Pokharapatra National Daily

कांग्रेसका नेताहरूले पनि सोच्चनुहोस

युव राज खनाल, तनहुँ
बि सं. २००६ मा सुवर्ण समशेर र बि पी कोइरालाको पार्टि मिलेर नेपाली कांग्रेसमा परिणत भएपछि बि पी कोइरालाले सुवर्ण समशेरकै पार्टिको झण्डालाई नयाँ पार्टिको झण्डा बनाउने निर्णय गर्नुभयो । नेपाल डेमोक्र्याटिक कांग्रेसले प्रयोग गरि आएको अहिलेको नेपाली कांग्रेसको झण्डालाई मान्यता नदिन परेको दवावलाई प्रतिकार गर्दै बि पी कोइरालाले भन्नु भयो– ‘धेरै संख्यामा बनाइ सकिएका ती झण्डा अस्विकार गर्दा ठुलो आर्थिक क्षति हुन्छ ।
झण्डामा भएका चार ताराले राष्ट्र–राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धर्म स्वतन्त्रताको प्रतिनिधित्व गर्दछन भने, रातो धर्का मध्ये एउटाले प्रजातन्त्रका लागि क्रान्ति, सेतोले शान्ति र अर्काे रातोले प्रजातन्त्र संरक्षणका लागि सुकिला–मुकिलाहरुस ‘भूँइफुट्टा वर्ग’ को बिरुद्ध पुनः क्रान्ति भन्ने मान्यता राखेका छन । तर अहिले बदलिएको सन्दर्भमा ती मान्यताहरु संकटमा परेको अवस्था छ । नेपाली कांग्रेसको बिधान २०१७ को (संसोधन २०६६) परिच्छेद १ को दफा २ मा उध्येश्य बारे लेखिएको छ, जहाँ धार्मिक स्वतन्त्रता बारे केहि बोलिएको छैनस केवल राष्ट्रियता, लोकतन्त्र र समाजवाद मात्र उल्लेख छ ।
नेपाली कांग्रेसले राष्ट्रियताको व्याख्या गर्दा सम्बैधानिक राजतन्त्रलाई मान्यता दिएको थियो, तर अहिले राजतन्त्र छैन । देश संघिय गणतन्त्रमा गईसकेको छ। प्रजातन्त्र जनजीविकाको लागि नभएर सुकिला–मुकिलाहरुको विलाश बनेको छ, प्रजातन्त्रको नाममा कुसंस्कारहरु भित्रिएका छन् । कांग्रेसले समाजवाद छोडिसकेको छ त्यसको स्थान ‘महतोनोमिक्स’ले लिएको छ । असमानता बढेको छस आर्थिक न्याय छैन । पन्चान्नब्बे प्रतिशत आवाजको उपेक्षा गर्दै धार्मिक स्वतन्त्रतालाइ एक कदम अगाडि घचेटेर निरपेक्ष तिर धकेलिएको छ । कांग्रेसको संस्थागत बिकास र बिस्तार संकुचित पारियोस प्रजातन्त्रको यो ढुकढुकि अब अर्काको निर्णय लेखिदिने शक्ति हुन पुग्यो । वास्तवमा संघियता, गणतन्त्र, धर्म निरपेक्षता नेपाली कांग्रेसको राजनैतिक दर्शन होइन । झण्डाका चार ताराहरु मध्ये यौटाले धार्मिक स्वतन्त्रताको वकालत गर्छ तर त्यो तारा अहिले कता कता संकटमा देखिएको छ ।
देशमा अहिले राजनितिक पार्टीहरुका कारण राजाबादिहरु सलबलाउन थालेका छ्न । राजा आउ देश बचाउ जस्ता नारा दिएर हिडेका छ्न । वास्तवमा राजा नहुँदैमा राष्ट्रियता कमजोर हुन्छ भन्ने कुरा प्रमाणीत छैन । राजतन्त्र फ्यालेर बलियो हुने देशहरु पनि छनस जस्तै फ्रान्स । राजतन्त्र रहँदैमा अस्तव्यस्त हुने पनि होइन । हामीले भन्ने गरेको ‘वेष्टमिनिष्टेरियल‘ प्रजातन्त्रको जननी वेलायतले राजतन्त्रलाइ राष्ट्रियताको प्रतीकको रुपमा मान्दै आएको छ र ऊ त्यतिनै ब्यवस्थित र सम्पन्न पनि छ । त्यसैले व्यवस्थापनमा हुने कमजोरीलाइ संस्थागत कमजोरी मानेर गल्ति लुकाउनु हुन्न, जुन नेपालमा हुँदै आएको छ। तर बीपीले राष्ट्रियताको सवालमा