Pokharapatra National Daily

नेताहरुलाई दोष दिनुभन्दा अगाडि किन सोच्दैनौं हामी

युवराज खनाल, तनहुँ
बर्तमान अबस्थामा जनता आजित भएका छ्न । जताततै एउटै गुनासो, एउटै नैराश्यता अनी एउटै आरोप सुनिन्छ, देशको यो हालतको जिम्मेवार यहाँका नेताहरु हुन। कार्यकर्ताहरु हुन । यीनिहरुले नै देश बिगारे !
यो भनाइमा आशिंक सहमत हुन सकिएला तर पुर्णसहमत हुन सकिँदैन किनभने नेता भनेका कुनै अर्कै ग्रहबाट आएका ‘एलिएन’ होइनन कि जो अचानक प्रकट भएर हामीमाथी शासन गरुन । ती त हाम्रै समाजका सहउत्पादन हुन। तपाईं हाम्रै प्रतिनिधि अनुहार हुन र तिनिहरुलाई जन्माउने हुर्काउने र मदमस्त हात्ती बनेर मात्तिने आधार प्रकट गर्ने स्वयं हामी हौं, नकि कुनै तेस्रो ग्रहको अदृश्य शक्ति हो । दोषी म हो, तपाईं हो र हामी सबै हौ ।
हाम्रो दुर्भाग्य हामीले नेता त जन्मायौं तर एउटापनि राजनेता जन्माउन सकेनौं । शासक जन्मायौं तर एउटापनि कुशल प्रशासक जन्माउन सकेनौं । लुटेरा स्वार्थ नेता मात्रै जन्मायौ । जन्मजात घुम्नेकुर्चिमा तानाशाह भएर कोहि जन्मिदैन। तिनिहरुलाई त्यो स्थानमा पुर्याउने हामी हौँ, मोहनदाशलाई गान्धी बनाउने हामी हौं । आखिर दोस तपाई हाम्रो पनि छ । दुर्गम झोपडीमा जन्मेर सिंहदरबारको अन्धो कुर्सीमाथी बिराजमान गराएर श्री ८ बनाउनेपनि हामी हौं । टोलटोलमा टोलेराजा जन्माएर पिर्के सलामी दिनेपनी हामी हौं । उनीहरुकोे झोला बोकेर, चाप्लुसी गरेर, हरेक गल्तिलाई सहि भन्दै अन्धभक्त समर्थक भएर तिनिहरुभित्र सुतेको जङ्गबहादुर जन्माउने हामी हौं । हिटलर मुसोलोनी जन्माउने हामी हौं । सहि व्यक्ति, सहि स्थान छनौट गर्न नसकेर गलत व्यक्तिहरुलाई शत्तामा पुर्याउने अनि बर्बाद गर्यो, सखाप गर्यो भनेर आँसु बगाउने पनि हामी हौं। केवल हामी हौं ।
दोषी नेताहरु होइनन्। प्रमुख दोषी हामी हौं, जसले प्रजातान्त्रिक संस्कारमा व्यक्ति चुन्न पाउने अधिकारको सहिप्रयोग गर्न जानेनौं र अनुपयुक्त पात्रलाई अनुपयुक्त स्थानमा चुनेर पठायौं । प्रतिवाद गर्न मन लाग्छ। आफैलाई चिथोर्न मन लाग्छ। चिच्चाएर संसारलाइ सुनाउन मन लाग्छ ‘नेताहरुले बिगारेका होइन देश । तिमिले बिगारेको हो। मैले बिगारेको हो, हामी सबै मिलेर बिगारेको हो’ भनेर । कसरी भन्न सक्छौ नेताले बिगार्यो देश भनेर ? देश बिगार्ने, भ्रष्टाचार गर्ने, देशको भुगोल बेच्ने दुस्साहस कसरी पैदा भयो नेतामा ? अर्को मुसोलिनी कसरी जन्मियो नेताभित्र ? देशमा कोरोनाले अत्तालिएका बेला मध्याब्धी मा जाने नेतालाई पठाउने पनि तपाईं हामी । गोयबल्स शैलीका हामीहरुको क्षमताले महात्मा गान्धी कहिले जन्मिन्न । हामीले जन्माउने भनेको हिटलर हो र अहिलेसम्म जन्माएका पनि हिटलर नै छौं । कुन नैतिकताले आरोप लगाउँछौं मात्र नेता कार्यकर्तालाई ? र आफू पानी माथिको ओभानो बनेर बस्छौं ।
