Pokharapatra National Daily

निर्वाचन आयोगले रोक्यो नेकपा विभाजन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपालले आधिकारिकताको दाबीलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ । निर्वाचन आयोगले ओली र प्रचण्डलाई अध्यक्ष मानेको छ । दुई अध्यक्षको हस्ताक्षर विनाको निर्णयलाई आधिकारिक मान्न नसकिने जनाएको छ । दुई पार्टी एकता गरेको बेलाको कमिटी मानेको छ । दुई अध्यक्ष र महासचिवले बोलाएको बैठकले गरेको निर्णय मात्र मान्य हुने संक्रमणकालीन बिधानको ब्यवस्थालाई निर्वाचन आयोगले मानेको देखिन्छ । ओलीलाई हटाउने र माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णयलाई अस्वीकार गरेको छ ।
ओलीले थपेका केन्द्रीय सदस्य पनि अस्वीकार भएको छ । दुई अध्यक्षको हस्ताक्षर विनाका दुवैले गरेका निर्णयले बैधता पाउन नसक्ने सन्देश दिएको छ । कानुनी रुपमा नेकपा विभाजन भएको छैन । विभाजनको लागि नयाँ प्रकृया थाल्नुपर्नेछ।जुन काम कार्यकर्ता र समर्थकले रुचाउने छैनन् । कार्यकर्ता, समर्थक र शुभेच्छुकको चाहनालाई वेवास्ता गरेर गरिएको विभाजन देशको हितमा छैन भन्ने स्पष्ट भएको छ।नेताका अतृप्त चाहनाले गर्दा पार्टी विभाजन हुन पुगेको हो । निर्वाचन आयोगले विभाजनका लागि ठाउँ नदेखाएको हुँदा पार्टी एकता चाहनेले दुवै पक्षलाई दवाव दिनुपर्छ । विभाजनपछि उपाध्यक्ष वामदेव गौतम कुनै समुहमा नलागी एकता अभियानमा लाग्ने घोषणा गरेका छन् । माघ १४ गते एकता अभियान घोषणा गर्ने तयारी छ।सधैं पार्टीमा आफ्ना विचार स्पष्ट र प्रखर शैलीमा राख्ने नेताका रुपमा चिनिएका गौतम एकता अभियान चलाउन लागेका छन् । पार्टी विभाजनका बेला कित्ता स्पष्ट नगरेकाले उनलाई कतिपयले अस्पष्ट भएको भनेर पनि टिप्पणी गर्छन् । प्रधानमन्त्री केपी ओली र पुष्प कमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपामा आउन गरेको आग्रह नेता गौतमले स्वीकार गरेका छैनन् । उपाध्यक्ष भएकोले मात्र होइन नेकपामा भएका नेता मध्ये ज्येष्ठ र संगठन निर्माणमा खटेका कारण एकता भन्ने गरेका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब बामदेवलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर पार्टी विभाजन रोक्न पटकपटक प्रस्ताव पनि गरेका हुन । नेकपा बनाउन महत्त्वपूर्ण भुमिका खेलेका गौतमका आफ्नै शैलीले गर्दा बेला बखत विवादमा पनि आउने गरेका थिए।नेकपा एमाले विभाजनको आरोप खेप्नुपरेको पुरानो कुरा संझेर यसपटक विभाजनका कृयाकलापमा सहभागी भएनन । अपजसको भारी बोक्नु नपरोस् भनेर नै एकताको कुरा गरेर बसेका छन । आफ्नो धारणा सदनमा प्रष्टसंग राखेका छन । तत्कालै नेकपाका दुवै विभाजित समूह एकतामा आउने छाँट देखिन्न । उनी देशभरका कार्यकर्ता समेटेर एकताको लागि अभियान चलाउने तयारीमा छन् । उनका समर्थक ओली र प्रचण्ड–नेपाल समुहमा लागेका छन । दुवैतर्फका समर्थकलाई एकताको लागि दवाव दिन सजिलो हुने ठानेको पनि हुन सक्छ । विशेषगरी पूर्व एमालेको तल्लो तहको एउटा पंक्ति पार्टी विभाजनपछि दुवै पक्षमा खुल्न चाहिरहेको छैन । पार्टीको आधिकारिकता र सूर्य चिन्ह कता जान्छ भन्ने पनि उनीहरुले पर्खेका छन् । गौतमको नजर ती कार्यकर्तामा परेको छ ।
निर्वाचन आयोगले गरेको निर्णय गौतमले उठाएको अभियानलाई सघाएको छ ।अब सर्वोच्च अदालतको फैसला नआइन्जेल चलाउने अभियानले निराश भएर राजनीति छाड्न खोज्नेलाई रोक्ने पनि हुन सक्छ ।नेताहरूको पदीय भागबन्डा नमिलेको हुँदा विभाजन भएको प्रष्ट भएको छ। सधैं पार्टी सत्ता र राजकीय सत्तामा रहेका नेताहरूको चाहना विपरीत प्रधानमन्त्री ओली चल्न खोज्दा पार्टी विभाजन हुन पुगेकाले गौतमले भने जसरी एक हुन नसके पनि एकताको लागि दवाव पुग्नेछ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...