Pokharapatra National Daily

सहकारी एक – जानकारी अनेक

-डिल्लीप्रसाद ढुंगाना
देश विकासमा विभिन्न क्षेत्रहरु क्रियाशिल भएका हुन्छन । देश विकासको लागि सबैभन्दा ठूलो भूमिका सरकारको हुन्छ । तर सबै काम सरकारले मात्र गर्ने सम्भव हुदैन । देश र समुदायको विकास‌को लागि नीजि लगानिकर्ता उद्यमी व्यवसायी र सहकारी संग सहकार्यको उत्तम विकल्प हो । नेपालमा सहकारी क्षेत्रको विकासको लागि वि.सं. २०१० सालमा सहकारी विभागको स्थापना गरिएको थियो । त्यस भन्दा पहिला नेपालमा बाहुन क्षेत्री समुदायमा पर्म, गुरुङ समुदायमा नोगार, थकाली, भोटे, नेवार समुदायमा ढिकुडी व्यवस्था प्रचलनमा थियो ।
देश विकासका लागि आर्थिक क्रियाकलाप हुनुपर्छ । आर्थिक क्रियाकलाप विना देशको विकास हुन सक्दैन । हाम्रो देशमा सार्वजनिक निजी र सहकारी तीनवटै क्षेत्रहरु क्रियाशिल छन । निजी लगानी कर्ता उद्यमी व्यवसायीहरु र सहकारीको सहकार्य समन्वयमा नै विकासको गति अगाडि वढ्छ भन्ने कुरामा प्रायः सबैजसो समुदाय विश्वस्त छ । हाल नेपालमा झन्डै ३४,००० जति सहकारी संस्था क्रियाशिल छन् । सहकारी सस्था मानिस प्रधान हुन्छ । सहकारी संस्थाले सेवा पक्षलाई प्राथमिकता दिन्छ । सहकारीको सदस्यता खुला र स्वेच्छिक हुन्छ । सहकारीको निश्चित क्षेत्र हुन्छ । सहकारीले समानताको व्यवहार अपनाउछ । जतिसुकै रकम लगानी गरे पनि उसको हैसियत अन्य सरह नै हुन्छ । सहकारी पारस्परिक सहयोगमा आधारित हुन्छ । सहकारीले सदस्यहरुको मात्र सामाजिक तथा आर्थिक विकास जोड दिन्छ । सहकारी सस्थाले नैतिकताको पनि ख्याल राख्नु पर्दछ ।
समुदायको विकासमा सहकारीको भूमिका र महत्व असीमित छ । यसले गरिबी र असमानता हटाउन मद्दत गर्दछ । यसले ग्रहणकारी सम्यन्त्रको व्यवस्था गर्दछ । समाजमा जनचेतना जगाउन विशेष भूमिका खेल्दछ । सहकारीले विकेन्द्रीत नेतृत्वको स्थापना गराउँछ । यसले सामाजिक परिचालन गराउँदछ । सहकारीले गर्दा रोजगारी र आयका अवसर सृजना गर्ने गर्दछ । सहकारीले सदस्यहरुलाई सरल र सहज तरिकाले ऋण उपलब्ध गराउछ । सहकारीबाट कारोबार गरी उद्यम व्यवसाय गर्नेले आधारभूत आवश्यकता पुरा गरी समाजमा उदाहरणीय बन्न प्रेरणा प्रदान गर्दछ । स्थानीय स्रोत र साधनको प्रयोग गरी विषयगत क्षेत्रको विकास गरी सामाजिक एकता कायम गराउँन मद्दत गर्दछ । अठारौं शताब्दीमा बेलायतमा औद्योगिक क्रान्ति भयो ठूलाठूला उद्योग स्थापना भए पछि घरेलु तथा साना उद्योगहरुले ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न सकेनन् धमाधम बन्द हुँदै गए । कम ज्याला, अस्वस्थ वातावरण, धेरै काम गर्नु पर्ने भएकोले मजदुरहरु विरामी भए । उद्योगपति र पुँजीपतिहरुको शोषणबाट पीडित बेलायतका मजदुरहरु आफ्नो हक हित गरिबी उन्मूलन गर्न र रोजगारीका लागि एक आपसमा संगठित हुन थाले । बेलायतका रकडेल ९च्यअपमबभि० गैरवासीहरुले सन १८३० मा सहकारी समाज गठन गरेका थिए ।