बादरले प्रकृतीनैं भत्काउने हो र बिगार्ने हो । घर बनाउन बादर पठाउने अनि रुने पनि ? भताभुङ्ग पार्यो, खत्तम पार्यो, रुनुनैं थियो किन सुम्पियौं बादरलाई आफ्नो सुन्दर घर, सुन्दर बगैँचा अनि साँचिएका सपनाहरु ? हामीले थाहा पाउनुपर्ने हो कि होइन ? बादरले भत्काउँछ । बादरले बिगार्छ किनकी त्यो उसको बानी हो, त्यो उसको धर्म हो। त्यस्ता बादरहरुलाई आफुमाथी शासन गर्ने अधिकार सुम्पिनेबेला मदहोस भएर झुठा आश्वासन, भाषण अनि रक्सी मासुमा नैतिकता बेच्ने! अनि पछि कराउने पनि सबै भत्कायो भनेर ? कागतीको बुटा रोप्छौं अनी कराउछौं आँप किन फलेन भनेर ? सिस्नु रोप्छौ अनि गाली गर्छौ गुलाब किन फुलेन भनेर ? रोप्नुभन्दा पहिले सोचेनौ तिमी के रोप्दैछौ? तिमीलाई थाहा छैन ? जे रोप्यो त्यही फल्छ यो प्रकृतिको नियम हो । गधा पाल्यौ अनि दूधको आशा गर्छौ ? दुध पिउनुथियो त गाई पाल्नुथियो यो कुरासम्म हामीले बुझ्न सकेनौं भने अरुलाइ सरापेर हुन्छ ? नेतालाई गालि गरेर हुन्छ ?
देश भनेको घर हो । कहिले सोच्यौ घर बनाउने गलत मिस्त्री छनौट गर्दा के हुन्छ ? गलत मिस्त्री छनौंट गरेर घरको छानोको जिम्मा दिने अनि त्यही छानो भत्केर अपाहिज हुने, घाइते हुने हाम्रो नियती हा।े र यो नियती हामी वर्षौदेखि भोग्दै छौ । र ठोकेरै भन्छु अझ कैयौ वर्ष भोग्ने पनि छौं, त्यतिबेलासम्म जबसम्म हाम्रो चेतनाको दियो बल्दैन। त्यतिबेलासम्म जबसम्म हामीभित्र स्वाभिमानी नागरिक जन्मिदैन । कुन इतिहासमा लेखिएको छ हामीलाई अरुले बनाएर दिन्छ भनेर ? जे बनाउनु छ आफै बनाउनु छ। जे रोप्नु छ आफै रोप्नु छ र जुन बीउ रोप्यौं त्यसैको फल काट्नु छ । दोषी कुनै सति होइनन् । न त सतिले सरापेको नेपाल खाल्डो नैं हा े। दोषी तिमी, दोषी म दोषी हामी हौं । हाम्रो चरित्र दोषी हो। हाम्रो चेतनास्तर दोषी हो। हाम्रो चाकरीबाज अनि शक्ति। सत्ताको ‘ज्यु हुजुरी’ गर्ने बेचिएको नैतिकता दोषी हो । नेताहरुलाई दोष दिनुभन्दा अगाडि किन सोच्दैनौं हामी ? एकपटक होइन बारम्बार गलत छनौट किन ? एकपटकको धोकाले नचेतेर बारम्बारको धोका किन ? थाहा छ फोहोर भइसक्यो, गन्हाइ सक्यो त्यैपनी त्यही बासी सडेगलेको आचारमामा झिङ्गा जस्तै भन्किरहने हामी । किन ? कहिलेसम्म ? कहिलेसम्म हामी झोले भनेर बस्ने ? कहिलेसम्म पार्टीका हनुमान छाप भएर जिन्दगी बिताउने ? कहिलेसम्म भ्रष्ट नेताहरुका धुर्त पाशाहरुको शकुनी