Pokharapatra National Daily

बड्दो जाडो र गरिबीको पीडा

युवराज खनाल, पोखरा
महिना माघ थियो, बिहानपखमा हावा चलेको थियो,
छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो,
जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो,
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!
टोपी सिर्फ छ नाम मात्र शिरमा, जम्मै टुपी निस्कने
भोटो जीर्ण धुजाधुजा छ उसको, छाती पिठ्यूँ देखिने,
धोती केवल चार अङ्गुल धरो, नङ्गा छ र्सवाङ्गमा,
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!
आँखीभौँ छ तुषारका पतनले सेता भएका दुबै,
खुट्टाका अउँलाहरु, नङहरु नीला भएका सबै,
पैताला छ छियाछिया हरुघडी हा !! रक्त टप्काउँदै
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!
कैले बस्तछ छेउमा सडकको खुम्च्याइ छाती, अनि
कैले हेर्दछ पूवतर्फ नभमा लाली चढ्यो की भनी,
काखीभित्र घुसारी हा ! कर दुबै छोपेर ‘स्यूः स्यूः’ गरी
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!
ठण्डा उग्र हिमालको बरफ झैँ च्चः ! बाहिरी अङ्ग छन्,
आगो बल्दछ पेटभित्र तर जो निभ्दैन सल्कन्छ झन्स
निस्कन्छन् मुखबाट धूम कुहिरो झैँ, दाँत कट्काउँदै
काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!
भिम निधि तिवारीले लेख्नु भएको कवितालाई आत्मासाथ गर्दै गरिबी र जाडो को सम्बन्धलाई कलम चलाउन चाहान्छु । जिवनका कयौ काचुली फेरि सबै कुराहरू भोग्नु मेरो जिवनको एर्को पक्ष हो । सवै भन्दा ढुंगो साह्रो त्यो भन्दा नि नहुनु सा¥ह्रो’ भनेजस्तै गरिव हुनु भन्दा सा¥ह्रो संसारमा अर्को केही छैन । गरिवकोे समाजमा कुनै स्थान हुदोरहेनछ । सवैले अपहेलित व्यवहार मात्र गर्छन । सवैले हेप्छन् । धेरैले जर्जर यातना र दुःख भोगिरहेका छन् । गरिवलाई अनेक यातना, उपमा र विशेषण दिने गरिन्छ । कसैले वास्ता व्यस्ता नै गर्दैनन् । सम्मानित ढंगबाट व्यवहार गरिदैन । गरिव भएकै कारण सामाजिक उत्पिडन र भेदभावको शिकार भई अपमानित जिवन विताउन परिरहेको यही समाजमा हामीले देखिरहेका छौ ।
गरिव जीवनमा सास भएर पनि धेरै पटक मर्न पर्दो रहेछ । छोराछोरीलाई स्कूल पढाउदा फि तिर्न नसकेर एक पल्ट मर्छ । विरामी भएर उपचारका लागि अस्पताल जाँदा अस्पतालको खर्च बर्च तिर्न नसकेर अर्कोपल्ट मर्छ । सास अड्काउनका लागि जसरी भए नि खानु प¥यो । बजारमा चामल, दाल, तेल, तरकारी आदी किन्न जाँदा अर्को पल्ट मर्छ । लाज गाल ढाक्न मात्रै भए पनि लुगा त लाउनै प¥यो र बजारमा लुगाफाटो किन्न जाँदा फेरी अर्को पल्ट मर्छ ।यसरी गरिव जीवनमा पाइलै पिच्छे मर्दै बाँच्दै गर्छ ।
