन । अन्य कारकहरू, जस्तै अधिकांश विश्वविद्यालयहरूले शैक्षिक क्यालेन्डरहरूको नियमको पालना नगर्ने, परीक्षा तालिका आउनै वर्ष दिन पर्खनु पर्ने कलेजमा राजनीतिका कारण नियमित पढाइ नहुने, समय सुहाउँदा बिषषगत कोर्स आदि कारणहरू हुन । शैक्षिक संस्थाहरूले समयनुकुल शैक्षिक गतिविधिहरू सञ्चालन नगर्ने यि यस्ता विसंगतिहरूले पनि विद्यार्थीहरूलाई विदेश जान उस्काईरहेको छ । विगत लामो समयदेखि नेपाली विद्यार्थीहरु उच्च शिक्षा प्राप्तिका लागि विकसित देशहरुमा अध्ययनका लागि जाने संख्या ह्वातै बढेका छन् । हालको तथ्याङ्क अनुसार संसारमा ६६ मुलुकमा विद्यार्थी भिषामा पुगेका देखिन्छन् त्यसमा पनि मुख्यतः जापान, क्यानडा , अष्ट्रेलिया, न्युजिल्याण्ड , अमेरिका, कोरिया नै पहिलो गन्तव्य स्थाल बनेको छ ।
नेपालमा विद्यार्थीहरूलाई पढाइ संगै रोजगारको अवसर त्यति छैन । सबैको आर्थिक स्थिती समान छैन । विद्यार्र्थीहरूले आफ्नो डिग्री पूरा नगरेसम्म अध्ययन गरिरहनु पर्ने हुन्छ । बिकशित मुलकमा पढाई र रोजगारी संग संगै लान सकिन्छ बिकाशित मुलुकमा आकर्षण हुनु यो पनि एक कारण हो ! गुणस्तरीय शिक्षामा नेपालको सीमित पहुँच छ । नेपालमा धेरै प्रतिष्ठित शैक्षिक संस्था भएपनि उपलब्ध सिट संख्या सिमित छ, प्रतिस्पर्धा उच्च छ । यसको मतलब धेरै योग्य विद्यार्थीहरूलाई प्रवेश गर्न राजनितिक पहुँच चाहिन्छ । विश्वव्यापीकरणको समयमा नेपाली विद्यार्थीहरू अन्यत्र देशमा गएर अध्ययन गर्नु हाम्रो समाजले सकारात्मक रूपमा लिनुपर्छ, नेपालमा अध्ययन पछि प्राप्त डिग्री र सिप नेपाली बजारमा नबिक्ने स्थितिले पनि नचहदाँ नचहदाँ, कैयन विद्यार्र्थीहरू विदेश जानु परेका छ । विदेशमा विद्यार्र्थीले पाउने सुविधा नेपालको तुलनामा निकै बढी छ । त्यसैले स्थायी रूपमा वा लामो समयसम्म बस्न विदेशमा अध्ययन गर्न रूचाउछन । शिक्षामा न्युन गुणस्तर र असमान पहुँच, भौगोलिक विकटताका कारण अपेक्षित रूपमा शिक्षा क्षेत्रमा राज्यले नतिजा निकाल्न सकिरहेको छैन, यही अबस्था रहिरहने हो भने शिक्षा क्षेत्रको लगानी अझै स्वाहा हुने क्रम रोकिने छैन । नेपालको पाठ्यक्रम हेर्दा कयौ देशको तुलनामा अग्र स्थानमा देखिन्छ तर प्रयोगात्मक रुपमा निकै तल देखिन्छ ।
तथ्याङ्कलाई नियालेर हेर्दा यस्तों लाग्छ अवको १० वर्ष पछिको नेपालमा १) धेरै विद्यालयहरु विद्यार्थी वहिन हुनेछ २) विश्वविद्यालयमा कक्षा कोठा र प्राध्यापक मात्र हुनेछन् ३) दक्ष र अदक्ष जनशक्तिको चरम अभाव हुनेछ ४) गाउँका शहरका हरेक घर खण्डहर बृद्धाश्रममा परिणत हुनेछन ५) अधिकांश कृषियोग्य जमिन बाँझो रहने छ ६) औद्योगिक उत्पादनले उपभोक्ता पाउने छैनन् ७) ग्रामीण क्षेत्रमा बाँदरले मानवलाई विस्थापित गर्नेछ ८) गैर आवासीय नेपालीहरु अनुकुलका राजनैतिक दल हुनेछन् तसर्थ यसको समाधानका लागि सबै क्षेत्र गभिर भएर लाग्नु पर्ने देखिन्छन् । कहिले काँही यसरी नेपाली विद्यार्थीहरु विदेशिनुमा सैशिक परामर्शदाता Educational Consultancy को प्रमुख हात छ भनेर चर्चाहरु बाहिर आउने र तिनीहरूलाई बन्द गराउने प्रयासहरू गरिन् खोजिएका कुराहरू पनि आउँदछन तर नेपाली विद्यार्थी स्वदेशमा नैं रोक्ने र उनीहरुलाई अवसर प्रदान गर्ने हो भने त्यी परामर्श आफै बन्द हुने छन् ।
अर्को कुरा कमसेकम यी संस्थाहरुले वैधानिक रुपमा त पठाइदिएका छन् यदि तिनीहरू नभएको भए जसरी पनि जानेहरू गहिनै छाड्ने थिए । अचम्म लाग्छ, यो देशको सरकारको नीति, नियम, कार्यान्वयन । सामान्य Tiktok को कुरा गरौं, नेपाल मा बन्देज गरिएका छन् तर मन्त्रीका नाम मा नैं Tiktok आइरहेका छन् । चलाउने हरूले विकल्प खोजेर चलाएकै देखिन्छन् । तसर्थ कुनै पनि निर्णय गर्दा पारदर्शी रुपमा कुनै कमिसनको खेलमा नलागी गरेमा यी र यस्ता समस्याले समाधान पाउने छन् ।
लेखक भाषा संघ नेपाल LAN को संस्थापक अध्यक्ष हुनुहन्छ ।
नेपाली विद्यार्थी विदेशिनुको कारण र यसबाट उत्पन्न हुने समस्या र समाधानका उपाय
प्रतिकृया दिनुहोस्