Pokharapatra National Daily

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा भएको १७वर्ष पुरा भएको छ । २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको घोषणा गरेको थियो । २०६२÷०६३ को जनआन्दोलनको बलले नै गणतन्त्रको घोषणा गर्ने चरणमा पु¥याएको हो । नेपालमा पटक पटक भएका राजनीतिक आन्दोलन र नेकपा माओवादीले गरेको दस वर्षे सशस्त्र संघर्षले गणतन्त्र घोषणामा महत्वपूर्ण भुमिका खेलेको हो । त्यस अघि नेपालमा भएका आन्दोलन र संघर्षका कारण राजतन्त्र कमजोर बनाउने काम गरेको हो । दरबार हत्याकाण्डले पनि राजतन्त्र कमजोर हुँदै गएको थियो । विदेशीले पनि नेपालमा गणतन्त्रको लागि सहयोग गरेकै हुन । कम्युनिष्ट पार्टीको स्थापना नै गणतन्त्र स्थानपनाका लागी भएको थियो । कम्युनिष्ट पार्टीहरुले नेपाली कांग्रेसलाई गणतन्त्रको पक्षमा ल्याउन सकेकै कारण नेपालमा गणतन्त्र घोषण संभव भएको हो ।
गणतन्त्र घोषण पछि मुलुकमा ऐतिहासिक महत्वका उपलब्धि हासील भएका छन । संविधान सभावाट जनता सर्वभौम भएको संविधान निमार्ण भएको छ । संविधानले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ।संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा महिलाको प्रतिनिधित्व एक तिहाई भन्दा बढी पुगेको छ । संविधानले शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी, सामाजिक सुरक्षा, रोजगारीको ग्यारेन्टी गरेको छ । गणतन्त्र पछि मुलुकले धेरै क्षेत्रमा प्रगति गरेको छ।नागरिक जागरुक र अधिकारप्रति सचेत भएका छन । आफ्ना कुरा राख्न सक्ने भएका छन।राजनीतिक खिचातानी र प्रतिशोधको कारण उपलब्धिलाई जनताको बीचमा भन्न सकेका छैनन् । प्राप्त उपलब्धिलाई केही नदेख्ने तर कमजोरीलाई उजागर गरेर गणतन्त्रलाई दोष दिएर समाज भड्काउने काम भएको छ। दलहरूबीचको अविश्वास र दलभित्रको गुटबन्दीले गर्दा गणतन्त्रले के दियो भन्नेहरु सलबलाउन थालेका छन। सिंहदरबारको अधिकार गाउँमा पुगेको छ।तर त्यसको प्रचार हुन नसक्दा गलत प्रचारले ठाउँ लिएको छ।स्थानीय तहका प्रतिनिधीले पहिलो कार्यकाल पुरा गरेर दोस्रो कार्यकालकाजनप्रतिनिधिको तीन वर्ष पुरा गरेका छन । जनताको मन जित्ने घोषणामा होडबाजी चलेको छ । अब आफ्ना कार्यक्रम र योजना तथा बजेट पेस गर्ने अवस्थामा आएका छन।राजनीतिक दल र नेताको मुठ्ठीमा सबै कुरा राख्न खोज्दा जनतामा गणतन्त्र आएको अनुभूति गर्ने खालका काम हुन नसकेको गुनासो छ । ति गुनासोलाई मनन गरेर कार्यक्रम ल्याउने चुनौती दलहरूलाई छ । संविधान जारी भए पछि पनि त्यस प्रति असन्तुष्टि जनाउने राजनीतिक समूह अहिले संघीय सरकारमा छन् । मधेस प्रदेशमा मधेश केन्द्रीत दलको नेतृत्वमा सरकार छ । त्यो सरकार जनताको समस्याप्रति बेखबर जस्तै छ । गणतन्त्रलाई जीवन पद्धति बनाउन नसकेको हुँदा जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।राज्य सत्ताको उच्च तहमा बसेकाले सत्ता र शक्तिको दुरुपयोग गरेर भ्रष्टाचारमा लिप्त भएका छन । भ्रष्टाचारीलाई सत्ताको आडमा उन्मुक्ति दिने, संरक्षण गर्ने गरेका छन । सत्ता स्वार्थका कारण अन्य मुद्दा ओझेलमा परेका छन । राजनीतिक संस्कार सिकाउने भन्दा गाली गलौज गर्ने, आरोप लगाउने, आक्रोश पोख्ने, कुण्ठा पोख्ने थलो सदन भएको छ। सर्वोच्च अदालतले अपराधी ठहर गरेकालाई माफी दिने, सत्ताको आडमा अपराधीहरूलाई उन्मुक्ति दिलाउनु कानुनी शासनको खिल्ली उडाउनु हो । जनतालाई बोझ थपेर कार्यकर्ता र आसेपासेलाई सुविधा दिने,सहायता दिलाउने कामले प्रणालीकै बद्नाम गराएको छ ।
