Pokharapatra National Daily

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ छठ पर्व मनाउने पुगेका छन त्यहाँ त्यहाँ मनाउन थालिएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई निकारण गर्ने विश्वासका साथ नदी र तलाउ किनारामा गएर शुद्धतापूर्वक सूर्य देवतालाई पूजा र आराधना गरेर मनाउने गरिन्छ । छठ पर्वको व्रत गरे दुःख र दरिद्रतावाट मुक्ति पाइने जनविश्वास छ । मानवजातीका सबै समस्या निराकरण हुने बिश्वास गरिन्छ । धनी गरिब एकै ठाउँमा बसेर चाड मनाउँदा सामाजिक विभेद हट्दै जान्छ । छठ पर्व भव्य रुपले मनाउन नदी, तलाउ, पोखरी लगाएतका ठाउँमा सजावट गर्ने काम तिव्र रुपले भएको छ । घाट सजाउन र विजुलीले झिलीमिली बनाइएको छ । तराईका बजारहरु छठका लागि आवश्यक पर्न बाँस र माटोबाट बनेका सामाग्री, फलफूल र पूजाका सामग्रीको व्यापार हुने गर्छ । वाँसवाट निर्मित नाङ्लो, ठेकी, चंगेरी आदि सामान आवश्यक हुन्छ । माटोवाट निर्मित पाला, हाते घैला लगायतका सामाग्री र महिलाले लगाउने वस्त्र र गहनाको बिक्री हुने अवसर पनि हो । छठ पर्व भब्य रुपमा मनाउन पोखरी, नदी घाट, तलाउ सिङ्गार पटार गरिएको छ । तराईका नदि, तलाउ,पोखरी छेउलाई सिङ्गारिएको छ । छठको रौनक बढाइरहेको छ ।
छठको वेलामा सात्विक भोजन गरिन्छ । तामसी भोजनमा बर्जित हुने चाड पनि हो छठ । तराईमा उत्पादन हुन नसकेका सामान भारतबाट समेत ल्याइएका छन् । नेपालको तराई मधेशमा मात्र सिमित रहेको छठ पर्व केहि वर्षयता काठमाडौं र पोखरा लगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । छठ तराईबाट पहाडमा बिस्तार भएको छ । देशका सबै ठाउँमा मनाउनु भनेको सँस्कृतिको बिस्तार भएको मान्न सकिन्छ । कतिपय चाडपर्व एक देशबाट अर्को देशमा पनि मनाई रहेको बेला एकै देशको संस्कृति बारे सबै नेपालीले थाहा पाउनु बहुधार्मिक, बहुसाँस्कृतिक भएको देश हो भन्ने प्रमाण हो । तराईबासीहरु नेपालका जुन ठाउँमा बसे पनि छठ मनाउँन आफ्नो जन्मस्थान जाने गरेका थिए । पछिल्लो समय जुन ठाउँमा बसोबास गरिएको छ । त्यहि ठाउँमा छठ मनाउने गरेका छन् । यसले आपसी सद्भाव बढाउने काम गर्छ । सँस्कृतिको बिस्तार एउटा समुदायले मनाईरहेको पर्व अर्को समुदायले पनि मनाउन थाल्नु अवश्य पनि सकारात्मक सन्देशको रुपमा लिनुपर्ने हुन्छ ।
महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहदा गुप्तवास सफल होस् भनी सूर्य देवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ । छठ पर्वको दिन दिउसो अस्ताउदै गरेको सूर्यको पूजा तथा खष्टी मातालाई अर्घ दिएर मनाउने चलन छ । सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइसहितका प्रसाद अर्पण गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र खष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुतmी तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने परम्परा छ । बिशेषगरी मिथिलाञ्चलको आस्थाको रुपमा मानिने छठ पर्व तराईका जिल्लाका साथै राजधानीमा कमलपोखरी, वाग्मती किनार समेत धुमधामका साथ मनाईने गरिएको छ । भिडभाड सहित छठ मनाउनेको संख्या बढ्नु र देशका धेरै ठाउँमा मनाउनु छठ पर्वको महत्व बढ्दै जानु हो । छठ पर्वको अवसरमा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

प्रतिकृया दिनुहोस्

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...