Pokharapatra National Daily

सर्वोच्च शिखर आरोहिको सम्मान

विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका उच्च शिखरका विजेतालाई छुट्टै मानपदवी दिने गरिएको छैन । सर्वोच्च शिखर चढेर देशको ईज्जत् बढाउनेको सम्मान गर्न कन्जुस्याइँ गर्नुहुँदैन भन्ने सोच आउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा लगायतका उच्च शिखर चढेकाहरुलाई मान पदवी दिने घोषणा गरेका छन । सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा हुनु स्वागत योग्य छ ।
विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका निर्मल पुर्जा ‘निम्स’ सहितका १० नेपाली आरोहीलाई प्रधानमन्त्रीले बालुवाटारमा कार्यक्रम गरि सम्मान तथा अभिनन्दन गरेका छन । कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोहणकै क्षेत्रमा असाधारण योगदान गर्नेका लागि विशेष सम्मानको व्यवस्था गरिने आश्वासन दिएका छन । सरकारआरोहीका लागि विशेष सम्मानको व्यवस्था गर्ने घोषणा बल्ल गरेको छ।ढिलै भए पनि राम्रो हो । राष्ट्रिय तहमा विभिन्न प्रकारका मानपदवी रहँदा एक्सिपिडिसनकै निम्ति अहिलेसम्म छुट्टै सम्मान नहुनु विडम्बना हो । ‘एक्सिपिडिसन अवार्ड’को व्यवस्था गर्ने घोषणा अब ब्यवहारमा आउनुपर्छ । ‘माउन्टेन टाइगर’ ‘माउन्टेन टप्स’ अथवा अरु प्रकारका मान पदवी हुने प्रधानमन्त्रीको भनाइलाई सम्बन्धित क्षेत्रका विज्ञ तथा जानकारले सुझाव दिने फोरम बनाउनुपर्छ । कति आरोहण गरेका कस्ता व्यक्तिलाई पुरस्कार दिने भन्नेबारे स्पष्ट मापदण्ड बनाउनु पर्दछ ।
कठिन परिस्थितिमा आवतजावतका लागि असहज भएको अवस्थामा पनि माउन्ट केटूको सफल अरोहण गर्नु सबैका निम्ति प्रेरणादायी भएको छ । सगरमाथाको आरोहण अन्य साहसिक खेल भन्दा फरक किसिमको हो । हिमाल आरोहिबाट सबैले प्रेरणा लिन सक्छन्, लिइरहेका पनि होलान् । हामीले देशका लागि केही गर्नुपर्छ । सफल आरोहिले देशको पहिचान र गौरवलाई माथि उठाउनेलाई हार्दिक बधाईका साथ आगामी दिनमा थप सफलताको कामना गर्दछौँ । आठ हजार ८४८ दशमलव ८६ मिटर अग्लो विश्वको सबैभन्दा अग्लो हिमाल ‘सगरमाथा’सहित हिमाल आरोहण गरेर अदम्य साहस प्रस्तुत गरी आरोहीले विश्व कीर्तिमान बनाएका छन् ।
सन् १९५३ मा नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरी विरताको गाथा प्रस्तुत गरेयता पछिल्लो पटक कामीरिता शेर्पाले अघिल्लो वसन्तकालीन याममा २४ औँ पटक सगरमाथा आरोहण गरी कीतिमान कायम गरेका छन् । यसरी कसैले बिना अक्सिजन, कतिपयले कम उमेरमा धेरै पटक सगरमाथा आरोहण गरेका धेरै विश्व रेकर्ड छन् । आफ्नो ज्यानको जोखिम मोलेर आरोहणमा उत्रने सबै आरोहीको सम्मानमा सरकारले विशेष मानपदवीको व्यवस्था गर्ने भएको छ । सरकारको घोषणा अनुसारको सम्मान गर्ने र मान पदवी दिने परम्परा बसालेमा देशप्रति सबैले शिर ठाडो बनाउने दिन आउनेछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...