खेल हेरेर रमाउने ? हामीले बुझिसक्यौ यी भ्रष्ट शकुनिहरुबाट देश बन्दैन । फेरि किन यीनै धृतरास्ट्रहरुको जिम्मा लगाउछौ आफ्ना सपनाहरु, आफ्ना रहरहरु र सन्तानका भविष्य ? दोषी कोही एकजना होइन दोषी हामी सबै हौं । ज–जसले यी भ्रष्टहरुलाई देश बनाउने जिम्मेवारी दियौं । अन्ध समर्थक बन्यौं । थाहा थियो यी आफु बन्नेछन तर देश बन्नेछैन। आफु बाच्नेछन तर देश हार्नेछ। आफु जिउने छन तर हाम्रा सपना मार्ने छन । आज ओलि पनि तेहि देखाए फेरी हाम्रै सपनाहरूको सामुहिक चिहानमा उभिएर फेरि अर्कोपटक हाम्रै घर दैलोमा आउनेछन भोट माग्न, चुनाव जित्न । धुर्त ओठहरु बाहिर कृतिम मुस्कुराहट बोकेर, गुलाफको फुलभित्र छुरा लुकाएर । त्यैपनि हामी यीनीहरुमाथी नैं भरोसा गर्नेछौं। जिम्मेवारी दिनेछौ, आफ्नो रोएको भुत र रुँदैगरेको वर्तमान सजाउन । भत्केको हाम्रो छानो अनि चर्केको पार्टी बनाउन । तर फेरि हाम्रो दुर्भाग्य! नयाँ छानो त कताकता, भएकै छानो झन भत्काउने छन। बचेको पेटिमा प्वाल पार्नेछन। चिथोरेर मार्नेछन नेता दोषी होइनन्, हाम्रो हाम्रो सोच दोषी हो । हाम्रो छनौट दोषी हो, हाम्रो मानसिकता दोषी हो । बाजे बराजुको पालादेखी देख्दैछौं कहिले घर बनाएनन यी आधुनिक नेता नामक बादरहरुले अनि भित्रभित्र बुझेका पनी छौं यीनीहरुको हातबाट हाम्रो सुन्दर घर कहिले बन्दैन पनि । तैपनी फेरि बारम्वार। एक पटक होइन बारम्बार तिनै बादरलाई अख्तियारनामा दिएर पठाउछौं । फेरि एउटा बादरको सपनाभित्र हाम्रो घर बनाउने, हाम्रो जिन्दगीमा सुख समृद्दी ल्याउने सपना देख्छौं । फुलमाला लगाएर पठाउछौ अरु धेरैधेरै बादरहरुको ठूलो हुलमा नयाँ बानेश्वर तिर तर उ सत्ताको सिहासनमा हराउछ । मदहोस भएर श्रीपेच लगाएर बस्छ । चिन्दैन हामीहरुलाइ । गन्दैन कसैलाइ । आफू हिडेको आगन बिर्सिन्छ र आफु अडेको जमिन चिन्दैनन ।
आखिर कहिले सम्म? कहिलेसम्म यी बदरहरुको विश्वासमा आफ्नो भविस्य तहसनहस गर्ने हामी ? भुत बर्बाद भएको छ। वर्तमानको अत्तोपत्तो छैन। भविस्य अन्धकारमय छ फेरि पनि किन विकल्प नखोज्ने हामी । आजको आवश्यकता भनेको झुठो नारा र उग्र रास्ट्रवाद होइन। खानेपानी हो, स्तरीय विद्यालय हो, बाटोघाटो हो, स्वास्थ हो । कसैले अकालमा मर्न नपरोस । एउटा् उचित अस्पताल होस। हिडन लायक सडक र गुडन लायक आगन होस । स्तरीय खानेपानी र शिक्षा होस। यो गन्हाएको राजनिति र भ्रष्टहरुको लुटतन्त्रबाट जोगिन एउटा बैकल्पिक शक्ति चाहिएको छ। अझै जोडदिएर भन्छु एउटा हिटलर चाहिएको छ । मुसोलिनी चाहिएको छ। टुडिखेलको चौरमा ठिङ्ग उभिएको जङ्गबहादुर होइन रगत लत्पतिएको खुकुरी बोकेर भ्रष्ट अनि बिकृती बिरुद्द जाइलाग्ने एउटा भिमदत्त चाहिएको छ ।