विश्वमा सहकारी संस्थालार्ई जन्म दिने पहिलो राष्ट्र वेलायत भए पनि जर्मनीलाई पहिलो ऋण सहकारीको जन्मस्थल मानिन्छ । जर्मनीका किसान मजदुरहरु त्यस समयमा भोक, रोग र गरिबीबाट पिडित थिए । त्यहाँ शोषित पीडित जनताहरूलाई त्यहाँका धनी यहुदीहरुको शोषण र उत्पीडनबाट मुक्त गरी उनीहरुको आर्थिक उत्थान गर्न सुल्ज रेफिसनले महत्वपूर्ण योगदान गरेका थिए । जर्मनीलाई विश्वको आठवटा सम्पन्न राष्ट्रहरुको श्रेणीमा उभ्याउन सहकारी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको छ ।
सहकारीको इतिहासमा डेनमार्कलाई कृषि सहकारीको उद्गमस्थल मानिन्छ । डेनमार्र्कमा अमेरिकाबाट सस्तो दरमा खाद्यान्न आयात हुनाले डेनिस किसानहरुलाई अमेरिकी कृषि उपज संग प्रतिस्पर्धा गर्न कठिन भयो । त्यही समस्यासँग जुध्नका लागि सहकारीको आवश्यकको महसुस भई सन् १८६९ मा डेनमार्कमा पहिलो कृषि सहकारी संस्थाको स्थापना भयो । बेलायतबाट डेनिसमा बनेको मखन र क्रिमको माग अत्यधिक भयो । यसपछि डेनमार्कले कृषि सहकारीको सट्टा दुग्ध सहकारीलाई प्राथमिकता दिन थाल्यो ।
सन् १९१० मा इजरायलमा सहकारी आन्दोलन किवुत्ज (प्ष्दगतष्कm) को सुरुआत भएको थियो । इजरायल सहकारी संस्था किवुत्जले “सबैका लागि एक र एकका लागि सबै” भन्ने सिद्धान्तलाई आत्मसात् गरेको छ । यहाँको सहकारीले सबै सदस्यहरुको आवश्यकता पुरा गर्दछ । यहाँको राष्ट्रिय उत्पादनमा ४०% भन्दा बढी हिस्सा किवुत्जको रहेको छ ।
जापानमा सन् १८७९मा उपभोक्ता सहकारी स्थापना भएको भएता पनि चीन, जापान युद्धका कारण सहकारीले गति लिन सकेन । दोस्रो विश्वयुद्ध हुँदा सबभन्दा बढी मार सहकारीलाई प¥यो । दोस्रो विश्वयुद्धको अन्त्यपछि जापानमा उपभोक्ता सहकारी ज्यादै लोकप्रिय भए । जापानलाई साना तथा मझौला उद्यमीहरुको देश मानिन्छ । जापानमा औद्योगिक र वाणिज्य सहकारी संस्थाहरु स्थापना र सञ्चालनमा छन् । जापानमा ७० प्रतिशत मजदुरहरुले काम गर्ने उद्योगबाट कुल उत्पादनको ५४ प्रतिशत हिस्सा ओगटेको छ ।
सन् १९१२ मा चीनमा सहकारी आन्दोलन भएको थियो । त्यहाँ जनवादी गणतन्त्र भए पश्चात भूमिहिन किसानहरुलाई पनि जमिन प्राप्त हुने गरी क्रान्तिकारी भूमिसुधार.लागू गरियो । जनताको चाहना र इच्छा अनुसार राज्यको सहयोग तथा प्रोत्साहनमा सहकारी संस्थाहरु स्थापना गरियो । सन् १९७९ पछि चीनमा सरकारले नयाँ नीति लागू गरे पश्चात विभिन्न किसिमका सहकारीहरु परिचालन भएका थिए । चीनमा झण्डै २० करोड किसानहरु सहकारीमा आबद्ध छन् । ४५ हजार आपूर्ति र वितरण सहकारी छन् । यसमा काम गर्ने कर्मचारी ५० लाख भन्दा बढी छन् । सल्लाह र शिक्षा दिनका लागि २ लाख भन्दा बढी सहकारी विज्ञ क्रियाशील छन् ।
