-शिव प्रसाद गौतम, पोखरा
गुरु शब्द दुई अक्षर मिलेर बनेको छ । ‘गु’ को अर्थ अन्धकार हो भने ‘रु’ को अर्थ नास गर्ने हो । अन्धकार नास गर्ने व्यक्ति गुरु हुन् । मानव जीवनका नकारात्मक सोचको अन्त्य गरी सकारात्मक मार्ग देखाउने व्यक्ति गुरु हुन् । गुरुका अर्थ अनगिन्ती छन् । विद्या वा शिक्षा प्रदान गर्ने गुरु हुन् । शिक्षक, शिक्षिका, अध्यापक गुरु हुन् । गायत्री, वेदमन्त्र आदि दीक्षा दिने व्यक्ति आचार्य गुरु हुन् । बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ तथा आदरणीय वा पुज्य व्यक्ति मान्यजन, संगीत कला आदि सिकाउने व्यक्ति उस्ताद (संगिन नृत्य आदिका गुरु), अर्थात् मानव जीवनलाई सदमार्गमा पथ प्रदर्शन गर्ने व्यक्ति गुरु हुन् । गुरु पत्नी, अध्यापन गराउने महिला गुरु आमा, विद्यार्थीहरूलाई सिधा र आवासको निःशुल्क व्यवस्था गरी पठनपाठन आदि गराउने आश्रम गुरुको सेवा सुश्रुषा गरी विद्याको आर्जन तथा अध्यापन गर्नु पर्ने प्राचीन पद्धतिको विद्याकेन्द्र गुरुकुल हो । गुरुको घर गुरुको आश्रम गुरु गृह हो । राज खानदानका गुरु खलक, राजकुलका गुरु, गुरु परम्परालाई गुरु घराना भनिन्छ ।
गुरु – वन्दना
गुरुब्र्रह्मा गुरुर्विष्णुर्गुरुदेवो महेश्वरः ।
गुरुः साक्षात् परव्रह्म तस्मै श्रीगुरवे नमः ।।
भावार्थ ः ब्रह्मा, विष्णु र देवाधिदेव महेश्वर शिव गुरु हुन् । साक्षात परब्रह्म गुरु हुन् । यस्ता श्री गुरुदेवलाई प्रणाम छ ।
आज २०७८ साल श्रावण ९ गते आषाढ शुक्ल पक्ष गुरुपूीर्णमा गुरुको विशेष रूपमा पूजा गरिने वा त्यस्तो पूजाको महात् म्य भएको आषाढ शुक्ल पूर्णिमाको दिन मात्र होइन व्यास पूर्णिमा पनि हो । व्यास पराशर ऋषिका पुत्र हुन् । वेद व्यास चार वेदका रचयिता हुन् । आर्यहरूका धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदेश मूल स्रोत मानिएका, सर्वप्राचीन र सर्वाधिक मान्य आर्य ग्रन्थ हुन् । ऋक, यजु, साम र अथर्व यी चार वेद प्रसिद्ध छन् । ऋग्वेद चार वेद मध्य पहिलो हो । यो छन्दमा लेखिएको पौराणिक पथ कृति हो । चार वेद मध्ये धार्मिक कार्यहरू गर्ने विधिको विस्तृत वर्णन गरिएको दोस्रो वेद यजुर्वेद हो । तेस्रो वेद सामवेद हो । यो मन्त्रहरुको संगालो हो । भगवान्को किर्तन गर्ने र झारफूक गर्ने मन्त्रहरुको संगालो सामवेद हो ।
चार वेदमध्ये मुख्य रूपमा शान्ति, अभिचार आदिका बारेमा वर्णन गरिएको एक वेद अथर्व वेद हो । यी सबै वेदहरु व्यास ऋषि गुरुबाट प्रतिपादित भएका हुन् । चार वेद अठाह पुराणका रचयिता ऋषिहरु हुन् । सात्विक र साधनारत जीवन व्यतित गर्ने तथा जीवन र जगत्का आध्यात्मिक र भौतिक तत्त्वहरुलाई साक्षात्कार गर्ने व्यक्ति, वैदिक मन्त्रका प्रथम श्रष्टा मानिएका व्यक्ति, वैदिक साहित्यको रचना र व्यवस्थित रूपमा सङ्कलन गर्ने व्यक्ति मुनि तपस्वी ऋषि हुन् । विद्यार्थीहरूलाई वेद वेदाङ्ग आदि पढाउने आश्रम ऋष आश्रम हुन् । प्रसिद्ध सात ऋषिहरु गौतम, भारद्वाज, विश्वामित्र, जमादग्नी वसिष्ठ, कश्यप र अग्नि, अथवा मरीचि, आदि अङ्गिरा, पुलह, ऋतु पुलस्त्य र वसिष्ठ सप्तर्षि हुन् ।
हिन्दु धर्ममा ४ वेद र १८ पुराण छन् । वेदका नाम माथि उल्लेख भइसकेका छन् । अठार पुराण यस प्रकार छन् ः
