Pokharapatra National Daily

जनतामा जगाएको आशा

नेपालमा कोरोनाको खोप कहिले लगाउन पाइन्छ भन्ने धेरैको चिन्ता र चासो हटेको छ । नेपालमा कोभिड–१९ को पहिलो केश पुष्टि भएको एक वर्ष पछि खोप लगाउन सकेको छ।धनी र शक्तिशाली मुलुकका नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएको दुई महिना भित्र नेपालले पनि खोप दिज सकेको छ । दक्षिण एशियामा भारत पछि खोप लगाउने मुलुक भएको छ । लामो प्रतिक्षापछि नेपाल सरकारले बुधबार देखि देशव्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको खोप अभियान शुरु गरेसँगै आमसर्वसाधरणमा उत्साह थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअलमार्फत अभियानको आरम्भ गरेलगत्तै देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालकलाई खोप दिइएको छ । देशभर उत्साहसाथ खोप लगाएका छन । पहिलो दिनमा ९ हजार भन्दा बढीले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
चीनबाट आएका नेपाली युवामा कोरोनन भाइरस संक्रमण भएको पुष्टि गत वर्ष माघ १० गते भएको थियो । त्यतिबेला गम्भीरतापूर्वक नलिए पनि त्यसको डेढ महिननपछि संक्रमित भेटिएपछि बल्ल सरकारले चासो दिएको हो । शुरुदेखि नै नागरिकको जीवन रक्षालाई जोड दिएको सरकारले खोप दिलाउन गरेको प्रयास कार्यान्वयनमा आएको छ । नेपालले आफ्ना नागरिकलाई कोरोनाको खोपबाट बन्चित हुन नदिन सवैलाई निशुल्क प्रयोगको घोषणा गर्नुले पनि सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार रहेको पुष्टि हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको आरम्भमा जनताको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता भएको र यो खोपबाट कोहीपनि बन्चित नहुने घोषणाले पनि अब यो सबैको पहुँचमा पुग्छ भन्ने विश्वास बढेको छ । भारत सरकारले दिएको १० लाख खोप प्रयोगमा आएपछि अब कोरोना बिरुद्धको लडाँईले नयाँ चरण पार गरेको छ ।
कोरोना संक्रमणबाट विश्वमै गएको एकबर्ष अत्यन्तै कठिन समय हुन पुग्यो । कोरोना भाइरस महामारीका रुपमा तीव्र गतिमा फैलियो यसबाट विश्वमा करोडौं मानिस संक्रमित भए भने २२ लाखले ज्यान गुमाउन परयो । अन्य देशको तुलनामा कम क्षति व्योहोरोको नेपालमा पनि कोरोना संक्रमितको संख्या २ लाख ७० हजार पुगेको छ भने २ हजार १७ जनाले ज्यान गुमाउनु प¥यो । विश्वव्यापी ज्यानमारा रोगको आतंकले नेपालीले कहिल्यै भोग्न नपरेको पिडा भोग्नु परयो । लकडाउन, आइसोलेसन, क्वारेन्टीन, सामाजिक दूरी, माक्सको प्रयोग, सरसफाई, खानपीन जस्ता नयाँ नयाँ अनुभब नेपालीले पनि महसुस गरे । समयमै खोप भित्रिएकाले अब हिजो जस्तो डराउनुपर्ने, त्रसित हुनुपर्ने अवस्था छैन तर सावधानी भने अझैपनि आवश्यक छ । नेपालमा कोरोना पूर्णरुपमा नहटेसम्म हामीले गर्दै आएको अनुशासनको पालन गर्नुनै पर्छ ।
दुई चरणमा लगाईने यो खोप निकै नै प्रभावकारी भएको बताइएको छ । आफ्ना जनताको जीवनरक्षाका लागि नेपाल सरकारले समयमै खोप उपलब्ध गराउन खेलेको भूमिका प्रसंसनीय छ, त्यसको उच्च सम्मान गदै आगामी दिनमा यो खोप सवैको पहुँच र सर्वसुलभ रुपमा उपलब्ध गराउने बिषयमा भने अझैपनि ध्यान पु¥याउन आवश्यक छ । कोरोनाबिरुद्धको यो लडाँईमा नेपाल सरकारले नयाँ युगको आरम्भ गरेको छ । यसमा थप सफलता प्राप्त गदै अभियानबाट कोहीपनि बन्चित हुन नपरोस र आगामी दिनमा ढुक्क भएर कोरोनाको जोखिमलाई निस्तेज पार्न सकिन्छ भन्ने विश्वास बढेको । तीन महिनामा सबैलाई खोप दिलाउने प्रधानमन्त्रीको प्रतिबद्धता अब कार्ययोजनामा देखिनुपर्छ । धनी र सम्पन्न राष्ट्रले १०० दिनमा नसक्ने काम नेपालले सक्छ भन्ने आधार छैन । राम्रो काममा समेत साथ नदिने चरित्र बोकेका सहयात्री भएको विगत विर्सेर गरिएका घोषणा महत्वाकांक्षी छ । सरकारको मात्र समस्या नठानी सबैको पहलबाट संकल्प पुरा हुन्छ भन्ने भावना जगाउनु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...