राजतन्त्रको अपरिहार्यता देख्नुमा आन्तरिक रुपमा पृथ्विनारायण शाहको एकीकरणलाई बिस्तारवाद भनाउन चाहने कटकटिएको तुष र वाह्य रुपमा हिमाली भेगलाई आफ्नो सुरक्षा पर्खाल मान्ने भारतीय नीति र उत्तर तर्फ चिनियाहरुको तिब्वती नीतिको सन्तुलन वा प्रतिरोध प्रमुख हुन। पृथ्विनारायण शाहको एकीकरणलाई बिस्तारवाद भन्नेहरु झन सतहमा आएका छन भने चीन र भारतको सुरक्षा चासो झन बढेर गएको छ। यसलाई डिफेन्स गर्ने विकल्प देशसंग तयार छैन । रास्ट्रबादी नेता भनेर के पि ओलि लाई औल्याउँदै हिड्नेहरुले अहिले एक पटक सोच्नु पर्ने हो कि नेपालमा भएको राजनीति गतिविधिमा मा चिनियाहरुलाई नेपाल भित्र्याउनु कत्तिको रास्टियता भाको छ भनेर । काङ्ग्रेसको संस्थागत बिकास र बिस्तार संकुचित पारियोस प्रजातन्त्रको यो ढुकढुकि अब अर्काको निर्णय लेखिदिने शक्ति हुन पुग्यो । वास्तवमा संघियता, गणतन्त्र, धर्म निरपेक्षता नेपाली कांग्रेसको राजनैतिक दर्शन होइन, मान्न वाध्य भएको हो जुन नेताहरू बाट पनि सुन्ने गरिन्छ । नेपाली काङ्ग्रेसको झण्डाका चार ताराहरु मध्ये यौटाले धार्मिक स्वतन्त्रताको वकालत गर्छ तर त्यो तारा अहिले संकटमा छ ।
यसै अनुरुप २०४६ को आन्दोलनसम्म काङ्ग्रेसले नेतृत्व गर्यो र सम्बैधानिक राजतन्त्र सहितको प्रजातन्त्रमा साम्यवादीहरुलाई झुकायो । हालांकी आन्दोलनको उर्जा थपिदिने काममा भारतीय नेताहरुको चाक्सी बारीमा भएको गर्जनले हौसाएको थियो । आन्दोलनकारीहरुले त्यसलाई हस्तक्षेप पनि देखेनन, तर मधेश आन्दोलनमा हस्तक्षेप देखिएको थियो । त्यतिबेला नेपाल बिरुद्ध लगाएको एक महिना भन्दा लामो नाकावान्दिलाई भारत निष्कर्षमा पुर्याउन चाहान्थ्यो । यहाँसम्म प्रष्ट के थियो भने– काङ्ग्रेसले सम्बैधानिक राजतन्त्रको आफ्नो मान्यतामा राजा र साम्यवादीहरुलाइ सहमत गराउन सक्यो ।
तर सबै नेपाली शक्ति सहमत भएको यहि मान्यतामा चाक्सीबारीमा गर्जेको भारतीय मन सहमत थियो वा थिएन भन्ने कुरा पछि माओवादी आन्दोलनमा देखियो। जुन मधेश आन्दोलनमा देखाएको थियो, त्यहीं सिके रावतहरु पनि छन । सके आफ्नो अभिष्ठ अहिल्यै पुरा गराउने, नसके सिकेलाइ अघि बढाउने मनसाय बुझिएकोले नेपाली जनता रुष्ठ देखिएका छन । लुकामारी खेल्दै–खेल्दै बाह्र बुंदे दिल्ली सम्झौतामा ल्याएर काङ्ग्रेसलाई सम्बैधानिक राजतन्त्र त्याग्ने गरि झुकाइयो। यसपछि काङ्ग्रेस बिस्तारै अर्काको लागि निर्णय लेखिदिने शक्ति हुन पुग्यो । वास्तवमा २००७ देखि अडकिएको सम्बिधान सभाको काम कारवाहीलाइ नेपाली कांग्रेसले आफ्नो मान्यता भने पनि संघियता, गणतन्त्र धर्म निरपेक्षता नेपाली कांग्रेसको राजनैतिक दर्शन हुँदै होइन, मान्न वाध्य भएको हो ।