गरिव बाँचेर पनि मरे तुल्य छ । देशमा मंहगीले आकाश छोएको छ । कुनै पनि बस्तु र सेवा खरिद गर्न सक्ने अवस्था र स्थिती छैन । गरिवले बजारमा गएर केवल आँखाले मात्र सपिङ गर्न सक्ने अहिलेको स्थिती छ । साच्चै भन्ने हो भने आम नेपाली यही श्रेणीमा जीवन विताई रहेका छन् । जीवन चलाउन र धान्न धेरै नेपालीलाई कठिन छ । जस्ले जति सुकै गफ गरे पनि खान र लाउन नेपालीलाई पुगेकै छैन भन्दा पनि हुन्छ । आफुले भोगिरहेको जीवनलाई हेरे थाहा हुन्छ कि म कति गरिव छु ? खान र लाउन नपुगेको कुरा आम नेपालीको अनुहारबाट पनि प्रष्ट संग झल्किरहेको देखिन्छ । अनि हाल को महामरिमा हनहन ज्वरो आउँदा सिटामोल खान नपाएका हस्पिटल जान भन्दा घरेलु रोग पालेर बस्ने लाई सोधे थाहा हुन्छ । गरिवको पीडा र मर्म ।
गरिवको यो दुनियमामा कोही भरपर्दो सहारा हुदैन । सवै मुखले मात्र ठिक्क पार्छन् परेका दिन सवैले बहाना मात्र गर्छन् । अहिले हेर्दा लाग्छ मानिस त के दुःखमा गरिवलाई साथ दिने भगवान पनि हुदैन । भगवानले पनि बढी दुःख दिएको जस्तो लाग्छ । तमाम दुःख, पिर, मर्का, चोट, बेदना सहनु भन्दा अर्को विकल्प गरिवसंग छैन । खाने लाउने हिड्ने डुल्ने चाहना सवै आफु मरेर जाँदा संगै मरेर जान्छ । गरिव भएर बाँच्नु पर्दाको पिडा केवल गरिवलाई मात्र थाहा हुन्छ । ठूला ठूला महलमा बस्ने र मंहगा गाडी चढनेलाई के थाहा ?
गरिवले हरेक रात खाने नभएर भोकै सुत्नु परिरहेको छ । लाउने नभएर जाडोले मर्नु परिरहेको छ । औषधी उपचार गर्ने पैसा नभएर रोग पालेरै कुहिएर बस्नु परिरहेको छ । छोराछोरी पढाउने पैसा नभएर भविश्यका कर्णधार त्यसै खेर गइरहेका छन् । अनेकौ इच्छा, आंकाक्षा र चाहनालाई तिलाञ्जली दिनु परेको अवस्था छ ।
सपनाहरु विपनामा परिणत गर्न सम्भव छैन । मन भित्रका भावना र संवेदनालाई दवाउनु पर्ने अवस्था छ । यस्ता गरिवको पिढा र बेदना कस्ले बुझने ? अहिले त तीन तहका सरकार छन् । कुनै न कुनै सरकारले सम्वोधन गरे हुदैन र ? गरिवहरु राजनीति गर्नेका भोट बैक मात्र त होइनन् नि ? कि हुन ? के चुनाव जितेर राज्य सत्तामा पुगे पछि गरिवका आशु पुछनु पर्दैन ? आखिर गरिवको भोटले राज्य सत्तामा पुग्ने र पुँजीपति बर्गको हितमा काम गर्ने देशका शासकहरु अलिकति पनि जिम्मेवार देखिदैनन् र उनीहरुको रवैयाको साक्षी बन्दैे गरिव अर्को पल्ट मर्छ ।
गरिवले कागती निचोरे जस्तो अनुहार लिएर हिडिरहनु परेको छ । संयोगले बाँचे बाँचिहाल्छ नत्र आफ्नो इहलिला समाप्त पार्न बाध्य छ । गरिवको अभिभावक सरकार बन्नु पर्ने हो । तर सरकार त माफियाको चंगुलमा छ । सरकार नै माफियाको नोकर र दास भएको छ । माफियालाई मलजल गर्दै गरिवका मुद्धा ओझेलमा परेका छन् । सरकारका वरपरका आसे पासे लौरे घजेहरु लुटेर खान पल्केका छन् । सरकार त्यसैको वरपर घुमिरहेको छ । गरिवको बजारमा सहज पहुच हुने पर्ने तर बजारको नियन्त्रणमा सरकार चलिरहेको छ । जसले गर्दा गरिवीले दुई पत्र छाला गएका गरिवहरु फेरी अर्को पल्ट मर्नु परिरहेको छ ।
