काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक पर्व मध्ये गाईजात्रालाई काठमाडौं बाहिर बसोबास गर्ने नेवार समुदायले महत्त्वपूर्ण सांस्कृतिक पर्वको रुपमा मनाउने गरेका छन। काठमाडौं उपत्यका लगायत बनेपा, पनौती, धुलीखेल, पोखरा, तानसेन, बुटवल, गोर्खा, नारायणगढ, धरान, धनकुटा, विराटनगर, भद्रपुर लगायतका शहरहरुमा गाईजात्रा मनाउने गरिन्छ । देशको सुदुर पुर्व देखि सुदूरपश्चिम सम्म नेवार समुदायको बसोबास भएको ठाउँमा गाईजात्रा पर्व मनाउने गरिएको छ। काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरिन्छ ।
संघीयता पछि बागमती प्रदेश सरकारले गाईजात्राको दिन प्रदेश भरी सार्वजनिक विदा दिएको छ । गाइजात्रा काठमाडौं उपत्यकामा मात्र सिमित नरही देशब्यापी बनेको छ । गाईजात्राले जन्मपछि मृत्यु अवश्य हुन्छ जीवनको अनिवार्य प्रकृया हो भनेर बुझाउने काम गर्दछ । मृतकको फोटो सहितको झाँकी, बाजागाजा, गाई र व्यङ्ग्यात्मक प्रर्दशन गराउने चलन राजा प्रताप मल्लले चलाएका थिए । प्रताप मल्लका नावालक छोराको मृत्यु पछि रानी विक्षिप्त भईन । उनलाई केही गरि सम्झाउन नसकेपछि राजा प्रताप मल्लले एउटा उपाय रचे । त्यस वर्षभरी राज्यमा मृत्यु भएका नागरिकका आफन्तलाई गाई सहित दरवार अगाडि रानीले देख्ने गरि जात्रा निकाल्न आव्हन गरेका थिए । त्यही वेलादेखि गाईजात्रा निकाल्न थालिएको हो ।
गाईजात्रा नेपालको सास्कृतिक पर्वको रुपमा मनाउने गरिएको छ । समाजमा व्याप्त विकृति, विसंगति, कुरीति र कुशासनलाई हास्यव्यङ्ग्यको माध्यमबाट प्रकट गर्ने पर्वको रुपमा गाईजात्रालाई लिने गरिएको छ । देशमा राजनीतिक मुल्य र मान्यता सबै भत्केको वेला सधै गाईजात्रा भएको छ । नेपालका मौलिक संस्कृतिमाथि चौतर्फी आक्रमण भइरहेको बेलामा गाईजात्राको महत्वलाई जोगाई राख्नु संस्कृतिकर्मीहरुले पहल गर्नुपर्ने बेला भएको छ । गाईजात्रामा प्रदर्शन गरिने व्यङग्य, सांस्कृतिक नृत्य तथा झा“कीले यस्को महत्व झल्काउने गर्दछ । हाम्रो शासन व्यवस्था, सामाजिक आर्थिक तथा सा“स्कृतिक क्षेत्रको विकृति एवं विसंगतिलाई बर्षको एक पटक गाईजात्राको बेलामा हास्यव्यङ्ग्य, कार्टुन, झा“की, नृत्य प्रदर्शन गरिन्छ । सजिलै विरोध जनाउन वा चित्त नबुझेको कुरामा टिप्पणी गर्न सधैं नसकिने हुदा“ गाईजात्राको बेला गर्दा सहज हुने गर्दथ्यो । अहिले विभिन्न सञ्चारका माध्यम र सामाजिक संजालबाट विरोध जनाउन सकिने अवस्था छ ।
विरोधलाई रचनात्मक वा सृजनात्मक रुपले जनतासामु ल्याउने अवसर भनेकै गाईजात्रा हो । देशको शासन व्यवस्था, राजनैतिक दलका नेता, प्रशासक, न्यायामुर्ति, सुरक्षाकर्मी, उद्योगी, व्यापारी एवं विभिन्न पेशा व्यवसायका अगुवाहरुको बारेमा टिप्पणी गर्ने अवसर नै गाईजात्रा हो । गाईजात्राको माध्यमबाट व्यङगकारहरुले आफ्नो प्रतिभा देखाउने, प्रहसन गर्ने, क्यारीकेचर गरेर मनोञ्जन दिन पनि सकिन्छ । नेपालमा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले ग्यारेण्टी गरे पनि सरकारले ल्याउने कानुनले नियन्त्रण गर्न खोजिएको छ।केहीले गरेको अराजक गतिविधिलाई निहुँ बनाएर कतिपय स्वतन्त्रतालाई कानुन वनााएर संकुचन वनाउन खोजिएको छ । एक हातले दिएर अर्को हातले खोस्ने काम नहोस भनेर खवरदारी गर्नुपर्ने बेला आएको छ । वर्ष दिनमा एक पटक देशको अवस्थाबारे जनताले बुझ्ने मौका गाईजात्रा हो । तर अहिले गठबन्धन सरकार, राजनैतिक दलका नेता, मन्त्री, राष्ट्रसेवक, प्रशासक, सुरक्षाकर्मी, व्यापारी लगायत विभिन्न पेशाका व्यक्तिहरुले गरेको व्यवहारले बर्षभरी नै गाईजात्रा मनाए जस्तै भएको छ । देशको हरेक क्षेत्रको गतिविधि गाईजात्रे पाराले चल्दै आएको हुदा जनताले परिर्वतनको अनुभुति गर्न पाएका छैनन् । तीनै तहका सरकारबाट जनतालाई सुशासनको अनुभूति दिलाउने चुनौती छ ।
सत्ताको खेलमा रमाइरहने नेता र पदको लागि पार्टी, सिद्धान्त, मुल्य मान्यता तिलान्जली दिदा व्यस्थालाई नै काम नलाग्ने होकि भन्ने अवस्थामा नेताहरुले पु¥याएका छन । मिलेर बसेकाहरुलाई आपसमा लडाउनेहरु सकृय हुन थालेका छन् । भ्रष्टाचार मौलाएको छ । नेपालको आर्थिक अवस्था कमजोर छ । आर्थिक अवस्था बलियो नभएको बेला कसरी जनतालाई राहत दिने, आर्थिक गतिविधि चलायमान गराउने र सुरक्षाको प्रत्याभूति दिलाउन छोडेर नेताहरु गाली गलौजमा उत्रिएकछन देश र जनताको हितमा एक हुनुपर्ने बेला आपसमा मनमुटाव देखाएर महागाईजात्रा प्रदर्शन गरेका छन् । व्यङ्गकार, कलाकारले देखाउने गाईजात्रा सिंहदरबारदेखि स्थानीय तहसम्म आईपुगेको छ । हरेक क्षेत्र गाईजात्रे तरिकाले चलेकाले नेपालको अवस्थाले देशको पहिचान पनि हराउने हो कि भन्ने आशंका बढेर गएको छ । देशमा व्याप्त अराजकता , भ्रष्टाचार, अत्याचार, भेदभावको अन्त्य गरी सबै जातजातिको संस्कृतिको संरक्षण र संवद्धन गर्न, सुशासन कायम गर्न, भ्रष्टाचारीलाई कारवाही गर्न र न्यायपूर्ण समाज निर्माण हुन सकेमा साँस्कृतिक पर्वको महत्व बढ्नेछ ।