-युव राज खनाल, पोखरा
अभावले पढाउदो रहेछ , अनि समयले सिकाउदो रहेछ । अब कांग्रेस सबल हुनुपर्छ र यसका लागि पूर्ण रूपमा पुनर्जागरण अत्यावश्यक छ । जनाधारको व्यापक विस्तार हुनुपर्छ । आम जनतामाझ सत्ताधारी दलले छरेको भ्रमको पर्दालाईच्यात्न आवश्यक छ । अनिमुलुकमा लोकतान्त्रिक मूल्यमान्यताले जरा गाड्नेछ । त्यो अवस्थामा मात्र नेपाल समृद्ध र सुखी राष्ट्र हुन सक्छ । वर्तमान सरकारको मूल्य, मान्यता, संस्कार र मार्गचित्रबाट त्यो पूरा हुन सक्तैन जसका कारण आजको परिस्थिति सृजना भएको छ ।
ने क पा एमालेको सरकार गठन पश्चात् प्रधानमन्त्री के पि ओलि आफू पानी माथिको ओभानो बन्दै उहाँका वरिपरि घुम्नेहरु बाट सेटिङ मिलाएर संस्थागत भ्रष्टाचार, असुरक्षा र लोकतान्त्रिक संस्थामाथिको आक्रमणलाई बढाएको छ । जसका जल्दाबल्दा उदाहरण दिनहुुँका घटनाले बताई रहेका छ्न । जनतालाई लक डाउनको खोरमा मात्रै राखेर त्यसको बिकल्प दिन नसक्ने निरीह सरकार कोभिट का बिरामीलाई सेवा गर्ने ती जिउदा भगवान माथी आक्रमण गर्ने नर पिचासहरुको संरक्षक बनेको छ । यो समयमा काङ्ग्रेसले आफूलाई सशक्त र जनताका भावनाहरूलाई हिजोका दिनमा भन्दा अझ प्रभावकारी ढंगबाट प्रतिनिधित्व गर्ने पार्टीमा रूपान्तरण गर्नुपर्छ , सरकार र सरकारको सरक्षणमा भए गरेका नालायक कार्यको घोर निन्दा र भर्सना गर्दै यस्ता कुराहरू जन स्थर सम्म पुर्याउन आजको आबश्यकता देखिन्छ । तर नेपाली काङ्ग्रेस आफै भित्रका कयौं कमजोरीलाई एक पटक फर्केर हेरि अगाडि बढ्नु पर्छ । यसका लागि पार्टी नेतृत्वले दुईतीन काम गर्नुपर्ने टट्कारो आबश्यकता देखिन्छ । पहिलो, नेतृत्व वर्गले पार्टीको आन्तरिक जीवनमा मौलाएको व्यक्तिवादी प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ सक्नु पर्छ ।
पार्टी, पार्टीको विचार र जनतालाई केन्द्रविन्दुमा राख्न सके काङ्ग्रेस बलियो हुनु नपर्ने, जनाधार विस्तारित हुनु नपर्ने कुनै कारण छैन । व्यक्तिलाई केन्द्रविन्दुमा राख्ने परिस्थितिलाई उल्टाउन सके पार्टी बलियो हुन्छ । पार्टी बलियो हुँदा नै हामी सबै बलियो हुने हो । हामी व्यक्तिगत रूपमा बलियो भएर पार्टी बलियो हुँदैन । यस विषयमा पार्टीका सबै तहका नेतृत्वले विचार गर्नु आवश्यक छ जस्तो लाग्छ ।
अहिले प्रारम्भिक सदस्यसँगसँगै क्रियाशील सदस्यताहरूलाई टुङ्गो लगाएर महाधिवेशनको बाटामा पुग्ने र महाधिवेशन सम्पन्न भइसक्दा काङ्ग्रेस अत्यन्त सशक्त र सुस्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्ने पार्टीका रूपमा रूपान्तरण गर्ने चुनौती छ, त्यो गर्न सकिन्छ । किन कि आउदो भदौमा महाधिवेशन जुन सुकै हालतमा सम्पन्न गर्नु पर्छ ।
महाधिवेशनसम्मको छोटो समयलाई विगतका कमीकमजोरी र ढिलाइलाई पनि क्षतिपूर्ति गरी पार्टीका विभागलाई पूर्णता दिने, पुनःसंरचित संरचनाहरूलाई पूर्णता दिने, भ्रातृ र शुभेच्छुक संस्थालाई पूर्ण क्रियाशील बनाउने एवं अधिवेशन नभएका सङ्गठनहरूको अधिवेशन सकेर ती संगठनलाई आ–आफ्ना अधिकार क्षेत्रमा अघि बढाउन सके सबै तह र तप्काकाहरुलाई जिम्मेवार थपिने त्यसले पार्टीलाई मजबुत बनाउने छ । अनि स्थानीयदेखि केन्द्र सरकारसम्मका बदमासी, कमजोर लोकतान्त्रिक संस्था, संस्थागत भ्रष्टाचार र जनताका दैनिक सरोकारका विषयलाई निरन्तर रूपमा पार्टीको गतिविधी र कार्यक्रमको महत्त्वपूर्ण हिस्सा बनाइरहनुपर्छ ।
सरकार ठीक बाटामा हिँडेको छैन, तर काङ्ग्रेसले पनि लिनुपर्ने जिम्मेवारी लिन तयार नभएको हो कि भन्ने आम आशंका छ । जनताको यस्तो सन्देहलाई पूर्ण रूपमा अन्त्य गर्ने कुरो नै अहिले पार्टीको सर्वाधिक महत्त्वपूर्ण अजेन्डा बन्नुपर्छ । संसद्मा पनि पार्टीको संसदीय नेतृत्वले जनसरोकारका विषयका विधेयक, अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, व्यक्तिको सम्पत्तिमाथिको अधिकार, परराष्ट्रसँग जोडिएका विषयहरूमा जीवन्त बहस र सरकारका गलत क्रियाकलापविरुद्ध सशक्त प्रस्तुतीलाई सँगसँगै लानुपर्छ ।
अहिले हेर्दा जानेबुझेका जो कोहीले पनि सहज बुझ्न सक्छ , सभसद को काम के ? सत्तारूढ पार्टीको भएर प्रस्तावको पक्षमा टेबुल ठटाउने विपक्षी भए कुर्सी उचाल्ने र फाल्ने , कठै मेरो देश । बहस र ठिक बेठिक कुरानै हुदैनन । प्रधानमन्त्री ओलि जि तनाशाहका रुपमा बिधेक पारित गराउन तल्लिन हुनु हुन्छ , त्यो प्रवृत्ति बाट विधेक पारित गर्ने हो भने सभासदहरु किन चाहियो ?
