प्रतिमा पौडेल, पोखरा
लाग्छ मेटिदै छ, मानवको मानवता । मानवता र सम्मान सत्कार देखाउन देवता पुजन मन्दिर जान्छन् । तर घरमा रहेका माता पितालाई भने पैतालाको धुलो सम्झिन्छ्न । असाध्यै मन कताकता चिसो भएर आउँछ । कति कहली लाग्दो दृश्य देखिन्छ । जब सडकको पेटिपेटिमा कचौरा हल्लाएर बसेका बुढाबुढी भेटिन्छन् । जब म मन्दिरमा जान्छु । परेवालाई राखेको चारो सोरेर खाइरहेका मातापिता देख्दछु । साचै मानवको मानवताको देहावसान भएकै हो त? हेर्दाहेर्दै कहलिलाग्दो दृश्य देखिन्छ । आजकल बजारमा सबै सागसब्जी कुहिएर बाटोमा छरपस्ट फाले सरि देखिन्छ । एकदिन बाटोमा बृद्धआश्रम पर्यो । त्यहाँ जान मन पनि असाध्यै लाग्यो । ब्याग छामे, तर पैसाको नाउँमा एस सय रुपैयाँ मात्र रहेछ । जाउँ त खाली हात कसरी जाउँ नजाउँ भने मेरो मन नै स्थिर भएन । त्यो एक सय रुपैयाँको यो समयमा के नै आउँछ र ? महगिंले सारा बजार, गाउँ सबै ढकमक्क ढाकिसकेको छ । मेरो मनलाइ कति पनि रोक्न सकिन र जाने निर्णय गरे । मेरो अनुहारको मुस्कान र मीठो वचन नै ठूलो मिष्ठान हुनसक्छ, भन्ने लाग्यो । पछाडी सरिसकेका मेरा पाइलाहरुलाइ फेरि बृद्धआश्रमको ढोका तर्फ बढाए । बृद्धआश्रमको गेटमा मामा थिए । उनले मलाई सोधे, कसलाई भेटन आए कि? कस कि छोरी, नातिनी होउ ? कस्तो अचम्मका प्रश्नहरु राख्दै थिए । अनि मैले भने मेरो आफन्त कोही छैनन् दाइ । तर उनिहरु सँग मेरो मानवताको नाता गाँसिएको छ । उनले फेरि प्रश्न गरे । के लिएर भेट्न आएकि छौँ ? मैले फेरी भने उनीहरुलाई दिनलाई म सङ तेस्तो कृत्रिम वस्तु केही पनि छैन, तर ओठमा मुस्कान र बोलीमा सहानुभूति लिएर आएकी छु । उ निशब्द भए र मलाई भित्र जानका लागि अनुमती दिए ।
जब मैले बृद्धआश्रम भित्र पाइला टेके लाग्यो सबै मातापिताको न्यानो स्पर्श त्यहाँ भरिएको थियो । बास्तविक देवताको जिवित आर्शिवादको पार्दर्शिताले झल्केको मन्दिरमा छु । त्यहाँ सबैको अनुहारमा पिडाको हाँसो झल्कीरहेको थियो । लाग्दै थियो सबै घाट्को बाटो नै कुरेर बसिरहेका छ्न । म केही बोल्न नपाउदै आमाले भनिन, नानी हामीलाई भेट्न आएकि हौ ? अनि उनको प्रश्नको उत्तर दिन नपाउदै भनिन । विहान नहोस भनी निदाउँछु नानी । फुस्रो ओठबाट निस्किएका ती गहकिला शब्दले साच्चै समाजको यथार्थतालाइ जनाउछ । आशाको किरणको एक बिम्ब पनि नरहेको ती नजर देख्दा लाग्यो, संसार अन्धकारको बाटो तिर लम्किदै छ। उनीहरुको आँखाबाट बर्सिएका आँसु देख्दा लाग्छ तेहि आसु सँगै सबै दुःख, पिर बगाउन चाहान्छन ।
रामकुमारी आमा भन्दै थिइन, घाँसको भारी पछाडि र छोरालाई अगाडि काखमा बोकेर घर,खेत र मेलापात गर्दथे । तर म आज एक्लै छु । एउटा छोरा डाक्टर बनेको छ । अर्को चाहिँ इन्जिनियर बनेको छ । अर्को प्रदेशमा छ । तीन भाइ छोरा भएर पनि कसैले मेरा लागि घर बनाउन सकेनन् । मलाई हर्न उनिहरु सँग समय पनि छैन । बेलाबेला फोन गरेर भन्ने गर्छ्न, आमा नआति बसे हामी लिन आउछौ । खै कहिले लिन आउछ्न ? अरु नभए पनि म मर्दा घाट्मा आगो लगाउन भने आउन भन्ने आसामा बाटो कुरीरहेको छु । कति वास्तविक मार्मिक कथा अझ उहाँको त्यो कथामा सहानुभूति दिने कुनै बाटा देखिन । उहाँका कुराले मेरो मुहारमा कालो बादल आइ बसे सरि भयो । लाग्दै थियो कयौं आमाबाबुको बृद्धआश्रम शरीर मात्र बाँकी छन् । सबैका कथामा बेग्लै व्यथाहरु भेटिए ।
कहिलेसम्म छोराछोरी भएर पनि बाँझोपन देखाएर बस्नु पर्न रहेछ ? यस कुराले समाजको वास्तविक सन्दर्भ झल्काउँछ । सबैका कथा, बेथा सुन्दै गर्दा एकजना बाबुराम नाम गरेका बुबासँग भेट भयो । कुरा सुरु गर्न क्रममा उनले भन्दै थिए । नानी कसकी नातिनि होउ कसलाई भेट्न आएकी ? प्रति उत्तरमा मैले जवाफमा भने । मेरा कोही आफन्त यस आश्रममा छैनन । तर सबै आमाबुबासँग मानवताको र मनको नाता अवस्य छ । सफा, स्वच्छ सुन्दर मन्दिरमा जिवित देवताको आर्शिवाद लिन आएकी हु । मेरो जवाफले उनलाई के भएछ । आँसु झार्दै मलाई आफ्नो अङगालोमा बेरे । उनको अङ्गालो कति पवित्र थियो ।
मलाई देवताको काखमा बसे सरि भयो । लाग्दै थियो सारा दुःख सुखको स्पर्श त्यो निश्चल मुटुमा थियो । उनको मुहारमा आशाका किरण देख्दै थिए उनले भने, मेरी नातिनी पनि तिमी जत्रै भइ होलीन । अनि फेरि भन्न थाले । यहि मिठो मुस्कान बोकेर फेरिफेरी पनि आउँदै गर्नु है नानी । अति नै मिठो र गहकिलो हुन्छन् बुढाबुढिका कुराहरु सदा सुनिरहुँ लागिरहन्छ । पराइलाई पनि आफ्नै मान्ने उनिहरु सोच्दै थिए आफ्नालाइ झन कस्तो व्यवहार गर्दा हुन । माया ममता र प्रकृतिको यो संसारमा आज, भोलि र पर्सि हुँदै अध्याँरोको वातवरण सृजना भइरहेको देखिन्छ । आफ्नो र आफन्तवाद केवल धन सम्पतिमा अडिग छ ।
लेखिका लेक सिटी कलेज एण्ड रिसर्च सेण्टरमा विए प्रथम वर्षमा अध्ययनरत छिन् ।
बिहान नहोस, भनी निदाउँछु !
प्रतिकृया दिनुहोस्