
-शम्भुबहादुर अधिकारी
राजनीतिमा लोकतांत्रिक प्रणाली एउटा यस्तो प्रणाली हो जहा प्रत्येक जनताले आफ्नो हक अधिकारको उपयोगका साथै जनतामा आफ्नो नेत्रृत्वको बिकास गर्दछन र राजनीतिक गतिबिधिमा भाग लिन्छन।त्यहा सामाजिक न्याय,समानताको प्रत्याभूति, र जनताका आबश्यकताहरू सहजै प्राप्त गर्न सक्छन। कुनै पनि राजनीतिक प्रणालीको प्रयोग कुनै निश्चित क्षेत्रभित्र बसेका बासिन्दाहरूका लागी राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक कार्य गर्न उपयोग गरीन्छ। त्यो भूगोल भित्र बिभिन्न बर्ग,समुदाय,धर्म,संप्रदाय,जाती जनजातीहरूको बसोबास हुन्छ। एउटै जातीबाट राष्ट्रिय राज्यको निर्माण १८औ र१९औ शताब्दीमा यूरोपबाट सुरू भएको थियो। इटली,जर्मन,चेकोस्लाभीया त्यसरी नै राष्ट्रिय राज्यका रूपमा निर्माण भएको थियो किनभने त्यो भूगोलमा त्यही जातीहरूको बाहुल्यता थियो।अहिले धेरै देशहरू बिभिन्न बर्ग,जाती जनजाती,समूह,धर्म र संप्रदाय मिलेर बसेको भूगोल नै “राष्ट्र” का रूपमा परिभाषित गरीएको छ।नेपाल राष्ट्र एउटै जातीबाट बनेको होइन, त्यसैले यस्लाइ राष्ट्रिय राज्य भन्न मिल्दैन।१२५ भाषा र १४५जातजाती बसोबास गरेको नेपाल त्यस भित्र बस्ने जात जातीहरूको साझा नेपाल स्वाधीन “राष्ट्र” हो। यस राष्ट्र भित्र बस्ने मानिसहरूको संबन्ध र हितहरू एक अर्कामा गासिएका हुन्छन,साझा भाषाबाट गासिएका हुन्छन। समान आर्थिक संबन्धहरू,ऐतिहासिक बिरासद,मनोवैज्ञानिक प्रभाब,सांस्कृतिक बिबिधतामा एकता ,समान मानवीय धारणा,आफ्नो परंपरामा आस्था एबं बिस्वास आफ्नो मात्रृभूमिको रूपमा स्वीकारीएको नेपाल एउटा यस्तो “राष्ट्र” हो जुन कहिल्यै पनि पराधीन हुन परेन। तर यो पवित्र , महान र गौरबशाली देशलाइ लान्छीत गर्न एकथरी तथाकथित बौद्धिक समूह जस्को संबन्ध सीधै बैदेशिक शक्तिसंग छ, उनीहरूले नेपाल भन्ने राष्ट्र “गोर्खा राज्यको बिस्तार” हो भनेर नेपाली “राष्ट्र र राष्ट्रियताको” महत्वलाइ अबमूल्यन गर्दै आएका छन। जे जसरी नेपार राष्ट्रको निर्माण भयो, त्यसैको आधारमा हिमाल, पहाड र मधेसमा बस्ने बासिन्दाहरूले आफूलाइ नेपाली भनेर भन्दा गौरवको अनुभूति गरेका छन।क्षेत्रीयताबाद,पृथकताबाद ,जातीबाद र धार्मिक द्वन्द्व सिर्जना गरेर नेपाललाइ राजनीतिक रूपले अस्थिर,सामाजिक रूपले बिभेद,आर्थिक रूपले पराधिन र सामरिक रूपले बैदेशिक शक्तिको उपस्थिति हुदै आएको अबस्था हो। बिगतको इतिहासलाइ केलाउदा नेपालमा बिभिन्न वंशहरूको शासन रहेता पनि यस्को बिस्तार र सार्वभौमकिता र स्वतन्त्रता अखण्डित रह्यो।