Pokharapatra National Daily

आगलागी नियन्त्रणमा जोड देऊ

फाल्गुन चैत्र महिनामा आगलागीका कारण बर्सेनि मानवीय क्षतिका साथै अर्बौं रुपियाँको भौतिक संरचना एवं वनपैदावार नष्ट हुने गरेको छ । यस वर्ष पनि सुक्खा मौसम सुरु भएसँगै पहाड तथा मधेश÷तराईमा आगलागीका सयौँ घटना सार्वजनिक भइसकेका छन् । लामो समयसम्म पानी नपर्दा देशका विभिन्न भागमा आगलागी भएका समाचार बन्ने गरेका छन । यी घटनामा परेर मानवीय क्षति हुनुका साथै सयौँ परिवार घरबारविहीन भएका छन् । आगलागीले भौतिक र मानवीय क्षति पुर्याएको छ । नेपाल ुकुल क्षेत्रफलको करिब ४५ प्रतिशत भूभाग ओगञटेको वन तथा बुट्यान क्षेत्रमा यतिबेला जताततै डढेलो लागेको समाचार सार्वजनिक भइरहेका छन् ।
‘हरियो वन, नेपालको धन’ भनिए पनि डढेलोका कारण जीवजन्तुका साथै वनपैदावरमा पुगेको क्षतिको आकलन गर्न सकिने अवस्था देखिँदैन । यस पटक हिउँदे वर्षामा कमी हुँदा गत फागुनदेखि सुरु भएको डढेलो र आगलागीका घटना देशव्यापी रूपमा विस्तार हुनु आमनेपालीका लागि चिन्ताको विषय बनेको छ । पछिल्लो २४ घण्टामा मात्रै आगलागीका ५५ वटा घटना भएका छन् । यी घटनामा परेर तीन जनाको ज्यान जानुका साथै केही घाइते पनि भएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा १२ दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाली सेनाले निभाउने प्रयास गरिरहे पनि जटिल भूबनोटका कारण डढेलो नियन्त्रणभन्दा बाहिर फैलिरहेको छ । कास्कीका गाउँ बस्तीमा आगलागीबाट बन पैदावर नष्ट भएको छ।जडिबुटीको समेत पाल्पाका पाँच वटा सामुदायिक वनमा सात दिनदेखि लागेको डढेलो पनि नियन्त्रणमा आउन सकेको छैन ।
मोरङ, रङ्गेलीको बाबुसाहेब टोलमा भएको आगलागीमा परेर २८ घरपरिवारको बिचल्ली भएको समाचारले उद्वेलित बनाइरहेको छ । विद्युत् प्रसारण लाइनका तार एकापसमा ठोक्किँदा विद्युत् सर्ट भई तारमुनिको घरमा आगो सल्किएको स्थानीयको भनाइ छ । यसै गरी पाँचथरको फाल्गुनन्द गाउँपालिकाको पञ्चमी बजारमा भएको आगलागीमा तीन वटा घर नष्ट भएका छन् । तेह्रथुमको फेदापमा जङ्गलबाट सल्केको आगो बस्तीमा आइपुगेर २० घर नष्ट भएका छन् । झापामा एक साताको अवधिमा १७ वटा आगलागीको घटनामा करोडौँको भौतिक क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ । यी त सार्वजनिक भएका प्रतिनिधि घटना मात्र हुन् । हिउँद लागेसँगै आगलागी र डढेलोसम्बन्धी विपत्का घटना बढ्ने भए पनि बेलैमा आवश्यक सावधानी नअपनाउँदा बर्सेनि क्षतिको दर वृद्धि भइरहेको देखिन्छ ।
विगत १२ वर्षको तथ्याङ्कलाई हेर्दा आगलागीकै कारण ठुलो सङ्ख्यामा मानवीय र आर्थिक क्षति मुलुकले बेहोरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कमा उल्लेख भए अनुसार यस अवधिमा २५ हजार २४० वटा आगलागी र डढेलोका घटना भएका छन् । यी घटनामा परेर एक हजार एक सयभन्दा बढीको ज्यान गएको देखिन्छ । मानवीय क्षति मात्रै नभएर औसतमा एक वर्षमा दुई अर्ब रुपियाँभन्दा बढीको आर्थिक क्षति आगलागीका कारण हुने गरेको छ । यस अवधिमा तीन हजार ३२६ जना घाइते तथा ३३ हजार १७५ घरपरिवार प्रत्यक्ष प्रभावित बनेका छन् ।
वनजङ्गलमा होस् कि घरमा, आगो आफैँ उब्जिने होइन । दाउरा तथा घाँसको लोभले वनजङ्गल आसपासका स्थानीयले डढेलो लगाउने गरेकोसमेत सार्वजनिक हुने गरेको छ । केटाकेटीले अनजानमा तथा चुरोट, बिँडी खानेका कारण पनि आगो लाग्ने गरेको छ । घरमा ग्यास चुहिएर, विद्युत् सर्ट भएर हुने गरेका आगलागीका घटना पनि उत्तिकै छन् । वनजङ्गलमा वन हेरालुको व्यवस्था गर्ने, सुरक्षाकर्मीको नियमित गस्तीका साथै अग्नि नियन्त्रण रेखा कायम गर्ने हो भने डढेलोका घटनामा कमी आउने वातावरणविद्को भनाइलाई सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिन्छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...