गरिवलाई खान, लाउन, बस्न, शिक्षा, स्वास्थ्यको कुरा त परै जाओस सास फेर्न पनि गाह्रो छ । मरी हाल्न पनि सक्दैन इच्जतदार र गुणस्तरिय जीवन विताउन पनि सक्दैन । मर्नु भन्दा बहुलाउनु बेस भने जस्तो कयौ गरिव गरिविकै कारण पागल भएर रोडमा ढुंगा हान्दै हिडिरहेका पनि छन् । नेपाली समाजको गलत आचरण र व्यवहारका कारण गरिव अझ गरिव बन्दै गइरहेको छ र यो हेर्दै अर्को पल्ट मरिरहेको छ । यहाँ गरिवले काम गर्छु भनेर काम गर्न पनि पाउदैन । चिहान खन्न विदेशी भूमीमा जानु पर्ने बाध्यता छ । नेपालीहरु त छोराछोरी पाउने मेसिन मात्र हुन् । छोराछोरी विदेशीका लागि जन्माइदिएका हुन् । अलि ठूला भए पछि विदेश कुदी हाल्छन् । नकुदेर पनि के गरुन ? देशमा बसेर काम गर्ने परिस्थित नै छैन । नेपाली गरिव भएर नै छोराछोरी विदेश फरार भएका हुन् । यता नेपालमा बाउआमा छोराछोरी सम्झेर छाति पिटी पिटी रुन्छन् उता विदेशमा छोराछोरी बाउआमा घर परिवार सम्झेर सिरानी भिजाउछन् । यो दर्दनाक स्थिती भित्र गरिव नेपालीको कथा लुकेको छ । जसले गरिव माया, प्रेम र सम्वन्धको अभावमा फेरी मर्छ ।
आखिर मान्छे किन गरिव हुन्छ ? गरिव धेरै कारणले हुन सक्छन् । राज्य व्यवस्था, कुशासन, साधनस्रोतको असमान वितरण आदीका कारणले मानिस गरिव हुन सक्छ । जे सुकै कारणले गरिव भएता पनि राज्यले नीति बनाएर गरिवी न्यूनिकरण गर्नु पर्छ । तर यस देशमा कुनै पनि ऐन, कानून, नीति नियम सवै गरिवका विरुद्धमा तयार भएका छन् । नेपालमा त शासकहरु राज्य मेरो बाउको विर्ता हो जस्तो गर्छन । शाससकले गरिवको बेदना नबुझेका होइनन् तर उनीहरु गरिवको पक्षमा काम गदैनन् । त्यसैले लाखौ रुपयाँ ऋणको भारी टाउकोमा बोक्दै गरिव फेरी मर्छ । गरिवले जति कराए पनि चिच्याए पनि सुन्ने कोही हुदैन । ठूलालाई मोजमस्ती र भोज भतेरमा नै फुर्सद छैन । गरिव दिनदिनै यसरी मरिरहदा उनीहरुका लागि न सरकार छ न अरु कोही । गरिवले कतै बाट पनि चित्त बुझाउने ठाँउ नै छैन ।
देशमा सरकार भएर पनि गरिवले टुहुरो जिन्दगी विताइ रहनु परेको छ । कागताली लागेर पदमा पुगेको शासक सिंगान आउदा गिलो दिसा लाग्दा उपचारका लागि राज्यको पैसामा विदेश सयर गर्दा गरिवले आफु क्यान्सरले कुहिएर हाँसी दिनु पर्ने स्थिती छ । अलिकति राज्य चलाउनेलाई लाज, घिन र सरम हुनु पर्ने त्यो पनि छैन । सर्वहारा बर्गको सरकारको सुशासनका नाममा भएको कुशासन हेर्दै गरिव फेरी पनि मरिरहनु परेको छ ।

प्रतिकृया दिनुहोस्