-राजेन्द्र भण्डारी
समाज समयको प्रतिक हो । समाज सभ्यताको अभिसूचक हो । जीवनको उत्पत्ति सबैभन्दा पहिले पृथ्वीमा भएको हो वा अन्य ग्रहमा भएको भन्ने सन्दर्भमा वैज्ञानिकहरू एकमत नभएता पनि करिब ३.६५ करोड वर्ष अघि पृथ्बीमा मानव जीवनको अस्तित्व रहेको कुरामा विश्वास गर्दछन् । मानिसले बाँच्नको लागि प्रकृति, समय र परिस्थितिसँग गरेको संघर्षको प्रतिफल वर्तमान मानव समाज हो । आगोकोे अविष्कार र जंगली जीव जनावरहरूको हमलाबाट सुरक्षित हुनको लागि ओढारको कोखमा सृजना भएका होमो सेपियन्सका सन्ततीहरु आज चन्द्रमा तथा मंगलग्रहमा विस्तारित हुन खोजिरहेका छन् । परिवर्तनको नाममा मानव तथा प्रकृति निर्मित कति धरोहरहरू अन्त्य भई सकेका छन भने कतिपय विघटनको संघारमा पुगेका छन् । चेतनाको दियोमा निर्माण भएको समाजको बनोट, मानिस बिचमा हुने मित्रता र सम्बन्धको जालोलाई नयाँ क्षितिजबाट उदय गराइदिएको छ । समाजमा मानिसका क््िरmयाकलाप, व्यवहार, भावना तथा मानवद्धारा निर्मित परम्परा, संस्कृति, मूल्य मान्यताका साथै मानव समुदायको उन्नयन र एकीकृतका लागि स्थापित राजनीतिक, सामाजिक, आर्थिक विचारहरू नयाँ शैलीमा रुपान्तरण हुँदै गएका छन् । आज समाजमा रहेर न्यूनतम आधारभूत आवश्यकतादेखि लिएर भौतिक विलासिताका सामाग्रीहरू पुरा गर्न र पुर्खाद्धारा निर्मित ज्ञान विज्ञान, कला, साहित्य, संस्कृति, सभ्यता, साहित्यको रक्षा गरी समुन्नत मानव समाज निर्माण गरी पृथ्वीलाई जोगाउन जरूरी छ ।
वर्तमान नेपाली समाजः
नेपाल एउटा विविध संस्कृति सम्पन्न मुलुक हो । यो देशको भूगोलमा थुप्रै चित्रित र अचित्रित संस्कृति र परम्पराहरुको बासस्थान रहेको छ । समाजको परिभाषाभित्र रहेका अनमोल रत्नहरू भू मण्डलीकरण र चरम प्रविधिको विकासले हराउदै गएका मात्र होइनन आम जीवन, संस्कृति, रुची, रहन सहन, लवाई खवाई इत्यादीमा परोक्ष प्रभाव समेत पारेको छ । आर्थिक विकासको गति र औधोगिक क्षेत्रको विस्तारबाट मानिसको जीवनस्तरमा सुधारको साथै धनी र गरिबबिचको खाडल अकासिएको छ । स्थानीय संस्कृति, मूल्य, मान्यता तथा परम्परारुपी नदीमा बाँध बाध्ने काम गरेर विदेशी संस्कृतिको रंगहिन तलाउ निर्माण गरिएको छ । पूर्वेली मान्यताका प्रमूख आयाम संयूक्त परिवार प्रणाली छिन्न भिन्न भएर एकात्मक तथा स्वतन्त्र परिवार प्रणालीमा विकास हुन थालेको छ । जेष्ठ नागरिक र बृद्धाश्रम जस्ता संस्थाहरु र सम्बन्ध विच्छेद जस्ता कार्यहरु बढ्दै गएका छन् । समाजमा श्रेष्ठ भावना राख्ने, लोकतान्त्रिक समाजको हिस्सा लिएर, आपसी भाइचाराको सम्बन्ध, न्याय, समान अधिकार र स्वतन्त्रताको अनुयायी बनेर र समुन्नत समाज निर्माणमा सहभागी भएर मानव जीवनलाई सार्थकता बनाउने अभियान हराउँदै गएको देखिन्छ ।
