नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले काङ्ग्रेस र एमाले गठबन्धनको सरकार हट्यो । देशका महत्त्वपूर्ण संरचना जलाइएको छ।सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा खरानी भएका छन । नवयुवाहरुले ज्यान गुमाएका छन । हजार भन्दा बढी घाइते भएका छन । त्यही आन्दोलनका कारण अहिले सार्वभौमसत्ता सम्पन्न जनताकाको प्रतिनिधि मुलक संस्था प्रतिनिधिसभा विघटन भएको छ । अहिले संविधानले नदेखेको बाटोबाट अन्तरिम सरकार बनेको छ ।
संविधानलाई कुल्चेर क्षतविक्षत बनाइएको छ । देशभरि सार्वजनिक सम्पत्ति जलेको, देशका महत्त्वपूर्ण सम्पदा र सम्पत्ति जलाइएको र राज्यका सुरक्षा निकायबाट सुरक्षा पाउन नसकेको र आगजनी, तोडफोड र लुटपाट हुँदा पनि सेना मुकदर्शक बस्दा अराजक भिड र आपराधिक समुहले देखाएको वितण्डा देखेका दल र नागरिक समाजले संविधान बचेको छ भनेर आन्दोलनकारी र पुराना दलले संविधान दिवस मनाएका छन । क्षतविक्षत बनाईएको संविधान त छ तर आत्मा छैन । संविधान जारी गर्दा असन्तुष्ट दलहरु संविधानलाई स्वीकारेका त छन शर्त सहित । असन्तुष्ट पक्ष सबै सरकारमा सहभागी भएकामा मख्ख परेका दलहरु अहिले आफै घरको न घाटको भएका छन । संबिधानमा अपुरा कुरा थप्नु पर्ने माग समयमै सम्बोधन नहुँदा देशको अस्तित्व नै रहने हो कि होइन भन्ने अवस्था आएको छ । संबिधान आफैमा पूर्ण नहुने हुदा समय क्रममा संशोधन हुदै जाने दस्ताबेज हो । संबिधान संशोधनको मुद्दा उठाएर काङ्ग्रेस र नेकपा एमाले सरकारमा गए तर कार्यान्वयनमा चासो नदिंदा आन्दोलनकारीको तारोमा परे।पारिए।सम्पत्ति सखाप भयो ।
राजनीति सखाप पारिदैछ । दुई ठूला दल मिलेर सरकार बनाउनु संविधान संशोधनका लागि हो भन्ने भन्दा लुटेर खान हो भन्ने भाष्य निर्माण भयो ।त्यहो प्रचार गरेर नवयुवाको आन्दोलनबाट हिजोका माननीय भएका आज दयनीय बन्न पुगे।संविधानसभाबाट संविधान जारी गर्न नेतृत्व गरेका काङ्ग्रेस, एमाले संविधानप्रति जनविश्वास बढाउने कामको अगुवाइ गर्न सकेनन।संविधाको कार्यान्वयन गर्न प्रहरी ऐन, निजामती कर्मचारी ऐन, शिक्षा ऐन बन्नुपर्छ । काठमाडौं खाल्डो बाहेक देशका अन्य भागका जनतालाई नदेख्ने प्रबृत्ति अझै छ । अधिकार छोड्न नचाहने प्रबृत्तिले गर्दा संविधान विरोधमा आवाज उठेका हुन।जनताले सेवा प्रवाहमा सुधार चाहेका छन । काम गरेर खान पाउने अवस्था बनोस् भन्ने चाहना हो । हरेक क्षेत्रमा मौलाएको विकृति, विसंगति र ठगी रोकियो भने सरकार पनि छ भन्ने अनुभूति जनताले पाएनन। राजनीतिक स्थायित्व नभएपछि देशलाई प्रयोगशाला बनाउन चाहनेले संविधानलाई दोष दिएर वातावरण खल्बल्याउन पाएका छन।संविधान जिवन्त दस्तावेज भएको हुँदा त्यसमा संशोधन हुँदै जान सक्छ । नेपाली जनताले चुनेका प्रतिनिधिले बनाएको संविधान जोगाउन प्रतिनिधिसभाको फागुन २१ गते निर्वाचन हुनैपर्छ । नेपाली जनताको भ्रष्टाचार अन्त्य, सुशासन, दिगो शान्ति र राजनीतिक स्थिरताको चाहनालाई केही हदसम्म पुरा गर्छ । संविधानले संघीय लोकतान्त्रिक, गणतन्त्रलाई संस्थागत गरेको छ ।
