Pokharapatra National Daily

औषधी व्यवसाय, चिकित्सा पद्धति र अर्थशास्त्र

-कृष्ण लामिछाने, पोखरा
अन्य सामान्य ब्यवसाय भन्दा औषधि ब्यवसाय अलि सम्बेदनशिल र मानव जीवनसंग प्रत्यक्ष सरोकार रहने ब्यवसाय हो । यो ब्यवसाय संचालन गर्नका लागि आवश्यक प्राविधिक ज्ञान, सीप र ब्यवसायिक दक्षताको आवश्यकता पर्दछ । औषधी बिक्री वितरणका लागि विशेष तालिम अर्थात औषधी ब्यवस्था बिभागबाट संचालन गरिने कम्तिमा पनि एक महिनाको औपचारिक ओरियन्टेशन तथा बेला बेलामा दिइने पुर्नताजगी तालिमहरुमा प्रत्यक्ष सहभागी भएर उत्तीर्ण भएको वा सि फार्मेसी पास गरेको ब्यक्ति हुनु पर्दछ । यसका अलवा यो ब्यवसाय गर्न सक्ने ज्ञान, सीप, तत्परता, सेवामुखी भावना, औषधी भण्डारण र सजावटको ज्ञान भएको, सेवाग्राही मैत्री, मिजासिलो स्वभावको, निरोगी तथा फुर्तिलो ब्यक्ति हुनु पर्दछ ।
यसै गरी चिकित्सा पद्धति र औषधी ब्यवसायको पनि प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । नेपालमा चिकित्सा पद्धति धेरै प्रकारका छन जस्तैः एलोपेथिक चिकित्सा, फिजिओथेरापी चिकित्सा, आयुर्वेदिक चिकित्सा, अकुपंंचर चिकित्सा, मेडिटेशन चिकित्सा, जोराइ चिकित्सा, हिलिग टच चिकित्सा, परम्परागत लामा झाक्री तथा झारफुक चिकित्सा आदि । यी चिकित्सा पद्धतिहरु मध्य सबै भन्दा प्रचलित तथा जनबिश्वास भएको चिकित्सा पद्धनि नै एलोपेथिक चिकित्सा पद्धति हो । यसलाई आधुनिक चिकित्सा पद्धति पनि भनिन्छ । यही चिकित्सा पद्धतिमा आधारित भएर, नेपालमा धेरै प्रकारका औषधीहरु उत्पादन, आयत र बिक्री बितरण भै रहेका छन् । गत बर्षदेखि औषधी ब्यबस्था बिभागले करिब १०० भन्दा बढी प्रकारका औषधीहरुमा निश्चित मुल्य निर्धारण अर्थात मुल्यको मापदण्ड (सीमा) तोकेको पनि छ तसर्थ हामीले औषधी बिक्री वितरणको ब्यवसाय संचालन गर्दा कुन चिकित्सा पद्धति, कसका लागि, कस्तो प्रकारको (थोक वा खुद्रा) र कहा संचालन गर्ने, पसल दार्ता नविकरको अध्यावधिकता हुनुपर्ने औषधी ब्यवस्था बिभागले तयार पारेको पसल संचालन र ब्यवस्थापन निर्देशिकाले निर्दिष्ट गरेका मापदण्डहरु न्ययम Good Pharmacy Practices(GPP), अथवा औषधि पसल संचालन गर्दा ध्यानदिन ुपर्ने असल अभ्यासहरु पालना गरेको हुनुपर्ने जस्ता विषयहरुमा ध्यान दिनु पर्दछ ।
यसका साथै प्रत्येक स्वस्थ्यकर्मी, चिकित्सक तथा औषधि ब्यवसायीले बिर्सनै नहुने पाटो भनेको बिरामी वा नियमित औषधी सेवन कर्ताको आर्थिक अवस्थको लेखा र जोखा । जुन ब्यवसायीले आधुनिक चिकित्सा प्रणली, कुशल ब्यवसायिक सीपका साथै ग्राहक भनौ या बिरामी भनौं या औषधी सेवन कर्ता भनौं उहाँहरुको आर्थिक अवस्था र ईच्छा शक्तिको बारेमा मसिनो गरी लेखाजोखा गरेर औषधिको प्रिस्क्रिप्सन, उपयुक्त परामर्श र सेवा भाव दिन सकियो भने मात्र औषधी ब्यवसायले पूर्णता पाउदछ । अन्यथा ब्यवसाय छोटै समयमा पनि समस्यामा पर्न सक्छ । अर्थशास्त्रको भाषमा यसलाई स्वास्थ्य र अर्थशास्त्र (Health and Economics) भनिन्छ । हामीलाई थाह छ प्रत्येक बिरमीको उपचार प्रणाली उसको आर्थिक अवस्थामा निर्भर रहेको हुन्छ । अर्थ अर्थात धनको अवस्था मजबुत भएमा मात्र उपचार प्रणली पनि उपयुक्त ठाउँ र उपयुक्त समयमा हुन सक्दछ ।
त्यकारणले कुनै पनि स्वास्थ्यकर्मी वा चिकित्सकले कुनै पनि उपचार पद्धति अपनाउँदा, औषधिको प्रिस्क्रिप्सन दिदाँ अर्थात तोकिदिदाँ र औषधी ब्यवसायीले परामर्श गर्दा बिरमीको आर्थिक पाटोलाई पनि ख्याल गर्न सकेमा यस सम्बन्धी कुनैपनि काम प्रभावकारी तथा सार्थक हुनेछ । अन्यथा बिरामीले थोरै मात्र औषधी किन्ने, अलिकति सन्चो महसूस भएपछि औषधी सेवन गर्न छाडी दिने आदि समस्या आउन सक्छ । औषधीको कुनै साईड ईफेक्ट देखिएमा चिकित्सको सल्लाह नलिने र आफुसँग भएको बिमारलाई झन जटिल बनाएर राख्ने जस्ता समस्याहरु बल्झिन सक्छन ।
कुनैपनि स्वस्थ्य नागरिकले मात्र राम्रो काम गर्न सक्छ, प्रशस्त धन आर्जन गर्न सक्छ र देशको अर्थतन्त्रलाई पनि टेवा पुराउन सक्छ । स्वास्थ नागरिक देशका आर्थिक खम्बा पनि हुन । बिरामी हुनु भन्दा अगावै बिरामी नै नहुने अवस्था सृजना गर्न सके हामी सबैको लागि लाभकर हुनेछ । यसका लागि ब्यक्ति स्वयंंले उसको नियमित आहार, आचरण, ब्यायम र ब्यबहारमा सुधार ल्यान जरुरी छ र सरकारी तबरबाट पनि बिभिन्न सचेतना तथा खोप र स्वास्थ्य सम्बन्धी परामर्श सेवा समयमा प्रदान गरी रहन जरुरी छ ।
–मोर्डन मेडिकल हल, पोखरा ।

प्रतिकृया दिनुहोस्