Pokharapatra National Daily

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो दिन दर खाने दिन भएपनि अनुकूल समयमा खुवाउन थालिएको छ।माइती पक्षले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा हो । दरको रुपमा दुधबाट बनेको शुद्ध परिकार खुवाउने चलन हो । अडिलो खानाको रुपमा दूध, ध्यु, मिठाइ र गहुँबाट बनेका परिकार खाने र रमाइलो गर्ने चलन हो । अहिले बजारले जे भन्छ त्यही चल्ने गरेको छ।पछिल्लो समय नेपाली महिलाहरुको साझा चाडमा बिकास हुँदै गइरहेको छ । हिमालय पर्वतकी छोरी पार्वतीले महादेव पति पाउँ भनी व्रत बसेको दिनलाई तीज हरितालिका मनाउन थालिएको किंवदन्ती रहँदै आएको छ । विवाहीता महिलाले पतिको दिर्घायूको कामना गर्दै ब्रत बस्ने र विवाह नभएकाले सुयोग्य वर पाउँ भनी व्रत बस्ने गरिएको तीज अहिले महिलाहरुले आफ्नो अधिकार र मनोरञ्जनको रुपमा लिन थालेका छन् । समय अनुसार तीज फेरिदै गएको छ । सबैले महिलालाई दर खुवाउने र विभिन्न क्षेत्रमा योगदान दिएका महिलाई सम्मान गर्न थालेका छन् । त्यही भएर तीजको महत्व झन् बढ्दै गएको छ ।
तीजलाई महिलाहरु माथि भएका भेदभाव र अन्यायका विरुद्व गीतको माध्यमबाट आवाज उठाउने, महिला जागरण र सचेतना फैलाउने चाडको रुपमा पनि लिने गरिएको छ । पछिल्लो समय महिला अधिकारका पक्षमा तीजका माध्यमबाट महिलाहरु संगठित गर्ने कामसंगै महिलाहरु पनि आर्थिक रुपले सम्पन्न हुदै गएका छन् भन्ने सन्देश दिन भोजभतेर, गहना र कपडाको प्रदर्शन गर्ने अवसर पनि बन्दै गएको छ । तीज सांस्कृतिक पर्व भन्दा व्यावसायिक बन्दै गएको छ । नेपाली महिलाहरुले मनाउँदै आएको हरितालिका तीज पछिल्लो समय व्यापारतर्फ उन्मुख भएको छ । तीजलाई व्यापारको माध्यम नबनाउन स्थानीय प्रशासनले सूचना जारी गर्दा चर्को विरोधको सामना गर्नुपर्ने अवस्था आएको छ । तीज आउनु भन्दा धेरै अगाडिदेखि होटल, पार्टी प्यालेस र रेष्टुराहरुमा गएर मनाउने चलन बढेर गएको छ । हरेक कार्यालय, संघ, संस्था, राजनीतिक दल, भातृ संस्था, प्रतिष्ठान, जातीय संघ, संगठनले तीजको दर खुवाउने चलन शुरु भएको छ ।
अन्य चाड पर्व खुम्चने तर तीज फैलिएको छ । संसारका जुनसुकै ठाउँमा पुगेका नेपालीले तीज पर्व मनाउने गरेका छन।नेपालमा भन्दा बढी विदेशमा तीज मनाउन गायक, गायिका र कलाकार बोलाएर मनोरञ्जन गर्ने र सांस्कृतिक महत्त्व दर्शाउने काम गरेका छन।शहरबजारमा तीज आउनु भन्दा धेरै अगाडि महंगा पहिरन सकि नसकि किन्नुपर्ने, सारी, गहना देखाएर मनाउने चलन बढेको छ । अब स्कुलको शुल्क, छुट्टयाए जस्तै तीज खर्च छुटट्याउनु पर्ने भएको छ।सामाजिक संजालमा जोडिन, भिडियो बनाउने, टिकटक बनाउने, यू ट्यूवमा भ्युअर्स बढाउनेले कमाउने मौका पाएका छन् । उत्पादकहरुले आफ्ना वस्तु विक्रीको माध्यम तीज बनाउन थालेका छन् । तीजलाई मौलिक सांस्कृतिक पर्व बनाउन लाग्नुपर्नेहरु नै होटल, रेष्टुरा पार्टी प्यालेसहरुमा बोलाएर भोज भतेर गराउने गरेका छन। दिदीबहिनीहरु माइतमा भेट भएर सुख दुःखका कुरा साटासाट गर्ने अधिकारका बारेमा सचेत पार्ने बेला पनि हो । कुन संस्थाले सम्झ्यो, कुन संस्थाले सम्मान गर्यो भन्ने रुपमा हेर्न थालिएको छ । अरुबाट प्रायोजन गरेर आ आफ्नो संस्थाले दर खुवाएको र महिलालाई सम्मान गरेको नाटक मञ्चन गर्न थालेका छन् ।
तीजमा महिलालाई सम्मान गर्ने, महिला अधिकारको कुरा गर्ने र प्रोत्साहन गर्नु स्वागतयोग्य छ। तर आफ्नै संस्थामा नेतृत्व दावी गर्दा खुट्टा तान्ने, मर्यादा नगर्ने प्रबृत्ति हटाउने वाचा गर्नुपर्ने वेला आएको छ । तीजका अवसरमा गरिएका गतिविधि देखावटी होइन भन्ने देखाउन ब्यवहारिक रुपमा समान अधिकार, समान सहभागिता, महिला अधिकार र असमानता हटाउन लाग्नु पर्दछ । नेपाली महिलाहरुको सांस्कृतिक पर्व तीजलाई विकृति र विसंगति हुन नदिन महिला अधिकारवादी र महिला संघ संगठनहरु लाग्नुपर्दछ । चाडपर्वलाई सबैले सहजरुपमा मनाउन सक्ने अवस्था हट्दै गएको छ । चाडपर्व महंगो र भड्किलो बन्दै गएको छ । तीजलाई महिलामाथि हुने भेदभाव र कुसंस्कार विरुद्व अधिकार प्राप्ति र दिदीबहिनीहरु बिचको मिलनको चाडको रुपमा विकास गर्न आवश्यक छ । तीजको सबै महिलालाई शुभकामना !

प्रतिकृया दिनुहोस्

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...