कहिलेसम्म एक हुल ढेडु र एक हुल बादरको हातबाट यो शुन्दर फुलबारी, यो प्यारो नेपाल लुटाइरहने ? भत्काइरहन ? अनि हामी टुलुटुलु हेरिबस्ने लाचार भएर? निरीह भएर भुपी शेरचनले भनेजस्त ै। हामी अन्धा हौं। हामी दिमाग भएर पनि दिमाग नभएका मुर्ख हौ । मरुभूमिमा छाडिएका एकहुल भेडा हौ । हाम्रो काम भनेको आफ्नै आँखा अगाडी सुन्दर फुलहरु च्यातिएको, रेटिएको, निमोठिएको हेरिरहने। आखिर कहिलेसम्म ? यी भत्किएका सडक अनि च्यातिएका रहरहरु हामीलाई गिज्याइरहेछन। आखिर कहिलेसम्म ? हामी नेपाली जो पर्यौ। धेरै बुद्धिमान छौं र पो बारम्बार दुधको चौकिदारी गर्न बिरालोलाई पठाउरहन्छौं। अनि सपना पनि देखीरहन्छौं भोलि यो दूध जमेर दहि बन्नेछ अनि त्यो मीठो दहिबाट मिठामिठा परिकार बनाएर खानुपर्छ भनेर। भोका कुपोषणले ग्रसित बच्चाहरुलाई पनि खुवाउनुपर्छ भनेर । तर दुर्भाग्य त्यो दहि कहिलै जमेन र लेखेर नै राख्नुहोला यी चंडाल लफंगा बादरहरुको हातबाट कहिले जम्नेपनी छैन। फेरि एकपटक भन्छु, दुनियाले सुनोस, संसारले सुनोस। यी डाँडाकाडा भिर पखराले सुनोस।
अहिले बादरहरुको व्यापक बिरोध भएको छ। पछुताएका छन टोलबासीहरु, धिक्कार्दैछन आफैलार्इ । तर यो पछुताव थोरै हो। यो धिक्कराइको कुनै अर्थ छैन। भोलि फेरि चुनाव हुनेछ, सत्ताको माड खाएर झन बलियो बाङ्गो भएका बादरहरु झर्नेछन सिँहासनबाट र फेरि चुनाव लडनेछन् । अहिले जति नै एकअर्काका दुश्मन भएपनि यी बादर र ढेडुहरुबिच कार्यगत एकता हुनेछ। मोलमोलाइ हुनेछ। बगैंचाहरु भाग लगाइनेछन ्। हाम्रा सपनाहरुमाथी बार्गेनिङ्ग चल्ने छ । कुनै योजना छैन यी बादरहरुसँग । कुनै सपना देखेका छैनन यी ढेडुहरुले। केही भिजन बनाएका छैनन यी मुर्खहरुले। यी त केवल सपना देखाउन आएका हुन। भावना किन्न आएका हुन। सम्मान थापेर आफुलाई जङ्गबहादुरको सन्तान सम्झिदै मच्चिन आएका हुन। कलाविहिन कलाकार हुन, कलाकारिता देखाउन आएका हुन । अब ४ मैना पछि चुन्ने अवसर आउनेछ। अवसर आउनेछ आफ्नो भाग्य विधाता, आफ्नो सुन्दर बगैचाको चौकिदारको छनौट गर्ने। यसपटक भने केही नयाँ सपना देख्नुपर्छ। केही नयाँ सम्भावनाहरु खोज्नुपर्छ। भावनाले होइन विवेकले चलाउनुपर्छ आफुलाई। बादर र ढेडुहरुको बिरुद्दमा भिजनको आवाज गुन्जीनुपर्छ। सपनाको मार्गचित्र कोर्नुपर्छ। नयाँ सपना देख्नुपर्छ । हाम्रा अधेरा भिर पाखामा पनि बत्ती बल्छ कि? हाम्रो सुकेको आँखाले पनि सपना देख्छ कि? हाम्रो हाँसो हराएको उजाड ओठमा पनि लाली छाउछ कि? एउटा विश्वास लिएर फुलाउनुपर्छ, आउने वसन्तमा