नेपाल बिरोधी कथित नेपालीहरूले नेपाल एकीकरणलाइ स्वीकार्दैनन , बरू नेपाललाइ कंजोर बनाउन गोप्य सूचना लिएर इष्ट इन्डिया कंपनि मार्फत नेपाललाइ भारतमा मिसाउन चलखेल गर्ने पादरीहरूलाइ निष्कासन गर्ने पृथ्वीनारायण शाहको तीव्र बिरोध र आलोचना गर्दै आएका छन। यदी १८१६को सुगौली सन्धीले नेपालको सीमा परिभाषित नगरिएको भए संभबतः नेपाल एउटा भारतीय प्रान्त हुने थियोभन्ने कुरा बिर्षनु हुन्न।
बर्तमान समयमा पनि नेपालमा “र अ” का एजेन्टहरूले “सिक्किम” लाइ झै नेपाललाइ पनि भारतीय प्रान्त गराउने चलखेलहरू बिभिन्न माध्यमबाट गर्दै आएको छ। “एक मधेश एक प्रदेशको” नारा त्यसैको परिणति थियो जस्लाइ मधेशी नेपालीहरू र तत्कालीन सरकारले तुहाइ दिए। मधेशले नेपाली राष्ट्रियतालाइ सीमा सुरक्षा गरी बचाउने काम गरेका छन। २००७सालमा काङ्ग्रेस नया र क्रान्तिकारी थियो,२०४६ मा बाम काङ्ग्रेस नया युवा र क्रान्तिकारी थिए भने २०६२\६३ मा माओबादी नया र क्रान्तिकारी थियो। क्रान्तिकारी हुन संगठन, सिद्धांत र नेत्रृत्व बिना संभब हुन सक्तैन हेर्दा उ युवा किन नहोस। त्यस्का लागी निश्चित सिद्धांत,दर्शन,बिचार,संगठन,नेत्रृत्व र गन्तब्य हुन आबश्य छ। युवा र नया हुदैमा त्यो आफै गतिशील र क्रान्तिकारी हुन सक्तैन,अबसरको खोजिमा हिडेका मानिसहरूले क्रान्तिको नेत्रृत्व गर्न सक्तैनन।अश्लील गाली गलौज, र प्रतिशोधपूर्ण ब्यबहारले कुनै पनि नेत्रृत्वलाइ गन्तब्यमा पुर्याउदैन।आफ्नो समयमा उनीहरूले आफ्नो ऐतिहासिक कार्यभार पुरा गरेका थिए। तिनीहरूले आफ्ना संगठन र नेत्रृत्व मार्फत राजनीतिक चेतना,बिचार,सिद्धांत,दर्शन ब्यापक रूपमा जनताका बीच पुर्याएका थिए,जनतालाइ चेतना र संगठन दिएका थिए। तर भूइ मान्छेहरूको चेतनाको स्तर उठ्न नसकेकोले प्रत्येक चुनाबमा नया, युवा र बैकल्पिक शक्तिलाइ मतदान गर्ने जनताको परंपराको कारण राजनीतिक अस्थिरतामा बृद्धि भयो, सुरक्षा कंजोरी तीव्र भयो। पुराना दल र नेताहरूले तस्करी, भ्रष्टाचार र कमिशनतन्त्र रोक्न यथेष्ट प्रयास गरेनन,तर भ्रष्टाचार,कमिशनतन्त्र र तस्करीको बिरुद्ध आन्दोलन गर्नु भनेको ऐतिहासिक धरोहरहरू,ऐतिहासिक दस्ताबेजहरू,संसद भबन, सिंह दरबार र अरू महत्वपूर्ण भबनहरू जलाउनु होइन।