१. मत्स्य २. मत्र्कण्डेय ३. भविष्य ४. भागवत ५. ब्रह्माण्ड
६. ब्रह्म वैवर्त ७. ब्रह्म ८. यामन ९. बराह १०. विष्णु
११. वायु (शिव) १२. अग्नि १३. नवरद १४. पद्म १५. लिंग
१६. गरुड १७. कूर्म १८. स्कन्द । यी हुन १८ पुराणका नाम ।
गुरु विना ज्ञान प्राप्त हुँदैन । मानिसको पहिला गुरु उसलाई जन्म दिने पिता माता हुन् । पिता माताले सर्वप्रथम आफ्ना सन्तानलाई सामान्य ज्ञान दिनु हुन्छ । पिता माताबाट नै आफ्ना सन्तानलाई विद्या हासिल गर्न गुरुको व्यवस्था हुन्छ । शिक्षण संस्थाबाट वा स्वाध्ययनबाट हासिल गरिने ज्ञान, पढाइद्वारा आर्जन गरिने बुद्धि विद्या हो । सामान्य शिक्षा घरबाट प्रारम्भ हुन्छ । आदि कवि भानुभक्तका गुरु उनकै हजुर वा श्रीकृष्ण आचार्य थिए । ज्ञान दिने सबै गुरु हुन् । सतमार्ग देखाउने सबै गुरु हुन् । जसले खराब मार्गमा जान प्रेरित गर्छ त्यो व्यक्ति शत्रु हो । गुरु र शिष्य आआफ्नो कर्तव्यनिष्ठ भए भने दुबैलाई राम्रो हुन्छ । शिष्यले गुरुलाई उचित आदर सत्कार गर्नुपर्छ । गुरुले पनि कपट भावना नराखी आफूले जानेको ज्ञान शिष्यलाई दिनुपर्छ ।
पहिले रअहिलेमा शिष्यले गुरुलाई मान्ने कुरामा नकारात्मक रूपमा व्यापक परिवर्तन आएको छ । पहिले चेलाहरु गुरु प्रति श्रद्धा भक्ति राख्दथे । परन्तु आजका शिष्यहरु गुरुप्रति त्यति श्रद्धा भक्ति राख्दैनन् । गुरुहरुले पनि छलकपट नगरी शिक्षा दिनुपर्छ तर यस्तो व्यवहार गरेको पाइँदैन । पहिले गुरुले पढाउँथे विद्यार्थीहरू पढ्थे । अहिले विद्यार्थी पढ्दैनन् गुरुहरु पढेर पढाउँछन् । पहिले विद्यार्थीहरू गुरु भक्त थिए । शिक्षा पनि निःशुल्क शुल्क भए पनि सस्तो थियो । अहिले शिक्षा यति महंगो छ भनेर साध्य छैन । सरकारले निजी विद्यालय खोल्ने अनुमति दिएर ठूलो गल्ती गरेको छ । निजी विद्यालयका गुरुहरुले सरकारी विद्यालयमा भन्दा कम पारिश्रमिक पाउँछन् । विद्यार्थीसँग महंगो शुल्क उठाउँछन् । यही कारणले निजी विद्यालयहरु धनी भएका छन् । यसमा सरकारले नियन्त्रण गरकेो छैन । निजी विद्यालयमा अङ्ग्रेजी शिक्षालाई बढी प्राथमिकता दिइन्छ । नेपाली विषयलाई ध्यान दिइँदैन । पहिले विद्यालयहरुमा नैतिक शिक्षा दिइन्थ्यो । शिक्षामा नैतिक गुण वा भावना थियो अहिले परम्परागत धर्म, नियमको परिधिबाट बाहिर गएको अवस्था छ । विद्यार्थीले गुरुप्रति गर्ने व्यवहारमा अनुशासन पाइँदैन । गुरुहरुले पनि कक्षाकोठामा पढाउँदा सखल्ल नपढाइ आफ्नो घरमा आएर अतिरिक्त शुल्क तिरेर पढून भन्ने भावना राखेर व्यवहारमा कार्यान्वयन गरेका छन् । विद्यालयको शुल्क र ट्युसन शुल्कले अभिभावकको ढाड नै सेकिएको छ । च्याउ झैँ उम्रेका निजी विद्यालय संचालक रातारात धनी भएका छन् भने समाजमा शिक्षाको स्तर झन् झन् गिर्दाे छ ।