भाषणमा र दस्तावेजमा समाजमा सवै खाले विभेद र शोषणको अन्त्य गरि आर्थिक समानता, सामाजिक न्याय, समृद्धि सहित मुलुकमा समाजवादको आधार निमार्ण गर्ने संवैधानिक व्यवस्था छ । गणतन्त्र पछि पनि हुनेखानेले मात्र राज्यबाट सुविधा पाउने गरेका छन । शक्ति र सत्तासंग नजिककाले मात्र फाइदा लिन सकेका छन।पसिना चुहाउने किसान मजदुरको हितमा काम हुन नसक्दा जनतामा जुन व्यवस्था आएपनि त्यस्तै भन्ने भान परेको छ । जनतामा छाएको निराशालाई उग्रदक्षिण पंथी (राजावादी) र पपुलिष्टहरुले जनतालाई भड्काउन थालेका छन । राजतन्त्र ल्याउन जनतालाई रैती बनाउन सक्रिय छन।विदेशीले चलखेल गर्ने मौका पाएका छन।जनतामा छाएको निराशालाई पक्डेर जनताले ल्याएको परिवर्तन उल्टाउन सक्छन् । गणतन्त्रका घोषणका लागि संगै लडेका राजनीतिक दलहरु नदीका दुई किनारा जस्तै देखिनु राम्रो होईन । काङ्ग्रेस र कम्युनिस्ट मात्र होइन नयाँ उदाएका दलसंग पनि त्यही व्यबहार देखाउनु असहिष्णु व्यबहार हो।सदनमा जनताका समस्यामा भन्दा राजनीतिक दाउपेचका आधारमा नारावाजी र विरोध हुन थालेको छ।वजेट पेश गर्न पनि पाउने नपाउने हो भन्ने अवस्था आउनु गणतन्त्रको लागि राम्रो होइन । आवधिक निर्वाचनवाट जनताले आफ्नो प्रतिनिधी छान्ने प्रणली मात्र होईन गणतन्त्रलाई दलहरुले जीवन पद्धती वनाउनु पर्दछ । गणतन्त्र वादीले आफुलाई जनता भन्दा फरक देखाउन थाले भने हामीले गरेको घोषणा र जनताको बलिदान खेरा जान सक्छ ।
गणतन्त्र भनेको सरकारमा पुगेर जनताको हितमा काम गर्नु हो । जनताको हितमा काम गर्नको निम्ति व्यक्तिगत लोभ, पारिवारीक मोह, दलको स्वार्थ त्याग्न सक्नु पर्छ । कम्युनिष्ट र लोकतन्त्रवादीहरुले सामाजिक न्याय सहितको प्रणाली विकास गर्न नसके जनताले बलिदानी दिएर ल्याएको गणतन्त्र हुनेखानेका लागीमात्र हुनजान्छ । राजनीतिक संक्रमणकाल अन्त्य गरि संविधानले सुरक्षित गरेका सबै अधिकार कार्यान्वयनमा आउन सकेमात्र गणतन्त्र स्थापना भएको अनुभूति जनताले गर्न पाउनेछन् । मुखले गणतन्त्रको चर्को कुरा गर्ने व्यवहारमा सामान्ती शैली देखाएमा गणतन्त्र बलियो हुन सक्दैन । गणतन्त्रको बारेमा जनतालाई सचेत पार्ने र गणतन्त्रको लागि बलिदानी दिने, आन्दोलनमा लागेर अंगभंग भएका योद्धा र उनीहरुका आश्रित परिवारलाई सम्झने गरेमा गणतन्त्र दिवस मनाएको सार्थकता रहनेछ । गणतन्त्रको लागि लडेका र परिवर्तनको बाहकहरु मिलेर जनताको अवस्था बदल्न र गणतन्त्रलाई जीवन पद्धति बनाउन थालेका योजनाबद्ध विकास निर्माण पुरा गरेर सुखी नेपाली र समृद्ध नेपाल सपना पुरा गर्न लागेमा गणतन्त्र दिवस जनताको अधिकार स्थापित भएको दिन हुनेछ । रैतीबाट नागरिक र स्वाभिमानी भएको दिनको शुभकामना ।

प्रतिकृया दिनुहोस्

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...

नयाँ वर्षले सकारात्मक सोच ल्याउन सकोस

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८२ शुरु भएको छ...