Pokharapatra National Daily

सर्वोच्च शिखर आरोहिको सम्मान

विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका उच्च शिखरका विजेतालाई छुट्टै मानपदवी दिने गरिएको छैन । सर्वोच्च शिखर चढेर देशको ईज्जत् बढाउनेको सम्मान गर्न कन्जुस्याइँ गर्नुहुँदैन भन्ने सोच आउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा लगायतका उच्च शिखर चढेकाहरुलाई मान पदवी दिने घोषणा गरेका छन । सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा हुनु स्वागत योग्य छ ।
विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका निर्मल पुर्जा ‘निम्स’ सहितका १० नेपाली आरोहीलाई प्रधानमन्त्रीले बालुवाटारमा कार्यक्रम गरि सम्मान तथा अभिनन्दन गरेका छन । कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोहणकै क्षेत्रमा असाधारण योगदान गर्नेका लागि विशेष सम्मानको व्यवस्था गरिने आश्वासन दिएका छन । सरकारआरोहीका लागि विशेष सम्मानको व्यवस्था गर्ने घोषणा बल्ल गरेको छ।ढिलै भए पनि राम्रो हो । राष्ट्रिय तहमा विभिन्न प्रकारका मानपदवी रहँदा एक्सिपिडिसनकै निम्ति अहिलेसम्म छुट्टै सम्मान नहुनु विडम्बना हो । ‘एक्सिपिडिसन अवार्ड’को व्यवस्था गर्ने घोषणा अब ब्यवहारमा आउनुपर्छ । ‘माउन्टेन टाइगर’ ‘माउन्टेन टप्स’ अथवा अरु प्रकारका मान पदवी हुने प्रधानमन्त्रीको भनाइलाई सम्बन्धित क्षेत्रका विज्ञ तथा जानकारले सुझाव दिने फोरम बनाउनुपर्छ । कति आरोहण गरेका कस्ता व्यक्तिलाई पुरस्कार दिने भन्नेबारे स्पष्ट मापदण्ड बनाउनु पर्दछ ।
कठिन परिस्थितिमा आवतजावतका लागि असहज भएको अवस्थामा पनि माउन्ट केटूको सफल अरोहण गर्नु सबैका निम्ति प्रेरणादायी भएको छ । सगरमाथाको आरोहण अन्य साहसिक खेल भन्दा फरक किसिमको हो । हिमाल आरोहिबाट सबैले प्रेरणा लिन सक्छन्, लिइरहेका पनि होलान् । हामीले देशका लागि केही गर्नुपर्छ । सफल आरोहिले देशको पहिचान र गौरवलाई माथि उठाउनेलाई हार्दिक बधाईका साथ आगामी दिनमा थप सफलताको कामना गर्दछौँ । आठ हजार ८४८ दशमलव ८६ मिटर अग्लो विश्वको सबैभन्दा अग्लो हिमाल ‘सगरमाथा’सहित हिमाल आरोहण गरेर अदम्य साहस प्रस्तुत गरी आरोहीले विश्व कीर्तिमान बनाएका छन् ।
सन् १९५३ मा नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरी विरताको गाथा प्रस्तुत गरेयता पछिल्लो पटक कामीरिता शेर्पाले अघिल्लो वसन्तकालीन याममा २४ औँ पटक सगरमाथा आरोहण गरी कीतिमान कायम गरेका छन् । यसरी कसैले बिना अक्सिजन, कतिपयले कम उमेरमा धेरै पटक सगरमाथा आरोहण गरेका धेरै विश्व रेकर्ड छन् । आफ्नो ज्यानको जोखिम मोलेर आरोहणमा उत्रने सबै आरोहीको सम्मानमा सरकारले विशेष मानपदवीको व्यवस्था गर्ने भएको छ । सरकारको घोषणा अनुसारको सम्मान गर्ने र मान पदवी दिने परम्परा बसालेमा देशप्रति सबैले शिर ठाडो बनाउने दिन आउनेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...