आज समाजलाई नयाँ दर्शनले प्रभाव पारिरहेको छ । जुन दर्शनमा न मानवता छ, नत समानता नै, भातृत्व जस्ता गुणहरू छन् ? सनातन देखि चल्दै आएको शान्ति, सह अस्तित्व, मेलमिलाप, विकास, स्वतन्त्रता, उन्नति, प्रगति, न्यायीकरण आदि समाजको आधार स्तम्भहरू फरक चिराबाट अङ्कुरित हुदैँ गएका छन् । आज राजा जनकको विदुशी र विश्वमा ज्ञानको प्रकाश र शान्तिको सन्देश फिजाउने बुद्धलार्ई खोज्नु परेको छ । अशान्ति, हिंसा, हत्या, बलात्कार, काम, क्रोध र मोहले समाजलाई अक्रान्त पारेको छ । विकासको नाममा पानी, आकाश र जमिनमा गरिएकोे दोहन, विभेद, निरङ्कुशता र व्यक्तिबादी निर्णयमा कुरूप समाज निर्माणमा उत्प्रेरित भएका छौ. । समावेशीकरण, सामूहिक भलाई, मानवअधिकार, विकेन्द्रीकरण तथा स्थानीय स्वायत्तताको नाममा समाजको सामाजिक भूगोल दुई ध्रुवमा सिमाकंन गर्न गइरहेका छौं । शान्त समाजलाई दर्शन र आस्थाको आधारमा क्षत विक्षत पार्न खोजिएको छ । आजको समाज प्राकृतिकता र भौतिकता, बहुमत र अल्पमत तथा सहमति र असहमतिको नाममा बाँडिएको छ । विभाजित र भाँडिएको समाजबाट स्थिरताको सुन्दरता खोज्नु हाम्रो दुर्भाग्य र भविष्यको चिन्ताको विषय हो । वर्तमान समाज भौतिकताको चरम उकालो उक्लिरहदा दया, धर्म र करूणा विस्तारै हराउँदै छ । समाजको आँखा सडकमा निर्वस्त्र मिल्किएको ज्यूदोँ लासमाथि सेल्फी लिन र मनोरञ्जन गर्न अभ्यस्त छन् । तर त्यस मानवीय दुर्दशामा मलम लगाउने हात र मनहरु कम्पित भएका छन् । यही नै वर्तमान नेपाली समाजको उदेग लाग्दो चरित्र बनेको छ । आज नेपाली समाजका घरको छतमा बोरा र गमला राखेर बगैचा निर्माणमा इच्छुक देखिन्छन् तर खुला चौरमा एक मुट्ठी माटो र एक थोपा पानीका साथ एउटा बिरूवा रोप्न हिच्चकिचाउछन् । बोरा र गमलामा रोपिएका बिरूवाले समग्र मानव समाजलाई जोगाउन र सुदूर सन्ततीलाई विश्वस्त पार्न सक्दैन भन्ने कुरा बुझ्न सकेका छैनन् ।
विश्व आधुनिकताको चरमोत्कर्ष तर्फ प्रवेश गरिरहँदा नेपाली समाजका परम्परागत मुल्य मान्यता र रहन सहनका धरोहरहरू एक एक गरी गल्र्याम गुर्लुम ढल्दै गइरहेका छन् । अर्को तर्फ हाम्रा जीवनका साराका सारा प्रक्रियाहरु छत विक्षत बनाउँदै समाजमा परनिर्भरताको आयातित सगरमाथा खडा गर्न प्रयासरत छ । हाम्रा पूर्वजहरुले छाडेर गएका बहुमुल्य धार्मिक र सांस्कृतिक स्मारकहरुलाई व्यावसायिकताका चापहरुले किच्दा हाम्रा अक्षुण र मौलिक सम्पदाहरु दुर्घटनामा पर्न थालेका छन् । हाम्रो संस्कृति रहे मात्र हामी रहनुको गौरव हुन्छ भन्ने कुरा न हामीले बुभ्mन सकेका छौ । न समाजको माध्यमबाट नै हामीलाई सम्मान प्राप्त हुन्छ भन्ने यर्थाथतालाई मनन नै गर्न सकेका छौं ।
नेपाली समाजको ऐनामा पितृसत्तात्मक सोच, अशिक्षा, गरिबी, विभेदपूर्ण कानुन, बेरोजगारीका कारण भ्रष्टाचार, द्दन्द्ध, लागू पदार्थको सेवन र बेचविखन, यौन दुव्र्यवहार, एसिड आक्रमण, दाइजो प्रथा जस्ता अमानवीय व्यवहराका तस्बीर स्पष्टरुपमा देख्न सकिन्छ । आज नागरिकका अधिकार, लोकतान्त्रिक राज्य र व्यवस्था, समावेशीकरण, विकेन्द्रीकरण, स्थानीय स्वशासन आदि जस्ता विषयहरू समाजका अभिन्न अङ्गहरु बन्दै गर्दा समाजको विश्लेषणमा जटिलता थपिदिएको छ । समाजको परिवर्तनको क्रममा मानवीय जीवनमा अंगीकार गरिएका भाषा, रहनसहन, लवाई खवाई, संस्कृति, धर्म आदि हाम्रो इतिहास र भूगोल अनुसार परिवर्तन हुनुपर्ने हो तर हुन सकिराखेको छैन । हिजोको सामाजिक सद्भाव, एकता र