माओबादी संघर्षमा ८० अरबको नोक्सानि भनिएको छ जबकि २४ भाद्रमा मात्र करीब ४ खरबको नोक्सानी अनुमान गरिएको छ।के आगो लगाउनेहरूले ती स्मारकहरू बनाउन सक्छन? इतिहास मार्न के बलिदान दिनै पर्ने हो? मानीसहरू इतिहास बनाउन सहीद हुन्छन भने नेपालको इतिहास भत्काउन युवाहरूलाइ रणमैदानमा पठाउछन। यस्को छीनोफानो गर्नसबै संलग्नमानिसहरू कानूनि कठघरामा उभिन पर्दैन? नया,आकर्षक ,सुन्दर,दरबार बनाउन सकिएला तर सिंह दरबार पुरानै रूपमा बनाउन बैदेशिक दलालहरूले सक्ने छैनन। तर देश जलेर खरानी हुदा सरकारले सुरक्षा निकाएलाइ किन परिचालन गरेन? प्रमले राजीनामा दिए पछि राष्ट्रपतिले के हेरेर बसेका थिए? संबिधान बचाए भनेर राष्ट्रपतिले बिध्वंश रोक्न किन कुनै कदम चालेनन? सेना,प्रहरी,अनुसन्धान के गर्दै थियो? किन त्यो बिध्वंस रोक्न कोशीस गरियेन? यसरी सुरक्षा निकायले जनताको बिस्वास गुमाउंदै गयेको छ। रबी जेल तोडेर भाग्दै थिए भने बालेनले गाजाको सुल्फा तानेर फेसबुक मार्फत बालबालिकालाइ रण मैदानमा मर्न जान अभिप्रेरित गर्दै थियो। जेल तोडेर भाग्नेलाइ उमेदवार हुन दिने तर राष्ट्रपतिबाट आममाफी पाएको रेशम चौधरीको उमेदवारी किन खारेज गरियो? दालमा कुछ कालो छ किनभने संगठित अपराध र संपति सुद्धिकरणमा परेका रबीलाइ कति कारणले निर्बाचन आयोगले उमेदवारी स्वीकार्यो? फेरी महान्यायाधिबक्ताको कार्यलयले फीर्ता लिन नपाउने रबीको मुद्दा किन फीर्ता लियो? सर्बोच्चको फैसलालाइ कसरी पुनराबेदनले फीर्ता लियो तर सर्वोच्चले त्यसबारे किन मुख खोलेको छैन? अबोध र निस्कलंक युवा किशोरकिशोरीहरू स्कूल ड्रेस,पुस्तक,झण्डा,झोला बोकेर रण मैदानमा पठाइदा उनीहरू कसैको हतियार बन्दै थिए भन्ने कुरा उनीहरूलाइ थाहै भएन अन्यथा उनीहरू त्यहा मृत्यु खोज्द जाने थिएनन होला, बिद्यालयहरूले आफ्ना बिद्यार्थीहरूलाइ अमेरिकी युथ काउन्सिलको जिम्मा किन दियो? के संबंधित शिक्षकहरू वा बिद्यालयले त्यस्को जिम्मा लिनौ पर्दैन? १४\१५बर्षका बालबालिकालाइ प्रायोजित मानिसहरूको उपयोगका पात्र बनाए। तर नाबालकलाइ आन्दोलनमा सक्रिय बनाउनु पनि कानूनीरूपमा अपराध ठहरिन्छ। त्यस्कारण उनीहरूलाइ आन्दोलनमा बोलाउने र संघर्षमा सामेल गराउने सुदन गुरूङ, बालेन साह आदि बैदेशिक एजेन्टहरूलाइ जनताले कारबाहीको लागी सरकारलाइ दबाब दिनु पर्छ। सरकारमा बारबारफाउन्डेशन,अमेरिकी युथ काउन्सिल,एनजिओ आइएनजीओ र यूएस एआइडीका सदस्यहरूको सरकार छ जस्को प्रम सुशिला कार्की बनिन। सरकार असंबैधानिक छ किनभने सरकार बन्दा यही संबिधान जस्ताको तस्तै राखेर संबैधानिक सरकार बन्नै सक्तैन। तर असंबैधानिक रूपले बनेको सरकार माथि प्रश्न उठाएर संसद पुनः स्थापनाको मुद्दा हेर्न सर्बोच्चले त्यो मुद्दा किन सुनवाई गर्दैन? यस्ले सर्वोच्चमाथि संका उत्पन्न भएको छ।