नयाँ पालुवाहरु, नयाँ सपनाहरु र नयाँ सम्भावनाहरु। अब बुझ्नुपर्छ हामीले बादरहरु पहिलेभन्दा हट्टाकट्टा भएर आउनेछन। अब ढेडुहरुको हिडाइले जमीन थर्किनेछ। सुन्दर बगैंचा लुटेर ढाडिएका बादररुपी नेताहरु झन ढाडिएर अबको चुनाव मा पनि आउनेछन। फेरि एकपटक सपना बाडनेछन। आश्वासन बेच्नेछन र फेरि सपनाहरूको हत्या गर्नेछन। बादरहरुको र ढेडुहरुको चटक सुरु हुनेछ, कलाकारिता सुरुहुनेछ फक्नेहरु फकाइनेछ्न, बिक्नेहरु किनिनेछन। आधुनिक भेडाहरुलाई मनपर्ने रक्सी, मासु र पैसाको खोलो बगाइनेछ र स्वाभिमानको आवाज गुन्जाउनेहरुलाई रणनीतिकार षडयन्त्रकारीको आरोप लगाइनेछ। भेडाहरुका आँखा चम्किनेछन।अरियाल हरु झम्टिन लागि पर्ने छ्न । मुखमा पानी रसाएर बसेका झोलेहरुको दशै आउनेछ र फेरि हामीलाई सपना देखाइनेछ विकास, समृद्धि, स्वास्थ अनि शिक्षाको ।
हामी फेरि पनि यीनै नेताहरुका झुठा सपनामा आफुलाई बेच्नेछौं। किनकी यी नेताहरु त पुराना पो हुन्। यी बादरहरु त आफ्नै पो हुन्। मेरा बुवा बराजुले मान्दै आएका। मेरा बाउबाजेको पालादेखी चुनिदै आएका। हामी आस्थाका राजनीति प्रती बिश्वास लिनेहरु । अँह! अरु कोही चाहिन्न अब हामीलाई। नयाँहरुको के भरोसा? यीनै नेताहरुले, यीनै बादरहरुले बनाउने छन हाम्रो फुलबारी। यीनै बादरहरुले सिगार्ने छन हाम्रो करेसाबारी । ‘यो बादर त्यो बादर’ भन्नु केही छैन । ‘यो नेता त्यो नेता’ भन्नु केहि छैन । हामी परिवर्तन हुन चाहन्नौ र परिवर्तन भएको पनि हेर्न सक्दैनौं आफुलाई। चुनावमा जुन मुर्ख उठेपनी हुन्छ। किनकी हामीले कुनै सेवक जिताउनु छैन शासक जिताउनु छ। बादर जिताउनु छ, हामिले त बादरहरुको पार्टी जिताउनु छ। भ्रष्ट बादर जितोस कि बलात्कारी बादर जितोस। बादरहरुको हाइकमान्डबाट जसलाई खटाइएको छ, त्यसैलाई जिताउनु छ । देश बनाउछु भनेर हिडेका त्यो हुलमा सम्भावना भएका अनुहार पनि छन। परिवर्तनका संभावना पनि छन तर हुन्न कदापि हुन्न हामीले तिनीहरुलाइ कदापी छान्नु हुन्न। किनकी ती हाम्रो पार्टीका होइनन्। हाम्रो बाउले जिताएकावाला होइनन। हाम्रो बाजेले रुचाएका होइनन। जति नै गन्हाएको बोको किन नहोस त्यसैलाई चुन्नु छ। जति नै धुर्त किन नहोस त्यसैलाइ छान्नु छ, किनकी त्यो मेरो हो। मेरो पार्टीको हो, मेरो खानदानी नेता हो। व्यक्ति जस्तो होस पार्टीले जिते पुग्छ। धरातलमा केही होस नहोस नाराले जिते पुग्छ। हो बास्तबमा हामी सबैको मानसिकता नै यस्तो छ । आज मुलुक यो अबस्थामा आएको छ । किन देशका लागि सोच आएन । देशले यति महङ्गो चुनाव थाम्न सक्ने अबस्थामा छ कि छैन ? किन सोछ आउन सकेन ।

प्रतिकृया दिनुहोस्