सहिष्णुतामाथि असहिष्णुता, बैरभाव र बैमनस्यताले धावा बोल्न खोजेको देखिन्छ । प्राचीन समयदेखि नै चल्दै आएको देबी देवताहरूको उपासना गर्ने र श्रद्धा गर्ने परम्परामा अविश्वासको कालो वादल मडारिन थालेको देखिन्छ । आधा आकासभन्दा वढी स्थान ओगेटेको महिलाहरूको भ्रुण निर्माण देखि देहको अस्तसम्मका क््िरmयाकलापमा संर्किणताको सोच हावी रहेको छ । देश निर्माणका अहम् वाहकहरु अरवका मरूभूमि र मलेसियाका घना जंगलमा तप तप रगत र पसिना चुहाई रहँदा स्वदेशमा रहेका असिम सम्भावना बोकेका युगका वाहक नविन युवाहरु स्वावलम्बीको विज बन्नु पर्नेमा पश्चिमी आर्दशताको मोहले अस्थिर बन्जर भूमिमा रुपान्तरित हुँदै गएका छन् । जनसंख्या वृद्धि, बसाई सराइँ, प्राकृतिक प्रकोप तथा वातावरणीय पक्षले समाजको विकासमा झन कोलाहल थपिदिएको छ ।
समाज परिवर्तनमा प्रतिबद्धता, करूणा, दया, इमानदारिता, सभानुभूति, उदारता, सेवाभाव, क्षमा भाव, वफादारिता, र देशभक्ति जस्ता गुणहरू नितान्त आवश्यक हुन्छन । आज समाजमा चैन छैन, सुख छैन, समाज वेदना र दुःखले भरिएको छ । हरेक क्षेत्रमा हरेक कुराको अभाव छ, असन्तुष्टि छ र निरासा छ । सादगी र सन्तोष अभावमा आज दिनानुदिन आत्महत्याका घटनाहरु घटेका छन् । दिनप्रतिदिन मानिसहरु महत्वाकांक्षी बन्दै गएका छन् । मानिसहरु खुशी खोज्दा खोज्दै बेखुसी बनिरहेका छन् । मानवीय अस्मिता आज भारतीय कोठी हुँदै अफ्रिकाका तारे होटलमा पीडित भई चिच्चाइरहेका छन् । अपहरण, हत्या र बलात्कार जस्ता अमानवीय रंगहरू मानवताको छातीमा लतपत्त हुने गरि पोतिएका छन् । समाज अनैतिकता र विवेकहीनताको मार्गतर्फ उन्मुख भइरहँदा हामीले हाम्रा गौरवमय आर्दशतालाई तिलाञ्जली दिइराखेका छौं । नीतिशास्त्र, धार्मिक ग्रन्थ र पुराणले हामीलाई नैतिकता र अभेदको पाठ पढाएको छ । तर हामी त्यसलाई लत्याएर व्यक्तिवादी विचार र चरीत्रमा रमाइरहेका छौँ । नैतिकता र विभेदका परिभाषाहरू बदलिएका छन् । जीवनदर्शन, स्वतन्त्रता र नैतिकवान वन्ने सोचमा परिवर्तन आउन सकेको छैन । अधिकाँश मानिसहरु गुदीका लागि भन्दा बोक्राको लागि झगडा गरेका छन् । कहि कतै खाने कुरा देखेमा कागले अरु कागलाई बोलाउँछ । तर कुनै भिखारी कहीँ केही देखेमा अर्को भिखारीलाई खवर गर्दैन । यस्तो स्वार्थको चरम अवस्थामा नेपाली समाज पुगेको छ । समाजको जागरणका लागि थुप्रै क्रान्तिहरु भए तर ती सबै अपूर्ण देखिए । सबै क््रmान्तिहरु कहीँ न कहीँ र कसैको दवावमा सम्झौतामा गएर टुँगिए । समाजको वाह्य आवरणमा थुप्रै परिवर्तनका कोरा नाराहरू घन्काइयो र आशाका मशालहरू सोझा साझाहरुलाई उठाउन लगाइयो । फलस्वरूप शासन प्रणालीमा परिवर्तन आयो, सत्ताका केन्द्रहरू फरक भए, हिजोका राजा महाराजाहरू सट्टा नयाँ राजा र महाराजाहरू नयाँ पहिरनका साथ प्रकट भए । मानिसका प्रवृत्ति फेरिए, जीवनस्तर फेरिए, पेशा व्यवसायमा विविधता आयो । तर सामाजिक सोच, विचार र दृष्टिकोणमा क््रmमभंगता हुन सकेन । हामीले मानवीय स्वतन्त्रता, समानता र सामाजिक न्यायसहितको समृद्ध समाजको खाका कोर्न सकेनौं । यही नै नेपाली समाजको दुर्भाग्य हो ।
