Pokharapatra National Daily

कलि धपक्कै बली

शिव प्रसाद गौतम, पोखरा

धर्म शास्त्रहरुले यो संसारको प्रारम्भदेखि हालसम्मको समयलाई चार भागमा विभाजन गरेका छन् । जसअनुसार १. सत्य युग, २. त्रेता युग ३. द्वापर युग र ४. कलि युग । वर्तमान पछिल्लो युग कलि युग हो । सबै युगका आआफ्ना विशेषता छन् । युग भन्नाले पौराणिक काल विभाजन अनुसार सत्य, द्वापर, त्रेता र कलि युग मध्ये एकलाई एउटा युग भनिन्छ । सत्य युग भन्नाले पाप रहित धर्म युग जस्तो हुनु पर्छ, त्यस्तै वा सन्देह नभएको साँचो सच्चा वास्तविक यथार्थ, पत्याउन सकिने, विश्वस्थ इमानदार, सदगुणसम्पन्न, धर्मात्मा, सत्यका अर्थ हुन् ।
यो युगमा जति पनि व्यवहार उन्थे सबै सत्य हुन्थे, छलछाम, झुट्टा, भ्रष्टाचार र अनुशासनहीन कार्य हुँदैनथे । समाजमा सदाचारिता थियो । त्यसैले यस युगलाई सत्व युग मानिएको थियो । चार युग मध्ये त्रेता युग दोस्रो युग थियो । देशका सबै जनतालाई सुरु शान्ति परिपूर्ण भएको समय त्रेता युग हो । यो समय भगवान् रामको थियो । त्रेता युगमा देशका सबै जनता सुख शान्ति परिपूर्ण हुने राजको जस्तो शासन व्यवस्था भएको आदर्श राज्यहरु थिए । धर्ममा चेष्ठा थियो । पाप कर्म हुँदैनथ्यो । राक्षस रावणको अन्त्य गरेर शान्ति स्थापना गरेका थिए ।
विष्णुका दश अवतार मध्ये आठौँ अवतार लिएर वासुदेव र देवकीका पुत्र भई गोकुलमा जन्मेका प्रसिद्ध महापुरुष वा नेता भगवान् कृष्ण थिए । यो समयमा पनि कंश, घण्टाकर्ण जस्ता राक्षसहरूले देवताहरुलाई सताइरहेकाले उनीहरुले राक्षसहरूबाट मुक्ति पाउन भगवान् विष्णुको आराधना गर्दा विष्णु प्रशन्न भै कृष्णको अवतार लिएर जन्म र कंशको नास गरी शान्ति स्थापना गरेका थिउ । त्यो बेलाको भगवान् कृष्णका उपदेश अंकित भागवत गीता विश्वका सबै भाषाहरुमा अनुवाद भइसकेको छ । भागवत् गीताकै सूत्र अध्ययन गरेर वैज्ञानिकहरुले नयाँ नयाँ वस्तुहरूको आविष्कार गर्न सकेका छन् । चार युग मध्ये वर्तमान युग कलि युग हो । आपसको द्वेषपूर्ण, भनाभन, झगडा, कलह, पाप कर्म, दुःख, क्लेश, युद्ध, संग्राम कलियुगका लक्षण हुन् । अहिले संसारमा यस्तै छ । अहिले संसारमा परस्परमा कलह पार्ने वा बझाउने काम, लडाइँ झगडा, युद्ध जस्ता कलि कर्म विश्वभरि फैलिएको छ । नेपालमा त झन बढी फैलिएका छन् । जहाँ कल त्यहाँ काल भन्ने प्रचलन छ । हाम्रो देशमा अहिले राजनीतिक दलहरुको आपसी द्वन्द्वले विकराल रूप लिएको छ ।
स्वर्ग प्राप्त गर्न सकिने लोकविश्वास भएका पुण्य कार्य पुण्य कर्म, कुनै जात वर्ण पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार, लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य, असल आचरण, सदाचार, नियम, पुण्य सत्कर्म, ईश्वर वा सद्गतिको प्राप्तिका लागि गरिने शास्त्र विहित कर्म, कुनै महापुरुषले चलाएको मत, सम्प्रदाय जस्ता देश र जनताको लागि उपयुक्त हुने कार्य गर्नु धर्म हो । तर अहिले यो छैन विश्व नै तनाव ग्रस्त छ । त्यसमा पनि नेपालमा राजनीतिज्ञहरुको अकर्मण्डताले गर्दा देश र जनता रोइरहेका छन् । विधिवत धार्मिक कार्यहरू सरकार र प्रशासनबाट भएका छैनन् ।
अहिले देशमा सरकार र प्रशासनबाट धार्मिक दृष्टिले खराब देखिने र इहलोक परलोक दुबैमा अशुभ फल दिने कार्य, कुकर्म, पातक, कुकृत्यको फल, कुकर्मको परिणाम, अपराध, कसूर, दोष, मनमा उत्पन्न खराब नियति झन्झट, झ्याउलो, हिंसा आघात, अरुलाई पु¥याउने हानी, चारित्रिक वा नैतिक पतन हुने आचरण पाप कर्म पाप कर्म दुष्कर्म व्यापक रूपमा भएका छन् ।
जसले गर्दा स्वदेश तथा विदेशमा नेपालको इज्जत प्रतिष्ठामा आँच आएको छ । अहिले कलि युग छ । कलिमा जहाँ पाप, उही फलिफाप । कलि धपक्कै बली, सज्जनको छोरा हली, दुर्जनका छोरा छोरी मालिक भएका छन् । कलि आज भलो भोलि छली यस्तै छ देशको गति विधि ।

प्रतिकृया दिनुहोस्