युव राज खनाल, पोखरा
जब २०४६ सालमा निर्दलिय ब्यबस्थालाई फाली बहुदलीय ब्यबस्था स्थापना भयो सो समय देखि हालसम्म नेताहरू आफ्नो पदका लागि केन्द्रित भएको पाइन्छ । जीवनको अन्तिम अवस्थासम्म पद नछाड्ने प्रवृत्ति उनीहरूमा छ । ‘हामीकहाँ त सत्ता नै म्युजिकल चियर खेलजस्तो भयो । हामी जनता धेरै निराश हुन थालेका छौं । २०४७ साल देखि २०७८ साल सम्म विभिन्न पार्टीका २८ वटा सरकार बने । जसमा १५ बर्ष काङ्ग्रेस र ७ बर्ष एमालेले नेतृत्व गर्यो । बाकी अरुहरुले गरे ।
यति धेरै सरकार बद्लिए तर राजनीतिको मनोवृत्ति खासै बदलिएन । जसरी हुन्छ सत्ता छाड्दै नछाड्ने प्रवृत्ति प्रजातन्त्रवादी र कम्युनिस्ट भन्ने दुवै पार्टीमा देखियो ।’’ हाम्रो राजिनितिक सस्कारलाई फर्किएर हेर्दा ५० र ६० को दशकमा सत्ता संघर्षका क्रममा सरकार बनाउने र भत्काउने धेरै खेल भए । कांग्रेस, एमाले र राप्रपा यसका मुख्य पात्र बने । यो खेलकै बीच २०५२ सालमा सशस्त्र संघर्ष सुरु गरेर माओवादी शक्ति जन्मियो । २०५८ पछि राजाले राजनीतिक दलको कमजोरीमाथि खेल्ने मौका पाए । दलमाथि प्रतिबन्ध लगाएर शासन गरे । राजनीतिक दलहरूले युद्ध गरिरहेको माओवादीसँग मिलेर जनआन्दोलन गरेपछि त्यसबेलाको अस्थिरताको एउटा चक्र पूरा भयो । बहुदलीय ब्यबस्थामा पार्टी ठूलो हो तर हामिकोमा पार्टीको हुइप बिपरित कार्य भए । किन र कसरी यो अबस्थाको सिर्जना भयो ? के यो नै थियो त नेपाली जनताले चाहेको ? आखिर यो सबै घमण्ड , कुर्सी मोह , म नै सर्बोसर्बा हु , म नभए सबै बिग्रिएर जान्छ भने संकोचित सोचले गर्दा हो जस्तो लाग्छ । हो ०६२–६३ मा नेताहरूले कसम खाएका थिए ‘त्यति बेला गल्ती गर्यौं भनेर नेताहरूले जनतासँग माफी मागेका थिए । तर राजतन्त्र ढलिसकेपछि पनि उनीहरूले सरकार बनाउने र ढलाउने खेल खेलिरहे । अनि जनतालाई राजनीति फोहोरी खेल रहेछ भनेर लाग्नु स्वाभाविकै हैन र ? राजनीतिक संस्कार, संस्कृतिबारे अक्सफोर्ड पोलिटिकल डिक्सनरीको परिभाषा यस्तो छ, ‘निश्चित राजनीतिक प्रणाली सञ्चालनका लागि मूल्य, मान्यता, विश्वास र व्यवहार जनाउँछ ।’ हाम्रो सन्दर्भमा लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाका मूल्य, मान्यता, विश्वास र व्यवहार पूर्ण रूपमा लागू गर्नु हो ।
यो शासन व्यवस्थाको राजनीतिक प्रणालीका मूल्य, मान्यता, विश्वास र व्यवहार के हुन् ? यो व्यवस्थामा १० वर्ष सशस्त्र युद्ध गरेको माओवादी, २००७ सालदेखि प्रजातन्त्रका लागि संघर्ष गरेको कांग्रेस र भूमिगत एवं शान्तिपूर्ण राजनीति गर्दै आएको एमाले र मधेस केन्द्रित दलका साथै पूर्वराजावादी पार्टीहरू अटाएका छन् । यो शासन व्यवस्थाको खास मूल्य–मान्यता भनेकै राजतन्त्रात्मक बहुदलीय प्रतिस्पर्धाभन्दा फरक लोकतान्त्रिक गणतन्त्र हो । यो जनताका छोराछोरी मुलुकको सर्वोच्च पद राष्ट्रपति बन्ने र कार्यकारी प्रधानमन्त्री हुने संघीय व्यवस्था हो । स्थानीय तहमा ७ सय ५३ स्थानीय सरकार, सात प्रदेश सरकार र संघीय , केन्द्रीय, सरकारको मालिक जनता र यसको शासक जनताले निर्वाचित गरेका प्रतिनिधिहरू हुन् ।