शिक्षा र समाज
कुनै पनि मुलुकको विकास शैक्षिक विकास विना सम्भव छैन । किनभने शिक्षा सम्पूर्ण समाजको विकासको मूल स्रोत हो । व्यक्तिको विकासदेखि समाजको रूपान्तरणमा शिक्षाको अहम् भूमिका रहेको हुन्छ । जबसम्म शिक्षाले समाजलाई वुभ्mन, विश्लेषण गर्न र रूपान्तरण गर्ने अभियानको नेतृत्व गर्न सक्ने हुँदैन तबसम्म समाज अगाडि वढ्न सक्दैन् । शिक्षाको माध्यमबाट मानवले समाजलाई बुझ्ने सुवर्ण अवसर प्राप्त गर्दछन् तब मात्र समाज परिवर्तनतर्फ उन्मुख भई समुन्नत समाजको निर्माण हुन्छ । समुन्नत समाज निर्माण गर्ने अभियानमा विद्यार्थी, अभिभावक, शिक्षक साथै सरोकारवाला सबै एकिकृत हुनुको विकल्प छैन् । राज्यले शिक्षालाई प्राथमिकता दिएर त्यसको विकासको लागि लगानी वढाउदैन तवसम्म शिक्षाको उन्नयन हुँदैन र समाजमा समृद्धिले पनि गति लिन सक्दैन ।
आजको नयाँ सन्र्दभमा शिक्षा र समाजविचको सम्बन्धलाई यसको अन्तरक्रियामा हेर्न आवश्यक छ । प्राचिन समयमा अस्तित्वमा रहेको सामाजिक प्रणाली आज छैन् । प्रविधि र सञ्चारमा आएको व्यापक परिवर्तनले आज विश्वलाई एउटा गाँउमा रूपान्तरण गराइ दिएको छ । जसको परिणाम स्वरूप आज समाज व्यापक फराकिलो र विविधता युक्त हुँदै गएको छ । शिक्षालाई समाजको विस्तृत दृष्टिकोणबाट विचार गरिन्छ । शिक्षा आफैमा एउटा विशाल संसार हो ।
तसर्थ शिक्षालाई वर्तमान संसारको प्रतिबिम्बको रूपमा लिन सकिन्छ । मानिसहरू आफ्ना उद्देश्य पुरा गर्ने सन्दर्भमा समाजमा रहन्छन । शिक्षा समाजको निर्माण र गतिशिल बनाउनका लागि सदैव सहयोग गर्दछ । समाजले शिक्षाको ढाँचामा परिवर्तन गर्दछ भने अर्कोतर्फ यो पनि सत्य हो कि सामाजिक परिवर्तनहरू शिक्षा मार्फत नै हुने गर्दछन् । समाज र शिक्षाविच अन्योन्याश्रासित सम्बन्ध रहेको हुन्छ । शिक्षाको माध्यमबाट मानिसले आफ्नो जाती, बस्ने खाने, मूल्य, मान्यता, संस्कृति तथा परम्पराको जर्गेना गर्ने देखि लिएर आस्था र विश्वाससँग परिचित हुने अवसर प्रदान गर्दछ । शिक्षाले मानिसको भौतिक तथा मानसिक विकास गराउनु, नयाँ अनुभवहरू प्राप्त गर्न सहयोग गर्नु र समाजका आवश्यकता साथै समस्यासँग परिचित हुने मौका समेत दिलाउँदछ । शिक्षाको जगमा समाजको भौगोलिक, सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, आर्थिक अवस्थामा परिवर्तन भएको हुन्छ । ठिक त्यसै प्रकार समाजमा भएको परिवर्तनको गोरेटोबाट शिक्षाको प्रस्ताव, स्वरूप र ढाँचामा परिवर्तन हुन गई समाजका विविध आयामहरूमा परिवर्तनका नविन किरणहरू देखा पर्दछ ।
शिक्षाको माध्यमबाट समाजमा शान्ति सिर्जना गर्न, गरिबीलाई न्यूनिकरण गर्न, जातीय विभेदलाई कम गर्न, विकृति र विंसगतिलाई हटाउन र आफ्ना अधिकारका बारेमा जागरूक गराउन मद्धत गर्दछ । शिक्षा समाजको बृहत्तर हित, सुख र खुसी जीवनका लागि अनिवार्य जस्तै छ । शिक्षा ज्ञान हो । समाज देश हो । यी दुबै एक अर्कोमा पूरक मात्र होइनन् कि दुबैको एकता र सहकार्यमा नै समग्र देशको कल्याण भएको पाइन्छ । लेखकः अरण्यज्योति पुस्तकालय पोखराका अध्यक्ष हुन् ।
नेपाली समाज र शिक्षा
प्रतिकृया दिनुहोस्