यसरी नेपाल राष्ट्रको चीरहरण भै रहेको छ किनभने अहिलेको सरकार नेपालीको सरकार नभए पनि बाध्यात्मक रूपमा दलहरू चुनाव लड्नु परिरहेको छ। रबीको मुद्दा फीर्ता लिनु,बालेनलाइ प्रचारमा सिभिल प्रहरीको प्रयोग हुनु निश्चित रुपमा पक्षपातपूर्ण ब्यबहार हो। बालेनलाइ “पपुलर” बनाउने, “नायक” बनाऊने र बालेन नबोले पनि त्यस्को अर्थ लगाउने उपबाचकीहरू तयार भयेर उस्को संरक्षण गर्नु रहस्यमय कुरा छ। देशको युवा पुस्ता राजनीतिमा आउनु नराम्रो होइन, तर त्यस्लाइ गलत ढंगले परिचालन गरनु र सिद्धांत, बिचार,संगठन,दृष्टिकोण,दर्शन र गन्तब्य बिना केबल पुस्ताको कुरालाइ “हाइलाइट” गर्न अराजनीतिक तरिका हो। युवा आफै क्रान्ति वा परिबर्तन होइन त्यस्का लागी राजनीतिक लगानी गर्नु पर्छ,तानाशाही ब्यबस्थाका बिरुद्ध संघर्षमा होमीनु पर्छ। आजको परिबर्तन बलिदान ,संघर्ष र आदर्शमा आधारित भयेर आएको हो। अबोध बालबालिकालाइ रणमैदानमा पठाएर आफू सुरक्षित हुदै आएको परिबर्तन होइन आजको चुनाब,यो रा दलका लागी बाध्यकारी बनाइएको हो। नया,युवा र घन्टिको हल्लाले जनतालाइ “अल्गोरिदम” बाट संचालन गरीएको छ। त्यो “अल्गोरिदम” लेअशिक्षित, राजनीतिक चरित्र नबुझेका गाउले किसानहरूलाइ मात्र होइन,बिदेशमा रहेका उनीहरूका सन्तानलाइ पनि “एकोहोरो” बनाइएको छ। त्यस्ले यहा रहेका मानिसहरूमाथि गलत ढंगले मतदान गर्न बाबु आमालाइ सामाजिक संजाल मार्फत बाध्य पारिएको छ। घुषखोरी,भ्रष्टाचार,कमिशनतन्त्र रोक्न अघिल्ला सरकारहरू असमर्थ भएको साचो हो,तर पुरानाले केही पनि गरेनन भन्ने भाष्य तयार पारेर नया र पुरानाका बीच ठूलो दरार पैदा गरीएको छ।आज ती किशोर किशोरीलाइ नेत्रृत्वको बिकास आन्दोलनको तरिका,राजनीतिक चेतना र राजनीतिक गन्तब्यको बारे त्यही पुरानाबाट प्राप्त बिरासदलाइ अबमूल्यन गर्न सकिन्न। राजनीतिक तर्क र बिचार पस्केर पुरानाको बिरोध गर्नु राजनीतिक चरित्र बन्न सक्छ। पुराना दल र नेता सबैले भ्रष्टाचार वा गलत गरेका नहुन सक्छ,जस्ले राजनीतिलाइ राम्रोसंग संचालन गर्न सकेनन होला ,त्यती कै आधारमा पुराना नेता र दललाइ अस्लिल गाली गर्ने, अपशब्द बोल्ने र जेपाए त्यही बोल्ने काम मूलतः राश्वपाका केही नेता कार्यकर्ताहरूले गरी रहेका छन। पुराना खतम भन्नू राजनीतिक अभियान होइन,आफूतिर तान्ने गलत प्रकृया हो। यदी नया र बैकल्पिक शक्तिले असमान्य रूपमा चलखेल गरी रहेको छ। पूर्ब पश्चिम दौरानमा आफ्नै साथीलाइ ठेल्दै,घुच्याउदै र सत्कार गरेको पनि नबुझेर राश्वपाका नेताहरू हावा र हुरी झै हात हल्लाउदै मोटर यात्रा गरेको देखिन्छ। उनीहरूमा यति घमण्ड चढेको छ कि उनीहरूले बिपक्षी नेता समेत नहुने अबस्था सिर्जना गर्न रबीहरूको योजना छ। आज आगजनी,तोडफोड, हिम्सा गरेर सत्ता ढलाउदा भोली बालेनहरू सरकारमा आए भने संसद कहा संचालन गर्न किनकि संसद भबन जलाइयो,नेपालको ऐतिहासिक धरोहर ध्वस्त गरीयो,ऐतिहासिक प्रमाणहरू जलाइए र देश खरानीको थुप्रोमा परिणत गराइयो,तर राश्वपाका नेत्रृत्वलाइ त्यो काम गरेबापत उनीहरूले गौरबको अनुभूत गरीरहेका छन। के भोली रबी र बालेनको सरकार बन्यो भने भाद्र २३ र २४ दोहोरिदैन भन्न सकिन्न। पराजीत शक्तिले २०\३०हजार मानिसहरू जम्मा गरेर आगजनी तोडफोड गरे भने अहिलेका नया र बैकल्पिक शक्ति भनौदाहरू केही त भागेर अमेरिका जालान,तर अबसरको लागी “घन्टी” भएकाहरू आन्दोलनकारीहरूको कोपभाजनमा पर्न सक्छन। जब राश्वपाहरूलाइ हिन्दू र हिन्दूमाथि गरेको अपमानले चुनाब हार्ने डरले स्वर्णिम,रबीहरू,बालेनहरू “भोट” संकलन गर्न बाराही थान जाने,निधारमा बिगुत दल्ने ,हातमा कुशको औठी लगाएर घर पैचो गर्ने जस्ता कृत्रिम रूपले हिन्दू र हिन्दू धर्म अगालेका छन जुन नक्कलि काम हो,त्यो काम आफ्नो आस्था र बिस्वासमाथि नै अपमान गर्नु हो। त्यस्कारण हिन्दुहरूले नक्कलि हिन्दूहरूलाइ “मतदान” गर्नु आफ्नै अपमान हो। तर अर्कातिर बालेनकी श्रीमतिले चर्चमा गयेर बालेनको जीतको कामना गरीरहेकी थिइन। भ्रमपूर्ण समाचार र कामलाइ हामीले मिहिन पाराबाट हेर्नु पर्छ,यहा मैलै धर्मलाइ मुद्दा बनाएको होइन,राश्वपाको चरित्र उजागर गरेको मात्र हो। एउटा सहकारी ठगले सहकारी पीडितलाइ न्याय दिनै सक्तैन भन्ने कुरा पनि बुझूनु आबस्यक छ।