हो व्यवस्था बदलियो, समाज बदलियो । राजनीतिक नेताको संस्कार भने खासै बदलिएन ।२०४७ साल देखि कुनै पनि सरकारले आफ्नो पुर्ण कार्यकाल पूरा गर्न सकेका छैन चाहे अल्पमत सरकार होस यात बहुमतको होस या दुई तिहाई सरकार नै किन नहोस । सत्ता र पदका लागि २०६३ जनआन्दोलन सफल हुनुअघि व्यवहार बेलाबेला दोहरिन्छन् । जस्तो, ५० र ६० को दशकमा सरकार बनाउन र ढलाउन सांसदहरूलाई गैरराजनीतिक, आर्थिक प्रलोभनमा पार्ने काम भए । गणतन्त्र स्थापना भइसकेपछि पनि २०६६ सालमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता रामचन्द्र पौडेल चुनावी मैदानमा हुँदा मधेस केन्द्रित दलका सांसदलाई गैरराजनीतिक, आर्थिक प्रलोभनमा पार्ने प्रयास भएको नेताहरूले स्वीकार गरिसकेका छन् । त्यसबेला नेता कृष्णबहादुर महराले एक चिनियाँ व्यापारीसँग सांसदका लागि ५० करोड सहयोग मागेको अडियो सार्वजनिक भएको थियो । जसरी पनि आफ्नो सरकार बनाउने माओवादीको मानसिकताले यस्तो घटना निम्त्याएको थियो । कतकता अझैसम्म यो सस्कार हट्न सकिरहेको छैन ।
त्यसपछि २०६७ मा माओवादीको समर्थनमा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भए । आफ्नै पार्टीको असहयोगका कारण उनले ६ महिनामा राजीनामा दिनुपर्यो । आफ्नै पार्टीका नेतालाई राजीनामा गराउन बाध्य गराउने त्यति बेला एमालेका नेताहरूमा पनि राजनीतिक संस्कार देखिएन । सायद यहि रोग अझैसम्म निको नभएको जस्तो अहिले पनि भेटिन आयो ।
राजनीतिक संस्कार सत्ता पक्षका नेताहरूमा मात्र होइन, प्रतिपक्षी नेताहरूमा पनि असल राजनीतिक संस्कारमा ह्रास आएको छ । सत्ता पक्षका नेताहरूले राजनीतिक संस्कार बिर्से प्रतिपक्षी दलका नेताले खबरदारी गर्ने लोकतान्त्रिक पद्धति हो । हामी सानो छ्दा फिल्म टिकट काट्न निकै कठिन हुन्थ्यो । पाखुरा ठुला हुने आबाराहरुले क्यापचर गर्थे । तिनीहरु बिच लडाइँ हुन्थ्यो । हालै गण्डकी प्रदेशमा सभासदले सिगल सिगल आइज भन्ने र कुर्सी फाल्ने समाचारले स्तरीयता र राजनीतिक सस्कार कति भएकाहरुको प्रतिनिधित्व छ भन्ने कुरा प्रस्ठ पारेको छ । ‘आफूमा राजनीतिक संस्कार र नैतिकता भएन भने राजनीति नगरे हुन्छ, ‘प्रतिपक्ष बस्दा कांग्रेसमा समेत संस्कारमा ह्रास आएको थियोे । प्रतिपक्ष दलको भूमिका खेल्न सकेको थियो कि थिएन । सरकारको खबरदारी गर्ने बेला गुटमा रमाइरहेको देखिन्थ्यो । पार्टीमा लोकतान्त्रिक ढंगले छलफल हुँदैन ।
अर्कालाई प्रश्न गर्दा आफू नैतिक धरातलमा उभिन आवश्यक हुन्छ । ‘पद र कुर्सीका लागि अपारदर्शी काम हुन्छन्, त्यसका लागि जे पनि गर्न तयार हुन्छन् । राजनीतिमा खारिएका नेताहरूले पनि संस्कार सिक्न सकेका छैनन । अहिले पार्टी भित्र कृयासिल सदस्य विवादले आमरण अनासन बस्न कार्यकर्ता बाध्य बनेका छ्न । राजनीतिक दल लोकतान्त्रिक पद्धतिमा चल्नु असल संस्कार हो । पद्धति, मूल्य, मान्यताभन्दा आफूलाई प्रधान ठान्ने प्रवृत्ति हाबी भएको भएको छ । यो कुरा बिगतका प्रधानमन्त्री, बर्तमान प्रधानमन्त्री र पार्टी प्रमुखहरुले सोच्नु पर्छ ।