यस्ता प्रवृत्तिको भन्डाफोर गर्न पार्टीले क्रियाशीलता बढाउनु पर्दछ । पार्टी र संसद् दुवै मोर्चामा सशक्त प्रस्तुतीमार्फत काङ्ग्रेस जनताको सच्चा प्रतिनिधि रहेको र आजका दिनसम्म लोकतान्त्रिक मूल्यमान्यताको धरोहर बन्दै आएको विषय नै आम रूपमा बुझाउन जरुरी छ । काङ्ग्रेस केन्द्रीय समिति र केन्द्रीय नेतृत्व त्यो बाटामा उन्मुख हुनु पर्छ ।
हाल केन्द्रीय समिति बैठकमा धेरै विषय सौहार्दपूर्ण तरिकाले अगाडि बढेका छन् । अधिकांश निर्णय सहमतिमा निष्कर्षमा पुगेका छन् । यद्यपि समग्र रूपमा आमसहमति खोज्दा विभाग निर्माणदेखि भ्रातृ संगठनसम्मलाई क्रियाशील गराउने निर्णयमा ढिलाइ भएको हुन र अब त्यसलाई थाती राखी प्रथमतः अधिबेशनमा केन्द्रित हुनु पर्ने देखिन्छ । तर सहमतिका साथ अघि बढ्ने परिपाटीले पार्टी नेतृत्व पङ्क्तिलाई एक ठाउँमा उभ्याउने बाटो खोलेको छ ।
अब ढिला नगरीकन पार्टी नेतृत्व एकीकृत हुनुपर्छ । त्यो पनि कुनै कठिन छैन । लामो इतिहास बोकेको देशकै पुरानो र परिपक्व पार्टीको आफ्नो बिधान छ त्यही बिधानको छत्रछायामा रहेर चलेमा कुनै विवाद रहने छैन र हुने छैन । पार्टी भित्र गुनासा, चासो र चिन्ताहरूलाई लिएर नेपाली काङ्ग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा निर्धक्क बहस हुनुपर्छ र पार्टी यन्त्रभित्र भइरहेको पनि देखिन्छ । तर, त्यो संयन्त्रभित्रै रहनुपर्छ । त्यसले एउटा निष्कर्ष निकालिसकेपछि पार्टीका तमाम जिम्मेवार नेताहरूले सार्वजनिक ठाउँमा त्यसलाई अन्यथा बहसको विषय बनाउँदा कार्यकर्ता द्विविधामा पर्ने, आम जनता किंकर्तव्यविमूढ हुने गरेका छन त्यस तर्फ नेतृत्वले सोच्नै पर्छ । र, यस्तो परिस्थितिले सङ्गठन विस्तार एवं आउदो निर्वाचन एकल रूपमा जित्ने हाम्रो लक्ष्य पूरा हुन सक्तैन । यश दिशातर्फ सम्पूर्ण नेतृत्व पङ्क्ति सचेत हुनुपर्छ । हाल नेताहरूमा यस्तो सचेतना बढेको देखिन्छ , तर पूरै सोचेजस्तो भएको भने देखिदैन । जुन सचेतना बढ्नुमा कार्यकर्ता पङ्क्तिको योगदान धेरै छ ।
कार्यकर्ता पङ्क्तिले पार्टी नेतृत्व तहलाई एकअर्काको निन्दा नगर्न र विमतिका कुरा लिएर कार्यकर्तामाझ नआउन दबाव दिएको दिइरहनु पर्छ । केन्द्रीय समितिमै बहस गरेर निस्किएको निष्कर्ष सार्वजनिक रूपमा आफूहरूसमक्ष लिएर आउन उनीहरूले नेतृत्व पङ्क्तिलाई आग्रह गरेका गर्नु पर्छ । यसबाट अतिशयोक्तिपूर्ण तरिकाबाट सार्वजनिक स्थानमा अभिव्यक्ति दिने प्रवृत्ति कम हुँदै लैजानु पर्छ । यसले पार्टीलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने सोचसहितको प्रवृत्ति विकसित हुने विश्वास गर्न सकिन्छ ।
अहिले काङ्ग्रेस माथी ठूलो जिम्मेवार थपिएको छ । संविधानको संरक्षण गर्ने , कोभीट बाट प्रभावितलाई राहत दिने , आफ्नो पार्टीमा शुद्धिकरण गर्ने । तसर्थ यस विषम परिस्थितिलाई मनन गरि काङ्ग्रेस अगाडि बढोस सुबेक्षकहरुको यहि चाहाना छ ।
हाल कांग्रेसले लिनुपर्ने जिम्मेवारी
प्रतिकृया दिनुहोस्