श्रीलंकामा भयेको जेन्जि आन्दोलनले त्यहा अमेरिकी स्वार्थ पुरा भयेन ,बरू कम्युनिष्ट पार्टी “जेभिपीले” बिजय प्राप्त गर्यो ,त्यसरि नै जेन्जि आन्दोलनबाट बिघटन भयेको बंग्लदेशमा आगो लगाउनेहरूले जम्मा ६सीट मात्र जिते। प्रतिपक्षदलले 200 भन्दा बढी मत ल्याएर बिजय प्राप्त गर्यो। नेपालमा भयेको जेन्जि आन्दोलनमा भयेको आगजनी र तोडफोड गर्नेहरूले पनि बंग्लादेशको नियति भोग्ने संभाबना बढेर गएको छ। बैदेशिक शक्तिको अरनखटनमा “नेपाल राष्ट्र र नेपाली इतिहास”को हुर्मत लिनेहरूलाइ बदलाको भाबनाले प्रेरित आन्दोलन भयो भने ती एजेन्टहरू भाग्ने अबस्था आउन सक्छ।”ग्रुमिङ”गरीएका “लोकप्रियताबादी”मा आधारित प्रचार प्रसारले मूर्तरूप लिन सक्तैन किनकि उनीहरूको खुट्टा नेपाली माटोमा टेकेको छैन।सच्चा देशभक्त र राष्ट्रबादी शक्तिहरूले देशघाती र राष्ट्रघाती काम गर्न ऐतिहासिक बिरासदमा आगो लगाउने ध्वंशात्मक काम गर्नै सक्तैन।तर आउने दिनहरूमा नया र ब शक्तिले आफैले गाली गरेका ,निर्मम आलोचना गरेका पुराना थोत्रा दल र नेताहरूसंग सरकार बनाउन संझौता गरे भने के उनीहरूले देश बिकास र जनताका आबश्यकताहरूमा उथलपुथल ल्याउन सक्छन? अनौहार फेरिनु,पौरानाको सट्टा नया आउनु परिबर्तनको प्रमाण होइन,त्यो दृश्यको मात्र परिबर्तन हो। आबरणमा देखिएको परिबर्तन भित्री रूपमा मूल परिवर्तन हुदैन।सामाजिक संबन्ध र संरचना,बर्गीय बनौट,असमान अबसर र सत्तालाइ पौरानै रूपमा लिनुले खास अर्थ राख्दैन।नेत्रृत्वको पुरानै शैली,प्रतिशोधपूर्ण ब्यबहार,पुरा नै अहं र महत्वाकाङ्क्षा,असंभब बाचा पुरानै नीति र संस्कार लिएर नया अनुहारले परिबर्तन गर्न सकिदैन,सुशासन आउन सक्तैन ।पुराना दल भित्र प्रबेश गर्ने वा उमेदवार हुन नपाए नया दल खोल्ने वा स्वतः आफै जेन्जि हौ भन्ने कुराले जनताका भाबनाहरू समेट्न सक्तैन।तिनले नयाको नेत्रृत्व गर्न सक्तैनन,इतिहासले दिएको जिम्मेदारी पुरा गर्न सक्तैनन।बिचार र दृष्टिकोण तथा नीति नभयेका ,तर छबी,नारा र देबत्वकरण गरेर दीर्घकालीन रूपले नेत्रृत्वको बिकास हुदैन।उतरदायीत्वबाट पन्छिनु,जबाफदेहिता नहुनु,सजिलो तरिका अपनाउनुले राजनीतिक रूपले स्थायीत्व कायम हुन सक्तैन।आज दल र नेत्रृत्वमा देखिएको समस्याको समाधान निर्बाचन होइन,संरचनागत परिबर्तनले मात्र सामाजिक समस्या हल गर्न सकिन्छ।जबसंम सामाजिक संरचना समस्याको रूपमा रहन्छ तब संम नया र युवा अनुहार केबल पुरानाले लिएको पतनको बाटो लिन बाध्य हुन्छन।संपूर्ण देशभक्त,राष्ट्रबादी,जनतान्त्रिक र बामपंथि शक्तिहरू एकताबद्ध भयेर मात्र बैदेशिक शक्ति र त्यस्का एजेन्टहरूलाइ पराजीत गर्न सकिन्छ।आबेग,घृणा र आक्रोसको आगोमा देश र जनतालाइ धकेल्नु राष्ट्रका लागी गम्भीर चुनौति हो।





