Pokharapatra National Daily

आगलागी नियन्त्रणमा जोड देऊ

फाल्गुन चैत्र महिनामा आगलागीका कारण बर्सेनि मानवीय क्षतिका साथै अर्बौं रुपियाँको भौतिक संरचना एवं वनपैदावार नष्ट हुने गरेको छ । यस वर्ष पनि सुक्खा मौसम सुरु भएसँगै पहाड तथा मधेश÷तराईमा आगलागीका सयौँ घटना सार्वजनिक भइसकेका छन् । लामो समयसम्म पानी नपर्दा देशका विभिन्न भागमा आगलागी भएका समाचार बन्ने गरेका छन । यी घटनामा परेर मानवीय क्षति हुनुका साथै सयौँ परिवार घरबारविहीन भएका छन् । आगलागीले भौतिक र मानवीय क्षति पुर्याएको छ । नेपाल ुकुल क्षेत्रफलको करिब ४५ प्रतिशत भूभाग ओगञटेको वन तथा बुट्यान क्षेत्रमा यतिबेला जताततै डढेलो लागेको समाचार सार्वजनिक भइरहेका छन् ।
‘हरियो वन, नेपालको धन’ भनिए पनि डढेलोका कारण जीवजन्तुका साथै वनपैदावरमा पुगेको क्षतिको आकलन गर्न सकिने अवस्था देखिँदैन । यस पटक हिउँदे वर्षामा कमी हुँदा गत फागुनदेखि सुरु भएको डढेलो र आगलागीका घटना देशव्यापी रूपमा विस्तार हुनु आमनेपालीका लागि चिन्ताको विषय बनेको छ । पछिल्लो २४ घण्टामा मात्रै आगलागीका ५५ वटा घटना भएका छन् । यी घटनामा परेर तीन जनाको ज्यान जानुका साथै केही घाइते पनि भएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा १२ दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाली सेनाले निभाउने प्रयास गरिरहे पनि जटिल भूबनोटका कारण डढेलो नियन्त्रणभन्दा बाहिर फैलिरहेको छ । कास्कीका गाउँ बस्तीमा आगलागीबाट बन पैदावर नष्ट भएको छ।जडिबुटीको समेत पाल्पाका पाँच वटा सामुदायिक वनमा सात दिनदेखि लागेको डढेलो पनि नियन्त्रणमा आउन सकेको छैन ।
मोरङ, रङ्गेलीको बाबुसाहेब टोलमा भएको आगलागीमा परेर २८ घरपरिवारको बिचल्ली भएको समाचारले उद्वेलित बनाइरहेको छ । विद्युत् प्रसारण लाइनका तार एकापसमा ठोक्किँदा विद्युत् सर्ट भई तारमुनिको घरमा आगो सल्किएको स्थानीयको भनाइ छ । यसै गरी पाँचथरको फाल्गुनन्द गाउँपालिकाको पञ्चमी बजारमा भएको आगलागीमा तीन वटा घर नष्ट भएका छन् । तेह्रथुमको फेदापमा जङ्गलबाट सल्केको आगो बस्तीमा आइपुगेर २० घर नष्ट भएका छन् । झापामा एक साताको अवधिमा १७ वटा आगलागीको घटनामा करोडौँको भौतिक क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ । यी त सार्वजनिक भएका प्रतिनिधि घटना मात्र हुन् । हिउँद लागेसँगै आगलागी र डढेलोसम्बन्धी विपत्का घटना बढ्ने भए पनि बेलैमा आवश्यक सावधानी नअपनाउँदा बर्सेनि क्षतिको दर वृद्धि भइरहेको देखिन्छ ।
विगत १२ वर्षको तथ्याङ्कलाई हेर्दा आगलागीकै कारण ठुलो सङ्ख्यामा मानवीय र आर्थिक क्षति मुलुकले बेहोरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कमा उल्लेख भए अनुसार यस अवधिमा २५ हजार २४० वटा आगलागी र डढेलोका घटना भएका छन् । यी घटनामा परेर एक हजार एक सयभन्दा बढीको ज्यान गएको देखिन्छ । मानवीय क्षति मात्रै नभएर औसतमा एक वर्षमा दुई अर्ब रुपियाँभन्दा बढीको आर्थिक क्षति आगलागीका कारण हुने गरेको छ । यस अवधिमा तीन हजार ३२६ जना घाइते तथा ३३ हजार १७५ घरपरिवार प्रत्यक्ष प्रभावित बनेका छन् ।
वनजङ्गलमा होस् कि घरमा, आगो आफैँ उब्जिने होइन । दाउरा तथा घाँसको लोभले वनजङ्गल आसपासका स्थानीयले डढेलो लगाउने गरेकोसमेत सार्वजनिक हुने गरेको छ । केटाकेटीले अनजानमा तथा चुरोट, बिँडी खानेका कारण पनि आगो लाग्ने गरेको छ । घरमा ग्यास चुहिएर, विद्युत् सर्ट भएर हुने गरेका आगलागीका घटना पनि उत्तिकै छन् । वनजङ्गलमा वन हेरालुको व्यवस्था गर्ने, सुरक्षाकर्मीको नियमित गस्तीका साथै अग्नि नियन्त्रण रेखा कायम गर्ने हो भने डढेलोका घटनामा कमी आउने वातावरणविद्को भनाइलाई सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिन्छ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...