संस्थापक प्रिन्सिपल
सूर्याेदय बोर्डिङ स्कुल,पोखरा
प्रसंङ्ग २००३ सालको हो । पुर्खौली थलो तनहुँको फिरफिरे भएतापनि बुबा भारतीय सेनाको जागिरे हुनुभएका कारण उहाँको जन्म भारतमै भयो । बाल्यकाल, प्रारम्भिक शिक्षा र उच्च शिक्षा पछि उहाँ २०२० सालमा नेपाल फर्कनुभयो । पोखरामा शिक्षाको
ज्योति भर्खर बल्दै गरेकाले पढाउने शिक्षकको कमि थियो । त्यसपछि पोखरेलीले उहाँलाई फर्कनै दिएनन् । अनि शुरु भयो, उहाँको शैक्षिक यात्रा । यस्तो यात्रा, जुन विगत ५८ बर्षदेखि निरन्तर जारी छ । समयसँगै पोखरा बदलियो, समयले धेरै काचुली फेरयो तर पनि उहाँलाई उमेरले छेकेन । यो क्षेत्रकै शैक्षिक धरोहरको रुपमा रहेर पनि उहाँ नेपथ्यमै बस्न रुचाउनुहुन्छ । पोखरामा सरकारी विद्यालबाट अवकश प्राप्त गरेपछि २०३८ सालमा स्थापित पोखराको सूर्याेदय बोर्डिङ स्कुल संचालन गर्नुभएका सोही स्कुलका संस्थापक प्रिन्सिपल रुप बहादुर गुरुङसँग पोखरापत्रका दीपेन्द्र पहरीले गर्नुभएको कुराकानीः
तपाईंको पोखरा आगमन कसरी
भयो ?
२०२० सालतिर म आफन्त भेटघाट र घुम्नको लागि पोखरा आएको थिए । पोखरामा त्यतिबेला राम्रो पढाउने शिक्षकको अभाव रहेछ र स्थानीयले मलाई पढाउन अनुरोध गर्नुभयो । यसरी म पोखराको शिक्षा क्षेत्रसँग लामो समय देखि जोडीने अवसर पाए ।
लाहुरे परिवेशमा हुर्किएको मान्छे, तपाईंलाई सेनामा जागिर खाने सोच
आएन ?
बुबा दोस्रो विश्वयुद्धमा पनि लड्नुभएको सेना भएतापनि घरबाट लाहुरे बन्नुपर्छ भनी मलाई कहिल्यै प्रेसर भएन । एकचोटी नेपाल आर्मीमा ट्राइ गर्न काठमाडौं गएको थिए । एक चरण पास गरेपछि लामो छनौट प्रकृयाले महिनौ लाग्ने भयो । यता पोखरामा फेरी पढाउनु पर्ने भएकाले पोखरा फर्की हाले । त्यसपछि भने लाहुरे हुन कहिल्यै रुची भएन । शिक्षा क्षेत्रमै नशा बस्यो ।
तपाईंले देख्नुभएको पोखरा कस्तो थियो ?
त्यतिबेला पोखरा त गाँउ जस्तै थियो । न राम्रो बाटो, न गाडी नै गुड्थे । काहुँको डाँडाबाट हेर्दा सुन्दर तथा हरियाली देखिन्थ्यो पोखरा । थोरै स्कुल र एउटा गण्डकी हस्पिटल थियो । त्यो बेला पोखरा काठमाडौंको जहाज पनि २–३ हप्ता अगाडिबाटै बुक गर्नुपथ्र्याे ।
त्यतिबेला पोखराको शैक्षिक अवस्था कस्तो थियो ?
केही स्कुलहरुको अलावा ४ वटा सामुदायीक हाई स्कुलहरु, राष्ट्रिय मावि, सोल्र्जर बोर्ड स्कुल, भद्रकाली स्कुल लगायत थिए । पृथ्वीनारायण क्याम्पस भर्खर शुरु भएको थियो । २०२१ सालतिर हुनुपर्छ, मलाई भद्रकाली स्कुलका तत्कालिन व्यवस्थापन समितिका सचिव चित्रांगत सिग्देलले स्कुल नजिकैको चौतारीमा बसेर नियुक्तीपत्र दिनुभएको सम्झना छ । हामीले म्याथस्, ईंग्लिश जस्ता विषयहरु ईण्डियन राइटरकै पढाउनुपथ्र्याे । समग्रमा भन्नुपर्दा शैक्षिक स्तर दयनीय तर सुधारात्मक तरिकाले अघि बढिरहेको थियो ।
शिक्षक हुनुको सन्तुष्टि शब्द मार्फत व्यक्त गरिदिनुहोस् न ?
