Pokharapatra National Daily

युवाको रोजाइमा पर्यटन

–ईश्वर सुवेदी

जन्मस्थान म्याग्दीमा स्कुले शिक्षा पुरा गरेपछि २०६६ सालमा उहाँ कलेज पढ्नको लागि पोखरा झर्नुभयो । कुन बिषय पढ्ने भन्ने टुंगो थिएन । हेर्दै जाँदा पोखराको पर्यटन क्षेत्रले आकर्षित गर्यो । अनि यहीको पर्यटन क्षेत्रमा केही गर्ने संकल्पले पर्यटन विषय लिएर क्याम्पस भर्ना हुनुभयो । यो बीचमा विदेश जाने सोच पनि नआएको होइन । पढाई सकेपछि भने पछिल्लो करीब आधा दशकदेखि
पोखरामै रहेर पर्यटन विषय प्राध्यापन गर्दै आउनुभएको छ, ईश्वर सुवेदीले । उहाँसँग पर्यटनमा युवाको सहभागिता लगायत विषयवस्तु माथि केन्द्रित रहेर पोखरापत्रका दीपेन्द्र पहारीले गर्नुभएको कुराकानीः

 हालको पर्यटन क्षेत्रबारे तपाईंको टिप्पणी ?
प्रकृति र संस्कृतिले धेरै दिएको छ पोखरालाई । तरपनि दक्ष जनशक्तिको कमी, पर्यटनको ज्ञान र शिक्षाको कमी र धेरै बेथितीहरु चिर्न बाँकी छ । सुधार गर्नुपर्ने धेरै पक्षहरु छन्, जुन सम्भव छ । यसमा सबैको हातेमालोको उतिक्कै आवश्यक छ ।
 कस्तो छ पर्यटनमा जनशक्तिको अवस्था ?
शहरी क्षेत्रमा त सुधारिदै जादै छ किनकी पोखराले पनि आवश्यक जनशक्ति उत्पादन गरिरहेको छ । पर्यटनमा रोजगारीको धेरै सम्भावना छ । जहाँसम्म ग्रामीण पर्यटनको कुरा छ, त्यहाँ तालिमको आवश्यकता छ । हामीले पनि धम्पुस, अस्ताम् लगायतका पोखरा वरिपरीका होमस्टेहरुमा, खाना लगायत आतिथ्यताका बारेमा तालिम संचालन गर्यो । अहिले गाउँमा पनि पर्यटन मार्फत जीविकोपार्जनको अवसर सृजना भएको छ । गाउँको आतिथ्यतामा जस्ता पर्यटक आत्मीयता अन्त कतै भेटिदैन, जुन निकै खुशीको कुरा हो ।
 तपाईंको जन्मस्थान म्याग्दीमा पर्यटनको कस्तो सम्भावना छ ?
भौगोलिक हिसाबले सुन्दर ठाउँ अनि बहु सांस्कृतिले धनी भएकाले पनि म्याग्दीमा प्रचुर मात्रामा पर्यटनको सम्भावना छ । धौलागिरी आईस फल, रुप्से भ्यू पोइन्ट जस्ता पर्यटकीय क्षेत्र छन् । पछिल्लो समय काठमाडौंदेखि म्याग्दीको गलेश्वर हुँदै राखु भगवतीसम्मको साईकल यात्राले रुप्स भ्यू पोइन्टलाई अझै प्रर्वधन गरेको छ ।
 पर्यटन क्षेत्रमा आउन चाहने युवालाई के सन्देश दिन चाहनुहुन्छ ?
नेपालमा विश्व सम्पदा सूचीमा रहेका धेरै पर्यटकीय स्थानहरु छन् । तिनको संरक्षण र सम्बद्र्धन गरी भावी पुस्ताका लागि जोगाउनु अहिलेका युवा पिढीको कर्तव्य हो । अब युवाहरु जागरुक भएर प्राकृतिक तथा पर्यटकीय संरचनाको इन्नोभेटिभ तरिकाले परिचालन गर्नुपर्छ ।
 हाल कोभिडले मारमा परेको पर्यटन क्षेत्रलाई हेर्दा के भन्नुहुन्छ ?
पक्कै पनि कोभिड १९ को महामारीले पर्यटन क्षेत्रलाई धेरै असर ग¥यो । अझ भन्नुपर्दा व्यवसाय त धरासायी नै भयो । कती त उठ्नै नसक्ने गरी थला परेका छन् । यसमा सरकारी तवरबाट जती सक्दो छिटो यथोचित सम्बोधन गर्नुपर्छ ।
 पोखराका शैक्षिक संस्थाको पर्यटन विकासमा कस्तो भूमिका छ ?
पर्यटन पढाई हुने शैक्षिक संस्थाले गुणस्तरीय शिक्षा प्रदान गरेर युवाहरु विदेश पलायन हुनबाट रोकेका छन् । किनकी पढाईपछि विद्यार्थीले यहीको पर्यटन क्षेत्रमा रोजगारीको अवसर प्राप्त गरिरहेका छन् । त्यसैले पोखराका शैक्षिक संस्थाको पर्यटन विकासमा महत्वपूर्ण योगदान रहेको छ ।
 पोखराको पर्यटनका आगामी दिन कसरी अघि बढ्लान् जस्तो लाग्छ ?
यहाँ आउने पर्यटकले स्वर्गको अनुभूति गरेको पाएको छु । यहिबाट नजिकै टे«किङ र पछिल्लो समय साहसिक पर्यटनले पनि गति लिएकाले पोखरामा पर्यटनको भविष्य अति सुनौलो छ । खेल पर्यटनको पनि उत्तिकै सम्भावना बोकेको छ पोखराले । अर्को कुरा, पोखराको क्रेज अझै बढाउन धेरै रचनात्मक संरचनाहरुको विकास हुन जरुरी छ ।
 सरकारी निकाय लगायत टुरीजम् बोर्डको भूमिका कस्तो पाउनुभएको छ ?
पर्यटन प्रवद्र्धनमा पर्यटन बोर्डले अहम् भूमिका खेलेको छ यद्यपी सरकारी निकायबाट पर्यटन विकासका लागि धेरै पहल गर्नुपर्ने देखिन्छ । हाम्रो पर्यटनको इतिहास धेरै पुरानो होइन, विस्तारै अघि बढ्दै छ । विदेशमा भएका पर्यटन विकासको सिको गर्न सके पनि हामीले धेरै गर्न सक्छौ । तर यसमा सबैले हाम्रो मौलिकता सही ढंगले पर्यटकलाई पस्कनुपर्ने हुन्छ ।
 तपाईंका आगामी योजना के कस्ता
छन् ?
हाललाई प्राध्यापनलाई नै निरन्तरता दिएर केही वर्षको विश्राम पछि एउटा कल्चरल रिजोर्टको कन्सेप्ट लिएर अघि बढ्ने सोचमा छु । यस्तो रिजोर्ट जसका नेपाली कला संस्कृति झल्काउदैं नेपाली चिनारी सहितको आतिथ्यता प्रदान गर्न सकियोस् । जहाँबाट पर्यटकले नेपालीपन झल्कने सम्झना बोकेर जान सकुन् ।

प्रतिकृया दिनुहोस्