वि.सं २०११ सालमा बाढी पिडितहरुलाई बसोबास गराउन चितवनमा राप्तीदुन बहुउद्देश्यीय विकास आयोजना सञ्चालन भयो । उक्त क्षेत्रमा बसोबास गराइएकाहरुलाई सहज र सुलभ तरिकाले कृषि उपलब्ध गराउन २०१३ साल चैत्र २० गते चितवनको बखानपुरमा “बखान सहकारी संस्थाको स्थापना गरियो । हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिन्छ । वि.संं. २०६५÷०६६ मा सरकारले “गाउँ गाउँमा सहकारी, घरघरमा भकारी” भन्ने नारा अगाडि सा¥यो । त्यसपछि पनि नेपाल सरकारले “गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी” भन्ने कार्यक्रम र नारा तय भएको थियो । नारा बमोजिमको काम कति सफल वा असफल भयो समीक्षा भएको पाइँदैन । बैंक तथा वित्तीय संस्था र सहकारी संस्था एउटै हुन् भन्ने भ्रम सिर्जना भएको देखिन्छ । कतिपय व्यक्तिले घर घडेरी बिक्री गरी बढी ब्याज पाउने लोभमा सहकारीमा मुद्दती खातामा रकम राख्ने गरेकोमा केही सहकारी समस्या ग्रस्त र केही सहकारी बन्द भएको अवस्थामा छन् ।
सन् १९९५ को सेप्टेम्बर देिख अन्तराष्ट्रिय सहकारी महासंघ बाट सहकारीका सात वटा सिद्धान्तहरु स्वीकृत भएको छ । ति सिद्धान्तहरु विश्वभरिका सहकारी सस्थाहरुले अनुशरण र पालन गर्नु पर्दछ । सहकारीका सिद्धान्त निम्नानुसार छन् ।
१. स्वेच्छिक तथा खुला सदस्यता,
२.सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण
३.सदस्यहरुको आर्थिक सहभागिता
४. स्वायत्तता र स्वतन्त्रता
५. शिक्षा, तालिम र सूचना
६. सहकारी विच सहकार्य
७. समुदाय प्रति चासो

सहकारी संस्थाको उद्देश्य र कार्य
१.सहकारीको मूल्य मान्यता र सिद्धान्तको पालना गर्ने गराउने ।
२.सदस्य र आफ्नो व्यवसायको हित पूर्वाधार तथा सो को बजारीकरण गर्ने गराउँने ।
३.सदस्यलाई शिक्षा, सूचना र तालिम प्रदान गर्ने तथा सदस्य संस्था वा संघमा सुशासन प्रबद्र्धन गर्ने गराउने ।
४.संस्था वा संघ बिचको पारस्परिक सहयोग अभिबृद्धि गर्ने गराउने ।
५.सस्थाले गर्ने उत्पादन तथा सेवाको मापदण्ड निर्धारण गरी गुणस्तर सुधार, आर्थिक दायित्व र जोखिम व्यवस्यापन सम्वन्धी कार्य गर्ने ।
७.आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने ।
८.संस्थाको व्यवसायिक पूर्वाधार तथा विकास सम्वन्धी क्रियाकलापहरु सन्चालन गर्ने ।
९.मन्त्रालय रजिष्टार, प्रदेश सरकार वा स्थानीय सरकारको निर्देशन पालना गर्ने ।
१०.सहकारीको विनियममा उल्लेखित कार्यहरु गर्ने ।

सहकारीको महत्व