मुलुकमा गणतन्त्र स्थापना भएको १३ वर्षपछि पनि राजनीतिक अस्थिरता कायम रह्यो । यो अवधिमा एक पटक संविधानसभाले संविधान बनाउन सकेन । २०४६ सालपछि २८ सरकार परिवर्तन भए, त्यसमा दुई सरकार तत्कालीन राजा ज्ञानेन्द्र शाहले चलाए, बाँकी २६ सरकार राजनीतिक दलले चलाए ।
कांग्रेसले राप्रपासित मिलेर २०५२ मा कांग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री बने । उनी पनि एक वर्ष मात्र प्रधानमन्त्री भए । कांग्रेसले २०५६ को निर्वाचनमा २ सय ५ सिटमा १ सय ११ सिट जितेर बहुमत ल्यायो, प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । पार्टी सभापति कोइराला आफ्नै पार्टीको सरकार एक वर्ष नपुग्दै ढलाएर आफू प्रधानमन्त्री भए । माओवादी युद्ध चर्किरहेका बेला रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरेपछि सेना परिचालन प्रकरणमा उनले राजीनामा दिए । त्यसपछि २०५९ मा कांग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री भए । माओवादीले २०५८ मंसिरमा माओवादीले दाङमा सैनिक ब्यारेक आक्रमण गरेपछि कांग्रेसमा विग्रह आयो । देउवाले २०५९ जेठमा संसद् विघटन गरेर कात्तिकमा निर्वाचन गर्ने घोषणा गरे तर असोजमा राजाले देउवालाई ‘अक्षम’ को आरोप लगाएर सत्ता हातमा लिए । बहुदलीय व्यवस्था आइसकेपछि २०४८ सालमा पूरा कार्यकाल चलाउने जनादेश पाएको कांग्रेसले अस्थिरताको सुरुवात गर्यो ।
नेकपा एमाले र माओवादी बिच एकताको घोषणा गरि गत निर्बाचनमा दुइ तिहाई बहुमत प्राप्त गरि नेपालको प्रधानमन्त्री बनेका ओलि पार्टी भित्रको सहमतिलाई तोडेर तानाशाह प्रवृत्ति देखाएकै कारण आज पुन देशमा यो अबस्थाको सिर्जना भएको छ । देउवा बिस्वासको मत प्राप्त गरि काङ्ग्रेस माओवादी र जसपा सहित सरकार प्रमुख बन्नुभएको छ । २०५२ ÷०५३ मा काङ्ग्रेस र राप्रपाको सरकार प्रमुख भएका देउवा तत्कालीन अबस्थामा केबल १८ मैना प्रधानमन्त्री हुन पाएका थिए । प्रधानमन्त्री भैरहदा उहाँको अगाडि निकै चुनौतीहरु छन । आफू सभापति रहेको पार्टी महाधिवेशन हुन सकिरहेको छैन । पार्टी भित्र आन्तरिक लोकतन्त्र हराएको छ भन्ने गुनासा छरपस्ट छ्न । सरकार बने यता मन्त्री र लाभ पद कुल्याउन उहाँको चाकरी गर्नेहरु संख्या पनि कम छैन । केपि ओलिको अहम् र तानाशाह प्रवृत्तिबाट देशलाइ मुक्त गराउनु पर्ने थियो त्यो मात्रै पूरा भएको छ तर केलाएर हेर्दा हामिमा राजनीतिक सस्कार बसेको छैन । सिद्धांतको राजनीति ओझेलमा परेको छ । नेता बिगार्ने र्कार्यकर्ता हुन जो लाभका पद लिनका लागि अनेकौ चाकरी गर्न नेताको वरिपरि घुमिरहेका हुन्छौ । नेताहरू आफू शक्तिशाली बन्न तेस्तालाई समर्थन र संरक्षण दिन्छ्न । देश बिकास हुनकालागि राजनीतिक स्थाईत्व चाहिन्छ । राजनीति स्थाइत्वका लागि राजनीतिक सस्कार हुन आबश्यक छ । बुढी मरि भनेर नरुनु काल पल्क्यो भनेर रुनु भने झै, अहिले देशमा यो उखान आभास भएको छ ।
राजनीतिक सस्कार खै ? बुढी मरि भनेर नरुनु , काल पल्क्यो भनेर रुनु
प्रतिकृया दिनुहोस्