जतिबेला पोखरामा म्याथस्, साईन्सको टिचरको कमी थियो, त्यसलाई पुरा गर्न सकेकोमा खुशी लाग्छ । पोखराको शिक्षा क्षेत्रमा थोरै भएपनि इट्टा थप्न पाउदा गर्वको महशुस हुन्छ । काठमाडौं जाने सोच थियो, गएको भए के हुन्थियो, थाहा भएन । तर पोखरामा त्यतिबेला पढाउने मात्र चलन थियो तर मैले विद्यार्थीलाई मैले जानेको पीटी, परेड र अतिरिक्त क्रियाकलाप सिकाए, जुन विद्यार्थीको होलिस्टिक डेभलपमेन्टमा निकै फलदायी साबित भएको थियो । २०५२ सालमा सरकारी सेवाबाट रिटयर्ड भएपनि निजी क्षेत्रबाट केही गरौ भनी लागि परेको छु, जुन आजसम्म पनि निरन्तर छ । मैले पढाएका विद्यार्थीले एस.एल.सी.मा बोर्ड फस्र्ट पनि भए, जसले मलाई झन् हौसला प्रदान ग¥यो ।
अहिले र त्यतिबेलाका विद्यार्थीमा कस्तो फरक पाउनुहुन्छ ?
पहिलाका विद्यार्थीहरु मेहनती थिए । टिचरप्रति सम्मान गर्दै, नजानेको कुरा सोध्थे । तर अहिले धेरै विद्यार्थी शिक्षकसँग बोल्न चाहदैनन् । शायद धेरै सुविधा पाएर अहिलेका विद्यार्थीहरु यस्ता भएका हुन् । स्कुलले त नैतिक कुरा सिकाउने हो, त्यसलाई घर व्यवहारमा प्रयोग कम भयो जस्तो लाग्छ ।
हालको शिक्षा व्यवहारीक भएन भन्ने आरोपलाई कसरी लिनुहुन्छ ?
२०२८ सालतिरको कुरा हो, जतिबेला म कन्या स्कुलमा पढाउथे । तत्कालिन राजा महेन्द्रलाई विद्यार्थीमार्फत रत्नमन्दिरमा सांस्कृतिक कार्यक्रम देखाउने क्रममा मलाई भन्नु भएको थियो कि, हामी हाम्रो शिक्षा प्रणालीलाई नयाँ ढंगले लिएर जादैछौ । त्यसपछि कास्की र चितवनमा नयाँ प्रणाली लागु नै भयो । तर राम्रो शिक्षा प्रणाली भएपनि कार्यान्वयनमा कमजोर भयो र व्यवहारीक बन्न सकेन । यसमा शिक्षकहरुको पनि पक्कैकमजोरी रहेको हो ।
सरकारी र बोर्डिङ स्कुलको शिक्षामा सिकाई प्रक्रिया र नतिजाको हिसाबले किन धेरै अन्तर छ ?
सरकारी स्कुलको नतिजा खस्कनुमा
पाठ्यक्रम एउटै भएता पनि शिक्षक र विद्यार्थीको अनुशासन नै प्रमुख कारण हो । यसलाई सुर्धादंै लग्यो भने सरकारी र बोर्डिङ स्कुलबीचको खाडल पुरिदै जान्छ । यसमा अभिभावक पनि उतिकै सचेत हुन जरुरी छ ।
आगामी यात्रा कसरी तय गर्दै
हुनुहुन्छ ?
धेरैले भन्छन् कि अब आराम गर्ने बेला भयो । तर म अझै पनि उही जोशले पढाईरहेछु । मेरो एउटा ठुलो फोटो खिचेर त्यसको तल, ‘माई बेस्ट इज एटटु कम’ अर्थात, ‘मेरो सर्वोत्कृष्टता अझै आउन बाँकी छ’ भन्ने लेखेर स्कुलमा राख्ने विचार गर्दैछु । यसबाट के सन्देश जाओस् भने, जिन्दगीमा सिकाई कहिल्यै नसक्किने प्रक्रिया हो ।