Pokharapatra National Daily

शहिदको आदर्श नभुलौ

हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उनीहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि ज्यान जाने गरी गोली ठोकिएको थियो । यश अघि माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु पचलीमा तथा १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइएको थियो । जहानीया निरंकुश राणा शासनको विरुद्ध वलिवेदीमा चढ्ने वीर शहिदलाई संझने गरिएको छ । उनीहरूको जीवन गाथालाई संझेमा शहिदको योगदान ताजा बनाउँछ । जस्ले लोकतन्त्र, राजनीतिक स्वतन्त्रता र नागरिक अधिकारका लागि ज्यानको आहुती दिए उनीहरूलाई सहिद घोषणा गरिएको थियो । शहिदलाई सम्मान गर्ने सबैको साझा बनाउन सकेमा शहिद प्रतिको सच्चा श्रद्धाञ्जली हनेछ । आफ्नो देश संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोक हितमा व्यक्ति अमर हुन्छ । उनीहरुको सम्झनामा शिर निहुराउने अवस्था हरेक वर्ष आउने गर्छ । उनीहरुले पछ्याएको बाटोमा लाग्ने प्रण पनि गर्ने दिन सहिद दिवस हो ।
देश र जनताको हक अधिकार प्राप्तिका लागि आफ्नो जीवन बलिदान दिने सहिदको सम्झनामा सहिद सप्ताह मनाउने गरिएको छ । वि.स. २०१२ देखि माघ १६ गते शहीद दिवस मनाउने थालिएको छ । वि.स. ११९७ मा युवराज शास्त्री माघ १० गते काठमाडांै पचलीमा मृत्यु दण्ड दिइएको थियो । त्यस्तैगरी धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणा शासकले मृत्यु दण्ड दिएका थिए । तीनै सहिदले जनताको अधिकार प्राप्ति र राष्ट्रिय स्वाभिमानका लागि प्राणको आहुती दिएको हुँदा सहिदको संझना सहिद दिवस मनाउने गरिएको हो ।सरकारले माघ १६ गते सहिद दिवस मानेर सार्वजनिक विदा दिएको छ।पहिला काटिएको विदा फेरि दिएर सरकारले गल्ती सच्याएको छ। चार जनालाई सहिद मान्नु अघि लखन थापा सहिद भएका थिए । लखन थापालाई पहिलो सहिद मान्ने गरिएको छ । नेपालमा प्रजातन्त्र पुनस्थापनाको लागि भएको आन्दोलनमा धेरैले ज्यान गुमाएका छन् । राणा कांग्रेसको सरकार बनेपनि चिनिया काजीले ज्यान गुमाउनु प¥यो । पंचायतीकालरात्रीको बेला धेरैले ज्यान गुमाए २०४६ को प्रजातन्त्र पुनस्थापनाको आन्दोलनमा शाहदत प्राप्त गर्ने १९ जनालाई सहिद घोषणा गरियो । प्रजातन्त्र पुनस्थापना पछि पनि जनताले अधिकार प्राप्तिका लागि आन्दोलन जारी राखे । त्यसबेला पनि शाहदत प्राप्त गर्नेहरुलाई राजनीतिक पार्टीले सहीद मान्न थालेका थिए ।
राजनैतिक दलले संचालन गरेको आन्दोलन, माओवादीले २०५२ साल फागुन १ गतेदेखि थालेको जनयुद्ध, २०६२÷०६३ को आन्दोलन, त्यसपछिका मधेश आन्दोलनमा राज्यबाट मारिएकालाई सहिद घोषणा गर्ने क्रम जारी रहेको छ । थारु आन्दोलन आदीवासी जनजाती आन्दोलनमा शाहदत प्राप्त गरेकालाई सहिद घोषणा गरिएको छ । दोश्रो जनआन्दोलन पछिका सरकारले विभिन्न दलले संचालन गरेका आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्ने र १० लाख रुपैया दिने गरिएको छ । विगतको सरकारले शसस्त्र द्वन्द्वमा मारिएका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानमा कार्यरत समेतलाई सहीद घोषणा गरिएको छ । नेपालमा अझै कति सहीद थपिने हुन टुङ्गो छैन ।प्रधानमन्त्री पुष्प कमल दाहालले तीन हजारलाई सहिद घोषणा गर्न निर्णय भएको जानकारी गराएका छन।सरकारले गोली ठोक्ने दस लाख दिने र सहिद घोषणा गर्ने संझौता गर्दै आएको छ।यो कहाँ पुगेर अन्त्य हुन्छ भन्न सक्ने अवस्था छैन।
यसरी घोषणा गर्दै जादाँ सहीदको अपमान गर्ने काम मात्र भएको छ । कस्तालाई सहिद मान्ने भन्ने मापदण्ड पनि सरकार पिच्छे फरक फरक बनाउने गरिएको छ । सहीदलाई सस्तो बनाउने र १० लाख रुपैयामा तुलना गर्ने गरिएको छ । देश र जनताका लागि आफ्नो प्राण त्याग गर्ने सहिदलाई राज्यले घोषणा नगरे पनि नेपाली जनताले सम्झने र श्रद्धा गर्ने गरेका थिए । विभिन्न कालखण्डका सरकारले हचुवाको भरमा र सडक आन्दोलन गरेको भरमा सहिदको संख्या बढाउने गरेको छ । राज्य कोषबाट १० लाख लिनकै लागि सहिद घोषणा गरेर सहिदको अवमुल्यन गर्ने गरिएको छ । सारा देशले सहीद प्रति श्रद्धा गर्ने र उनीहरुले आन्दोलनमा पु¥याएको योगदानको कदर गर्न सकेमा मात्र सहीद दिवस मनाएको सार्थकता हुनेछ । शहिदको गाथा गाएर नथाक्ने तर शहिदले देखाएको आदर्श विर्सनेहरु शासन सत्तामा रहनेहरुकै कारण जनतामा शासकहरुप्रति विरोध आक्रोश छ।राजनितिक परिवर्तन सिमित व्यक्ति र तिनका आफन्तका लागि मात्रै भएको छ।युवा देखि प्रौढ समेत विदेश पलायन हुने क्रम रोकिएको छैन । देशका लागि यो सबैभन्दा घातक हो । सहीदप्रतिको सम्मान गर्न आन्दोलन र आन्दोलनका योद्धाहरुलाई विर्सन मिल्दैन । जसले ज्यान दिए, अंग भंग भए, सन्तान गुमाए, टुहुरा भए तिनका बारेमा पनि राज्यले सोच्नुपर्दछ । सहीद, सहीद परिवार र घाइते तथा अपाङ्ग राजनीतिक मुद्धा बनाउनु हुदैन । सहीद, योद्धा, घाइते, अपाङग र सहीद परिवारलाई सम्मान गरे मात्र सहीदहरुप्रति सच्चा सम्मान हुनेछ ।

प्रतिकृया दिनुहोस्

श्रमिकले गरेको संघर्षलाई नभुलौं

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३४बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

भूकम्पबाट नसिकेको पाठ

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

लोकतन्त्रलाई बलियो बनाउने प्रण गरौँ

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय...

राम नवमीको महत्व

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

आशा जगाउने वर्ष बनोस् ।

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८१ सुरु भएको छ...

गण्डकीमा बहुमतकै सरकार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी दोश्रो पटक नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मिलिजुली सरकारको मुख्यमन्त्री नियुक्त...