यसरि नेपाली कांग्रेसको झण्डा र त्यसका संकेतहरु बदलिएका राज्यका नितिहरुसंग मेल नखाने गरि प्रतिबिम्बित हुन थालेको देखिएकोले पुनर्परिभाषित गर्नु पर्ने देखिन्छ। एउटा रातो धर्काको मान्यता हो पुनः क्रान्ति अर्थात नयाँ मान्यताहरुको नयाँ परिभाषा सहित नेपाली कांग्रेसलाइ राष्ट्र, जनजीविका, बिकास र स्थायित्वको जगमा उभ्याउने गरि फेरी जरैदेखि गर्नु पर्ने आन्दोलन गर्नु पर्ने हो कि जस्तो देखिन्छ । नेपाली काङ्ग्रेसको वर्तमान नेतृत्वले स्पष्ट रूपमा न कुनै कार्यक्रम दिन सकेको छ, न त कुनै कार्यदिशा नै छ । कम्युनिष्टहरूको लहलहैमा लागेर यही नेतृत्वले पार्टीको आकार कहाँ पुरÞ्यायो यहाँ भनिरहनु नपर्ला, जनताले पुन बैकल्पिक जाने ठाउँका रुपमा काङ्ग्रेसलाई त हेर्लान तर काङ्ग्रेस नेतृत्व सुधारिएर जनता समक्ष पुग्नु पर्ने देखिन्छ । शासकले कुनै गल्ती गर्दा बा सत्ताको कदम लोकतन्त्रको परिधि भन्दाबाहिर जादा त्यसलाई खवरदारी गर्ने र सच्याउन दवाव दिने दाहित्व प्रमुख प्रतीपक्षको हो । तर काङ्ग्रेसले गर्यो कि गरेको छैन ? सोच्नु पर्छ ।
सोझो अर्थमा हेर्दा बहुदलीय ब्यवस्थामा एउटा दलले चुनावी लाभ हेर्नू खासै अन्यथा होइन तर स्वार्थदृस्ठिले लोकतन्त्र र शासन ब्यबस्थाकै मुल्यमा राखियो भने त्यो चाहिँ अस्वस्थकर र र्दुरभाग्य पुर्ण हुन्छ । नेपाली काङ्ग्रेस जस्तो पार्टी चुनाव सग डराउने त प्रश्न नै भएन तर सम्बिधान बिपरित भएका गतिविधिमाथी सम्बिधानको अन्तिम ब्याख्या गरि सर्बोच्चले फैसला पनि दिने नै छ , त्यो भन्दा पनि गहन कुरा भनेको एक सबल पार्टी देशकै सबैभन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेस यसमा स्पष्ट हुनु नै पर्छ । अहिले दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री बाट संविधान माथी नै कु भइरहेको छ । यस बारे नेपाली काङ्ग्रेस स्पष्ट हुन सकिरहेको छैन । कयौ बलिदान र सङगर्सका साथ आएको संविधानको गला निमोस्ट्ने काम नेकपा का नेता तथा प्रधानमन्त्री मन्त्री के पि ओलि बाट भएको छ । यसको नेपाली काङ्ग्रेसले सडकमै पुगेर बिरोध गर्नु पर्ने देखिन्छ । सर्बप्रथम त नेपाली काङ्ग्रेसको दाहित्व भनेको सम्बिधानको संरक्षण गर्नु हो । यदि संविधान सम्बत सम्सद को पुनर्स्थापना भएन भने नेपाली काङ्ग्रेस जस्तो पार्टी चुनाव सग डराएर भाग्नु पर्ने देखिदैन । सम्सद पुनरस्थापना भयो भने कुनै हालत पनि नेपाली काङ्ग्रेस सरकार जाने सपना नबोक्दा काङ्ग्रेसका लागि उत्तम हुने छ । यदि चुनाव हुने भयो भने उक्त चुनावमा , चुनावी तालमेल भुलेर पनि नगर्नु काङ्ग्रेसका लागि हितकर हुनेछ । यदि फेरि तेस्त्तो भयो भने नेता महोदय कै दुर्गती हुने छ । चुनाव पछिको सरकार बनाउन नेपाली काङ्ग्रेस आफै पहल गर्दा उत्तम्म हुने छ तर कसै सम्भावना नभएका खण्डमा सरकार बनाउन तालमेल गर्ने काङ्ग्रेसले नै पहल गरोस ।
नेपाली काङ्ग्रेस भित्र पनि अप्रजातान्त्रिक गति विधि मौलाएका छ्न । नेपाली काङ्ग्रेसले आफ्नो नियमित महाधिवेशन गर्न सकिरहेको छैन । विधि र बिधान अनुसार पार्टी नचलेको हो कि भने भन्ने कार्यकताको ठहर छ। क्षणिक रुपमा प्रधानमन्त्री, मन्त्री या कुनै लाभको पद पाउने आशामा नेपाली काङ्ग्रेसले पुन गल्ती दोर्यायो भने नेपाली काङ्ग्रेसका लागि दुर्भाग्यपूर्ण हुने छ यो कुरा नेपाली काङ्ग्रेसको नेतृत्वले नभुलोस । जय नेपाल ।

प्रतिकृया दिनुहोस्