सार्वभौमसत्ता राज्य शक्तिको श्रोत जनता नै हुन् भन्ने संविधानले स्थापित भएको छ । समानुपातिक, समावेसी प्रतिनिधित्वलाई संविधानले अंगीकार गरेको छ । देश धर्मनिरुपेक्ष भएको छ । विभिन्न जातीय समुदायको संसदमा प्रतिनिधित्व सुनिश्चित छ।महिला सहभागिता लाई उत्कृष्ट नै मान्नुपर्छ । प्रतिनिधिसभामा र प्रदेश सभामा एक तिहाइ महिलाको प्रतिनिधित्व भइसकेको छ। प्रत्यक्षमा पनि एक तिहाइ महिलालाई उमेदवार बनाउन र निर्वाचित हुने अवस्था ठूला दलले गर्नुपर्छ । स्थानीय तहमा करिब ४० प्रतिशत प्रतिनिधित्व छ। संविधानका धेरै पक्ष आधुनिक लोकतान्त्रिक मुलुकले अपनाउने अधिकार समावेश छन् । समाजवाद उन्मुख संविधानले नै मौलिक हकहरुको व्यवस्था गरेको छ, । केही कानुन समेत वनिसकेका छन् । नेपालमा वनेका ७ वटा संविधान मध्ये ६ वटा संविधान जनताले आफै बनाएका थिएनन् । केहि विज्ञले तयार पारेर राजा महाराजले जारी गरेका थिए । संविधानसभाले जारी गरेको संविधान अरु संविधानभन्दा धेरै फरक छ । यसमा जनताको व्यापक सहभागिता छ । संविधान सभाका लागि हजारौ नेपाली जनताले आफ्नो जीवन उत्सर्ग गरेका छन् । वषौदेखिको आन्दोलन, संघर्ष, तपस्याको फल संविधान सभाबाट संविधान घोषणा हो । विश्वका अन्य मुलुक जस्तै लोकतान्त्रिक सहभागिता मुलक संविधान बनेको छ । विश्वका धेरै मुलुकले नेपालको संविधानलाई स्वागत गरेका छन् । छिमेकी मुलुक भारतले पनि व्यवहारबाट स्वागत गरेको छ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई फोन गरेर बधाई दिंदै संविधान दिवसको शुभकामना दिएका छन। संविधान गतिशील दस्तावेज हो । यसलाई पारिमार्जन गर्न सकिन्छ । यो संविधानले ग्यारेन्टी गरेको छ । अव देशलाई नवनिर्माण गर्न ,समृद्धिको दिशामा अघि बढाउन, संविधान कार्यान्वयन गर्न राष्ट्रपति रामचन्द्र पौडेल , प्रधानमन्त्री सुशीला कार्की ,प्रधानन्यायाधीश सहितको सर्वोच्च अदालत , राजनीतिक दलहरू , नवयुवा समूह जेनजी र नागरिकको भूमिका महत्वपूर्ण हुन्छ ।
सत्ताको आडमा संविधान कुल्चने, कानुनको पालना नगर्ने र अराजकता निम्त्याउन खोजिएको छ। यस्तै शैलीले गर्दा समयमा चुनाव नहुने र जेनजी आन्दोलनको उपलब्धि खेरजान सक्छ। जनताले खोजेको आर्थिक विकास र समृद्धीको बाटोमा जानको लागि गलत चिन्तन र संस्कार वोकेका विरुद्ध जनतालाई परिचालित गर्नुपर्ने खाचो छ । नेपालमा राजनैतिक स्थिरता कायम गर्दै जनताको आर्थिक विकास र सम्वृद्धिको बाटोमा लाग्नु संविधानको मुल मर्म हो । सधै अरुको खेलौना बन्ने काम छोडेर जनताको चाहनाको पुरा गर्ने तर्फ लाग्नु संविधानको पालना र कार्यान्वयन हो । सबैलाई संविधान पालना गर्ने र लोकतान्त्रिक आचरण देखाउन सकेमा संविधान कार्यान्वयन हुनेछ ।