सरकारले २०२८ सालमा विद्यालय र २०३० मा विश्वविद्यालयहरुमा नयाँ शिक्षा लागू गरेपछि नेपालमा शिक्षाको स्तर बढ्नु पर्नेमा गिर्दाे अवस्थामा छ । अहिले गुरु र चेलासँग कुनै सम्बन्ध भएको पाइँदैन । गुरुको काम पढाउने हो कक्षाकोठामा पुगेर पढायो हिँड्यो सकियो । गुरुको पढाउने हो पढायो सकियो । चेलाको काम मनलाए कक्षाकोठामा बसेर गुरुले पढाएको मन लाएर बसेर सुन्ने हो नलागे कक्षामा नबस्ने हो । गुरुले दिन मै ९–१० ओटा क्याम्पस, विद्यालयका क्लास लिन भ्याउँछन् । कसैलाई भ्याइ नभ्याइ छ । कसैलाई केही पनि छैन । वर्तमानमा हाम्रा शैक्षिक संस्थाहरु यसरी नै चलेका छन् । विद्यार्थीले पाउनु पर्ने सुविधा पाउँदैनन् । शैक्षिक संस्थाले आफ्नो शुल्क छोड्दैनन् । पहिले पहिले एउटा विद्यालयमा एक पटक भर्ना भएपछि सधैँका लागि पुथ्इो तर अहिले कक्षा चढ्ने वित्तिकै भर्ना शुल्क लिइन्छ । नयाँ आउने विद्यार्थीलाई भर्ना शुल्क लिनु जायज नै हो तर पुराना कक्षा चढेका विद्यार्थीबाट भर्ना शुल्क लिनु नाजायज मात्र होइन सोह्रै आना नाजायज हो ।
अभिभावकले आफ्ना सन्तानलाई शिक्षित बनाउन सकिनसकी चल अचल सम्पत्ति लगानी गरेर पढाउँछन् । पढाइ सकेपछि रोजगारी पाउँदैनन् । रोजगारीको लागि विदेश जान्छन् । हाम्रो देशमा शिक्षामा लगानी बालुवामा पानी भएको छ । यस्तो हुनु गुरुको अपमान सरकारको शिक्षामा उपेक्षा हो ।
जनता अशिक्षित भए भने देशको विकास हुँदैन । जनतालाई शिक्षा दिन असल गुरुको आवश्यकता पर्दछ । गुरुको मन्त्र, सधैँको जन्त । गुरु गुना चेला चिनी । गुरु भएपछि शिष्यको केही दुःख हुँदैन । गुरु हुन सजिलो चेला हुन गाह्रो छ । गुरु हुन प्रायः जान्दछन्, चेलो हुन कोही जान्दैनन् । गायत्री मन्त्र सुनाउनेलाई गुरु भनेर सम्मान गर्ने र विद्यालय महाविद्यालयमा पढाउने लाई अंग्रेजीमा सर भन्ने प्रचलन छ । आजकल गुरुले चेलाहरुबाट जति सम्मान पाउनु पर्ने हो त्यति पाएको अवस्था छैन । आजकलका उच्छृङ्खल विद्यार्थीहरू गुरुको सम्मान गर्न त कता हो कता ‘गुरु न सुरु चपरीले पुरुँ’ भनेर गाली गर्ने पनि छन् । गुरुले पढाउने बेलामा वास्ता नगर्ने परीक्षामा कडा ग¥यो भनेर गाली गर्ने विद्यार्थी शैक्षिक संस्थामा प्रशस्त छन् ।
गुरुलाई जति अपमान गरे पनि गुरु शिक्षा विना कसैको पनि व्यवहार राम्रो चल्न सक्तैन । पोखरामा खुलेको पृथ्वीनारायण कलेज हाल पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रिन्सिपल आदरणीय गुरु जर्ज जोन र गुरुआमा एलियम्मा जोन सबै विद्यार्थीलाई समान व्यवहार र समान माया ममता दिने र विद्यार्थीलाई शिक्षा दिनुमा सदैव हसमुख भई शिक्षा प्रदान गर्ने गुरु र गुरु आमाहरुले पोखरेली शिक्षा प्रेमी, शिक्षक, विद्यार्थी अभिभावक सबैले उहाँहरुलाई गुरु मात्र होइन गुरुका पनि गुरु मान्दै सम्मान गर्दे आएका छौ । उहाँहरुले पोखरा वासीहरुका तीन पुस्तालाई शिक्षा दिनुभयो । आदरणीय गुरु जर्ज जोनको सम्मान गर्ने सन्दर्भमा पोखरामा पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख शिक्षासेवी गेहेन्द्रेश्वर कोइरालाको अध्यक्षतामा जर्जजोन प्रतिष्ठान गठन भएको छ । महान् गुरु गुरुहरुका पनि गुरुको यो संस्थाले उहाँको जन्म दिनको पावन अवसरमा भव्य र सभ्य रूपमा गुरुको सम्मान गर्दै आएको छ । आदरणीय गुरु जर्ज जोन र गुरु आमा एलियामा जोन प्रति आज गुरुपूर्णिमाको दिन गुरु दम्पत्तिको दीर्घ जविनको कामना गर्दै शिक्षाप्रेमी सम्पूर्ण पोखरेलीहरुको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
जय गुरुदेव ।
मानव जीवनमा गुरुको महिमा
प्रतिकृया दिनुहोस्