Pokharapatra National Daily

निर्वाचन आयोगले रोक्यो नेकपा विभाजन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपालले आधिकारिकताको दाबीलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ । निर्वाचन आयोगले ओली र प्रचण्डलाई अध्यक्ष मानेको छ । दुई अध्यक्षको हस्ताक्षर विनाको निर्णयलाई आधिकारिक मान्न नसकिने जनाएको छ । दुई पार्टी एकता गरेको बेलाको कमिटी मानेको छ । दुई अध्यक्ष र महासचिवले बोलाएको बैठकले गरेको निर्णय मात्र मान्य हुने संक्रमणकालीन बिधानको ब्यवस्थालाई निर्वाचन आयोगले मानेको देखिन्छ । ओलीलाई हटाउने र माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णयलाई अस्वीकार गरेको छ ।
ओलीले थपेका केन्द्रीय सदस्य पनि अस्वीकार भएको छ । दुई अध्यक्षको हस्ताक्षर विनाका दुवैले गरेका निर्णयले बैधता पाउन नसक्ने सन्देश दिएको छ । कानुनी रुपमा नेकपा विभाजन भएको छैन । विभाजनको लागि नयाँ प्रकृया थाल्नुपर्नेछ।जुन काम कार्यकर्ता र समर्थकले रुचाउने छैनन् । कार्यकर्ता, समर्थक र शुभेच्छुकको चाहनालाई वेवास्ता गरेर गरिएको विभाजन देशको हितमा छैन भन्ने स्पष्ट भएको छ।नेताका अतृप्त चाहनाले गर्दा पार्टी विभाजन हुन पुगेको हो । निर्वाचन आयोगले विभाजनका लागि ठाउँ नदेखाएको हुँदा पार्टी एकता चाहनेले दुवै पक्षलाई दवाव दिनुपर्छ । विभाजनपछि उपाध्यक्ष वामदेव गौतम कुनै समुहमा नलागी एकता अभियानमा लाग्ने घोषणा गरेका छन् । माघ १४ गते एकता अभियान घोषणा गर्ने तयारी छ।सधैं पार्टीमा आफ्ना विचार स्पष्ट र प्रखर शैलीमा राख्ने नेताका रुपमा चिनिएका गौतम एकता अभियान चलाउन लागेका छन् । पार्टी विभाजनका बेला कित्ता स्पष्ट नगरेकाले उनलाई कतिपयले अस्पष्ट भएको भनेर पनि टिप्पणी गर्छन् । प्रधानमन्त्री केपी ओली र पुष्प कमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपामा आउन गरेको आग्रह नेता गौतमले स्वीकार गरेका छैनन् । उपाध्यक्ष भएकोले मात्र होइन नेकपामा भएका नेता मध्ये ज्येष्ठ र संगठन निर्माणमा खटेका कारण एकता भन्ने गरेका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब बामदेवलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर पार्टी विभाजन रोक्न पटकपटक प्रस्ताव पनि गरेका हुन । नेकपा बनाउन महत्त्वपूर्ण भुमिका खेलेका गौतमका आफ्नै शैलीले गर्दा बेला बखत विवादमा पनि आउने गरेका थिए।नेकपा एमाले विभाजनको आरोप खेप्नुपरेको पुरानो कुरा संझेर यसपटक विभाजनका कृयाकलापमा सहभागी भएनन । अपजसको भारी बोक्नु नपरोस् भनेर नै एकताको कुरा गरेर बसेका छन । आफ्नो धारणा सदनमा प्रष्टसंग राखेका छन । तत्कालै नेकपाका दुवै विभाजित समूह एकतामा आउने छाँट देखिन्न । उनी देशभरका कार्यकर्ता समेटेर एकताको लागि अभियान चलाउने तयारीमा छन् । उनका समर्थक ओली र प्रचण्ड–नेपाल समुहमा लागेका छन । दुवैतर्फका समर्थकलाई एकताको लागि दवाव दिन सजिलो हुने ठानेको पनि हुन सक्छ । विशेषगरी पूर्व एमालेको तल्लो तहको एउटा पंक्ति पार्टी विभाजनपछि दुवै पक्षमा खुल्न चाहिरहेको छैन । पार्टीको आधिकारिकता र सूर्य चिन्ह कता जान्छ भन्ने पनि उनीहरुले पर्खेका छन् । गौतमको नजर ती कार्यकर्तामा परेको छ ।
निर्वाचन आयोगले गरेको निर्णय गौतमले उठाएको अभियानलाई सघाएको छ ।अब सर्वोच्च अदालतको फैसला नआइन्जेल चलाउने अभियानले निराश भएर राजनीति छाड्न खोज्नेलाई रोक्ने पनि हुन सक्छ ।नेताहरूको पदीय भागबन्डा नमिलेको हुँदा विभाजन भएको प्रष्ट भएको छ। सधैं पार्टी सत्ता र राजकीय सत्तामा रहेका नेताहरूको चाहना विपरीत प्रधानमन्त्री ओली चल्न खोज्दा पार्टी विभाजन हुन पुगेकाले गौतमले भने जसरी एक हुन नसके पनि एकताको लागि दवाव पुग्नेछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...