समुदायमा सहकारीको स्थापनाले छरिएर रहेको सानो रकम बाट एथेष्ठ पूँजी संकलन हुने गर्दछ । सहकारीको माध्यमवाट गरिब तथा पिछडिएका समुदायले आर्थिक विकास गर्ने अवसर पाउछन । सहकारीका सदस्यहरुलाई सीपमुलक तालिम प्रदान गरी सदस्यको आयश्रोतमा वृद्धि हुन्छ । नेपालको अर्थतन्त्रमा सहकारीको योगदान ३ प्रतिशत र आर्थिक विकास‌मा झण्डै १५ प्रतिशत सहयोग पुगेको छ । समुदायमा रहेको निश्क्रिय स्रोत र साधनको उचित परिचालन भएको छ । सहकारी मार्फत केही मात्रामा भए पनि वेरोजगारीको समस्यामा कमी आएको छ । राष्ट्रमा गरिबी निवारणका लागि सहकारीले विशेष योगदान पु¥याउन सम्भव छ । नेतृत्वदायी भूमिका निभाउन सहकारीले सहयोग पु¥याउछ । स–साना पूँजीको संकलन गरी उच्चस्तरको व्यवसायमा समेत सहकारीले योगदान पु¥याउन सक्दछ । सहकारीको माध्यमवाट स्वतः उत्तरदायित्वको भावना प्रर्वधन गर्न तथा आपसी सहकार्य, सहयोग एवं ऐक्यवद्वताको भावना विकास गर्न सहयोग पुगेको छ । यसर्थ न्यून पूँजी भएका तर सहकार्यात्मक सोच भएका व्यक्तिहरुले एक आपसमा सहकार्य गर्ने परिपाटी नै सहकारीको उपज हो ।
हकारी सुन्दा जति राम्रो छ हाल विभिन्न सहकारीमा समस्या पनि आएको हामीले सुनेका छौं । उत्पादनशिल क्षेत्रमा सहकारीको लगानी बढाउन नसक्नु, सहकारीमा वित्तिय अनुसासन कमजोर हुनु, सहकारी ऐन नियम परिमार्जन हुन नसक्नु, सरकारी कर नीति सहकारी मैत्री नहुनु, शिक्षा तालिम र सूचनाको अभाव हुनु, जनचेतनाको कमि हुनु, संस्थागत र संरचनागत केन्द्रिय निकायको अभाव र नियमनकारी निकायको कमजोर अनुगमन प्रक्रिया आदि सहकारीका समस्याहरु हुन ।
ाल नेपालमा सहकारी प्रति नकरात्मक दृष्टीकोण बढि हुने गरेको छ । समयमा नै सचेत रहि सहकारीका मूल्य मान्यता प्रति प्रतिबद्ध रहेमा सकरात्मक दृष्टीकोण बनाउन सकिन्छ । आफन्त तथा चिनजानका व्यक्तिलाई नियम विपरित ऋण दिने गरेको भए सोको अन्त्य हुनु पर्छ । एउटा मात्रै सहकारीको सदस्य बन्ने र परिवारको एक जनामात्र सदस्य बन्ने, एउटै व्यक्ति एक भन्दा वढि सहकारीको संचालक नवन्ने नियमलाई कडाइका साथ पालना गर्नु पर्दछ । सहकारीको सदस्य बाहेकको व्यक्ति वा व्यवसायलाई ऋण दिन बन्द गर्नु पर्छ । हरेक सहकारीको आआफ्नो कार्यक्षेत्र हुन्छ । आफ्नो कार्य क्षेत्र भन्दा बाहिरको व्यक्तिलाई सदस्य नबनाउने र ऋण प्रवाह नगर्ने हो भने सहकारी उत्तम आर्थिक गतिविधी बन्न पुग्छ । सहकारीमा रहेका समस्याहरु समाधान पनि गर्न सकिन्छ । सहकारीको लगानीलाई उत्पादनशिल क्षेत्र तर्फ प्रोत्साहित गर्ने, कडा वित्तिय अनुसासन कायम गर्ने। सहकारी ऐन नियमलाई समयानुकुल परिमार्जन गर्ने, कर नीति र कर प्रशासन सहकारी मैत्री बनाउने, सहकारी सम्बन्धि तालिम प्रदान गर्ने, प्रभावकारी मूल्याङ्कन गर्ने परिपाटी वसाल्ने र सुदृढ केन्द्रिय निकायको व्यवस्था भएमा सहकारीलाई अझ लोकप्रिय र समाज रुपान्तरणमा प्रभावकारी माध्यम वनाउन सकिन्छ भन्ने कुरामा दुई मत रहने छैन् ।

प्रतिकृया दिनुहोस्