Pokharapatra National Daily

जनतामा जगाएको आशा

नेपालमा कोरोनाको खोप कहिले लगाउन पाइन्छ भन्ने धेरैको चिन्ता र चासो हटेको छ । नेपालमा कोभिड–१९ को पहिलो केश पुष्टि भएको एक वर्ष पछि खोप लगाउन सकेको छ।धनी र शक्तिशाली मुलुकका नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएको दुई महिना भित्र नेपालले पनि खोप दिज सकेको छ । दक्षिण एशियामा भारत पछि खोप लगाउने मुलुक भएको छ । लामो प्रतिक्षापछि नेपाल सरकारले बुधबार देखि देशव्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको खोप अभियान शुरु गरेसँगै आमसर्वसाधरणमा उत्साह थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअलमार्फत अभियानको आरम्भ गरेलगत्तै देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालकलाई खोप दिइएको छ । देशभर उत्साहसाथ खोप लगाएका छन । पहिलो दिनमा ९ हजार भन्दा बढीले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
चीनबाट आएका नेपाली युवामा कोरोनन भाइरस संक्रमण भएको पुष्टि गत वर्ष माघ १० गते भएको थियो । त्यतिबेला गम्भीरतापूर्वक नलिए पनि त्यसको डेढ महिननपछि संक्रमित भेटिएपछि बल्ल सरकारले चासो दिएको हो । शुरुदेखि नै नागरिकको जीवन रक्षालाई जोड दिएको सरकारले खोप दिलाउन गरेको प्रयास कार्यान्वयनमा आएको छ । नेपालले आफ्ना नागरिकलाई कोरोनाको खोपबाट बन्चित हुन नदिन सवैलाई निशुल्क प्रयोगको घोषणा गर्नुले पनि सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार रहेको पुष्टि हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको आरम्भमा जनताको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता भएको र यो खोपबाट कोहीपनि बन्चित नहुने घोषणाले पनि अब यो सबैको पहुँचमा पुग्छ भन्ने विश्वास बढेको छ । भारत सरकारले दिएको १० लाख खोप प्रयोगमा आएपछि अब कोरोना बिरुद्धको लडाँईले नयाँ चरण पार गरेको छ ।
कोरोना संक्रमणबाट विश्वमै गएको एकबर्ष अत्यन्तै कठिन समय हुन पुग्यो । कोरोना भाइरस महामारीका रुपमा तीव्र गतिमा फैलियो यसबाट विश्वमा करोडौं मानिस संक्रमित भए भने २२ लाखले ज्यान गुमाउन परयो । अन्य देशको तुलनामा कम क्षति व्योहोरोको नेपालमा पनि कोरोना संक्रमितको संख्या २ लाख ७० हजार पुगेको छ भने २ हजार १७ जनाले ज्यान गुमाउनु प¥यो । विश्वव्यापी ज्यानमारा रोगको आतंकले नेपालीले कहिल्यै भोग्न नपरेको पिडा भोग्नु परयो । लकडाउन, आइसोलेसन, क्वारेन्टीन, सामाजिक दूरी, माक्सको प्रयोग, सरसफाई, खानपीन जस्ता नयाँ नयाँ अनुभब नेपालीले पनि महसुस गरे । समयमै खोप भित्रिएकाले अब हिजो जस्तो डराउनुपर्ने, त्रसित हुनुपर्ने अवस्था छैन तर सावधानी भने अझैपनि आवश्यक छ । नेपालमा कोरोना पूर्णरुपमा नहटेसम्म हामीले गर्दै आएको अनुशासनको पालन गर्नुनै पर्छ ।
दुई चरणमा लगाईने यो खोप निकै नै प्रभावकारी भएको बताइएको छ । आफ्ना जनताको जीवनरक्षाका लागि नेपाल सरकारले समयमै खोप उपलब्ध गराउन खेलेको भूमिका प्रसंसनीय छ, त्यसको उच्च सम्मान गदै आगामी दिनमा यो खोप सवैको पहुँच र सर्वसुलभ रुपमा उपलब्ध गराउने बिषयमा भने अझैपनि ध्यान पु¥याउन आवश्यक छ । कोरोनाबिरुद्धको यो लडाँईमा नेपाल सरकारले नयाँ युगको आरम्भ गरेको छ । यसमा थप सफलता प्राप्त गदै अभियानबाट कोहीपनि बन्चित हुन नपरोस र आगामी दिनमा ढुक्क भएर कोरोनाको जोखिमलाई निस्तेज पार्न सकिन्छ भन्ने विश्वास बढेको । तीन महिनामा सबैलाई खोप दिलाउने प्रधानमन्त्रीको प्रतिबद्धता अब कार्ययोजनामा देखिनुपर्छ । धनी र सम्पन्न राष्ट्रले १०० दिनमा नसक्ने काम नेपालले सक्छ भन्ने आधार छैन । राम्रो काममा समेत साथ नदिने चरित्र बोकेका सहयात्री भएको विगत विर्सेर गरिएका घोषणा महत्वाकांक्षी छ । सरकारको मात्र समस्या नठानी सबैको पहलबाट संकल्प पुरा हुन्छ भन्ने भावना जगाउनु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...