समिर पाठक, पोखरा
नोबेल कोरना भाइरस अर्थात् कोविड १९ का कारण विश्व त्रसितमय वातावरणबाट गुज्रिएको छ । आक्रोशित ढङ्गले फैलिएको यस भाइरसले विश्वका अधिकांश देशहरु प्रभावित भएका छन् । भाइरसले मानव जीवनमा ठुलो कायापलट ल्याउनुका साथै विश्वका हरेक देशको अर्थतन्त्रमा अकल्पनिय क्षेति पुराएको हामी देख्न सक्छौँ । भाइरसका कारण देशको अर्थतन्त्रमात्र नभइ शिक्षा क्षेत्रपनि सबैभन्दा बढि प्रभावित बन्न पुगेको छ । मानिसको जन्मदेखि मृत्यु सम्मको अवधिमा भोग्ने भोगाइ र कक्षाकोठाको चौघेरामा रहेर लिइने औपचारिक शिक्षालाई नै शिक्षा भनिन्छ । ज्ञानको भण्डारलाई आफुभित्र ग्रहण गर्नुपनि शिक्षा हो । मानव जीवनमा शिक्षा नभै नहुने कुरा हो ।
शिक्षा बिना मानव अस्तित्व परिकल्पना पनि गर्न सकिँदैन । धर्ति देखि मंगल ग्रह सम्मको यात्रा शिक्षा कै कारण सम्भव भएको हो ।त्यसैले विकसित रास्ट्रहरुले शिक्षालाई मुख्य प्राथमिकतामा राखेका छन् । महामारीको समयमा पनि समग्र विद्यार्थी समक्ष गुणस्तरीय शिक्षा प्रधान गर्ने उद्देश्यका साथ नयाँ नति र कार्यक्रमहरु संचालनमा ल्याएका छन् । महामारीका विच भौतिक शिक्षा सम्भव नभएता पनि बैकल्पिक ढङ्गबाट शिक्षालाई प्रभावकारी बनाउने तर्फ उन्मुख छन् । शिक्षाबाट कोही पनि बञ्चित नरहन मुलुकभर इन्टरनेट पहुँचलाई सहजीकरण तर्फ लगिएको छ । तसर्थ विकसित रास्ट्रहरुले शिक्षा क्षेत्रलाई आफ्नो पहिलो प्राथमिकतमा राखेका छन् ।
तर नेपाल जस्तो विकासशिल रास्ट्रमा फर्किएर हेर्ने हो भने शिक्षाक्षेत्र निकै भताभुङ्ग अवस्थामा रहेको देख्न सकिन्छ । महामारीका कारण पठनपाठन ठप्प हुुँदा लाखौं विद्यार्थी घरमै बस्न बाध्य भएका छन् । कतिपय बिद्यालयहरुले त पठनपाठनलाई सहज बनाउन इन्टरनेटको सहारा लिइएको पाइन्छ । अझैपनि दुर्गम क्षेत्रलगायत गरिबीको चपेटमा आएका विद्यार्थीहरु इन्टरनेट र पढाइबाट बञ्चित छन् । त्यसैले सबै विद्यार्थीहरु एक सम्मान बैकल्पिक शिक्षाको पहुँचमा नरहने देखिन्छ । अनलाइन बिधिबाट पठनपाठनलाई सक्रिय राखिए ता पनि गुणस्तरीय र प्रभावकारी नहुने विद्यार्थीहरुको गुनासो रहने गर्छ । नेपालमा बद्लिदो राजनीतिक घटनाक्रम र अस्थिर सरकारका नीति र रणनीतिका कारण पनि शिक्षाक्षेत्रमा खाडल आएको अनुमान गर्न सकिन्छ । दुरदृस्ठि , दिगो विचार र अस्थिर नितिको कमिका कारण सरकार शिक्षा क्षेत्रमा चुकिरहेको छ । भविस्यका कर्णधार मानिएको नयाँ युवा पुस्ताको भविस्य नै अन्यौलमा देखिन्छन् । बढ्दो महामारीले निम्त्याएको लकडाउन विद्यार्थीहरुको लागि निकैठुलो चुनौतिको रुपमा सावित भएको छ । झनै दिनहुँ रोकिदो परिक्षाले त विद्यार्थीहरुलाइ दिन प्रति दिन मानसिक तनाव तर्फ धकेलिरहेको छ । यस्तो समयमा अनलाइन पढाइ ७७ जिल्लामा कसरी प्रभावकारी बनाउने भन्ने वारे सम्बन्धित क्षेत्रले जसरी पनि सोचविचार गरी व्यवहारीक बनाउन जरुरी देखिन्छ । सर्वप्रथम विद्यार्थीहरुलाइ इन्टरनेट सजिलै उपलव्ध गराउनुको साथै मोवाइल हातमा नहुने विद्यार्थीहरुलाइ पनि विकल्प खोजेर स्रोत जुटाउनु पनि जरुरी छ । त्यसैले महामारीलाई मध्य नजरगर्दै नेपाल सरकारले बेलैमा ठोस कदम चाल्नु पर्ने र नँया नीति तथा कार्यक्रम संचालनमा ल्याउनु पर्ने हुन्छ ।
यसरी शिक्षा क्षेत्र बन्द हुँदा घरभित्र सुरक्षित तरिकाले नबसेर भोजभतेर, पूजापाठमा सहभागी हुने अनि गोठालो जाँदा होस् वा बारीमा काम गर्न जाँदा पनि धेरै जना एकै ठाउँमा बसेर गफ गर्ने गरेको देखीएको पाइन्छ । यस्ता क्रियाकलापलाई सरकारले तुरुन्त रोक्नुपर्छ । हामी सुरक्षित र स्वस्थ रह्यौं भने आफूले पछि सबै कुराको अनुभव गर्न पाइन्छ । त्यसैले म जस्तै हजारौ विद्यार्थीलाइ भन्न चाहन्छु कि यो भाइरस संक्रमणको अवस्थामा सबै घरभित्र बसेर सहयोग र आफ्नो अध्ययनलाई निरन्तरता दिने कोशिश गरौं । अनि आफ्नो मानसिक स्वास्थ्यलाई पनि ख्याल गरौं । लेखकः लेक सिटी कलेज एण्ड रिसर्च सेन्टरमा प्रथम वर्षमा अध्यनरत छन् ।